अमेरिकामा भारतीय-अमेरिकन इन्जिनियरमाथि गोली प्रहार - एजेन्स फाल्गुन १३, २०७३- अमेरिकामा एक व्यक्तिले चलाएको गोली लाग्दा एक भारतीय युवकको मृत्यु भएको छ । अमेरिकाको कन्सास राज्यको एक रेष्टुरेन्टमा ५१ वर्षीय एडेम पुरिन्टनले दुई भारतीयसहित तीनजनामाथि गोली प्रहार गरेका थिए । गोली लागी ३२ वर्षीय भरतीय-अमेरिकन इन्जिनियर श्रीनिवास कुचीभोत्लाको ज्यान गएको हो। स्थानीय सञ्चारमाध्यमले प्रत्यक्षदर्शीको भनाए उद्धृत गर्दै जनाए अनुसार पुरिन्टनले गोली हान्नुअघि 'मेरो देशबाट बाहिर निस्की' भन्दै चिच्याएका थिए । समाचारमा जनाएअनुसार उनले दुई भारतीयलाई मध्य-पूर्वका सम्झेर गोली चलाएका थिए । गोली हानेर भागेका पुरिन्टनलाई घटनाभएको केही घण्टापछि पुलिसले छिमेकी राज्य मिसौरीबाट पक्राउ गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिहरेको छ । यसैबीच भारतीय नागरिकलाई अमेरिकामा गोली प्रहार गरिएकोमा भारतीय विदेशमन्त्री सुश्मा स्वराजले मर्माहत भएको भन्दै मृतकको परिवारप्रति ट्विट मार्फत समवेदना प्रकट गरेकी छन् । http://bit.ly/2lLS6wL