← Back to Kurakani

अमेरिकाको बोष्टनमा म्ह: पुजा कार्यक्रम भब्य रुपमा सम्पन्न ।

Original Post

अमेरिकाको बोष्टनमा म्ह: पुजा कार्यक्रम भब्य रुपमा सम्पन्न । बोष्टन / नोभेम्बर १९, २०१६ नेवा : अर्गनाईजेशन अफ अमेरिका, न्यु इङ्गलैण्ड च्याप्टर बोष्टन व्दारा नेपाल सम्बत ११३९ को ऊपलक्ष्यमा आयोजित म्ह : पुजा कार्यक्रम यस बर्ष पनि धुमधाम सँग सम्पन्न भयो । नोभेम्बर ८, २०१८ बिहिबार का दिन १६ लेक्जिँङटन स्ट्रिट स्थित बर्लिङटन सिटिमा आयोजित कार्यक्रमको लागि टाढा टाढा बाट नेपालीहरु आएका थिए । कार्यक्रममा शुभकामना आदान प्रदान ( भिन्तुना ) समाबेश गरिएको थियो । नेपाल सम्बत शुरु भएकै दिन निकै हर्षोल्लासका साथ बोष्टनमा म्हःपुजाको चाजोपाजो मिलाई नेवाः अर्गनाईजेशनले आफ्नो समुदायको मन जितेको थियो ।यस पुजामा सहभागी भइ नेवार समुदायका मानिसहरु सर्बप्रथम आफ्नो आत्माको पुजा गरी म्हःपुजा मनाऊने चलन छ । सँस्थाका अध्यक्ष राजुमान श्रेष्ठले पानसमा बत्ति बालि आफ्नो धर्म परम्परा सहित बिभिन्न देबि देबताको पुजा गरेपछि सहभागी सबैलाई धन्यबाद तथा स्बागत गरेका थिए तत पश्चात सामुहिक म्हः पुजा शुरु भएको थियो । नेबारी परम्परागत ड्रेसमा सजिई आएका महिला तथा पुरुष महानुभावले कार्यक्रम लाई सिगार्नु सिगारेका थिए । नेवारी परम्परागत शैलीमा सगुन ग्रहण गर्दाको दृष्य झन आकर्षक थियो । सँस्थाका सचिब बुद्द रत्न महर्जनले रमाईलो सँग सँचालन गरेको म्हःपुजा कार्यक्रम लाई अर्गनाईजेशनका अध्यक्ष राजुमान श्रेष्ठ , ऊपाध्यक्ष खिल नारायण श्रेष्ठ, सचिव बुद्द रत्न महर्जन , कोषाध्यक्ष डा. निराजन मणि , एक्जुकेटिभ मेम्बर हरु क्रमस: रुप शाक्य, सुरेन्द्र नापित, रबि राज राजकर्णिकार, रबिन बज्रचार्य समेत को टिम तिनका परिवार एवँ सम्बद्द साथीहरुले बिभिन्न जिम्मेवारी निभाऊदै दिनरात खटेर ब्यबस्थित र आकर्षक बनाइएका थिए । कार्यक्रममा बोष्टन स्थित नेपाली सँघसँस्थालाई आमन्त्रण गरिएको थियो सो अनुरुप तामाङ समाजबाट अध्यक्ष मानिक लामा साथै मगर समाजबाट अध्यक्ष सरिता रानाको सहभागिता रहेको थियो ।म्हःपुजामा बिक्रि भएको टिकट बाट भाग्यशाली ऊपहार खेलाऊदा बृत्रिका महर्जन, अल्बिना नापित,यासिस श्रेष्ठ, मानिक लामा , दिपक क्षत्री, रबिन श्रेष्ठ र लोना श्रेष्ठले बिभिन्न पुरस्कार जितेका थिए । त्यसैगरी सँस्थाका सुरेन्द्र नापित, रोनेश श्रेष्ठ, नमुना राजकर्णिकार बाट सँयुक्त रुपमा खेलाईएको बिङ्गो खेलमा कपिल श्रेष्ठले फुलहाऊस गरि पुरस्कार जितेका थिए । सन २०१५ मा स्थापना भएदेखि यस च्याप्टरले आफ्नो भाषा सँस्कृति र परम्परालाई बिदेश भुमिमा निरन्तरता दिदै चाडपर्ब मनाऊदै यसरी बिभिन्न कार्यक्रमहरु सँचालन गर्दै आएको छ । पिता पुर्खादेखि मानिआएको नेपालको महत्वपुर्ण साँस्कृतिक धरोहर जहाभएपनि आफुहरुले पनि बचाईराख्ने ऊद्देश्यले कार्यक्रम आयोजना गरिएको र आफुहरु जहा गएपनि आफ्नै भाषा धर्म सस्कृतिमा नाच्ने र नेपाली पहिचानमा बाच्ने कुरा सहभागी नेवा अर्गनाइजेशन अफ न्यु इँगलैण्ड च्याप्टरका पदाधिकारी हरुले बताए । धन्यबाद । फोटो साभार : सुरेन्द्र नापित

sajha info
Nov 23, 2018 4:56 PM · 13,154 views
Replies
No replies yet.
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant