← Back to Kurakani

ट्रम्पले जितुन् भन्दै दिल्लीमा पूजापाठ http://kantipur.ekantipur.com/news/2016-05-11/20160511180954.html

Original Post

वैशाख २९, २०७३- अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिनक पार्टीका उम्मेदवार बनेका डोनाल्ड ट्रम्म विवादित व्यक्ति मानिएका छन् । उम्मेदवार बन्ने क्याम्पियनमा उनले दिएका अभिव्यक्तिले उनी विवादमा आएका हुन् । तर, तिनै अभिव्यक्तिले भारतमा भने उनले सथर्मक कमाएका छन् । उनका तिनै समर्थकले बुधबार भारतको राजधानी नयाँ दिल्लीको जन्तरमन्तरमा ट्रम्पले अमेरिकी राष्ट्रपति जितुन् भन्ने कामना गर्दै पूजा र हवन गरेका छन् । हिन्दु सेना नामक संगठनमा आवद्ध करिब एक दर्जन मानिसहरुले शिव र हनुमानको मुर्तिसँगै ट्रम्पको तस्बिर राखेर उनको पक्षमा पूजापाठ गरेका हुन् । उनीहरुले भनेका छन्, ‘ट्रम्पले मात्रै संसारमा मानवताको रक्षा गर्न सक्छन् ।’ उनीहरुले यसो भन्नुका पछाडि ट्रम्पले दिएका मुस्लिम विरोधी अभिव्यक्तिको मूख्य भूमिका रहेको मानिन्छ । मुसलमानविरोधी संगठन हिन्दु सेनाका एक कार्यकर्ताले भने, ‘मुसलमान आतंकवादबाट पूरै संसार आक्रान्त छ, यसबाट ट्रम्पलेमात्रै मानवतालाई बचाउन सक्छन् ।’ उनीहरुले ट्रम्पको तस्बिरमा टीका लगाइदिँदै उनको पक्षमा नाराबाजी पनि गरेका थिए । ट्रम्पले मुसलमानहरुलाई अमेरिका प्रवेशमा केही समयका लागि प्रतिबन्ध लगाउनु पर्ने र संसारभरीबाट आतंकवादी समूहहरुलाई निर्मूल पार्नुपर्ने अभिव्यक्ति दिएका थिए । धर्म विशेषबारे नकारात्मक टिप्पणी गरेको भन्दै ट्रम्पको व्यापक आलोचना भएको थियो । http://kantipur.ekantipur.com/... Last edited: 11-May-16 07:42 AM

IT_Guy
May 11, 2016 7:39 AM · 15,070 views
Replies
No replies yet.
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant