somewhereondearth
Replies to this thread:

More by somewhereondearth
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 म बिहे गर्न सामान्य केटि पाउन संघर्षरत छु।

[Please view other pages to see the rest of the postings. Total posts: 101]
PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
[VIEWED 44720 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 6 pages, View Last 20 replies.
Posted on 02-06-08 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जगटाधारि भाईको लाईन लाई लिएर धागो बुनेको छु । भाई धन्यबाद, नसोधि लेखे । मलाई हक छ नि है ॥


एम ए पढ्दै छे, स्कुलमा पढाउँछे, केटि राम्री छ, एकचोटि हेर” आमाले चिया संग प्रस्ताव पस्कनु भयो । बिहे गर्ने त यस्तै केटि संग हो, तर पनि यो मामला मा किन किन म decision गर्न एकदम weak भएरहेको थिंए ।

“खान्दानि छन् रे, आंगन पनि ठुलो छ“ आमाको भनाईको आसय मैले प्रष्टरुपमा बुझेको थिए । तर कुनै विबाद नगरि म चुप् लागेर कुरा सुनि रहे ।

“एक्लि छोरी, काठमाण्डौंमा दाजु भाई संग बसेर पढेकि, शिल स्वाभाव राम्रो छ, घर गरिखान्छे हाम्रो” आमा थप्दै हुनुहुन्थो, मलाई चियो भन्दा ति कुरा र बयान मीठा लाग्दै थिए । एक किसिमले आमा मेरो कल्पनामा बुट्टाहरु भर्दै हुनुहुन्थ्यो ।

“मलाई त मन खायो, तंलाई भनेर फोटो मगाएकि छु, ला” आमाले २ वटा फोटो हातमा राखिदिनु भयो ।

आमाको अगाडि नियालेर हेर्न लाज भयो । केटि त राम्री नै हो । मैले झलक्क हेर्दा त्यहि देखें ।

म रिमोट बटारि रहेको थिंए । ०-५२ फेरि ० च्यानल सम्म बटार्नु मेरो पुरानो बानि । भरे बुआ आएपछि कुरा गरौला भनेर आमा गिलास उठाउँदै जानु भयो । आमा गएपछि ‘केटिलाई’ नियालें ।

मुहार त राम्रै हो । कपाल कत्रो हो प्रष्ट संग देखिएको थिएन । कुर्ता सलवार, बाहुला नभएको (sleeveless) ले उनका पाखुरा राम्रो संग देखिएको थियो । गोरो रंगमा खुलेको । ग्लामसर जस्तो  । चस्मा लगाएकि, गोरि, मोटि-मोटि। मैले त्यो फोटोमा मेरि दुलहि खोज्न थालें ।

आमा खाजा लिएर आउनु भयो । फेरि त्यहि उसिनेको तरुल र टमाटर को चट्नि । मीठो लाग्छ भन्दै मा दिनै पिच्छे खुवाएर हैरान ।

मैले मुख फोरेर भने । पहिले म भेटछु, कुरा गर्छु अनि मात्र हजुर हरु । आमा मान्नु भयो ।

म पनि दंङ्ग परे । खोजे जस्ति श्रीमति पाईने भयो भनेर । खाजा त्यसै मीठो भयो ।

बुआ पनि ढिलो ढिलै आउनु भयो । ‘बुढाले बियर दन्काएछन’ मन मनै भने ।

‘केटि त अर्कै खोजौ है” बुआले खाना पछि भन्नु भयो ।

“किन नि” आमाले अलिक कडा स्वरमा भन्नु भयो ।

“आऽऽऽऽऽऽ अर्कि खोजौ न, मलाई अलिक मन  खाएन “

“बिहे तपाईंले गर्ने कि कान्छाले” आमा रिसाउनु भयो ।

मेरो मन कुडिंयो । कस्तो कस्तो कल्पना गरिसकेको थिए, त्यो फोटो कि दुलहि संग । बुआ, बुढा खुब संसार उनैले बुझेको जस्तो । मलाई पनि रिस उठ्यो ।

“ मैले त उ बेला नै ल्याएको नि तंलाई । कान्छाकै लागि भनेको । अझै राम्री खोज्न पर्यो भनेको ।“ बुआ हांस्नु भयो । यसपालि आमाले पनि हुन्छ भन्नु भयो । मैले कुर बुझिन, त्यसै मन खिन्न भयो ।

रात भरि खट्पटि भईरह्यो । किन बुआले मन बटार्नु भयो । के भएछ । केटि त गतिलि जस्ति छे । पढाइ पनि ठिक छ । राम्रि पनि हो । बुआ आमाले आश गरेको जति देलान नै, नत्र म के काम । फेरि त्यति को लागि मेरो बिहे के रोक्नु हुन्थ्यो बुआले । किन किन, मैले पत्तो लगाउन सकिन ।

बिहान ४-५ बजेको हुंदो हो । त्यसै बिउंझिए । आमा बुआ गुनगुनाउदै हुनुहुन्थ्यो । मैले कान थापेर सुनें ।

“कहिले रहेछ?” आमाले सोध्नु भयो ।

“खोई BA पढ्दा अरे “

“नेवार केटो थियो रे । खुब संगै हिड्थे रे । टोल छिमेकमा कुरा उठेछ । के के भयो दैब जानुन । अर्काकि छोरि नदेखि नसुनि बात लाउन हुन्न । अनि पढाईको बिचमा नै दाजु संग काठमाण्डौं पठाएका रे “

“होस, किन हामी अघि बढ्ने । कुरा उनैले राखेका हुन । छोरो मानेन भनिदिउंला” आमाले भन्नु भयो ।

“कान्छालाई नभन्नु, चित्त दुखाउँछ । फेरि यति सानो कुरा भन्दै उफ्रन्छ । केटा केटि नै छ, एसो केहि भनेर टारिदे न”

मलाई बिस्मात त भयो । तर हांसो पनि लाग्यो । मन मनै सोचें “अब म I Sc, BE, M Sc  पढ्दा जति केटि साथि संग हिडे, डुले, खाजा खाए, बरै कसै को बिहे नहुने भयो । कठै मेरा केटि साथि हरु । “

जित्नु केहि थिएन । त्यसैले बुआ, आमाको कुरा मैले प्रतिवाद गरिन ।

बिहान अफिसको लागि निस्कन लाग्दा आमा फोन मा कुरा गर्दै हुनु हुन्थ्यो

“एएऽऽऽऽऽ, सापकोटा? हो हो चिने । ल ल म भरे आँउछु। अनि कुरा गरौंला ।“

---------------------------------------------------------------------------------------------------------------

अरु कुरा अर्को पटक ।

meaninglessthinkings@somewhereondearth


--------------------
 
Posted on 02-07-08 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

somewhereondearth jyu,

खोइ किन भन्नु भएको हो म बिजि छु भनेर मैले त बुझिन। तर जती जे भए पनि हजुर को कथा चै हत्तपत्त पढ्न छुट्दैन।


 
Posted on 02-07-08 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमे जी, 
चौतारीमा तपाइलाइ सधैं स्वागत छ। ल अहिले नै आइहाल्नुस् न त!
 
Posted on 02-07-08 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन किन मलाई त्यस्तै लाग्यो ।
हजुर ले कथा धेरै पछि पोष्ट गरेर पनि हुन सक्छ ।
मेरो दृष्टि भ्रम पनि हुन सक्छ ।

 
Posted on 02-07-08 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सामन्य केटिको परिभासा चाइने के परो सोम् जि को?
बिशय वस्तु र लेखाइ राम्रो लाग्यो। अरु पढ्न पाउँ है।
 
Posted on 02-07-08 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कथा पनि मज्जाको लाग्यो। भाषामा भएको सरलता अनी सलल बगेको कथाबस्तु ले तानेर कती खेर बाकी अर्को भागमा भन्ने लाइन सम्म पुरायो, था पनी भएन। मलाई पनि भाग १ र भाग २ को बिचमा केही छुटेको हो कि भन्ने भान चै भएको थियो तर पछी को कमेन्ट्ले प्रष्ट भयो। बाकी भाग पनि चाडै पस्कमा है त।
 
Posted on 02-07-08 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jhapali bro, really good yar. Enjoyed every piece of it....!!!
 
Posted on 02-07-08 7:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jhapali bro, really a good refreshing one. Carry on dude..
 
Posted on 02-07-08 7:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


umerko kuro.. aafno jindagima paani testai testai ghatana haaru ghati raheko, ghati sakeko

ra ghatne wala hunda, katha padhdaa nikkai ramailo lagyo.. aafnai jeewanko chitra koreko jasto lagyo..

khyal garau hai over ambitious manchhe sanga jeewan gasda ali gahro hunchhaki jasto lagchha malai..

for both not only to guys but for girls also..

lu katha mitho chha aajhai jawosh..

 
Posted on 02-07-08 10:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग २ बाटा अगाडि..............................


सुष्मा हो नि केटि को नाम, बिर्सेलास!’ आमाले हिड्नु अगाडि भन्नु भयो । म झसंग भए । शंका दह्रो भयो ।

हाम्रै कलेज पढेकि केटि भनेपछि चिनेको त होला भन्दै थिए । न्यौपानेकी छोरी, सुष्मा । सुष्मा न्यौपाने । २ ब्याच जुनियर ।

 

हेर्ने जाने भनेर जुत्ता लगाइसकेको थिए । आमालाई केहि भनिन । जुत्ता मा पालिस लगाउन बाकिं थियो । मन लागेन, लगाइन ।

‘सन्तोषको अफेयर चलेको थियो, कलेजमा । डेढ बर्ष अगाडि उ US गएको थियो । तर कलेज पछि सुष्मा को बारेमा मलाई जानकारि भएन ।

के भन्ने के गर्ने जस्तो भयो । केहि भनिन ।

वुआ पनि रेडि हुनुभयो ।

‘जाउँ हिड’ भन्नु भयो । म पछि लागे । आमा बाहिर सम्म निस्कनु भयो ।

 

‘सापकोटा’ केटिको कुरा असफल भएपछि आमा मेरो बिहेलाई लिएर झन जोड तोड का साथ लाग्नु भएको थियो ।

‘यो फाल्गुणमा  जसरि पनि कान्छाको बिहे गर्ने’ बुआ संग प्राय: नझर्किने मेरी आमा ले एक सांझ कडा स्वरमा भन्नु भयो । त्यो दिन बुआ त केहि बोल्नु भएन, मेरो त के कुरा ।

 

पुरानो बानेश्वरमा दिदि लाई लिएर हामी मैतिदेवि तिर लाग्यौ ।

‘यो DENIM कति धेरै लगाएको’ दिदिले बुआको aftershave को कडा बास्ना को विरोध गरि ।

‘आफ्नो गालामा मनलागे जति दल्न पर्छ, हा हा हा हा’ खैनि खाने मेरो बुआका दाँत कहिल्यै सेता भएनन् ।  

दिदी र बुआ गफमा भुल्नु भयो । म सुष्मा र सन्तोषको पुरानो relation सम्झंन थाले ।

क्यान्टिनमा प्राय: उनिहरु संगै हुन्थे । हामी पनि कहिले काहि उनिहरु को group  मा सामेल हुन्थ्यौ । सन्तोषले propose गरेको १ बर्षपछि मात्र accept  गरेकि थिइन्  सुष्माले । मैले त्यस्तै सुनेको थिए । एउटै batch भएपनि faculty फरक भएर होला, सन्तोषसंग त्यस्तो गहिरो र नजिकको दोस्ति भने थिएन मेरो ।

कस्तो संयोग होला, आज म सुष्मालाई हेर्न जादैछु!!! के हो के हो जिवन । कहिले कहां डोहोर्याउँछ  कहिले कहाँ ।

One way भएकोले गाडि वरै पार्क गरेर हामी हिड्यौ । दिदीले घर देखेकि थिइं, उ नै अघि लागि । बुआ र म पछि । मैतिदिविको मन्दिर अगाडि सदा झैं यो पटक पनि टाउको निहुर्‌याए ।

Rent को फ्लाटमा बसेको रहेछन् । दोस्रो तल्ला । मिलाएर सजाएको कोठा, सफा ।

नियमित गफ सुरु भए । वातावरण सन्तुलित अनि familiar  बनाउने पारम्परिक नेपालि गफ ।

पहाडका गफ बाट ice break भयो ।

‘यसका मावलिको चाहि भोजपुर भुल्के । पुर्व ४ नंम्बर । हामी चाहिं १८ सालमा झरेका ।‘

बुआ बोल्दै हुनुहुन्थ्यो । दिदी कता अर्को कोठामा गएकि थिइ । म भने त्यो भाइ संग त्यसै काम न काज संग दांत देखाएर बसेको ।

कोठाका सबै थोक नियाल्दै गए । भित्ताका सजावटहरु, सोकेसका श्रृंगारहरु, भुईका गलैचाहरु । टेवल मुनि ‘नेपाल’ पत्रिका रहेछ । सजिलो भयो ।

बुआ गफमै हुनुहुन्थ्यो । ‘ यहि कान्छो को मात्र बाकिं, यसको बिहे गरेर हामी चांहि १२ धाम घुम्न जाने सोचेका छौं । हात खुट्टा चल्दै जानु पर्यो नि ।‘

‘बियर र सुर्ति छोड्नु नि, १२ धामका गफ’ मेरो अफ्ठ्यारो समेत मिसाएर मैले बुआलाई मन मनै गालि गरे ।

 

उनि आइन्, कुर्ता सलवारमा । कपाल पछाडि बाधेको । ट्रेमा चिया बोकेर ।

पहिले बुआलाई दिईन् । अनि उनका बुआलाई दिदै थिईन्, वहांले मतिर इशारा गर्नु भयो । त्यहि कप उनले मतरि राखिन् । मैले अफ्ठ्यारो हातका साथ लिए ।

झन आवाज ननिकालौ भन्यो, कप त्यसै बज्छ । चिया पोखिएला भन्ने कत्रो त्राहि मलाई ।

‘संगै बसे भै गयो नि’ को देखेको मान्छे भनेको त दिदिको साथि पो हुनुहुदो रहेछ । उठेर नमस्कार गरे ।

‘म सुष्मा को दिदी’ उनले नै भनिन् । बल्ल बुझे, लमि त दिदिहरु  पो रहेछन्  । सुष्मालाई ल्याएर म सँगै राखिन् ।

बस्दा उनलाई अलि अलि छोइएको थियो । गाह्रो गरि चियाको पहिलो चुस्कि लिए ।

आथ्था, कस्तो तातो । तालुको छाला सबै पोल्यो ।

कप राखें । तालुको छाला गएछ । मैले जिब्रो भित्र भित्रै बटारिरहें ।

‘ल हेर त अफ्ठयारो मानेका, उ पल्लो कोठामा बसेर गफ गर, सजिलो हुन्छ ।‘ मेरि दिदी बुझ्झकि भईसकेकि थिई । व्यवहार जान्ने, कुरा बुझ्ने, मिलाउने ।

हामी अर्को कोठामा लाग्यौ । सुष्मा अलिक सहज भईन् । म पनि ।

म कुर्सिमा बसे, उनि खाटमा  । उनकै कोठा रहेछ । चक्लेटि कुरा ले सजाएको ।

 

‘सुष्मा, मैले हिड्ने बेलामा मात्र थाहा पाए । तिमी कहां आउंदैछु भनेर ।‘

उनि अलिक निन्याउरो भइन् ।

‘मलाई पहिले नै थाहा थियो, तपाई हो भनेर, त्यसैले नाईं पनि भन्न सकिन ‘

मेरो प्रसंसा हो वा बिवाह को मन्जुरि मैले बुझिन ।

‘पढाउँदै छौ हैन?’ मैले प्रसंग बदल्ने प्रश्न गरे ।

‘हो’ उनले केहि कुरा भन्न सास जोगाउँदै थिइन् । यो कुरा म जति बुझ्दै थिए त्यति नै अफ्ठ्यारो लाग्दै थियो ।

‘सुष्मा, I don’t know what happened between you and santosh.  I only know he is abroad. ‘

मैले जति रोक्न खोजे पनि यति नभनि म बस्न सकिन ।

निहुरिएकि थिइन् । उनका आँखा भरिएका थिए । त्यहां कुरा गर्न अफ्ठ्यारो थियो । तर पनि हामी त्यहां बाट उठेपछि धेरै महत्त्वपुर्ण decisions हरु हुन्थे त्यहि भएर कुरा गर्न जरुरि थियो, सजिलो अफ्ठ्यारो एकातिर राखेर ।

 

‘im in real dilemma.  उनले धेरै बेर पछि आफै भनिन् । हो, सन्तोष र मेरो affair थियो । we still have in some way. सगै us जाने प्लान थियो । तर मेरो GRE एकदम खत्तम भयो । toefl पनि दिएको थिईन । फेरि उसले ra पाएको थियो । उ गएपछि process गर्न एक्लै पनि भए, गाह्रो पनि भयो । अहिले idle  जस्तो भएर बसेकोले बिहेको कुरा बढेको हो ।‘

‘अनि उ के भन्छ?’

‘मैले बिहेको कुरा भनि सके । उसले म समर मा मिलाएर आउंछु भनेको छ । यो ३ महिना पर्ख, hold गर भनेको छ ।‘

अनि, parents लाई भनेको छैनौ त?’

‘भनेको हो पहिले नै । अरु बेला ठिकै छ भनेर मान्नु पनि भएको हो । तर यो पालि, केटा गतिलो छ । अब सधै बिदेशकालाई कुरेर पनि हुदैन । कुरा मिल्यो भने यहि संग गर्नु पर्छ भनेर ममि ड्याडिले जिद गर्नु भयो । मैले वहां हरुलाई जित्न नै सकिन ।‘ उनले कुरा नढाँटि राखिन् ।

म सोचमा परे । एक त आफ्नो बिहे को यत्रो संघर्ष अर्को साथीको नासो । सबै कुरा मिलेको छ । घर, परिवार, हाम्रो सोच । सबै थोक । सुष्मा संग बिवाह गर्दा सबै खुसि, उनको परिवार, मेरो परिवार र म पनि । तर पनि मन भन्दा ठुलो कुरा केहि हुन्छ र???

धेरै सोचैर मैले आँट गरेर सोधे ‘म के गरौं?’

please, reject me. It will be easier for me.  Please!!!!!’

मैले अपेक्षा गरेको नै उत्तर पाए ।

केहि बेर को मौनता पछि दिदी आई ।

‘एकै चोटि कति लामो कुरा गरेका  । जाउँ अब‘ उ जिस्काउँदै थिई ।

 

घर फर्कन गाडिमा बसियो । बुआ र दिदी पछाडि मेरो भविष्य बुन्दै हुनुहुन्थ्यो म भने तिनै पालिस नलगाएका जुत्तामा आफुलाई नियाल्दै थिएं ।

----------------------------------------------------------------------------------------------
meaninglessthinkings@somewhereondearth
 
Posted on 02-07-08 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माइ गड ,क्य| कथा छ yar
एस को बर्नन गर्ने म सँग कुनै शब्द नै chhaina
प्लिज म अरु भाग को प्रतिक्षा मा chhu
 
Posted on 02-07-08 11:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Somedown ji,

Ma sajha ka sabai katha padchu ra hardly kunnaai ma comment garchu, tara yo katha ra yo part pade pachi comment nagari basna nai sakina.
I think u r losing track of your kahani, don't try to enlogate and experiment with the story. Yesari, part by part euta ketu bhete ko ghatna tapaina lai story ko part thapna intrest badauna sakcha, but its like different stories running on the different channel ra sabai keti ko different kahani  badhyata biwasta dekhayera sayad tapain le nari patra lai naaya garna saknu bhayena jasto lagcha. Maile pahilo bhag pade pachi CL ko comment malai pani ho ho jasto lageko thio. Tara yo part bata badta experiment bhayo jasto lagcha.


 उनको  नाकमा टोमेटो सस लागेको रहेछ । उनकै हात बाट टिस्सि पेपर लिएर मैले पुछिंदिए । उनि शर्मिलो मुस्काइन् ।

‘फेरि कफि खाँउ है’ भनेर मैले एउटा black coffee र एउटा milk tea मगाएं । उनले होइन, दुइ वटै black coffee भनिन् । म हासें । उनि पनि ।

कफि आयो, लामो सास लिएर मैले सुरु गरे ।

‘I don’t want to break my study right now.  अब शुरु गरि सके । बिचमा म छोड्न सक्दिन । अनि मैले त्यस्तो permanently  abroad जाने plan गरेको छैन ।  I have to be with my parents’

लप्पन-छप्पन excuses नगरि मैले सिधा शब्दमा मेरो व्यवहार र वास्तविकता राखें ।

you are a good person’ उनि कफि खादै हांसिन् । नाक मा केहि लागेको थिएन र पनि नाक पुछिरहेकि थिईन् ।

चिनि पुगेनछ । एक चम्चा थपिन् । मैले पनि मेरो कप अगाडि बढाए । उनले मेरो मा पनि हालि दिइन् र चिनि घोलिन् ।

‘sorry, मैले हजुरको कफि जुठो गरिदिए’ उनले भनिन् ।

‘अव मीठो हुन्छ होला’ म हांसे ।

केहि बात पछि उनले नै भनिन् । ‘

Ta pain ko bisesta bhaneko, tan pain le hareek patra ra tesko ghatana kram lai ramri prastut garna sakunu huncha tara these kind of random bhet, yesle katha lai intresting banauncha jasto lagdaina.

I am not a writer but take a one character and change the story to that direction.

And realllllllly sorry as
I never add a single word for appreciating the good part and for your other stories but only posted the comment for criticizing for your story, but thats my thought



 
Posted on 02-08-08 12:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

‘बियर र सुर्ति छोड्नु नि, १२ धामका गफ’ मेरो अफ्ठ्यारो समेत मिसाएर मैले बुआलाई मन मनै गालि गरे ।

 

गाह्रो गरि चियाको पहिलो चुस्कि लिए ।

आथ्था, कस्तो तातो । तालुको छाला सबै पोल्यो ।

कप राखें । तालुको छाला गएछ । मैले जिब्रो भित्र भित्रै बटारिरहें ।

 

kasto ramailo,

la ma ta tapaiko lekhaiko fan nai bhaye -

tapaile aafule manle kalpana garejasto keti paunuhos-mero suvakamana

looking forward for your upcoming ones


 
Posted on 02-08-08 1:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kasto ramro sanga lekhnuhundo rachecha... sarai ramro lagyo...

Tapainko Phalgun ma hoina Baisakha ma balla bihe hos kinabhane tetibelasamma hamile dherai asto sangrash ko kathaharu padhana paucha ni... Ani hamilai bihema bolauna nabirsanus ni hai.... so that we can compare and see whether you get the rite kind of gal or not as you searching....


 
Posted on 02-08-08 6:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Torikophul जित्यहि परिभाषाको खोजिमा छु । जगटाधारि जि र बिर्खे दाईलाई राम्रो संग थाहा छ। एक चोटि बुझ्नु न ।

Nepal ko chora जि, पढेर कमेन्ट गरिदिनु भएकोमा धन्यबाद । confusion गराएकोमा माफ पाम् ल ।

Amazing bro, तपाईले नि पढ्नुभएछ खुसि लाग्यो । मीठो कमेन्ट को लागि धन्यबाद ।

tonymontana जि, धन्यबाद,

Harka_Bahadur  जि, तपाई को कमेन्ट ले मन खुसि भयो । कमेन्ट गरिदिनु भएकोमा धन्यबाद ।

Mr. lonly जि, धन्यबाद । i think im stopping soon…

kya_naam_disturb जि, धेरै धेरै धन्यबाद, really.. i was also feeling so.

 its always great  and pleasing to know that people follow our stories and like my way of writing.. really, मन हर्षित हुन्छ यस्तो थाहा पाउँदा । धन्यबाद ।

you are right on what you have said. thank you for the warning. i needed it. यो thread को प्रसंग समेटने भनेर मैले सोचिसकेको छु । हजुरले सहि समयमा मलाई झस्काउनु भयो। धन्यबाद,

CL साईलि को कमेन्टले पनि मलाई लेख्दा disturb गरेको थियो । it was a heavy dose for me.  कमेन्ट  पढेर लेख्न बसियो, कुरो झन्नै बिग्रेको ।शायद लेखि सकेर पढेको भए एक हप्ता झुम्म हुन्थे..

 साच्चै  साईलि,  हजुरको नजरमा नै त्यो संसार बुन्ने शक्ति थियो, जो त्यस्तो देख्नु भयो।  नत्र मैले लेखेका यि कोरा अक्षर हरु त केवल  काला छन;  चौडा सेतो भुंईमा उभिएका!!

 kya_naam_disturb जि, फेरि  पनि धन्यबाद । बेला बेला झस्काउँदै गर्नु होला ।।


 


 
Posted on 02-08-08 6:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sunima_sh जि तपाईलाई मीठो धन्यबाद नदिईकन म बस्न सक्दिन, शुरु देखि यो thread follow गर्नु भएको छ । देखाउनु भएको ईच्छा, दिनु भएको समय र कमेन्टको लागि धन्यबाद ।
Light-2 जि, होला नि तपाई हामी सबै को एक दिन बिहे, है । pjna007 ले भने झै भाग्यमा एउटा बिहे त कोरिएको होला नि हाम्रो पनि!!!
खोई मेरो कहिले हुन्छ थाहा छैन । सबै केटि राम्रा हुदैन्न राम्रा जति हाम्रा हुदैन्न् भनेर गित गा थ्यो एटाले।

कुनै दिन हुने भएछ भने  चौतारि बाट सबैलाई चुलै निम्तो दिन्छु  नि ।

मेरो बिहे रे।। सम्झिदां त लाज पो लाग्यो, छ्या

पढिदिनु भएकोमा धन्यबाद ।

 
Posted on 02-08-08 6:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अब यिनको बिहे कहिले हुने हो नारान।

ट्यान्कामा राखेको कलेजी बनारसि सारी लाउला भन्ने मेरो धोको पनि पुरा नहुने भो कि के हो? सारीको कलर खुइलिने भो, यिनको कपाल पनि खुइलिने भो येस्तै पाराले। कति केटी हेर्न गाको?

अब खुरुक्क flying marriage नगरेर


 
Posted on 02-08-08 6:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahah... really..
i couldn't stop laughing at your comment..
त्यहि त है , मलाई नि त्यस्तै भएको छ। त्यो लुकाएर राखेको ,पैसा जोगाई जोगाई बनाएको ring पनि खिया लाग्ला जस्तो भइसक्यो।।। बिहे हुने तरखर छैन ।

thanks for reading and such a sweet comment...

 
Posted on 02-08-08 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमे साइला (त्यो निक भन्दा मलाई यो नाम  सजिलो लाग्यो  --त्यसैले)

हत्तेरिका नम्बर त थुप्रै हुने भो नि हजुर ---कुन दिन जुर्ने होला लगन!!

कथाको बेग नरोकियोस है त :)


 
Posted on 02-08-08 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"....सुष्मा संग बिवाह गर्दा सबै खुसि, उनको परिवार, मेरो परिवार र पनि.."

कठै! क्यान्टीन देखि नै मनले खा थ्यो कि कसो???

 


 
Posted on 02-08-08 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

A japali sojo, bhayena hai yo chai? Katha bhandai sab true kura lekhna kaha payencha yaar. Kohi sathi haru lai baki narakhni hunu bhayo tapai le. Waiting 4 next episode where u get married. Akhir party khani ta hamile ta ho ni, ki kaso ho?
 



PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
nrn citizenship
H1B fraud
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters