[Show all top banners]

ktmpost
Replies to this thread:

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 उपत्यकामा थप ३ हजार ९२४ जनामा कोरोना संक्रमण, काठमाडौंका मात्रै ३२ सय ५० जना
[VIEWED 1728 TIMES]
SAVE! for ease of future access.
Posted on 05-12-21 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमाडौं : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ३ हजार ९२४ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३२ सय ५०,भक्तपुरमा २२६ जना र ललितपुरमा ४४८ जना गरी ३ हजार ९२४ जनामा संक्रमण देखिएको हो। यस्तै पछिल्लो २४ घन्टामा मुलुकभर उपत्यकाका सहित ९ हजार ३०५ जनामा कोरोना संक्रमण देखिएको छ। 

विभिन्न अस्पतालमा पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गराएकाहरुमध्ये ९ हजार ३०५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन्।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १६८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयका अनुसार ४ हजार ४४४ जना कोरोनामुक्त भएका छन्।  हालसम्म १ लाख १ हजार ६३४ सक्रिय संक्रमित रहेका छन्। ५१७ जना क्वारेन्टाइनमा रहेका छन्। 

source: http://annapurnapost.com/news/179634


 
Posted on 05-12-21 11:23 AM     [Snapshot: 14]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

घर घरै पिच्छे कोरोनाले संक्रमन भएका हरु जो उपचार केन्द्र गएका छैनन् को आकडा त्यो सरकारी प्रबक्ता ले भनेको संख्या मा परेका छैनन र यो संक्रमण ९,३०५ मुलुक भरिको आकडा भन्दा तेब्बर चौबर हुन् सक्छ | मेरो छिमेकिको डेरा गरि बस्ने सिकिस्त बिरामिको लक्षण सबै कोरोना संग मिल्ने भए पनि फलानो अस्पतालमा जचाएको कोरोना छैन भन्यो रे रगत टेस्ट गरेर भनेको भनि ढाटने को सख्या ठुलो छ, अन्तत अक्सिजन दिनु पर्ने भए पछि जाच गराउदा उनलाई कोरोनाले नै च्यापेको सिद्द भयो |
 कोरोना लागेको भन्न डराउने र अस्पताल गए पनि केही गर्ने होईन र राम्ररि क्वारेन्टाइनमा नबस्नेले सार्नेको सख्या ठुलो छ | दोश्रो खोप लाउने लाइ पनि कोरोनाले च्यापेर भेन्टिलेटरमा राख्नु पर्ने अबस्था परेका पनि छन् |

लक्षण देखिएका हरुलाई बिना शुल्क जाच गराउने ब्यबस्था भए बास्तबिक आकडा आउथ्यो होला ?

Last edited: 12-May-21 12:40 PM

 
Posted on 05-12-21 11:31 AM     [Snapshot: 31]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अनि यसै बिचा .. यस्तो उदघाटन कार्यक्रम
https://www.youtube.com/watch?v=X2tULMytxhQ
 
Posted on 05-17-21 6:23 AM     [Snapshot: 328]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Agree with Logan. The situation in dense area like Kathmandu Valley and other citi areas might be much worst than what data shows. I suspect even you maintain social distance, and wear mask, you are breathing in air with covid virus. There has been a case in Panauti, out of 100+ tests, only one person was found -ve.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
Conservative discussions
The Facebook Surprise
🙏 दलाल स्ट्रिट 🙏
The Great Himalayan Cable Car
Pfizer Chief scientist says those who took vaccine will die in 3 years
KP and PK
yo sajha bros, anyone got any update on TPS?
Documents required to file green card for parents of a US citizen?
TPS Paths to Residency DISCUSSIONS/UPDATES
साझा admin ज्यु !!!
नास ब्रो इन टिक टक :)
TPS : Nepal out Afghanistan In
🚨BREAKING: The Senate's budget resolution text is out & it includes $107 billion to create a pathway to citizenship for millions of DACA recipients, TPS holders, farm workers & essential workers.
U.S State Dept for Nepal - Level 4: Do Not Travel Nepal #TPS
TPS
Stop MCC proliferation in Nepal
TPS question on immigration legislation pass by House Judiciary Committee today!!
Suggestions chaiyo
bitcoin ले चल्ला कोरल्यो !!
नेपाल र अफगानिस्थानको टि पि एस रिडेजिकनेसन साथसाथै हने कुरो छ
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters