नेताको भाषण मलाई जनता ठगी खाने चाल जस्तो लाग्छ नेताको शाषण जनतालाई भ्रममा राख्ने जाल जस्तो लाग्छ राजनीति भन्ने चीज कस्तो अनौठो हो हजुर बुझ्नै नसकिने, अरुलाई दोष िदने र आफूलाई पर्दा छेक्ने ढाल जस्तो लाग्छ सत्ययुग रामलाई, कलियुग रावणलाई भएर होला हजुर, देशभक्ति त देशद्रोहीले ओढ्ने देखावटी खाल जस्तो लाग्छ प्रजातन्त्र र लोकतन्त्रसँगै विकास र शािन्त परलोक हुँदा नेतालाई हाम्रो देश चाँहि काटो समान माल जस्तो लाग्छ देशको रक्षक भनाउदा नेताहरू नै भक्षक भएपछि नेता त आफ्नै जनताई मृत्यु बाँड्ने एक काल जस्तो लाग्छ हाम्रो देशलाई हेर्दा हामी सबैको मन असाध्यै रुन्छ किनकी हाम्रो देशको ताल बाछोले खेदेको हरिणको हाल जस्तो लाग्छ
YolmoPa · Oct 14, 2012 9:31 AM · 9,208 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion