महिनौ पछि याद गर्ने , साहुको ब्याज तिरे जस्तो, त्यहि पनि खुसि कहाँ ? रातो प्याज चिरे जस्तो l कहिले कहीं घुर्क्याउन बेला -बेला हराऊँदा, जन्ती हरुको भिड भित्र नयाँ पठ्ठो छिरे जस्तो l कोहि-कोहि खस्याक-खुसुक आपसमा कुरा गर्दा , भन्छन कोहि- कोहि हेर्न त्यो त ठ्याक्कै बिरे जस्तो l साझाको यो चौतारामी आउने -हराउने धेरै भयो, अब सधैं नियमित हुन्छु, बल्ल बुद्दि फिरे जस्तो l कहिले कहीं घुर्क्याउन बेला -बेला हराएनी , अब सधैं नियमित हुन्छु, बल्ल बुद्दि फिरे जस्तो l **** रित्तो हात ****