[Show all top banners]

_____

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 आमाबाबु निष्ठुरी बनिदिए'
[VIEWED 1107 TIMES]
SAVE! for ease of future access.
Posted on 04-12-15 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आमाबाबु निष्ठुरी बनिदिए'




    chil

    गोरखा, चैत्र २९ - स्कुलमा साथीहरूले आमाबाबुको नाम सोधे भने निशासँग उत्तर छैन। जंगलमा भेटेर पालनपोषण गर्ने तान्द्राङ १ टारीफाँटकी ७० वर्षीया आइतमाया नेपालीलाई उनले आमा ठानेकी छन्। आमाको नाम सम्झना र बाबुको थर अछामी हो भन्ने याद छ। ठ्याक्कै वर्ष दिन बित्यो, उनलाई आमा सम्झनाले सम्झिएकी छैनन्। जन्मघर र मितिबारे पनि उनी बेखबर छिन्।

    आमाबाबुको माया नपाएकी उनी एक साताअघि आगोमा जलेपछि झन् पीडा थपिएको छ। पोलेको घाउ बिसेक हुँदैछ, अभिभावकले छाडेको मनको घाउ निको हुने/नहुने निधो छैन। उनकै भनाइमा रक्सी पिएकी आमाले जंगलमा ल्याएर छाडेकी थिइन्।

    तान्द्राङको रानीवनमा घाँसदाउरा लिन गएकी आइतमायाले रोइरहेकी निशालाई भेटेकी हुन्। 'पोहोर चैत २० गते जंगलमा भेटें। आफ्नै छोरी सम्झेर पालेकी छु,' उनले भनिन्। निशा ७ वर्षकी भएको अनुमान छ। आइतमायाले निशालाई स्थानीय नवज्योति माविमा भर्ना गरेर पढाउन थालेकी छन्। उनी शिशु स्याहार कक्षामा प्रथम हुने गरेको शिक्षक बालकृष्ण लामिछानेले बताए।

    आइतमाया घरमा नभएका बेला उनलाई आगोले पोल्यो। उनको ढाड र छाती जलेको छ। आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा उनको उपचार भइरहेको छ। यति दुःखमा पर्दा पनि उनका आमाबाबुको अत्तोपत्तो छैन।

    केन्द्रका कर्मचारीले बालिकाको निःशुल्क उपचार गराएको स्वास्थ्यकर्मी प्रसिद्ध ढकालले बताए। 'उपचार खर्च नभएपछि हामीले संकलन गरेर औषधि किनिदियौं,' उनले भने। उनको दैनिकी यस्तै सहयोगहरूबाट चलेको छ। विद्यालयले निशाका लागि छात्रवृत्तिको व्यवस्था गरिदिएको लामिछानेले बताए।

    उनी जंगलमा भेटिएपछि प्रहरीले समेत सोधीखोजी गरेको थियो। तर आमाबाबुबारे केही पत्तो लागेन। उनको घर धादिङ हुन सक्ने आशंका स्थानीयवासीले गरेका छन्। उनकी आमाले तान्द्राङमा नातेदार भएका गोरखाका युवकसँग अर्को विवाह गरेको हुन सक्ने शंका गाउँलेको छ। आफन्तको घर आउँदा बालिकालाई अलपत्र पारेर हिँडेको हुन सक्ने लामिछानेले बताए।

    बेसहारा बनेकी छोरीलाई खोज्दै बाबु कहिल्यै आएनन्। जन्मदर्ता प्रमाणपत्र नहुँदा उनको पढाइमा समेत असर पर्ने शिक्षकको भनाइ छ।

     

    प्रकाशित मिति: २०७१ चैत्र २९ ११:०३ 


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 200 days
    Recommended Popular Threads Controvertial Threads
    TPS Re-registration
    What are your first memories of when Nepal Television Began?
    TPS Re-registration case still pending ..
    निगुरो थाहा छ ??
    ChatSansar.com Naya Nepal Chat
    Basnet or Basnyat ??
    Sajha has turned into MAGATs nest
    NRN card pros and cons?
    मन भित्र को पत्रै पत्र!
    Will MAGA really start shooting people?
    Democrats are so sure Trump will win
    Top 10 Anti-vaxxers Who Got Owned by COVID
    TPS Work Permit/How long your took?
    काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
    Breathe in. Breathe out.
    3 most corrupt politicians in the world
    Dementia Joe has been selected to become the next President
    Trumpism project 2025 everyone should read https://www.project2025.org/
    आज बाट तिहारको सेल सकियो
    "श्रीमतिको अर्कै संग सम्बन्ध रहेछ "
    Nas and The Bokas: Coming to a Night Club near you
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters