← Back to Kurakani

एनआरएन अमेरिकाको अध्यक्षमा डा केशव पौडेल बिजयी

Original Post

बैशाख १२ , वाशिंगटन डिसी विजय थापा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचनमा अन्य ५ जना प्रतिस्प्रद्धिलाई उछिन्दै अध्यक्ष पदमा डा केशव पौडेल निर्वाचित भएका छन l अध्यक्ष पदमा करिब १० जनाले उम्मेदवारी दिने घोषणा गरे पनि अन्तिम समयमा अध्यक्षको दौडमा जम्मा ६ जना मात्र उम्मेद्वारहरु मैदानमा उत्रिएका थिए l मतदान अप्रिल १६ देखि अप्रिल २० तारिख मध्ये राती सम्म बिधुतिय मतदान तथा मतपत्र मतदान गरिएको थियो l शनिबार सम्पन्न मत गणना अनुसार डा पौडेलका निकटतम प्रतिद्वन्दी गणेश कुँवर दोश्रो स्थानमा रहेका थिए l डा पौडेलले आफ्नो चुनाबी अभियानमा अमेरिकामा भएका नेपाली समुदायका आवश्यकता तथा समस्यालाई सम्बोधन गर्ने छु भनि प्रतिबद्धता जाहेर गरेका थिए l र ,साथै निर्वाचनमा बिजयी भएमा सर्वप्रथम के काम गर्नु हुन्छ भन्ने सवालमा एनआरएन अमेरिकाको संगठनलाई बलियो बनाउने छु l अमेरिका भर रहेका नेपालीहरुलाई यो संस्थामा सदस्य लिन मन लगाउने प्रकारका कार्यक्रम ल्याउने छु भनेका थिए l आज बिहान अप्रिल २५ तारिख शनिबार ११ बजे देखि न्यु योर्कको क़ुइन्सको सत्यनारायण मन्दिरमा मत गणना गरिएको थियो l यसै गरि वरिष्ठ उपाधक्ष्य पदमा एनआरएन अमेरिकाका महा सचिब न्युयोर्कका कृष्ण पोख्रेल बिजयी भएका छन् l ४ जना क्षेत्रीय उपाध्यक्षमा बिजयी हुने उम्मेदवारहरुमा क्रमस ,न्युयोर्ककि बन्दना कोइराला ,बाल्टिमोर कि रबिना थापा ,डिल्ली राम भट्टराई तथा राम चन्द्र पोख्रेल निर्वाचित भएका छन् l यसै गरि महासचिबमा तिल बहादुर श्रेष्ठमा बिजयी भएका छन् भने सचिबमा शंकर खड्का ,सहसचिवमा संगीता ‘लम्साल’ सिवाकोटी, कोषाध्यक्षमा वेद बस्नेत र सहकोषाध्यक्षमा प्रकाश सापकोटा रहेका छन् । सदश्यहरुमा क्रमश गोमा शेन, सुर्य लम्साल, हरिश चन्द्र हमाल, मोहन बहादुर ज्ञवाली, बिनोद तिवारी, शिब राज पौडेल , विष्णुमान प्रधान, गोबिन्द श्रेष्ठ, सतेन्द्र शाह तथा सुशील रेग्मी बिजयी भएका छन् । प्रमूख निर्वाचन संयोजक अधिबक्ता विनोद रोकाको नेतृत्वमा शनिबार न्युयोर्कमा मतगणना सम्पन्न गरिएको थियो ।

mahoday
Apr 25, 2015 6:00 PM · 11,837 views
3 Replies
facebook Apr 25, 2015 6:06 PM
यो मुजी तोर्पे बिजय थापा को काम छैन क्या हो . देस को हालत तेस्तो छ त् मुजी लाइ तेरो NRN को चुनाब को पर्या छ ! तिनी हरु ले donation देको समाचार ल्याइज पैले .
BadhiJanne Apr 25, 2015 8:58 PM
This is ridiculous. अरुलाई केको चिन्ता, घरज्वाईलाइ खानको चिन्ता. अलिकति sense हुनु पर्छ.
sole Apr 25, 2015 9:10 PM
yesta [Disallowed String for - use not allowed] khate haru.. thukka... yesta haru nepal ma bhayeko bhaye ajha thulo pralaya aunethyo hola..
Login to join the conversation.

You might be interested in...

Latest Kurakani View all
Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant