somewhereondearth
Replies to this thread:

More by somewhereondearth
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 म बिहे गर्न सामान्य केटि पाउन संघर्षरत छु।

[Please view other pages to see the rest of the postings. Total posts: 101]
PAGE:   1 2 3 4 5 6 NEXT PAGE
[VIEWED 44715 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 6 pages, View Last 20 replies.
Posted on 02-06-08 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जगटाधारि भाईको लाईन लाई लिएर धागो बुनेको छु । भाई धन्यबाद, नसोधि लेखे । मलाई हक छ नि है ॥


एम ए पढ्दै छे, स्कुलमा पढाउँछे, केटि राम्री छ, एकचोटि हेर” आमाले चिया संग प्रस्ताव पस्कनु भयो । बिहे गर्ने त यस्तै केटि संग हो, तर पनि यो मामला मा किन किन म decision गर्न एकदम weak भएरहेको थिंए ।

“खान्दानि छन् रे, आंगन पनि ठुलो छ“ आमाको भनाईको आसय मैले प्रष्टरुपमा बुझेको थिए । तर कुनै विबाद नगरि म चुप् लागेर कुरा सुनि रहे ।

“एक्लि छोरी, काठमाण्डौंमा दाजु भाई संग बसेर पढेकि, शिल स्वाभाव राम्रो छ, घर गरिखान्छे हाम्रो” आमा थप्दै हुनुहुन्थो, मलाई चियो भन्दा ति कुरा र बयान मीठा लाग्दै थिए । एक किसिमले आमा मेरो कल्पनामा बुट्टाहरु भर्दै हुनुहुन्थ्यो ।

“मलाई त मन खायो, तंलाई भनेर फोटो मगाएकि छु, ला” आमाले २ वटा फोटो हातमा राखिदिनु भयो ।

आमाको अगाडि नियालेर हेर्न लाज भयो । केटि त राम्री नै हो । मैले झलक्क हेर्दा त्यहि देखें ।

म रिमोट बटारि रहेको थिंए । ०-५२ फेरि ० च्यानल सम्म बटार्नु मेरो पुरानो बानि । भरे बुआ आएपछि कुरा गरौला भनेर आमा गिलास उठाउँदै जानु भयो । आमा गएपछि ‘केटिलाई’ नियालें ।

मुहार त राम्रै हो । कपाल कत्रो हो प्रष्ट संग देखिएको थिएन । कुर्ता सलवार, बाहुला नभएको (sleeveless) ले उनका पाखुरा राम्रो संग देखिएको थियो । गोरो रंगमा खुलेको । ग्लामसर जस्तो  । चस्मा लगाएकि, गोरि, मोटि-मोटि। मैले त्यो फोटोमा मेरि दुलहि खोज्न थालें ।

आमा खाजा लिएर आउनु भयो । फेरि त्यहि उसिनेको तरुल र टमाटर को चट्नि । मीठो लाग्छ भन्दै मा दिनै पिच्छे खुवाएर हैरान ।

मैले मुख फोरेर भने । पहिले म भेटछु, कुरा गर्छु अनि मात्र हजुर हरु । आमा मान्नु भयो ।

म पनि दंङ्ग परे । खोजे जस्ति श्रीमति पाईने भयो भनेर । खाजा त्यसै मीठो भयो ।

बुआ पनि ढिलो ढिलै आउनु भयो । ‘बुढाले बियर दन्काएछन’ मन मनै भने ।

‘केटि त अर्कै खोजौ है” बुआले खाना पछि भन्नु भयो ।

“किन नि” आमाले अलिक कडा स्वरमा भन्नु भयो ।

“आऽऽऽऽऽऽ अर्कि खोजौ न, मलाई अलिक मन  खाएन “

“बिहे तपाईंले गर्ने कि कान्छाले” आमा रिसाउनु भयो ।

मेरो मन कुडिंयो । कस्तो कस्तो कल्पना गरिसकेको थिए, त्यो फोटो कि दुलहि संग । बुआ, बुढा खुब संसार उनैले बुझेको जस्तो । मलाई पनि रिस उठ्यो ।

“ मैले त उ बेला नै ल्याएको नि तंलाई । कान्छाकै लागि भनेको । अझै राम्री खोज्न पर्यो भनेको ।“ बुआ हांस्नु भयो । यसपालि आमाले पनि हुन्छ भन्नु भयो । मैले कुर बुझिन, त्यसै मन खिन्न भयो ।

रात भरि खट्पटि भईरह्यो । किन बुआले मन बटार्नु भयो । के भएछ । केटि त गतिलि जस्ति छे । पढाइ पनि ठिक छ । राम्रि पनि हो । बुआ आमाले आश गरेको जति देलान नै, नत्र म के काम । फेरि त्यति को लागि मेरो बिहे के रोक्नु हुन्थ्यो बुआले । किन किन, मैले पत्तो लगाउन सकिन ।

बिहान ४-५ बजेको हुंदो हो । त्यसै बिउंझिए । आमा बुआ गुनगुनाउदै हुनुहुन्थ्यो । मैले कान थापेर सुनें ।

“कहिले रहेछ?” आमाले सोध्नु भयो ।

“खोई BA पढ्दा अरे “

“नेवार केटो थियो रे । खुब संगै हिड्थे रे । टोल छिमेकमा कुरा उठेछ । के के भयो दैब जानुन । अर्काकि छोरि नदेखि नसुनि बात लाउन हुन्न । अनि पढाईको बिचमा नै दाजु संग काठमाण्डौं पठाएका रे “

“होस, किन हामी अघि बढ्ने । कुरा उनैले राखेका हुन । छोरो मानेन भनिदिउंला” आमाले भन्नु भयो ।

“कान्छालाई नभन्नु, चित्त दुखाउँछ । फेरि यति सानो कुरा भन्दै उफ्रन्छ । केटा केटि नै छ, एसो केहि भनेर टारिदे न”

मलाई बिस्मात त भयो । तर हांसो पनि लाग्यो । मन मनै सोचें “अब म I Sc, BE, M Sc  पढ्दा जति केटि साथि संग हिडे, डुले, खाजा खाए, बरै कसै को बिहे नहुने भयो । कठै मेरा केटि साथि हरु । “

जित्नु केहि थिएन । त्यसैले बुआ, आमाको कुरा मैले प्रतिवाद गरिन ।

बिहान अफिसको लागि निस्कन लाग्दा आमा फोन मा कुरा गर्दै हुनु हुन्थ्यो

“एएऽऽऽऽऽ, सापकोटा? हो हो चिने । ल ल म भरे आँउछु। अनि कुरा गरौंला ।“

---------------------------------------------------------------------------------------------------------------

अरु कुरा अर्को पटक ।

meaninglessthinkings@somewhereondearth


--------------------
 
Posted on 02-06-08 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Somewhereondearth 

What a writing man?

I fell in love with your story right now. Someone help me........


 
Posted on 02-06-08 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Somewhereondearth 

What a writing man?

I fell in love with your story right now. Someone help me........


 
Posted on 02-06-08 9:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

what a comment....
धन्यबाद rosaline जि, धेरै धरै धन्यबाद ।

 
Posted on 02-06-08 9:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Great work, somewhereondearth! (kati lamo nam?)

I am also trying to find a samanya keta. he he he...........

The way you portrayed how a nepali society perceives the affair of a gal and a guy differently is appreciated.

Hats off to you


 
Posted on 02-06-08 9:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Great work, somewhereondearth! (kati lamo nam?)

I am also trying to find a samanya keta. he he he...........

The way you portrayed how a nepali society perceives the affair of a gal and a guy differently is appreciated.

Hats off to you


 
Posted on 02-06-08 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thank you heartthrob...
yeah, its our society, our nepali society....and we are, to make the change... i suppose so...
मेरो नाम लामो भयो भनेर मेरो बोलाउने अर्को नाम छ ----- सोझो झापाली।।।।
 
Posted on 02-06-08 9:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि त्यहि उसिनेको तरुल र टमाटर को चट्नि । मीठो लाग्छ भन्दै मा दिनै पिच्छे खुवाएर हैरान ।
तेही त भन्या मिठो छ भन्दै मा दिन्दिनै एउतै खानेकुरा खाने कुरा पनि आएना,   
धेरै राम्रो कथा गयो, एक्दम सतीक,
खोइ अर्को भाग कहिले आउने हो।  ु


 
Posted on 02-06-08 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

somewhereondearth,

very nice story, loved the way you wrote, i will be looking forward for your future ones,

i would love to call you somewhereondearth- not  सोझो झापाली।।।।

 


 
Posted on 02-06-08 11:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sunima_sh जि, धन्यबाद, पढिदिनु भएकोमा र यति मीठो कमेन्ट टाँसि दिनुभएको मा।
 feel free to call me by  whatever name you like...


 
Posted on 02-07-08 1:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

serial जि, धन्यबाद,


 
Posted on 02-07-08 1:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yee dai hau, nathu euta line lina pani yesto ta vannu ta pardaina ta hau, tara mero euta line lai lieara tapaile kati ramro katha bunnu vayechha. Aru vag chadai chahio dai, CHITTO !!!
 
Posted on 02-07-08 4:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जगटाधारि,
त्यहि पनि त यार।। पियातेन्त राईत भन्छन। कसरि केहि नभनि सरक्क सार्नु । पुल्चोक को ल्याब रिपोर्ट हो र??

ill post as soon as possible..
thanks for the commnet!!

 
Posted on 02-07-08 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

cool stuff buddy. nice one.
 
Posted on 02-07-08 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

cool stuff buddy. nice one.
 
Posted on 02-07-08 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

cool stuff buddy. nice one.
 
Posted on 02-07-08 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

cool stuff buddy. nice one.
 
Posted on 02-07-08 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

cool stuff buddy. nice one.
 
Posted on 02-07-08 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग १ बाट अगाडि.............................................

नाकको फुलि फुकालेकि रहिछन् । उनि बानेश्वरको nds छिर्ने बित्तिकै मैले उनको नाक notice गरि हाले । चिन्न गार्हो त भएन ? उनि नबसुन्जेल म उठिरहे ।

‘भएन’ उनि मुस्काइन् । दाँत मिलेका रहेछन् । मेरो पनि सफा गर्नु पर्ने । मैले मेरो अधुरो काम सम्झिहालें ।

‘कफि लिने?’

‘होइन, म त चिया लिन्छु ।‘ उनले आफ्नो ईच्छा राखिन् । म ब्लाक कफिमा अडिग भए ।

मैले उनलाई जसरि हेरको थिए, वेटरले मलाई त्यसरि नै ।

‘अरु पछि भनौला’ यति भनेपछि मात्र वेटर गयो ।

केटा र केटि पहिले भेटने अनि मिल्यो भने मात्र कुरा अगाडि बढाउने भनेर कुरा मैले नै राखेको थिंए ।

केटि B Sc को exam दिएर बसेकि । बिराटनगर कि केटि । सापकोटा, उपाध्याय बाहुन । आमाले को साइनो बाट कुरा मिलाउनु भएको । हाम्रो जस्तै परिवार छ रे । आमाले भन्नु भएको । कान्छी छोरी, दिदीहरु भन्दा राम्री ।

पुड्कि नै त होईन तर हाइट कम । म पो कौन सा अग्लो छु र? जोडि त मिल्छ । मैले मन मनै गुने ।

‘अनि फुर्सद मा के गर्दै हुनुहुन्छ?’ ५ मिनेट सोचेर मैले प्रश्न सोधें ।

buffalo को metabolism को बारेमा एउटा paper follow गर्दै छु ।“ मेरो उडेको प्रश्नलाई उनले discrete उत्तर दिइन् ।

मैले abstract expression देखांए ।

केटि कडा रहिछ । निचोड संगै मैले कफि घुटुक्क पारे ।

‘carrier को main turning point मा बिबाह सोच्नु भएको?’ मैले पनि वजनदार प्रश्न फालें ।

उनि एकछिन सोच्न थालिन् । मलाई कता कता खुसि लाग्यो । राम्रो प्रश्न गर्न सफल भएकोमा ।

कपाल खेलाउँदै निकै बेर अन्कनाएपछि उनि बोल्दै थिइन् । त्यति नै बेला वेटर आइपुग्यो ।

‘केहि order गर्नु न ल’ उनले मेनु मतिर फर्काइन् ।

‘दुईवटा चिकेन रोल र एउटा फ्रेन्च फ्राई ।‘ अर्डर गरेपछि आफैलाई गालि गरे ।

बानेश्वरको nds को रोल एकदम झुर हुन्छ ।

‘एउटा चांहि भेज गर्नु ल’ उनले यस पटक पनि order  change गरिन् ।

‘चिकेन मिठो लाग्दैन?’ मैले केहि नसोचि, केटा साथिलाई जस्तो प्रश्न गरें ।

 im  vegetarian’

एएएऽऽऽऽ‘ मलाई नराम्रो पनि लागेन । मेरो reaction neutral थियो ।

उनले आफ्नो भनाई सुरु गरिन् । ब्याग टेबल मा थियो । टिस्सि पेपर झिकेर हातमा लिइन् ।

‘म  master’s लाई apply गर्दै छु, Australia, यो session मा’ ।

‘अब गएपछि फेरि ३-४ बर्षमा मात्र आइएला । दिदी हरुको बिहे भएसक्यो । घरमा मेरो मात्र बाकि, ममि बाबा को मन पनि राखिदिनु पर्यो । फेरि पछि आफुलाई पनि ढिला हुन्छ । त्यसैले अहिले गर्ने सोचेको ।‘

उनि भन्दै गइन् । कफि वा उनको कुरा, के ले मलाई झुम्म बनायो, थाहा भएन ।

‘युनिभर्सिटिले अफर लेटर पठाइसक्यो । ADB को scholarship पाएको छु । त्यसैले राम्रो छ chance Australia मा dependent  ले काम गर्न पाउँछन । so, technical line को partner भयो भने सजिलो हुन्छ भनेर, हजुर संग कुरा चलेको हो ।‘

‘अनि पढाइ पछि , के गर्ने ?’ मैले एकै चोटि अन्तिम प्रश्न सोधें ।

clearly  भनौं है  । अब यत्रो try गरेर पढेर फेरि यहि नेपालमा struggle गर्ने त आंउदिन । बरु retired life मा आंउला ।  this is my plan and vision of life, त्यहि हो । ‘ आंखी भौं उठाउँदै उनले आफ्ना बिचार राखिन् ।

‘भनेपछि कहिले को session लाई try गरेको?’

‘२ महिना मा session शुरु हुन्छ । भ्यायो भने यहि महिनामा, नत्र document बनाउन ढिला हुन्छ ।‘

 

कफि हिउं चुलि भएको थियो । म पनि सोचमा हराए ।

मेरो Pulchowk मा मास्टर्स सकिन अझै एक बर्ष बाकिं  । गए पनि मैले us को सोचेको हो । Australia  को त मैले सोचेको नै छैन । यि त तपसिलका कुरा, मलाई सबै भन्दा गाह्रो र अफ्ठ्यारो लागेको को कुरा त “आफु qualified भएर, स्वास्निको  dependent  भएर Australia जानु, भात पकाउन ??” मलाई मेरो दिमाग मा गढेको पारम्परिक पौरुषता को आडम्बर र रुढिबादि सामाजिक सोचले तर्सायो, उकास्यो ।

कता कता आफैमा डुबेको थिंए । कुन त nd’s को नमिठो चिकेन रोल त्यहि माथि चिसिएको ।

‘तपाईं को के छ plan?’ उनको पालो थियो सोध्ने ।

म असमन्जस्यमा परें ।

‘म सोच्दै छु ।‘ मैले साँचो उत्तर दिएं ।

‘अफ्ठ्यारो नमानि भने हुन्छ ।‘

 

उनको  नाकमा टोमेटो सस लागेको रहेछ । उनकै हात बाट टिस्सि पेपर लिएर मैले पुछिंदिए । उनि शर्मिलो मुस्काइन् ।

‘फेरि कफि खाँउ है’ भनेर मैले एउटा black coffee र एउटा milk tea मगाएं । उनले होइन, दुइ वटै black coffee भनिन् । म हासें । उनि पनि ।

कफि आयो, लामो सास लिएर मैले सुरु गरे ।

I don’t want to break my study right now.  अब शुरु गरि सके । बिचमा म छोड्न सक्दिन । अनि मैले त्यस्तो permanently  abroad जाने plan गरेको छैन ।  I have to be with my parents’

लप्पन-छप्पन excuses नगरि मैले सिधा शब्दमा मेरो व्यवहार र वास्तविकता राखें ।

you are a good person’ उनि कफि खादै हांसिन् । नाक मा केहि लागेको थिएन र पनि नाक पुछिरहेकि थिईन् ।

चिनि पुगेनछ । एक चम्चा थपिन् । मैले पनि मेरो कप अगाडि बढाए । उनले मेरो मा पनि हालि दिइन् र चिनि घोलिन् ।

sorry, मैले हजुरको कफि जुठो गरिदिए’ उनले भनिन् ।

‘अव मीठो हुन्छ होला’ म हांसे ।

केहि बात पछि उनले नै भनिन् । ‘ अफ्ठ्यारो मान्नु पर्दैन.  We have our own paths of life. Our paths are different so leave this issue. Take it easy. I can handle my parents’

उनि English बोल्दा बढि comfortable थिइन् । उनको कुरा ले मलाई पनि सजिलो भयो । नत्र आमा बुआ लाई कुरा वुझाउन गाह्रो हुन्थ्यो ।

मेरा साथि हरु म भन्दा राम्रा छन नि, म हजुर को बारेमा कुरा गर्छु ‘ बाकि रहेको एक मात्र finger chips मा धेरै सस दलेर उनले मीठो मानि मानि खाइन् । म हासें ।

‘मेरा पनि  batch mate हरु छन  Australia म भन्दा पनि good persons हरु । ill provide their id to you.’

हामी दुबै जना मरि मरि हास्यौं ।

उनले डायरि निकालेर मेरो email id मागिन् ।

मैले सकेसम्म राम्रो अक्षरमा लेखें

meaninglessthinkings@somewhereondearth

---------------------------------------------------------------------------------------------

अरु कुरा अर्को पटक ।


 
Posted on 02-07-08 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिहान अफिसको लागि निस्कन लाग्दा आमा फोन मा कुरा गर्दै हुनु हुन्थ्यो

“एएऽऽऽऽऽ, सापकोटा? हो हो चिने । ल ल म भरे आँउछु। अनि कुरा गरौंला ।“

 

 

भाग १ बाट अगाडि.............................................

नाकको फुलि फुकालेकि रहिछन् । उनि बानेश्वरको nds छिर्ने बित्तिकै मैले उनको नाक notice गरि हाले । चिन्न गार्हो त भएन ? उनि नबसुन्जेल म उठिरहे ।

 

 

भाग १ र भाग २ को बिचमा केही छुटेको जस्तो महसुस हुँदैछ मलाई
भाग २ तेइ भएर पढेको छुइन, कृपया बुझाईदिनु हुन्छ कि
धन्यवाद!


-रिट्ठे



 



PAGE:   1 2 3 4 5 6 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters