लघुकथा - स्ट्याटस
भेट्घाटको सिल्सिला समर(ग्रिश्म) मास मा धेरै हुनेगर्छ । यस्पलीको भेट्घाटमा २-४ वत नयाँ अनुहारहरु झुल्किये । बासिन्दा पुरानो भएपनी उनिहरुले यस अघीका भेट्घाटमा नदेखेकाले मलाई नै नयाँँ भन्ठानेका रहेछ्न नयाँ अनुहारहरुले ।
पहिलोले प्रश्न तेर्साइहाले "अनी तपाईंको नाम चाँही के पर्यो होला?" ।
"एह ! मेरो नाम थाने हो , अनी हजुरको ? " मैले सोधें ।
"मलाई चाँही ईन्द्र भन्छन , नाम चाँही मेरो बरुन हो " पहिलोले भन्यो ।
दोस्रोले भन्यो 'म आकाश' अनी हात अगाडि बढायो ।
सधैं झैं भेट्घाटमा देखिरहने पुराना टोपेन्द्र बहादुर दाई हाम्रो चिनापर्ची हुँदा हुँदै टुपुल्के अनी आफ्नो ठुलो आवाजमा चिनापर्ची गरेर गफ्फिन थालिहले । टोपेन्द्र दाइलाई उहाँको नामले आजभोली सबोधन गरेको खसै मन्पर्दैन - नयाँ उपनाम राख्नु भएको छ , टोबी । यही नामले बोलाउँछ्न गोराहरु उन्लाई आजकाल उन्को काममा ।
गफ सदा झैं नेपाल , नेपाली हुँदै राजनीति अनी देशको स्थितीमा अघीबढीरह्यो ।
गफैगफमा पहिलो अनुहार(ईन्द्र)ले टोबी दाइलाई सोधी हाल्यो, "अनी अहिले कुन स्ट्याटस हो तपाईंको" । अगी सम्म घमाईलो अनुहार एक्कासी घना मेघले ढाके झैं भयो दाइको । बाँकी अरु पनि एकअर्काको मुख हेराहेर गर्न थाले ।
दोश्रो अनुहारले जान्ने भएर भनी हाल्यो, " मैले त अलबामा हुँदा तेहिंको एउटी भेट्टाएँ, पट्टाएँ अनी खुरुक्क बिहे हन्दिएँ अनी २ बर्ष पछी आ-आफ्नो बाटो लागियो, तर त्यो २ बर्ष कम्ता सारो कटेन र । तर हरियोपत्ता चाँही निकालियो बा ।" यत्ती भनेर उस्को पौरखले गौरवन्वित छाती फुलाउँदै हाँस्यो ।
टोबी दाइ पनि दोस्रो अनुहार खुलेर बोलेको देखेर अलिक खुलेरै बोलुँ जस्तो लगेछ कि के हो अनी भने ,"आफू त घुम्न आ'को महिना दिनलाई तर यतै दिल बस्यो, अनी तेही बेलामा नेपालमा मेरो ठुलोबा नि मोटरले हानेर चिप्लिये, फर्किन मन थे'न अनी वकिल कहाँ गा'को त तेरो केस एकदम राम्रो छ - इस्टोरी लेखेर शरणार्थी यप्लाई गर्ने हो भनो , मैले नि हुन्छ गर्दिम न त भनेर गर्देको, ट्वक्कै लाग्यो भाग्यको ढुङो अनी तेस्पछी यतै छु ।"
अनी पहिलो अनुहारले म तिर फर्केर सोध्यो,"तपाईं नि ?" ।
आफ्नो त केही काहानी नै थिएन भन्न , तैपनी भनें , "खै खसै त केही हैन , अम्रिका बिद्यार्थी भएर आईयो , पढाई सकेर कन्सल्टेन्सी जकीईयो तेसैले हरियो पत्तासत्ता सप्पै गर्दियो। " । मेरो निरस संघर्ष सुनेर पहिलो अनुहारले थप्यो, "हैन अम्रिकामा त सजिलै हुन्छ सप्पै भन्थे , तपाईंहरुले त निकै काठिन बाटो रोजेर यहाँसम्म आउनु भएछ । "
कौतुहलले अलिक कुत्कुत्यायो मलाई किन कि यो कस्तो मान्छे होल त जस्ले संघर्श नगरि अम्रिकामा आयो र त्यसरी नै जिविका चलाउँला भन्ने ठानेको छ । तेसैले सोधें ,"तपाईं को स्ट्याटस चाँही के हो र ?" ।
उस्ले गजक्क परेर भन्यो ,'म त अम्रिका सरकारले बोलाएर आएको, डिभी दिएर । अब काम नि उनिहरुले दिन्छ्न भन्या छ । धन्न तपाईंहरुले जस्तो संघर्ष गर्न परेन यो अर्काको देशमा आएर ।"
उनको उत्तरले निरुत्तर मुस्कायें मात्र, अनी मनमनै भनें ,"त्यो त भोलीले देखाउँछ साथी । "
अस्तु
- थाहा छैन