[Show all top banners]

RMFN

More by RMFN
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालको नयाँ एक्ज्युकेटिभस र बोर्ड अफ डाइरेक्टरर्सको निर्वाचन सम्पन्न
[VIEWED 3693 TIMES]
SAVE! for ease of future access.
Posted on 04-03-13 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

३१ मार्च २०१३, कोलोराडो/रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालको २०१३ - २०१५ कार्याअवधिको लागि नयाँ एक्ज्युकेटिभस तथा बोर्ड अफ डाइरेक्टरर्सको निर्वाचन गर्ने प्रकृया सम्पन्न भएको छ । निर्वाचनको लागि डा. विजय थापा, डा. प्रकाश कैनी तथा प्रकाश बस्नेतको संलग्नतामा गठित तीन सदस्यीय कार्यदलले २७ फेब्रुअरी २०१३ सम्म तोकेको उम्मेद्वारी दर्ता गर्ने र ६ मार्च २०१३ सम्म तोकेको उम्मेद्वारी फिर्ता लिने तथा उजूरी दिने मिति पश्चात् सबै पदहरुमा एक एक जनाको मात्र उम्मेद्बारी परेको हुँदा कार्यदलले निर्वाचनको लागि तोकेको ३१ मार्च २०१३ का दिन सबै उम्मेद्वारहरुलाई निर्विरोध निर्वाचित घोषणा गरिएको छ ।

यसरी निर्वाचित हुनेहरुमा एक्ज्युकेटिभसको प्रेसिडेन्टमा शरद आचार्य, भाईस प्रेसिडेन्टमा आइत गुरुङ, सेक्रेटरीमा उमेश श्रेष्ठ, ट्रेजररमा मणिराज बस्नेत, कल्चरल सेक्रेटरीमा निर्मला श्रेष्ठ, पब्लिक रिलेसन अफिसरमा मनोजकाजी तुलाधर तथा टेकनिकल अफिसरमा अभिशेस उदास छन् । यसै गरी बोर्ड अफ डिरेक्टरर्समा अर्पणा श्रेष्ठ, राजु सिटौला, दिनेशकुमार कार्की, टिकाराज पौडेल तथा सूर्यमणि अधिकारी छन् । नवनिर्वाचित एक्ज्युकेटिभस तथा बोर्ड अफ डाइरेक्टरर्सको सदस्यहरूले १७ अप्रिल २०१३ बाट आफ्नो पदभार ग्रहण गर्नेछन ।


फोटो सभार: बिआरटी नेपालडट्कम्



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
To Sajha admin
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters