जातीय सद्भाव भड्काउने स्टाट्स लेखेको भन्दै नेपाल प्रहरीको सिआइबीले जर्मनीमा अध्ययन गरिराखेका नेपाली बिद्यार्थीलाइ झिकाउने तयारि

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अध्ययनका लागि जर्मनी पुगेका धादिङ त्रिपुरासुन्दरीका आत्माराम थपलियालाई प्रहरीले नेपाल झिकाउने तयारी थालेको छ । जातीय सद्भाव भड्काउने स्टाट्स लेखेको भन्दै नेपाल प्रहरीको सिआइबीले उनले नेपाल झिकाउन लागेको एसपी मिरा चौधरीले जानकारी दिइन्। उनले लेखेका अधिकांश स्टाट्स धर्म सम्बन्धी र जातजाती सम्बन्धी छ। उनले स्टाट्सले जातीय सद्भावमा खलल पुगेको भन्दै प्रहरीले उनलाई झिकाउन सम्बन्धित निकायलाई पत्राचार गरिसकेको पनि एसपी चौधरीले बताइन्। सिआइबीले उनलाई साइबर क्राइम अन्तर्गत नै मुद्दा चलाएर कुटनीतिक पहलमार्फत नेपाल झिकाउन लागेको जानकारी दिएको छ। उनलाई नेपाल झिकाउन सिआइबीले इन्टरपोललाई पनि सहयोग गर्न भनेको छ। उनले उपराष्ट्रपति नन्दबहादुर पुन र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुलाई मुछेर पनि कडा स्टाट्स लेखेका थिए। धुर्मुस सुन्तलीलाई पनि उनले विदेशी पैसा बाँडेर धेरै नाटक नगर भनेका थिए। प्रहरीका अनुसार बढीमा १ महिनाभित्रमा उनलाई झिकाइने छ। प्रहरीले यस अघि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रचण्डकी छोरी रेणु दाहाललाई फेसबुकमा गाली गर्ने २ जनालाई पक्राउ गरिएको कारबाही गरिसकेको छ। https://setopati.com/social/89...

ktmpost · Sep 20, 2017 9:33 AM · 12,474 views

2 Replies

watch out NLM.....

kattu · Sep 20, 2017 10:48 AM

so do we get to see his status?

jerryswari · Sep 20, 2017 10:52 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion