साढेको जुदाईमा कहिले कहिँ बाछोको रजाई हुने रैछ, मूजि अनुहार औकात र छेमता हेर्दा ढल मन्त्रि नहुने व्यक्ति अबको २ हप्तामा पहिलो मधेसी मुलको प्रधानमन्त्री हुने पक्का पक्कि जस्तो देखिएको छ । प्रचंडे वा सेरे लाई प्रधानमन्त्री बनाउनु भन्दा महन्त ठाकुर लाई केपी ओलीले समर्थन गर्ने संकेत गरेको भोलि पल्टै काँग्रेसले पनि महन्त ठाकुरलाई नै प्रधानमन्त्री दिने लोभ रामचन्द्र पौडेल मार्फत संदेश पठाई सकेको छ । महन्त ठाकुर तुलनात्मक रुपमा अरु मधेसी नेता भन्दा भद्र व्यक्ति हुन्, उनि मधेसीको साथ साथै दलित ( कपाल काट्ने हजाम ) समुदायका नेता हुन्। बाहुनबाद र छेत्रिबादले पिल्सिएको नेपाली राजनीतिमा एक आसलाग्दा मधेसी युवाले देश हाक्ने आवसर पाउदै छन् । अन्तिम घडीमा केपी बूढाले फेरी कुनै कुटिल चाल नचलुन सुभकामना
logankobaje · Apr 4, 2021 8:52 AM · 13,771 views
केही समय पहिले मैले आनन्द नेपाल जी को थ्रेड मा यसपाली महन्त ठाकुरलाई pm बनाऊ न त भनेर प्रस्ताव गरेको थिए । त्यस्तै प्रस्ताव डा सुन्दरमणि ब्रो ले पनि गरेका थिए । हाम्रो कमेन्ट ओली जी सुनेजस्तो छ । उत्पात राम्रो नगरे पनि कुनै नराम्रो पनि गर्ने छैनन् यिनले । कति मान्छे जो पहाडिया बाहुन क्षेत्री राष्ट्र बाद नै नेपाली राष्ट्रियता को मानक हो भन्ने विश्वास गर्छन् (हुनत ओली पनि त्यही category का हुन, त्यसैले मधेसीलाई pm बनाउन तयार हुने कुरामा संका छ), तिनलाई महन्तलाई pm बनाउँदा उल्कापात हुन्छ भन्ने लाग्ला । सुर्ता मान्नु पर्दैन ब्रो हरु, प्रमाण बिनाको "१० लाख भारतीय लाई एकै पल्ट citizenship दिइयो " भन्ने वाहियात कुतथ्य को आधारमा धेरै narrative बनाइएका छन् । अनि यिनी एक्लैले कुनै ठूलो काम गर्न सक्ने पनि होइनन्, संसदमा दुई तिहाई नभई । "राष्ट्रपति, सभामुख, प्र न्याय आदिमा minority बाट भए पनि chief executive भएको छैन" भन्ने हरुलाई पनि उत्तर हुन्छ । हुन् पनि हाम्रै हर्के ब्रो ले भने जस्तै औसतमा दलित जनजाति महिला हाकिम वा मन्त्री भएको विभाग वा मन्त्रालयमा तुलनात्मक रूपमा राम्रो काम भएका छन् । औसतमा भदैछु है । सबैको जिम्मा त लिन सकिँदैन । राजनीतिमा मात्र होइन अरु ठाउँमा पनि, अवसर नपाएका लाई फगत अवसर दिने लक्ष्य मात्र होइन, उनीहरूलाई उपयोग गरी विकास गर्ने कुरा हो । खेर गएको resources उपयोग गर्ने कुरा हो यो ।
salamkrishne · Apr 4, 2021 10:46 AM
Why are we so scared? If we stay scared, we will be doing economic slavery of the West for a long time.
harkhe7 · Apr 4, 2021 7:36 PM
हो, अवसर त पाउनै पर्ने हो अझ महिला लिडरशिप पनि चाहिने हो बिध्यादेवी चाँहि आफ्नै बलबुताले नभएर मदन भण्डारीको कारणले माथि आएको भएर होला त्यति इफेक्टिभ हुन नसकेको हो कि?
AnandNepal · Apr 5, 2021 10:42 AM
Bhandari name has weight among the communists in Nepal. Madan Bhandari was considered Karl Marx of Nepal. And, he died in a suspicious way. Not only Mrs. Bhandari, but I think KP Oli also used the name to his advantage by being close to Mrs. Bhandari for the last 2-3 decades.
harkhe7 · Apr 5, 2021 7:28 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion