[Show all top banners]

ktmpost

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अर्काका श्रीमतीको न्यानो ओछ्यानले बदलेको मेरो भाग्य
[VIEWED 6245 TIMES]
SAVE! for ease of future access.
Posted on 10-19-17 7:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

परदेशीका श्रीमतीको न्यानो ओछ्यानले बदलेको मेरो भाग्य

रात भरीको अनिदो र रक्सीको ह्यागंओभरले दिनभरि ओछ्यान छोडन मन लागेन । बिहानको खाना पनि खाईन आज । ४ बज्यो, साईलेन्समा राखेको मोबाइल हेर्दा एउटै नम्बरबाट ३ पटक फोन आएको देखे । नँया नम्बर थियो, कल ब्याक गरे । एउटा नारी आवाजले सोध्यो, “सुरेश हो ?”


“हो, को बोल्नु भएको ?”

अलि अल्छि पारामै भनेछु क्यारे, उसले थाहा पाएझैं गरी सोधि, “सुतिरहेको हो कि क्या हो ?”

“अँ, सुति राको छु,” छोटो उत्तर दिएँ ।

“एक्लै ?” उसले मुस्कान मिसाएर प्रश्न गरी ।

हाँस्दै सोधे, “को बोलिरहेको ? नचिनेको मान्छेलाई म कहाँ सबथोक भन्छु र ।”

“चिनजानको लागि नै निम्ता दिन फोन गरेको ।” उ फेरी हाँसी ।

मेरो एउटा बानी बसिसक्यो कोही केटी जीस्केर बोल्न खोज्यो भने तिमी नै भनेर बोलिदिने ।

“के हो तिम्रो नाम ? अब निम्ता नै दिन फोन गरेको भए भेन्यु पनि बताऊ । आतिथ्य सत्कारमा कस्तो तयारी छ ?”

म एउटा नचिनेको मान्छेलाई निम्ता दिंदैछु । जब तपाईँ आउनु हुन्छ तपाईँको स्वभावलाई बुझेर सत्कार गर्ने छु । यो चाँहि पक्का हो तपाईँ मेरो सत्कारमा खुसी नै भएर फर्कनु हुनेछ ।

अल्छि लागिरहेको थियो, कुरालाई लम्ब्याउन मन लागेन ।

“कहाँ बस्छौ तिमि ?” सिधा प्रश्न गरे ।

“शोभा भगवती मन्दिर नजिकै । डल्लु पनि भन्छ यो ठाउँलाई ।”

“को को बस्छौं ?” मैले उसको बारेमा धेरै थोरै थाहा पाउन खोजें ।

“के हो ? भेटनु अगाडि बायो डाटा नै दिनु पर्ने हो कि क्या हो ?” उ अलि झर्किए झैँ गरी बोली ।

मैले आफ्नो आशय उसले थाहा नपाओस भनेर चलाखि गरेँ, जिस्किए झैँ गरेर । “अनि सोध्नु परेन त, फेरि तिमिले किडन्याप गर्‍यौ भने के गर्ने ?”

उ उत्ताउलि भएझैं गरी बोली, “२/४ घण्टा किडन्याप नै गर्छु म, त्यसपछि छोडिदिन्छु ।”

के भनौं भनौं भयो र आईडिया लगाएं । “आउन त आउँथे बाईकमा पेट्रोल छैन, पैसा पनि छैन आज, त्यसैले अर्को दिन भेटौं जस्तो लाग्यो ।” मैले पैसा माग्ने तरिका अपनाएको थिएँ ।

“कतै खोजेर आउनु न म फर्कदा दिन्छु, ”उसले सजिलै भनी ।

“तिमीसँग टन्नै छ क्या हो पैसा ?” म पनि अब ईनफर्मल बनें ।

“तपाँई र मलाई पुग्छ” उसले फेरी एउटा हाँसो फ्याकी ।

“घर नै हो तिम्रो यहाँ ?” मैले उसको पैसाको अनुमान लगाउन खोजें । अनि को को बस्छौ, फेरी सोधेँ ।

“फल्याट लिएर बसेको छु । म र छोरा छोरी बस्छौं, छोरा छोरीको स्कुल छुटी छ, त्यसैले मामाघर पठाईदिएं, श्रीमान् कुवेतमा हुनुहुन्छ ।”
दुईवटा बच्चाकी आमा रहिछे, कति वर्षकी होला जस्तो लागेर सोधे, “कति वर्षका भए तिम्रो छोरा छोरी ?” सिधै तिमि कति वर्षकी भयौ भनेर सोध्न ठिक नलागेर प्रश्न गरेको थिएँ ।

“बाबु ७ वर्षको नानी ५ वर्षकी ।”

मनमनै उसको उमेरको अन्दाज लगाएं, फेरी मन मानेन । यहाँ देखि गयो ५/६ सय दिएर पठाई भने झुरै हुन्छ ।

अर्को आईडिया फुर्याे फेरी, यसलाई मेरो नम्बर दिने को रहेछ ? मेरो लागि खर्च गरेकी आईमाईले दिएकी हो भने, उसले यो केटीलाई पनि मेरो बारेमा भनेकी होली । म कुनै बेला डिमान्ड नै गर्छु भनेर ।

सोधे, “कसले दिएको तिमिलाई मेरो नम्बर ?”

“हिजो राती जो सँग बस्नु भएको थियो उसैले” उसले जवाफ दिई ।

हिजो राती त म ब्रिटिस लाहुरेको बुढीसँग थिए । मनमनै सोचें, ठिकै छ कुबेतमै भए पनि यसको बुढाको कमाई राम्रै होला ।

“म २ घण्टामा आईपुग्छु । शोभा भगवती मन्दिर सम्म लिन आऊ म चिन्दिन नत्र ।”

उसले हुन्छ भनेर फोन राखी । साँझ ६ बजे मन्दिर अगाडिबाट फोन गरेँ । उसले चिनिहाली अनुहारका केही भाग पोतोले ढाकेकी त्यो महिला करिब ३३ वर्षकी थिई । होचो कद र मोटो ज्यूले देख्नासाथ मनै खिस्रिक्क भयो ।

आफैलाई सम्झाए, के भयो र गर्लफ्रेन्ड बनाउने होइन क्यारे ।

उ मेरो भिआर बाईकमा सकी नसकी उक्लीई ।

उसको फल्याट गतिलै गरी सजाईएको थियो । भित्र पस्नासाथ उसले अँगालो हाल्दै भनी, “कति नखरा गरेको आउनलाई ।”

उसको शरीरबाट नाकै छेड्ने गरी परफ्युमको कडा बास्ना निस्कियो । कुन परफ्युम थियो, अनुमान लगाउन सकिन ।

“के खान्छौ ?” उसले पनि तिमि भनी अहिले ।

“केही खाँदिन,” अलि भाउ खोजेझै सोफामा बस्दै भनेँ ।

“मलाई त भोक लागेको छ,” उसले आखाको भावभंगिमा नखरा पोत्दै बोली, ह्यान्डसम रहेछौ ।

मलाई यहाँ धेरै बेर बस्न मन थिएन । रातभरि त कुनै हालतमा बस्दिन भन्ने थियो, हिजो रातीको अनिदोले ।

“के गर्छौ तिमि अरू ?” उसले टाँस्सीदै सोधि ।

“केही गर्दिन, तिमीहरूको सेवा गर्नमै ठिक्क छ” अलि अलि हाँसो मिसाएर भने ।

“भित्रको बेडमा हिड,”उसले अनुरोध र आदेश दुवै दिएझैं गरेर बोली ।

उसको ध्यान म मा थियो, मेरो ध्यान उसको पैसामा त्यसैले ढिलो गरिन ।

२ घण्टा उसँग बिताएँ, म निस्कनु भन्दा १५ मिनेट पहिला उसको बुढाको फोन आयो ।

फोन उठाउना साथ झर्कदै भनी, “के हो पैंशा पठाउनु पर्दैन ? छोरा छोरीको खर्च कसरी धानु टाइममा पैंशा नपठाएपछि । घरबेटीले भाडा बढाएको छ । यहाँ म बिरामी भईराछु ।”

यस्तै ३ मिनेट जति गुनासो र गन्थन गरी सकेपछि ल ल अरू सबै ठिक छ भन्दै उसले फोन राखी ।

“आज यतै बस न” फेरी मलाई अनुरोध गरी ।

“होइन यार, कोठामा गाउँको १ जना साथी आउँदैछ, अर्को दिन आउँछु” मैले बहाना बनाएं ।

पैसाको लागि पर्खि रहेको थिएँ, उसले कुरा लम्बयाउन थालेपछि मुखै फोरेँ, “खै पैसा देउन यार म जान्छु ।”

“कति पैसा लिन्छौ ?” उसले अप्ठेरो प्रश्न गरी ।

कति भुनं भनुं भयो मलाई, “तिमिलाई भनेको होला नि हिजोको दिदीले” मैले सजिलो तरिका अपनाए ।

उसले ४ हजार दिँदै भनी, “अहिले यति नै छ आउदै गर” पैसाको टेन्सन नलेउ ।

२ घण्टामा ४ हजार कमाई राम्रै हो जस्तो लाग्यो, उसँग बिदा भएर फर्किए । ठमेल गएर एउटा चिनिराखेको थकाली भान्छा घरमा गएर खाना खाएर कोठमा फर्किए ।

सुत्न अघि फेरी अघिकी आईमाईलाई सम्झिए, नाम पनि सोध्न भुलेछु । उसँगै पालैपालो अरू आईमाईलाई पनि सम्झिए ।

३ वर्ष अघि चिनेकी हङकङमा व्यापार गरी बस्ने एक व्यापारीकी श्रीमतीको साथ मैले छोडेको छैन । उसैले किनिदिएकी हो अहिलेको भिआर बाईक पनि । यस भन्दा अगाडि मैले २ वटा बाईक चेञ्ज गरेँ । उ जस्तै २ वटी अधबैशे आईमाई पनि मेरा नियमित दाता हुन ।

एउटाको श्रीमान् युकेमा बस्छ, अर्कीको श्रीमान् खाडि मूलकमा कामदार लैजाने र त्यहाँ काम खोज्ने एजेन्ट हो । त्यो एजेन्टको बुढीलाई भेट्न म उसको घर जांदिन उ नै आउँछे मेरो फल्याटमा । ती छोडनै न मिल्ने ग्राहक हुन मेरा ।

कहिले एउटा देश त कैले अर्को देशमा मान्छेको रोजगारी मिलाउन हिड्ने एजेन्टको श्रीमती सँगको भेटको प्रसङ्ग पनि रमाइलो छ । एक दिन मेरो एक जना साथीले जुम्वा डान्सको बारेमा सुनायो । उत्तउलो केटाहरुको एउटा नराम्रो बानी, जुन ठाउँमा जे देखेपनि कुराको कुनै न कुनै भागमा केटीको प्रसङ्ग जोड्न पुग्छन् । त्यो साथीले जुम्वा डान्सको क्लासमा राम्रा राम्रा बिहे भएका केटीहरू पनि आउँछन् सँगै डान्स गर्न रमाइलो हुन्छ भनेर मेरो मनलाई बढावा दिने शैलीले सुनायो ।

उसले कुन ठाउँमा जुम्वा डान्स सिकाईन्छ पनि भन्यो । एक पटक जानै मन लाग्यो सुनेर । पर्सिपल्ट गएँ, त्यसले भनेझंै असाध्यै राम्रा केटी कोही देखिन । प्राय सबै आईमाई शरीरको तौल घटाउन आएका थिए । एउटी केटी मेरो नजरमा परि । २७ वर्ष जतिकी उ हेर्नमा राम्री नै थिई । बोलचालको क्रम बढाउन ३ दिन जुम्वा क्लास गएँ । तेस्रो दिन उ सँग कुरा भयो र हामी फेसबुक फ्रेण्ड बनेउँ ।

फेसबुकमा आधा रातसम्म च्याट हुन थालेपछि जीस्कदाँ जीस्कँदै कति ठाउँमा भल्गर वर्ड नै प्रयोग हुन थाल्यो । मोबाइल नम्बर आदन प्रदान भएको २ दिनमा नै उ मेरो कोठामा आउन तयार भई । उसले भनेकी थिई “मेरो परिवारमा सासु ससुरा सँगै बस्ने भएकाले मेरोमा आउन मिल्दैन त्यसैले म तिम्रोमा नै आउँछु । ”

त्यतीबेला सम्म एउट किचन र एउटा सुत्ने बस्ने कोठा लिएको थिएँ । काम चलाउ सामान मात्र थियो । उ त्यो दिन म सँग बसेर गएपछि साँझमै फोन गरेर खुसीको खबर सुनाई ।

“एउटा राम्रो फ्ल्याट लिअ । म भाडा तिरीदीन्छु ।”

मैले फ्ल्याट खोजें उसैले सजाई उ आउने मेरो फ्ल्याट । करिब हप्ताको २ पटक आएर ३/४ घण्टा बिताउछे उ । वरिपरिका छिमेकी र घरबेटी आमाको अगाडि म उसलाई दिदी भनेर बोल्छु ।

सुरुमा भेटेकी त्यो हङकङको व्यापारीकी बुढी त मेरो लक जस्तै नै थिई । त्यसैबाट सुरु भएको मेरो सेवा यात्रा एउटीले अर्को र अर्किले फेरि अर्किलाई मेरो नाम र नम्बर दिन थालेपछि मेरो भाग्योदय भएको छ ।

भोजपुरको एउटा गाउँबाट एसएलसी पास गरेर काठमाण्डौं छिरेको मैले त्रिचन्द्र कलेजबाट आई.ए. पास गरेँ । ब्याचलर भर्ना भए पनि कटाउन सकिन ।

ती दिन सम्झदा मन अझै भारी हुन्छ, जब काठमाण्डौंको सुरुको दिनमा नयाँ बजारको गल्लि भित्रको अध्यारो कोठामा कति साँझ भोकै सुत्थें म । कोठाको अवस्था जस्तो भए पनि म बाहिर हिडदा ठाट्टिएरै हिडथें । खाजा र खानाको पैसा कटाएर कपडा किन्थे म । त्रिचन्द्र क्याम्पस छिरेको एक महिनामै धेरैैसँग चिनजान बढाएँ । अधिकांशले मेरो पर्सनालिटी र जिउ डालको खुलेरै प्रशंसा गर्थे । आफ्नो क्लास र अरू क्लासका ४/५ जना केटीले मलाई मन पराउने कुरा साथीहरूले सुनाउँथे ।

अरूले मेरो आत्मीय व्यवहार, मिठो बोलिचाली र आर्कषक व्यक्तित्वको तारिफ गरेपनि मेरो घर र काठमाण्डौंको कोठाको अवस्था बिरक्त लाग्दो थियो । आई ए पढ्दा खेरीका २ वर्ष मैले यो सहरमा बडो दुखले बिताएं ।

काठमाण्डौ आएको तेस्रो वर्षको दसैमा गाउँ जान लाग्दा सँगैको सिटमा बसेकी २७ वर्षकी युवतीसँगको चिनजानले जीवन नै बदली दियो । धरान जान लागेकी त्यो युवती हङकङको व्यापारीकी श्रीमती थिई । त्यो भेट एक रातको बस यात्राको भए पनि त्यसपछिका दिनमा उसको सहयोगले म काठमाण्डौं टिक्न सकें । यस कारण आज पनि म उसको अनुरोधलाई टार्न सक्दिन । त्यसपछिका सबै जना प्रायः विदेश बस्नेहरुका श्रीमती छन् जसले मलाई हुने खानेको छोरो जस्तो बनाईदिएका छन् ।

तिनीहरू सँगको भेटमा मैले सुन्ने गरेको गुनासोमा कसैका श्रीमान् टाढा हुँदा खेरिको एक्लो पन, कसैको आफू भन्दा बढी उमेरका बुढा र कसैको कामले गर्दा आफूलाई समय दिन नसकेका व्यथा हुन्छन् ।

धेरै जनाले मेरै अगाडि श्रीमानलाई फोन गरेको सुन्छु, कसैले तपाईँको एकदम याद आइरहेको छ, कहिले आउनु हुन्छ भन्दै मेरो अँगालोमा भए पनि रोएको झैँ नाटक गर्छन् । कसैले पैसा टाइममा नपठाएको भन्दै झगडा गर्छन् । प्रायः बिदेशिनेका श्रीमतीको दुईवटा सिम हुन्छ, हामी जस्तालाई फोन गर्ने नम्बर श्रीमानलाई दिएका हुदैनन् । कसैले २ वटा मोबाइल सेटनै लिएका हुन्छन् भने कसैले डबल सिम लाग्ने मोबाइल चलाएका हुन्छन् । कहिले काँहि हाँसै उठ्छ, चलन चल्तिको उखान केटाको भाग्य र केटीको चरित्र भगवानलाई पनि थाहा हुँदैन भनेको साँचो रहेछ ।

जीवनको यो यात्रा सम्झदा कहिले रमाइलो लाग्छ त कहिले औडाहा हुन्छ । फ्ल्याटको खर्च बेहोर्ने देखी उपहारमा सुनका सिक्री, औंठी, ब्रास्लेट र बाईक सम्म दिने आईमाईको सङ्गतमा भए पनि म ३/४ हजार दिने आईमाईलाई पनि भेट्न जान्छु । सानैबाट पैसाको मुख राम्रो सँग नदेखि हुर्केको म आज आफूलाई साथीभाई माझ सबैभन्दा धनी देख्छु ।

धेरै सँग धेरै रात र धेरै दिन बिताए पनि उनीहरूको कहिल्यै माया लागेन । माया त म आफूसँगै कलेजमा पढेकी श्रृजनालाई गर्छु । उसलाई मैले सुरुका दिनमा आफ्ना दुख देखाउन चाहिन आज ती दुख आफैँ टाढा गए ।

बेहद प्रेम गर्छु श्रृजनालाई तर आफ्नो यो वास्तविकता बताउने आँट कहिल्यै आएन । श्रृजना सधैँ कराउँछे, तिमिले पढाई छोडयौ, बिहे पछि जीवन के गरेर चलाउने सोचेको छौँ भन्दै । उसले ब्याचलर प्रथम श्रेणीमै उतिर्ण गरी । काठमाण्डौंको नेवारकी छोरी हो । म अन्यौलमा छु, उसलाई धोका दिनु ठिक हो कि होइन । म मेरी प्रेमिकालाई धोका दिइरहेको छु, ती आईमाईहरु आफ्ना श्रीमानलाई धोका दिइरहेका छन् । कति यस्ता लोग्ने पनि छन् यो सहरमा जसले आफ्नो श्रीमतीलाई धोका दिएर अरू केटीको लागि खर्च गरिरहेका छन् । सोच्दा यस्तो पनि लाग्छ धोकामै अडेर पनि सम्बन्ध त टिकीनै रहंदो रहेछ ।

काठमाण्डौंको बेरोजगारी र घरको समस्या मेरो ईमान्दारीले सजिलै टर्ने वाला छैन । थाहा छैन, यो अरूका श्रीमतीसंगको भेटघाटको सिलसिला कहिले सम्म चल्छ ।

सुषमा देवकोटा 


http://americanepal.info/%E0%A4%AA%E0%A4%B0%E0%A4%A6%E0%A5%87%E0%A4%B6%E0%A5%80%E0%A4%95%E0%A4%BE-%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A5%80%E0%A4%AE%E0%A4%A4%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%A8%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%A8/

Last edited: 19-Oct-17 08:01 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
Conservative discussions
ChatSansar.com Naya Nepal Chat
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Supporting issues on principle instead of blind brainwashed support
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Cricketer Sandeep Lamichhane singing & playing guitar
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Love trumps Hate
The delusion created by mainstream media is creating fake reality for biden supporters
Why Oli must go for the UML to survive?
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
ttps://www.ptokhabar.com/2026/09/4103/?fbclid=IwZnRzaAUEuCdwZG9mBWZkaWQWUNoJyQvb04Jb0lPfJtx4fRY-AAtLPGV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkCjY2Mjg1NjgzNzkAAR5qFK07IuYvZcYafnkFoKwrOIx5xJxdUhGr-nJ-UA2G2SqGGcmfS-xApdLwXg_aem_Ai1X5u_YJAFjFzlt-DVWjA
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters