neurologist

More by neurologist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Hydrogen Sulphide
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 जुन जोगी आएपनि कान चिरेको भन्ने उखान रबिन्द्र मिश्रलाई किन लागु हुदैन
[VIEWED 7837 TIMES]
SAVE! for ease of future access.
Posted on 11-21-17 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले चुनाबको निकट समयमा एउटा उखान खुब सुनीन थालेको छ |

"जुन जोगी आएपनि कान चिरेको"

पहिले पनि चुनाब अगाडी यस उखान सुनिने गर्थ्यो अनि सहि लाग्थ्यो किन भने राजतन्त्र सक्कियपछि जनताले त्येस्तै कान चिरेका नेताहरु मात्र पाएकाछन् |

यसपाली बिबेकशील साझा पार्टीबाट उठेका रबिन्द्र मिश्रको बिरुद्ध पनि यसै उखान उनका प्रतिद्वन्दी र परिवर्तन देखि डराउने मान्छेहरुले प्रयोग गरेका छन् |

साधारण सतहबाट हेर्दा उक्त उखान सहि लाग्छ तर यस उखानले एउटा भयाबह अवस्थालाई संकेत गर्छ | यस्तो भन्नुको अर्थ के हुन आउँछ भने "अब देशको लागि कुनै आशा नै छैन" किन कि जुन जोगी आए पनि कानै चिरेका मात्र आउँछन् |

यस्तो परिस्थितिमा कुनै पनि सिक्षित नेपालीले सत्य के हो भनेर सोच्नु उचित हुन्छ |

नेपाल र नेपाली किन एस्तो आशा बिहिन परिस्थितिमा पुग्नु पर्यो? भन्ने प्रश्नलाई केलाउदा त्यसको जवाफ एकदम प्रस्ट छ |

नेपाल र नेपालीलाई यस्तो आशाबिहिन यथार्थमा धकेल्न अहिले राजनीतिमा भएका पार्टीहरुसंग आवद्ध नेताहरुको कमजोरी, व्यक्तिगत लोभ र बेवास्ता नै हो | अहिले राजनीति गर्ने पार्टीहरुको घोषणा पत्र जस्तो सुकै राम्रो भएपनि दशक पछि दशक सम्म उनीहरुले आफुहरु मिलि जुली बांधिचुदी निजि बिकास गर्ने बाहेक देश र जनताको केहि प्रगति र उन्नतिमा चासो देखाएको अथवा केहि प्राप्ति गरेका उदाहारण कमै होला |

भने पछि यति कुरा स्पस्ट छ कि अहिलेका पार्टी र यी पार्टीसंग अबरुद्ध नेताहरुले देश र जनताको लागि कुनै सकारात्मक आयाम थप्न सकेका छैनन् |

बर्षौं बर्ष सम्म यिनै पार्टी र पार्टी संग अबरुद्ध नेताहरुले "जुन जोगी आए पनि कानै चिरेको" भन्ने उखानलाई चरितार्थ गर्दै जनताका आशा लाई निराशामा बद्लाउन सफल भए |

अहिले फेरी निर्वाचन आउदैछ ती नेताहरु फेरी पनि आफु आफु बाधिचुदी खान हात मुसार्दैछन जनतालाई उही अचेत उखानको भरमा आशा मार्न खोज्दै |

तर यसपालिको चुनाबमा केहि भिन्नता छ | येसपालिको चुनाबमा एउटा नयाँ पार्टीको विकल्प छ जुन पार्टी अहिलेको प्रचलित पार्टीहरु भन्दा फरक छ | पहिलेक निजि स्वार्थमा केन्द्रित पार्टी जसले आफ्नो निजि स्वार्थलाई साबित गरिसक्यो यी दुइ दशकमा आफ्नो व्यक्तिगत प्रगतिमा समर्पित भएको प्रमाणित गरिसक्यो - त्यसको विकल्प आएको छ यसपाली - बिबेकशील साझा पार्टी : जुन पार्टीको अहिले सम्म कुनै नकारात्मक कुरा गरेको छैन |

बिबेकशील पार्टीले भुकम्प जाँदा जिउ ज्यान वास्ता नगरी जसरि जनता को सेवा गरे जुन बेला भएका नेताहरुले एक बक्तब्य पनि निकाल्न भ्याएका थियेनन | जब अरु प्रचलित पार्टीबाट राहतमा आएका सामग्रीको समेत हिनामिना गरेको समाचार छ तब बिबेकशील पार्टीले देशका युबाहरुलाई राहत कार्यमा सक्रिय हुन ठुलो मद्दत गरे | यसको अतिरिक्त साझा पार्टीका रबिन्द्र मिश्रले पन्ध्रौँ बर्ष अगाडी देखि हेल्प नेपाल नेटवर्क सामाजिक कल्याण संघ्स्था खोलि नेपालका लाखौं गरिबहरुलाई राहत पुराउंदै आएकाछन् |

यस्तो परिस्थितिमा हालचालका निजि स्वार्थमा समर्पित राजनीतिक पार्टीहरु भन्दा बिबेकशील साझा पार्टीको नाममा केहि दाग छैन शिवाय देश र जनता प्रति समर्पित भएका प्रमाणहरु |

यही कारणले बिबेकशील साझाका उम्मेदवारहरुले "जुन जोगी आए पनि कान चिरेका" भन्ने उखान लागु हुदैन कि जस्तो लाग्छ | 

बिशौं वर्ष बितिसक्दा पनि उही पुराना पार्टीका नेताहरुलाई भोट दिएर अहिले त केहि होलाकी भनेर कति बस्ने? उही पुराना पार्टीका नेताहरूको असक्ष्यमता र व्यक्तिगत स्वार्थले गर्दा काठमाडौँको हावापानी नै दुषित भइसक्यो र क्यान्सर जस्ता ज्यानघातक रोगहरु लाग्ने सम्भावना बढेको छ | अब पनि उही पुरानो पार्टीलाई भोट गर्नु भनेको आफ्नो सन्तान र आफैलाई धोका दिएको बराबर हो - किनकि भुतकालले नै देखाईसक्यो कि केहि हुने वाला छैन |


आफ्नो र आफ्ना सन्तानको भबिस्यको लागि बिबेकशील साझा पार्टीलाई एक मौका दिनै पर्छ !


सबैलाई चित्त नबुझ्न पनि सक्छ तर यस लेख आफ्नो व्यक्तिगत सोचाई मात्र हो | धन्यबाद !

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
maga got what they voted for
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
When will Nepali women be equal?
Can we really get rid of Nepotism in the government?
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
How many ministries do we really need?
where are Hunter Biden and Biden got 40k maga hounds?
Deepak Bhatta could help bring down the three stooges
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Who are the real Sukumbaasis?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters