[Show all top banners]

ktmpost

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 च्याटबाट बालिकासँग यौन सम्बन्ध राख्न खोज्दा फ्लोरिडामा नेपाली पक्राउ
[VIEWED 2343 TIMES]
SAVE! for ease of future access.
Posted on 10-22-19 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अमेरिकाको फ्लोरिडामा पक्राउ परेका २९ बर्षका नेपाली सञ्जय लामाले १२ बर्षकी बालिकासँग यौन सम्पर्क गर्न खोजेको खुलासा भएको छ । फ्लोरिडाको ज्याक्सनभिलमा बस्दै आएका उनले अनलाइनमार्फत १२ बर्षकी बालिकासँग यौन सम्बन्धका लागि भेट्ने प्रयास गरेका थिए ।

लामाले च्याटमा १२ बर्षकी बालिका ठानेर कुरा गरेका व्यक्ति अण्डरकभर एफबीआई एजेण्ट थिए । जब एजेण्टले च्याटमा आफू १२ बर्षकी बालिका भएको बताएका थिए, त्यसपछि पनि लामा उनलाई भेट्नका लागि तयार भएर गएका थिए । मोटरसाइकल चढेर बालिका भेट्न गएका लामा एफबीआईको फन्दामा परेका हुन् ।

१२ बर्षको बालिका बताउने अण्डकभरसँग कुरा गर्दा यसरी फसे अमेरिकामा नेपाली (च्याटको अनुवाद)

केहीदिन अगाडि नियन्त्रणमा लिइएका उनी दोषी प्रमाणित भएमा कम्तीमा १० बर्षको जेल सजाय हुनसक्ने जनाइएको छ । बालबालिकाबिरुद्ध यौन दुब्र्यबहार हुन नदिन अमेरिकी सरकार २००६ देखि यसरी इन्टरनेटमा नक्कली बालबालिकाका एकाउण्ट बनाएर बालबालिकासँग यौन सम्बन्ध राख्न चाहनेहरुलाई कारवाही गर्दै आएको छ ।

गत सेप्टेम्बर २५ मा आफूलाई १२ बर्षकी बालिकाको भेषमा एफबीआईका एजेण्टले लामासँग अनलाइनमा कुराकानी गरेका थिए । लामाले अवेसम ज्याक लामाको एकाउण्टबाट कुराकानी गरेका थिए । त्यसदिनको कुराकानीमा लामाले बालिकाको भेषमा रहेका अण्डरकभर एजेण्टसँग आफू बालिकासँग यौन सम्बन्धका लागि इच्छुक रहेको बताएका थिए ।

लामाले आफूले कस्तोखालको यौन गतिविधि गर्न चाहेको भन्ने सन्दर्भमा समेत विस्तारमा च्याटमा बताएका थिए । त्यसपछि उनीहरुले भेटघाटका लागि स्थान तय गरेका थिए । तय गरेको स्थानमा मोटरसाइकलमा पुग्दा त्यहाँ रहेका एफबीआई एजेण्टले लामालाई नियन्त्रणमा लिएका थिए ।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसले च्याटको पूर्व विवरण समेत सार्वजनिक गरेको छ । लामाबिरुद्धको प्रारम्भिक सुनुवाई अक्टोबर १ मा गरिएको थियो ।

लामाबिरुद्ध तयार पारिएको अभियोजन र च्याटको पूर्ण पाठ यहाँ पढ्न सक्नुहुनेछ ।



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
whats wrong living with your parents ?
Now Trump is a convicted criminal .
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters