cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

Mr. D

tragicomic

jetho390

Tyo Din
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 भुकम्म पिडितका नाममा उठाइएको पैँसा महासचिव र कोषध्यक्षले नै हिनामिना गरेका हुन
[VIEWED 6234 TIMES]
SAVE! for ease of future access.
Posted on 07-06-16 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुकम्म पिडितका नाममा उठाइएको पैँसा महासचिव र कोषध्यक्षले नै हिनामिना गरेका हुन

आनन्द विष्ट


विधिको शासन भएको देश हो अमेरिका। त्यसैले, मलाई बोल्न कुनै डर छैन। मसंग सबै प्रमाण छन। कसरी मेरै संस्थाका महासचिव (मुनिन्द नेम्वाङ)  र कोषाध्यक्ष ( विजय थुलूङ ) मिलेर यति ठुलो रकम आर्थिक अपचलन गरे भनेर।

अझ सबैभन्दा रोचक कुरा त के भने चोरलाई रंगेहात पक्डिएपछि माफी माग्नु त कहां हो कहां उल्टै अनर्गल प्रचार गरेको भन्दै त्यसलाई ढाकछोप गर्ने प्रयास गरिरहेका छन्।

धेरै संचारमाध्यमहरुमा मेरो हस्ताक्षर भएको चेकहरुलाई प्रमाणको रुपमा पेश गरिएको छ तर यहां के स्मरण गराउन चाहन्छु भने ती चेकहरु संगठनकै कामका लागि निकालिएको हो जसको रसिद सबै सुरक्षीत छ।

संस्थाको ट्याक्स फाइल गर्न पटक पटक मैले कोषाध्यक्षलाई अवगत गराउंदा पनि उनले आनाकानी गरेपश्चात मलाई शंका लागेर म आफैं संस्थाका साथीलाइ सँगै लगेर बैंक स्टेटमेन्ट हेरेको हुँ। त्यतिखेर मात्र थाहाँ पाए, कि यी दुई व्यक्ति मिलेर संस्थाको खाताबाट झण्डै ४५ हजार ९ सय डलर (४६ लाख रुपैया) विना जानकारी निकालिसकेका रहेछन्। मैले तत्कालै केन्द्रिय समितीको आपतकालिन बैठक डाकेर यसको कुरामा छलफल गर्न चाहें तर उहांहरु आउनु भएन बरु उल्टै मिडियाबाजी गरेर चरित्र हत्या गर्न तिर लाग्नुभयो।

जनसम्पर्क समितीको विधान अनुसार बैंकको खाताबाट रकम निकाल्नका लागि कोषाध्यक्षको हस्ताक्षर अनिवार्य हुनुपर्छ र, एर्काे एकजना अध्यक्ष वा महासचिवमध्ये एकले हस्ताक्षर गरेको खण्डमा पैसा निकाल्न मिल्छ। झण्डै ४६ लाख रुपैंया कोषाध्यक्ष र महासचिवले निकालेका छन् र ती चेकहरु पनि बैंक स्टेटमेन्टबाट खुलिसकेको छ।

भुकम्पपीडितको नाममा पैसा खायो भनेर जुन चरित्र हत्या गर्ने प्रयास गरिएको छ यसमा मेरो कुरा समावेश नै नगरी एकहोरो केहि संचारमाध्यमहरुले समाचार प्रवाह गरिरहेका छन्। यसमा मेरो आपत्ति छ। यसबारे म स्पष्ट पार्न चाहन्छु ।

१८ लाख रुपैंया हामीले पार्टीको भुकम्प राहत कोषमा जम्मा गरिदिएका छौं। २.९ लाख ३० हजार रुपैंया जस्तापाता र अन्य कुरा किन्न नेपालमै खर्च गरेका छौं। त्यो हिसाव पनि हामिसँग छ। ४ लाख ५० हजार रुपैंया जाडोमा कम्बल लगायत किन्न दोलखा जिल्लामा पठाएका छाैँ। यी तीन चेकहरुमा मेरो हस्ता छन्।

संस्थाले गत साता संस्थाका केन्द्रिय सदस्य अमृत भट्टराई (मिचिगन) को संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । यो समितिलाई १० दिनभित्र सबै यथार्थता बुझेर प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको छ। थप तथ्य उक्त कार्यदलले सबैलाई जानकारी दिनेछौँ। कार्यदलले जसलाई दोषी मान्छ उसलाई कारवाही गरिनैपर्छ । यदि उक्त कार्यदलले मलाई दोषी मान्छ भने म त्यसलाई सहर्ष स्वीकार गर्छु।

सेतोपाटीकालागि दिपिका श्रेष्ठसँगको कुराकानीमा आधारीत

http://global.setopati.com/america/1933/


 
Posted on 07-06-16 3:00 PM     [Snapshot: 13]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
2020 : Why No Trump !
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters