[Show all top banners]

ugeslimbu
Replies to this thread:

More by ugeslimbu
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 Modi against Nepali Constitution
[VIEWED 1709 TIMES]
SAVE! for ease of future access.
Posted on 09-21-15 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तराई–मधेसको बहानामा नेपाली नेतृत्वमाथि दबाब
काठमाडौं : आफ्नो सल्लाहविपरित संविधान जारी गरेपछि असन्तुष्टी जनाएको भारतले आक्रोश व्यक्त गर्न थालेको छ । नेपालस्थित राजदूत रञ्जित रे सोमबार भारत गएलगत्तै दूतावासको अाक्रोशपूर्ण विज्ञप्ती अाएको हो ।

आइतबार संविधानसभाले संविधान जारी गरेपछि आफूलाई त्यो कुरा थाहा भएको भन्दै विज्ञप्ती निकालेको २४ घन्टा नबित्दै भारतले तराई–मधेसको हिंसाको बहानामा अर्को कडा विज्ञप्ती निकालेको छ ।

काठमाडाैंस्थित भारतीय राजदूतावासले सोमबार साँझ निकालेको विज्ञप्तीमा तराई–मधेसको हिंसालाई जोडेर संविधान जारी गर्दा आफूसँग सल्लाह नलिएको आक्रोश पोखेको छ ।

सोमबार दिनभर देशमा संविधानको खुसियाली मनाइरहेका नेपाली राजनीतिक दलहरुमाथि भारतले आफूलाई नटेरेको भन्दै दबाब बढाएको हो ।

काठमाडौंस्थित भारतीय दूतावासले निकालेको विज्ञप्तीमा आइतबार संविधान जारी गर्ने क्रममा भारतसँग सीमा जोडिएको नेपालको तराई क्षेत्रमा भएको हिंसाबाट मानिस मारिएको र घाइते भएकोमा गहिरो चिन्ता जनाइएको छ ।

भारतले तराई–मधेसमा जारी आन्दोलनले भारतका कार्गो र ढुवानी कम्पनीहरु असुरक्षित र अफ्ठेरोमा परेको जनाउँदै त्यस क्षेत्रको आन्दोलन तत्काल बन्द गराउन नेपाल सरकारलाई दबाब दिएको हो ।

‘तराई–मधेसको हिंसात्मक आन्दोलनले हाम्रा कार्गो र ढुवानी कम्पनीले नेपाल जाँदा अफ्ठेरो र असुरक्षित महसुस गरेको गुनासो गरिरहेका छन्’, नेपालस्थित भारतीय दूतावासको विज्ञप्तीमा भनिएको छ, ‘त्यस क्षेत्रको आन्दोलनबारे तत्काल आपतकालिन कदम चान्ल नेपालको राजनीतिक नेतृत्वलाई आग्रह गर्दछौं । यदि समयमा कदम चालिएको भए अहिले यति गम्भीर अवस्था विकास हुने थिएन ।’

भारतले नेपालमा विकसित राजनीतिक समस्याको समाधानका एक आम सहमतिमा पुग्न बारम्बार आग्रह गरेको जनाउँदै राजनीतिक समस्यालाई दबाएर समाधान ननिस्कने उल्लेख गरेको छ ।

‘हामीले लगातार नेपालका सबै बर्गलाई त्यहाँको राजनीतिक चुनौतीबारे एक आमसहमतिसम्म पुग्नका लागि सुझाव दिँदै आएका थियौं’, विज्ञप्तीमा भनिएको छ, ‘नेपालले अहिले सामाना गरिरहेको समस्या राजनीतिक हो, यसलाई दमन गरेर र सुरक्षाबलको माध्यमबाट समाधान गर्न सकिँदैन ।’

भारतले संविधान जारी भएको परिस्थितिमा पनि प्रभावकारी राजनीतिक पहल र विश्वासको वातावरण बनाएर टकराबको वर्तमान स्थिित पछाडिका कारण पत्ता लगाउन नेपाली राजनीतिक नेतृत्व सफल हुने बताएको छ ।

भारतले आइतबार संविधान जारी भएलगत्तै निकालेको विज्ञप्तीमै असन्तुष्टी जनाएको थियो । उसले नेपालमा संविधान जारी भएको थाहा पाएको जनाउँदै स्वागतसमेत नगरी असन्तुष्टी पोखेको थियो ।

भारतले आइतबारको विज्ञप्तीमा पनि आफ्नो सीमाक्षेत्र जोडिएको तराई–मधेसमा जारी आन्दोलनबारे गम्भीर चासो लिँदै संविधान जारी गर्दा आफूसँग नसोधिएकोमा आक्रोश पोखेको थियो ।


 
Posted on 09-21-15 2:38 PM     [Snapshot: 82]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HE should not be interfering. 
Last edited: 21-Sep-15 03:06 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Toilet paper or water?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Tourist Visa - Seeking Suggestions and Guidance
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
advanced parole
From Trump “I will revoke TPS, and deport them back to their country.”
Sajha Poll: Who is your favorite Nepali actress?
Mamta kafle bhatt is still missing
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
TPS extension Petition!!!
KP Oli and Nepali Political Corruption
Nepali Passport Renewal
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
Are Nepalese cheapstakes?
Nepali Psycho
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters