न सारी पाइन भन्ने कचकच, न दारी बिझायाे भन्ने खसखस, न घर ढिलो अाइस् भनेर झगडा, न अर्की जिस्काइस् भनेर लफडा, तन टाढा भए नि मन नजिक ! स्वास्नी त कमरेड ! अर्कैकी ठीक !! अफिस गयाे, हस्ताक्षर दन्कायाे, फाेन गर्याे, पाेइ बाहिर छ भन्ने पत्ता लगायाे, उनकाे काेठामा पुग्याे, मासु चिउरा खायाे, टिभीकाे आवाज बढायाे, तबला बजायाे, मान्छेलाई मंसिर, कुकुरलाई कात्तिक, स्वास्नी त कमरेड अर्कैकी ठीक !! शेयर किन्छिन्, मलाई नै फाइदा ! सर्वस्व दिन्छिन्, मलाई नै फाइदा ! स्वास्नी अर्कैकी, खर्च अर्कैकाे, मैसँग आउँछिन्, मलाई नै फाइदा ! उसकाे पाेइकाे खर्चमा विश्व घुमियाे, अमेरिका पुगियाे, KFC खाइयाे, रसिया पुगियाे, भाेड्का चिरप्याइयाे, दुबई पुगियाे - उँट चढियाे, युराेप घुमियाे, काखैमा लडियाे ! भुक्का लागे भन्न पाइयाे - बेबी ! पैसा झिक ! स्वास्नी त कमरेड ! अर्कैकी ठीक !! हदै भए, उसकाे पाेइले छाेडिदिन्छ, डिभाेर्स गर्छ, आधा सम्पत्ति दिन्छ ! छाेडेकी स्वास्नी, मेरी छम्मा ! आधा सम्पत्तिसहित छाेड्याे, त्यसकै बुढाे निकम्मा ! मेरै हातमा चाबी, मेरै हातमा ताला, अघाेषित स्वास्नी, विना बरमाला ! निहुँ खाेज्नेले भेट्छन्, कार्यकर्ताकाे किक ! स्वास्नी त कमरेड ! अर्कैकी ठीक !!