metta
Replies to this thread:
More by metta
What people are reading
Subscribers
Please log in to subscribe to metta's postings.
:: Subscribe
|
[VIEWED 1723
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
metta
Please log in to subscribe to metta's postings.
Posted on 05-25-13 6:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
|
metta
Please log in to subscribe to metta's postings.
Posted on 05-25-13 6:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=295879
मेरो फुपाजु
वैशाख २७ -
चैतको चर्को घाम, आदर्श निमावि स्कुल, नक्सालबाहिर सडकमा तालु तताउँदै हिँडिरहेछु । मअघिअघि एकजना मान्छे हिँडिरहेछ । त्यसले भर्खर स्कुलमा भनेको थियो, 'हजुरलाई सिडियो अफिसबाट लिन पठा'को..।'
हिजो राति एकजना भूमिगत साथीलाई खर्च बर्चको व्यवस्था गरेर गोप्य रूपमा बिदा गरेर पठाएको थिएँ । पकडाउ खाएर कतै उसले मलाई त पोलेन ? मन अशान्त हुनथाल्छ ।
'ढिलो नगरी ल्याउनु भन्नु भा'को छ हजुर, हिँडिहाल्नुपर्यो ।' काठमाण्डूका केही विशेष मान्छेहरूकहाँ पुर्याउन अस्ति राति पार्टीको भूमिगत पत्रिका, 'वर्गसंघर्ष' एक अपरिचित कमरेडले कोठामा छाडेर गएका थिए । कतै कोठाबाट त्यो अवैध सामग्री सप्रमाण बरामद गर्दै, कठोर पञ्चायती दण्ड भोगाउन मलाई लिएर जान लागेको त होइन ? सीडीओ अफिस नजान एकछिन अड्डी लिए तापनि फेरि एकजना भुक्तभोगी कमरेडले भनेको कुरा सम्झन्छु, 'बोलाउन त पहिला त्यस्तै नपत्याउँदो लुरे नै आउँछ, तर बाहिर पुलिसको डाङ्रे-हूल लुकेर बसिरहेको हुन्छ । त्यो नबुभmदा नपाउने दुःख पाइन्छ है कमरेड ।'
अन्योल र भयको मनस्थितिमा हिँड्दा हिँड्दै मनभित्र एउटा बलिदानी गीत गुन्जिन थाल्छ
'मर्नै पर्छ एक दिन सबैले, हामी पनि मर्छौं
हामी मर्दा जनताको शिर उठाई मर्छौं...।'
०००
'ओहो ! फुपाजु !!'
चारखाल सीडीओ अफिसभित्र खाइलाग्दो, सेताम्मे कपाल फुलेको, डबल जीउको रोबदार फुपाजु हाकिमको कुर्सीमा डम्म बसिरहनुभएको देखिनुहुन्छ ।
'बस, सन्चै त छौ ?'
'सन्चै छु ।'
'आखिर मुट्ठी उज्याएर लालकसम खाइयो हैन ?'
'के भन्नुभएको बुझिनँ !'
'तिमी पनि अब सक्कली मालेकम्निस्ट भइसकेछौ भनेको क्या, अब त बुभmयौ ?' सुरुदेखि नै पारो चढेको टोनमा उहाँ बोल्नथाल्नु भा'को थियो ।
'कसले भन्यो ?'
'कसले नि अब, तिम्रै कामरेडलेे !' केही समयअघि एउटा अँध्यारो कोठामा एकजना जिम्मेवार कमरेडले हामी केही साथीहरूलाई कम्युनिस्ट पाँच प्राधिकारहरूको फोटो र लालझन्डासामु कम्युनिस्ट पार्टीको सदस्यता प्रदान गर्दै बलियो शपथ खुवाएका थिए ।
'झुट्टा कुरा.. !'
'झुट्टा कुरा रे ? प्रमाण देखाउँ ? जे होस्, अब माले कम्निस्ट भएर तिमीहरू के गर्छौ ? ल भन । पञ्चायती व्यवस्था फाल्छौ ? कि श्रीपेच र गद्दीसहितको राजै उडाउने ?' कस्सिएर सोध्नुभयो ।
के जवाफ दिने, मनमा क्यै आइरहेको थिएन । बाहिर चारखाल चोकबाट निस्केको मान्छेहरूको ठूलो होहल्ला सुन्दा लाग्थ्यो कालोअरिङ्गालको गोलोभित्र घुसेको छु म !
'जनतालाई दुःख दिने व्यवस्था पूरा बदल्नुपर्छ भन्ने लाग्छ ।' मुखबाट यत्तिमात्र के फुत्केको थियो कालभैरवझैं झम्टिए बूढा, 'तिमी मु...' त्यसपछिको अर्को अक्षर खस्न नपाउँदै मेरो जीउ जरङ्ग फुल्यो, जीउछाडा आत्मघातीजस्तो देखिएँ क्यारे, केही हच्केर अक्षर बदल्दै फुपाजु बोल्नुभयो, 'तिमी मुलाहरूले यत्रो व्यवस्था बदल्ने ? तिमीहरूलाई थाहा छ यो व्यवस्थाको जरा काँ काँ छ ? तिमी नाथे कम्निस्टेहरूलाई चलाउने पनि यही व्यवस्था हो । कुरा बुभmया छ ?'
'के भनेको होला यो बूढाले रिस उठ्यो भन्दैमा यसरी होसै खुस्काएर बोल्दिने ?' मनमन यस्तै सोच्दै थिएँ फेरि जंगी स्वर निस्क्यो, 'तिम्रा नेताहरूलाई तिमीहरूले राम्ररी चिन्यादेख्या त छ ? को को छन् ? काँ काँ छन् ? थाहा छ ? हामीले तिनका एक एक रिकड राखेका छौं । त्यस्ता जा...' अघिजस्तै अब बूढाले कुन अक्षर बोल्छन् मेरो मनले था'पाइसकेको थियो । दुम्सीजस्तै भएछु म त, जरङ्ग काँडा उमारेर । अघिजस्तै तुरुन्त अर्को अक्षर बदल्दै फुपाजुको बोली निस्क्यो, 'त्यस्ता जाबाहरूले राजा स्वयंले अघि सारेको यत्रो पञ्चायती बेबस्था फाल्ने ? तागत छ ?' रस लिएर हाम्रो कुरा सुनिरहेको अघिको मान्छेलाई फुपाजुले अकस्मात् हकार्दै भन्नुभयो, 'ए, तँ जा, बाहिर गइहाल् ।' झसङ्गदिै बाहिर लस्कियो त्यो ।
'तिमीलाई माहिली कान्छीले क्यै भनेन ? दसैंको टीका लाउन आउँदा मैले राम्ररी सम्झाइदिनु भनेर पठा'को थिए त !'
'के..?' अलि उत्सुक भएर सोधें ।
'अब के भन्ने, त्यै नि, तिमी नक्सालवादी मालेकम्निस्ट भयौ भन्ने खबर आयो, राल्फा हुँदा त त्यस्तो उजन्ड, सरकारले सहेकै थियो, अब टाउको कटुवाको हूलमा मिसिएपछि जहिले पनि, जहाँ पनि सिद्धिन्छौ भनेर सम्झाउन' टोन टर्रो थियो ।
केही समयअघि दिदीहरूसँग भेट हुँदाको कुरा सम्झन्छु । मलाई मारिहाल्लान् कि जस्तो सम्झेर रुन्चे स्वरमा दिदीहरूले भन्नुभा'को थियो, 'बाबु, तिमीले भनेको कुरामा नाइ भन्ने ठावैं छैन तर सरकारसँग बन्दुक छ, तिमीहरूसँग ..! तिमी हाम्रो परिवारमा गीत गाउने कलाकार भएर निस्क्यौ, सानैदेखि बाजामा भुल्थ्यौ । गीतमा गोली राखेर घुम्दै छ तिम्रो भाइ, होस गर्नु कतै सरकारबाट जीउज्यान तलमाथि पर्यो भने हामीलाई गाल नआओस् भनेर फुपाजुले भन्नुहुन्छ रे । निनी -फुपू) ले पनि तिम्रोबारे असाध्ये पीर मानेर कुरा गरिरहनुहुन्छ रे ।'
'सिद्धिन त जसरी पनि सिद्धिन्छ मान्छे- जाँडरक्सी खाएर, केटीका लागि मारामार गरेर, धन सम्पत्तिका लागि झैझगडा गरेर, दुर्घटनामा परेर, आत्महत्या गरेर,' मेरो बोली खस्न नपाउँदै फुपाजुले टिपिहाल्नुभयो, 'थाहा छ मलाई, बढी नसिकाऊ तर नेपालमा कम्निस्ट भन्ने चीज सरकारमा पुग्दै पुग्दैन भनेर ग्यारेन्टी दिन बोला'को मैले तिमीलाई, बुझ्यौ ? कालगतिले मर्न कल्ले रोकेको छ ? तर कम्निस्टको लागि कम्निस्ट भएर नमर भनेको ! यी कम्निस्टे भनाउँदाहरूको सरकारमा पुग्ने कुनै चानसै छैन । यो कुरा ठोकेरै भन्दिन्छु । भबितव्य लागेर, क्यै कथम् तिमीहरूजस्ता लाटासुधाहरूलाई मर्न मार्न लाएर शासनमा चढिहाल्यो भने पनि सरकारमा को उपरखुट्टी लाएर पुग्छ, था'छ ? तिम्रा तिनै पार्टीका लुकेर बस्ने नेता भनाउँदाहरू । पार्टीका ती नेताहरू को को हुन्, कस्ता कस्ता छन् ? तिनका भित्री असली रूप तिमीले चिन्यादेख्या छ ? माहाका बाक्जाली, शब्दजाली, नाटक गर्न खप्पिस् नाटकेहरू ! गरिबदुःखीको हित गर्ने सरकार ल्याउँछु, संसार बदल्छु, भनेर कहिले कान फुक्दै, कहिले भाषण ठोक्दै सोझासाझा, लाटासुुधा दुःखपा'का निमुखाहरूलाई पार्टीभित्र हुल्ने, अनि पार्टीभित्र घुसारेपछि क्रान्तिका लागि भनेर मार् कुदाउने, खटाउने, घोटाउने र सिध्याउने । आफूचैं भूमिगत लुकेर बसेको भन्ने तर भित्र लुकेपछि त पार्टीको, सिद्धान्तको, क्रान्तिको नाममा अझ जे भन्यो त्यै, जस्तो भन्यो त्यस्तो, मनलागेको सप्पै पाइने ! पार्टी पसेका राम्री राम्री तरुनीहरूसँग रसबस गर्न पनि पाइने !'
'अब त अति नै भयो..' हाम्रा क्रान्तिका महान् कमरेडहरूका बारे बूढाले जथाभावी बके । भित्रभित्र रिसले मुर्मुरिएर खपिनसक्नु भइरहेथ्यो । तर बाहिर चैं चुपचाप थिएँ । के गर्नु शत्रुको मोर्चामा केही गर्न सकिँदैन ! कमरेडहरू भन्थे 'बडाबडा हाकिम, पुलिस, सैनिक अधिकारीहरू यसरी नै हामीलाई विचलित पार्न अनेक नाटक खेल्छन् । मायादयाका गुलिया बोली बोल्दै मीठा मीठा खानाहरू पनि खुवाउँछन् । निकै इज्जत गरेजस्तो पनि गर्छन् तर कमरेड हामी कम्युनिस्ट भनेका विशेष धातुका मान्छेहरू हौं । प्रतिक्रियावादीहरूका यस्ता अनेकौं हतकण्डाहरूले हामीलाई कत्ति छुनु हुँदैन । हामी त लोभलिप्साबाट मुक्त रिसीमुनीजस्तो हुनुपर्छ ।'
'एउटा बोकेदारी पालेको नेता छ नि कताको हो...!' फुपाजुले सम्झन खोज्नुभो । मैले फ्याट्ट बोलंे, 'होचिमिन्ह, भियतनामको ।'
'ए, त्यै हो ल, कम्निस्ट नेता भनेको त त्यस्तो पो हुनु ! 'मनको ऐना मुख' भन्छन् नि, अनुहारले नै सबै प्रस्ट, जनता र मुलुकको लागि सारा त्यागेको रिसीमुनीजस्तो ! त्यस्तै नेता भए त बरु म पनि कम्निस्ट हुन्थें,' मुखबाट झन्डै हाँसो फुत्केन ! सकसले रोकें ! ओहो ! फुपाजु सर्वहारा कम्युनिस्ट भएर हिँड्ने, अझ मुड्की उज्याएर लालसलाम गर्नेे !
अघिको कुराले मलाई रत्ति नछोएको भाँपेर फुपाजुले मभित्र आपmना कुरा पसाउन अरू कोसिस थाल्नुभयो । 'तिमीलाई थाहा छ ? सरकारले हजारौं मान्छेहरू माले बनाएर तिम्रा पार्टीभित्र छिराको ? कति त नेता भएर ठूलै ठाउँमा पुगी पनि सके । त्यहाँभित्रका एक एक रिपोर्ट हामीकाँ आइपुग्छ । नत्र त्यसै हाम्ले तिम्रा नेता र पार्टीका बारेमा यसरी बोल्नसक्छौं ?' एकछिन गम खाएपछि ओठ लेब्य्राउँदै फुपाजु बोल्न सुरु गर्नुभयो, 'सर्वहाराका नेता, दुःखी गरिबका लागि क्रान्ति रे ! सारा रिपोर्ट, सूचना, गतिविधि र मौखिक बयानहरू अध्ययन गर्दा पूरा थाहा लाग्छ ती गरिबदुःखी जनताका मान्छे हुँदै होइनन् । सबै आपmनै सुख र नामका लागि कम्निस्ट भई टोपलेका मात्र हुन् । फरकै पर्दैन ।' फुपाजुको कुरा मैले मनमनै काटें, 'सबै त होइनन्.. कोहीकोही चैं होला !'
'बुभmयौ ? सरकारमा नआइपुगुन्जेल ती गरिबदुःखी निमुखाका भइटोपल्छन्, क्यै कथम् सरकारी सत्तामा चढे भने ती पनि तिनै धनीधनाढ्यहरू जसलाई अहिले घिनाउन सिकाउँछन्, तिनैका नोकरचाकर भएर तिनकै हितमा, तिनकै इसारामा काम गर्न थाल्छन् । फरकै पर्दैन । फरक परे कानमा धागो बान्छु ! देख्लाउ बाबु हो ! कुर्ची नपाइन्जेलमात्र हो, पाएपछि ज्यानको बाजी लाएर, देशैभरि त्यत्रा गीतहरू छरेर कम्निस्टका लागि माटो मलिलो पारिदिने तिमीहरूलाई गाइनेजत्ति पनि गन्दैनन् । ल मैले भनेको भनेर भन्नु । लेखेरै दिन्छु । तिमीहरूजस्ता भर्खरका किरकौंले छौंडाछकडाहरू पाए उखु पेलेझैं पेलेर रसजति झिक्छन्, छोक्रा पारेर छाड्दिएपछि अनि थाहा पाउलाउ..! उमेर पनि सिद्धियो, नेता पार्टी पनि चिनियो अनि भुत्रो ?' आपmनै साक्खे छोरालाई हकारेझैं हकारे बूढाले ! अनि मायाको स्वरमा नरम हुँदै सम्झाउन पनि थाले, 'अब पढ, व्यापार गर, जागिर पनि राम्रै खाने । कस्तो खाने भन । हामी छौं । बेपारै गर्ने भए पैसाको पनि व्यवस्था मिलाउँछौं । मेरो जिम्मा भयो । पढ्ने भए भन, कुन कलेजमा पढ्ने ? लौ भन भर्नाका लागि मान्छे पठाइदिहाल्छु ।'
'पार्टीभित्र बुर्जुवा शिक्षा बहिष्कार भन्ने कत्रो हुन्डरी चलेको छ, यहाँ फुपाजु चैं त्यै बुर्जुवा डिग्री लिनका लागि मलाई पढाउने कुरा गर्नुहुन्छ ..!' अनौठोखाले हाँसो मनभित्र उठिरहेको थियो । कमरेडहरूले मलाई त्यस्ता पढाइसढाइका कुराले नछुने औषधि पहिले नै खुवाइसकेका थिए ।
'चिया खान्छौं ?'
'नखाने, भयो ।' फुपाजुका कुराले मुखै तिताम्मे ! के खानु चिया !
अझै पनि फुपाजुका कुराले मलाई त्यति छोइरहेको थिएन । त्यो बुझेर उहाँ अलि आक्रोशित हुनु भएको आभास मैले पाइरहेको थिएँ । उहाँले अर्को चलनचल्तीको अस्त्र छाड्नुभयो, 'तिमी नराम्रो मान्छेचैं होइनौ बाबु, रामै्र ठानेर लागेका पनि हौला । तर कुरा यो पनि बुझ, सतीले सरापेको देश हो यो । राम्रो काम गर्नेको कहिल्यै फलिफाप हुन्न ।'
'उसो भए नराम्रो काम गरेर हिडुँ त म ? बालखै हुँदा तपाईंहरूले किन यसो भन्नुभएन ? असल मान्छे बन, सत्यको बाटोमा हिँड, राम्रो काम गर, ज्ञानी बन भनेर केटाकेटीदेखि सिकाउने अनि अहिले त्यही सत्य, न्याय, सुकर्मको बाटोमा हिँड्दाचैं सतीको सरापमा पर्लास् भनेर थर्काउने ?' मैले यसरी जवाफ फर्काउला भनेर सोच्नै भएको थिएन, अकस्मात फुपाजु मगजन्न हुनुभयो । फेरि थपें मैले, 'असल, राम्रो काम गर्न खोज्नेलाई यस्तै सरापको त्रास देखाउँदा आज पूरै परिवार, समाज र देश बर्बादीतिर जाँदै छ । लाखौंलाख बेइमान, बदमास र भ्रष्टहरूको जन्म पनि यसरी नै हुँदै छ । असल, इमानदार, सत्य र न्यायका मान्छेहरूले शिर झुकाएर बस्नुपरिरहेछ । तिनै कुकर्मी र अपराधीहरूका कारण पूरै देश गन्हाएर बसिसक्नुु छैन, अझै सतीको सरापको कुरा सुनाउँदै, पापी अधर्मी कीराहरूमात्र जन्माएर देशलाई कुहाएरै छाड्ने ? हामी सचेत युवाहरू त्यस्तो हुन दिन्नौं । त्यसैले क्रान्ति अथवा भनौं आमूल परिवर्तनका लागि मृत्युसँग नडराई हामी आआपmना क्षेत्रबाट अघि बढिरहेका छौं ।' आवेशमा सीडीओ अफिसको कुर्चीमा अफिसर बनेर बस्नुभएको फुपाजुलाई लेक्चर दिन पुगेछु म !
'ल ल, कुरा बुझियो, झुसिल्कीरालाई कुमालकोटीले आफूजस्तो बनाइसकेछ ! तर यो कुरा बुझ, गौंडागौंडामा हामीजस्ता मान्छे बसेकोले अहिले मसँग सवालजवाफ गर्न पाएका छौ नत्र उहिल्यै यो लोक छाडेर काँ पुगिसक्थ्यौ कुन्नि !' मप्रति ठूलो दयामाया निगाह गरेको भाव देखाउँदै भन्नुभयो, 'अहिले कतिवटा कम्निस्ट पार्टीहरू छन् देशमा, लु भन ?' अकमक्क पर्छु । 'गोडा आठेक होलान् । अब तिन्लाई फुटाएर बार टुक्रा पार्छौं । पार्टी पसेका हाम्रा कामरेडहरूले गर्छन् त्यो काम । पार्टी फोर्न कत्ति डराउँदैनन् ती । किनभने नेता बनेर ठूलो भाग हसुर्ने लोभ छ सबैको मनमा ! तिमी नै भन न, साँच्चै जनता, देश र तिनले भनेका क्रान्तिका लागि तिनीहरू स्वचित्तले आएका भए यति धेरै कम्निस्ट पार्टी हुँदै हुँदैनथ्यो । एउटै मात्र हुन्थ्यो । मुलुक बनाउने सपनामा सबै एकढिक्का बन्थे । तर ती त्यस्ता छैनन् । त्यसैले तिनै लोभीहरूका मनमा अरू लोभ उब्जाउँदै हामी अठार टुक्रा पारेर अझ भुत्याउन सक्छौं !' रहस्यै रहस्य भरिएका कुरा गर्दै हुनुहुन्थ्यो फुपाजु । 'अझ सिद्धान्त, क्रान्ति, सर्वहारा रे ! सत्तामा उक्लन पाए तिनै सर्वहाराहरूलाई ठोक्न हाम्रै पुलिस, सैनिक, जासुस लाउँछन् ती ! ढुकुटीमा हालीमुहाली चलाउने लोभ छ नि ! यत्रा नाटक सबै पैसाका लागि हो । त्यै राष्ट्रिय ढुकुटी हसुर्ने लोभमा चलेका छन् तिनका गिदीहरू ! कहाँको सर्वहारा, कहाँको क्रान्ति ? विदेशी मालिक रिझाएर शासनमा बस्ने बेइमान हुन् यी, बुझ्यौ ? के बुझ्यौ ? भेडाजस्तै भेडिएका छौ तिमी पनि ! पछि बुझौला । बुद्धिमानहरू देखेर चेत्छन् मूर्खहरू परेर चेत्छन् भन्छन् । तर कति मान्छेहरू मूर्खै हुन मन पराउँछन् । बिख नखा भन्दा मान्दैनन् । बरु बिखै खाएर मर्छन् ! यस्ता बेकुफ हरामीहरूले दुःख पायो भने के दुःख मान्नु, धत्तेरी !' फुपाजुले मतिर व्यंग्य गर्दै बोल्नुभा'को म राम्ररी बुझिरहेको थिएँ ।
हैरानीमा परेर एकछिन चुप लाग्नुभयो फुपाजु । एकपल्ट हाई गरेर आङ तन्काएपछि अझ अनौपचारिक ढङ्गमा, आत्मीय पाराले कुरा गर्न थाल्नुभयो । 'ए बाबा, साँच्चै इमान र धर्म सम्झेर, हामी सारा नेपालीका लागि, भनेजस्तै विधिबेभार लिएर आ'का भए म पनि घाँस खाने पशु त हैन नि ! रुसको पुड्के र उत्तरको भोटे नेताजस्तै चोखो मनले देश बनाउन आ'को भए भित्रभित्रै कम्निस्टलाई सघाउन पनि सकिन्थ्यो नि । के म नेपालको नेपाली हैन ? मलाई देशको माया छैन ? तर ती त्यस्ता छैनन् । सात सालपछि कांग्रेस के भए ? कम्निस्ट आए भने पनि हुने र गर्ने त्यै नै हो । ल यो कुरा लेखेर दिन्छु म । लेख्दिऊँ ?' देब्रे हातको हत्केलामा दाहिने हातको चोरऔंलाले लेखुँलाझैं अभिनय गर्नुभयो फुपाजुले ।
एकछिनपछि मन्दचालमा फेरि मतिर फर्किनुभो, मायालुृ आँखाले टिठ्याएको स्वरमा भन्न थाल्नुभयो, 'मेघबादुर -मेरो ठूलोदाइ) कांग्रेस भएर पाउनु दुःख पायो । सात सालदेखि घुँडा धसेर लाग्यो आखिर पन्ध्र सालको चुनावमा टिकट दिएर पनि पछि बिसेस्वरले खोसेर लग्यो र अर्को बाहुनलाई दियो । आफ्नै धन खर्च गरेर, स्वतन्त्र कांग्रेस हुँदै चुनाव लड्यो बिचरा ! भाको धन पनि सिध्यायो, चुनाव पनि हार्यो । पछि पञ्चायतमा आइज भनेर महेन्द्र सरकार आफैंले भन्दा पनि मानेन । न कांग्रेसको भो न सरकारको । तेस्सै व्यर्थमा छ छ वर्ष जेल बस्यो । जहान छोराछोरीहरू भटाभट् मरे । महाबिजोग भयो । अब कम्निस्ट भएर तिमी त्योभन्दा पनि ठूलो दुःख पाउन तम्सिदैछौ, होस गर ! जीउज्यानको सवाल छ !'
एकछिन चामचुम्म भयो कोठा । केही सम्झेझैं मेरो आँखामा आँखा गाडेर सोध्नुभयो, 'तिम्रो एउटा साथी छ रे नि हाम्रै भोजपुरतिरको बाहुन केटो, नुनचर्को ! चर्को बोल्ने चाँडै चर्किन्छ, बुझ । अर्को कुरा पनि बुझ, नेवारको छोरो हौ, गणेशमानले जति नै बहादुरी देखाए पनि बलियोचैं बिसेस्वर नै हुन्थ्यो ।' हाम्रो मित्रताको बारे फुपाजुले यसो भनिरहँदा रुस र युरोपतिर पढ्ने नेपाली विद्यार्थीहरूले पठाएका गहकिलो सुझाव मेरो सम्झनामा उदायो, 'नेताहरू नष्ट हुन सक्छन्, पार्टीहरू ध्वस्त हुन सक्छन् तर रामेश दाइ, मञ्जुल दाइ, तपाईहरू कहिल्यै नटुट्नु, नफुट्नुहोला । तपाईंहरू एकसाथ रहेर गीत गाउँदै जानुभयो भने सयौं नेताहरू तपाईंका गीतहरूले जन्माउने सामथ्र्य राख्छ । गद्दारहरू निस्के तिनलाई पन्छाउँदै सही शक्तिशाली पार्टी निर्माण गर्ने औकात छ तपाईंहरूको मित्रतामा ।'
आफन्ती भावमा लप|mक्क भिज्दै फुपाजु झन् आत्मीय हुँदै जानुुभयो, 'उमेरमा जो पनि एकपल्ट कम्निस्ट हुन्छ नै । मेरो उमेरमा संगत पाको भए म पनि हुन्थें हुँला । तर समयसाल बित्दैजाँदा उमेरका कम्निस्टहरू कांग्रेसजस्तो हुँद,ै बूढा भइन्जेलसम्ममा त पूरै सामन्ती भएको हामीले कति देख्या छ कति !' अझ मेरो काननिर आएर सानो साउती स्वरमा फुपाजुले गोप्य कुरा खोलेझैं भन्नुभयो, 'यी कांग्रेस कम्निस्ट चलाउने पनि यै सरकार हो । यिनलाई साइजमा राखेर व्यवस्था टिकाइराख्न प्रयोग गर्छ क्या ! क्यै गरी कांग्रेस फैलिए कम्निस्ट उचालेर फाँड्न लाउँछ, अनि त्यसैगरी कम्निस्ट झांगिए कांग्रेस उठाएर छास्न लगाउँछ । दुवैलाई फाँड्न तिनीहरू दुुवैभित्र सरकार छिरेको हुन्छ । क्यै कथम् यी दुवै मिले सरकारलाई निकै गाह्रो पार्न पनि सक्छन् तर हामी मिल्नै दिँदैनौं !' एकछिन निधार खुम्च्याएर केही सोचेपछि अलि चिन्तित मुद्रामा एक्लै बोलेझैं बोल्नुभयो, 'दक्षिणले क्यै खतरा पार्नसक्छ तर क्यै छैन उत्तर पनि सँगै छ ।'
मतिर फर्केर उत्तराधिकारी छोरालाई गाँठी कुरा बुझाएजस्तै गरी भन्नुभयो, 'उत्तर नभा'को भए बुभmयौ नेपाल उहिल्यै दक्षिणतिर सुइत्त भइसक्थ्यो । नेपालका लागि उत्तर बलियो छ ।' हैरानी र थकाइको लामो सास फेर्दै अति स्नेहमा डुबेर, फुपाजुले अन्तमा भन्नुभयो, 'ल त मैले तिमीसँग यत्तिका कुरा गरें । सबै भित्रीबाहिरी कुराहरू पनि बुझिसक्यौ होला । तिमी कम्निस्ट भएर क्यै बिग्रेको छैन । सकिन्छ, सरकारलाई सघाउ । सक्दैनौ, छाड्देउ यी सारा लफडा । एक दुई असल मान्छे जहाँ पनि हुन्छन् । तर पापीहरूको जमातमा तिनको क्यै भाउ हुँदैन । टुकुचाको गन्धेगुहे खोलीमा जति सफा पानी ढोले पनि ती सबै गन्हाएर बग्न थाल्छन् । हामीले बाक्लो ऐनाले हेरेका छौं तिम्रा कम्निस्ट पार्टी र तिनका नेताहरूलाई । तिनका टाउकाभित्रको गिदी राम्रो छैन । तिनका पछि नलाग । अघि नै भनें नि, ती राम्रा भएका भए यत्ति कुरा भन्ने आँट हामीलाई पक्कै आउन्नथ्यो । ल त मैले भनेको कुरामा चित्त बुझे माहिली कान्छीहरूलाई खबर पठाउनु । तिम्रो पूरा व्यवस्था गर्ने जिम्मा मेरो । फेरि पनि भन्छु- भनेको मान, नमाने कुनै दिन सबै देखेर, भोगेर चेत फिरिसकेपछि मलाई सम्झनु । ल त बाबु, योभन्दा अरू के भन्नसक्छु म !'
र्फकंदा बाटोभरि पञ्चायतीहरूको चाल बुभmन खोजिरहें । फुपाजुसँग नाता खोजेर मलाई भुत्याउन चाहेको बुझिरहंे । मनलाई उहाँको बोलीले केही प्रभाव नपरेको पनि होइन तर राहुल सांकृत्यायनको किताब मभित्र चिच्याइरहेथ्यो, 'भागो नही समाजको बदल डालो', 'तुम्हारी समाजकी क्षय हो ।'
आज पञ्चायती व्यवस्था छैन । शाह वंश सकियो । मेरो आदरणीय फुपाजु पनि यो संसारमा हुनुहुन्न तर उहाँले मलाई भन्नुभएका ती सारा कुराहरू सत्य थिए कि असत्य ?
प्रकाशित मिति: २०७० वैशाख २८ १०:२
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 7 days
Recommended Popular Threads |
Controvertial Threads |
whats wrong living with your parents ? |
Now Trump is a convicted criminal . |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|