[Show all top banners]

ktmpost
Replies to this thread:

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 लगानी बोर्डका सिइओको तलब २ लाख ७५ हजार !
[VIEWED 3068 TIMES]
SAVE! for ease of future access.
Posted on 07-22-16 4:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

५ साउन, काठमाडौं । देशको सबैभन्दा विशिष्ट पदाधिकारी अर्थात् राष्ट्रपतिको मासिक तलब १ लाख ५० हजार ४ सय ५० रुपैयाँ रहेको छ । प्रधानमन्त्रीको ७७ हजार र मुख्य सचिवको तलब ५५ हजार छ । उसो भए, सचिव सरहको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ)को मासिक तलब कति होला ?

MahaPrasad-Adhikari

महाप्रसाद अधिकारी

तपाईंलाई अचम्म लाग्नसक्छ, लगानी बोर्डका सिइओको तलब राष्ट्रपतिको भन्दा झण्डै दोब्बर छ ।

हाल लगानी बोर्डको सिइओ महाप्रसाद अधिकारी छन् र उनको हालको तलब मासिक दुई लाख ७५ हजार रुपैयाँ पुगेको छ । गत असार ३१ गते बसेको मन्त्रिपरिषद बैठकले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीको मासिक तलब २ लाख ७५ हजार तोकेको हो ।

यसको अतिरिक्त अधिकारीले सरकारी सुविधा वापत गाडी, इन्धन, गाडी मर्मत खर्च, चालक र पत्रपत्रिका शीर्षकमा थप तीन हजार रुपैयाँसमेत पाउनेछन् ।

सरकारले प्रधानमन्त्री कार्यालय अन्तर्गत रहने एउटा कार्यालय प्रमुखका लागि यति धेरै तलब सुविधा दिने निर्णय गरेको यो पहिलोपटक हो ।

नियुक्त गर्नेको तलब ५५ हजार, नियुुक्त हुनेको २ लाख ७५ हजार !

लगानी बोर्डका कार्यकारी अधिकृत प्रधानमन्त्री कार्यालयप्रति जवाफदेहि हुन्छ । प्रधानमन्त्री कार्यालयका प्रमुख प्रधानमन्त्री हुन् । प्रधानमन्त्री कार्यालयले नै लगानी बोर्डको प्रमुख तोक्छ । तर, प्रधानमन्त्रीको तलब ७७ हजार छ ।

यस्तै मुख्य सचिवले आवश्यक पर्दा लगानी बोर्डका सिइओलाई काम लगाउने र आवश्यक निर्देशन दिन्छन् । तर, मुख्य सचिवको तलब भने ५५ हजार २ सय रुपैयाँमात्र छ ।

प्रधानमन्त्री कार्यालयले नै सिइओको तलब तोक्न फाइल उठाएको हो । प्रधानमन्त्री कार्यालयको आर्थिक पूर्वाधार महाशाखाबाट फाइल उठेर प्रशासन महाशाखा हुँदै मन्त्रिपरिषदको बैठकमा कार्यकारी अधिकृतको तलव प्रस्तावको फाइल पेश भएको थियो । र, असार ३१ गतेको मन्त्रिपरिषद बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको थियो ।

के हो लगानी बोर्डको जिम्मेवारी

देशमा उद्योग धन्दाको विकासमा विदेशी लगानी भित्र्याउनु लगानी बोर्डको मुख्य काम हो । त्यसका लागि अन्तराष्ट्रिय संघ संस्थाहरुसँग प्रगाढ सम्बन्ध बनाएर अघि बढ्नुपर्छ । नेपालमा लगानी गर्न देखिएका समस्या हटाएर विदेशी लगानीकर्ताको मन जित्नु बोर्डको मुख्य काम हो ।

यही काममा सक्रिय भएको भन्दै सरकारले लगानी बोर्डका कर्मचारीहरुलाई पचास प्रतिशत अतिरिक्त भत्ता दिन्छ ।

सरकारले लगानी बोर्ड जस्तै अर्को निकाय राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पनि गठन गरेको छ । जसको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली छन् । उनको मासिक सेवा सुविधा भने मन्त्री सरह छ ।

सरकारले जारी गरेको नयाँ तलबमान अनुसार मन्त्रीको मासिक तलब ६४ हजार रुपैयाँ छ । यसको अतिरिक्त गाडी, इन्धन, चालक लगायतका सुविधा पनि हुन्छ ।

२०७३ साउन ५ गते २०:२३ मा प्रकाशित

http://www.onlinekhabar.com/2016/07/455499/

Last edited: 22-Jul-16 05:40 AM

 
Posted on 07-22-16 10:30 PM     [Snapshot: 226]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

2 lakh khayer 2 karod deshko lagi faida banaye ta kehi farak pardaina... talab bujne ra meeting matra garne vaye ta lakhetnu parchha sathi ho....
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
ए १ पनि पुगेनछ ?
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Supporting issues on principle instead of blind brainwashed support
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
अब के हाेला त?
maga got what they voted for
Funny when Nepalis talk about Epstein and injustice
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
नेपाली वालमार्ट चोर
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Supreme Court Decision Crushes TPS Dreams
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters