[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १५४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 121395 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 07-30-09 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



~
*  चौतारी १५४ *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 


"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers,unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 154 editions.

 
Last edited: 30-Jul-09 09:41 AM

 
Posted on 08-05-09 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-05-09 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो चेली धेरै दिन पछी देखिएउ नि !


सबै राम्रै त छ?


राखी मात्र ल्याएर हुन्छ र भन्या? लाइदिनु परेन?


ल लाइदेउ !


 
Posted on 08-05-09 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जागे जागे सारा रात
मायालु आउछिन भनेर


यहाँ फुलहरु तिम्रै निम्ती फुल्छन
सारा रङहरु जगमगाइदिन्छन


बिपनिमा कल्पेको सपनी देखे
म्रिगत्रिश्ना लाग्छ  तिम्रो मुहार


जागे जागे सारा रात
मायालु आउछिन भनेर


हर्के त्यो माथि को पोस्ट त देख्दै नदेखिरा मैले ! याद छ नि त्यो दिन अझै !


 


 
Posted on 08-05-09 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ritthe la au ma lagaidinchhu rakhi.

cheli ke chha? qwati banaeu?

 
Posted on 08-05-09 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा तेस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम चेली,


क्वाटी खाने दिनमा पनि कार्यब्यस्तताले का भा मै लन्च सीमित भो। यस्तो पनि दिन भोगियो।



धन्न जनै चाँही फेर्न भ्याइयो।


 
Posted on 08-05-09 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ कता लागे सबै


धागो बाध्न सक्या हो त


 
Posted on 08-05-09 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा तेस्रो राउण्डको जदौका साथमा तारेमाम।


खै जनाइ लाम भन्या नि पाइएन यो राखी त बाध्दिन म


 
Posted on 08-05-09 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे न भे सि लरकी कि आउन्नन, मुकुन्डे नि ।



बल्ल लहरे महाराज को सवारि भयो, अब सप्पै जना लाइन लगाएर आउछन नि ।


 लरकी हरु अघी देखि लहरे खोइ भन्दा थिए।


राखी बाध्नु पर्‍यो रे।


 
Posted on 08-05-09 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोल्ले ठुल्दाइ


नचाहिदो हल्ला नफैलाउँ है ठुल्दाइ


कस्तो मनै ढुक ढुक भैरा के


 
Posted on 08-05-09 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ठुल्दाइ ले लहरे लाई कती खेर जनाइ फेरी दिया ?

 
Posted on 08-05-09 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ होइन त्यो बैरे


जुँगा खोइ ठुल्दाइ को काट्या हो त ठुल्दाइ


कि गल्तिले मिस्टेक भो


 
Posted on 08-05-09 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मैले त डोरो बाँधेर आएं, हाम्रा त जनै सनै हुन्न केरे, एइ डोरो बाध्न चाँही पल्लो गाम जन पर्‍यो, झन्नै जागिर चिप्लेन भने नि। क्या मिटो प्रशाद खाइयो आहा!

ठुल्दाइले पनि जनै फेर्या रे? के हो? कसरी? हाम्रो बिराद्रिमा त पर्थेन हैन र भन्या, जनै काँबाट भो, खै कुरो बुझी नसक्नु भो याँ

ल लागें काम तिर, केरा खायिन्छ अब, क्या बात, बबाल मिठो केरा रेछ

 
Posted on 08-05-09 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही भन्या पुरे - ठुल्दाइ खोक्स् मात्र दिने हो चाहिने नचाहिने


अब त्यही कुरा लाई विश्वाश गर्ने नि छ यहाँ - नाम त के लियाइ भो र


 
Posted on 08-05-09 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरेले केरा पायो बोक्रा सुद्ध खायो भनेको एइ हो !


मलाई नि त्यो डोरा चाँही लाउन मन लागिराछ ! आज सत्यनारायणको मन्दिर तिर गएर लाउनु पर्‍यो !


 
Posted on 08-05-09 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के? ठुल्दाइले जनै फेरी विश्वाश गर्नी भन्या हो लहरे? हैन होला, दुनियाँलाई थाहा भा कुरो हो नि, ठुल्दाइ एसै लहरे गफ दिरा होला-न्'त

 
Posted on 08-05-09 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह बा, यो रिट्ठे, कल्ले खायो एह, बोक्रा, तिम्रा त्यो थुतुनो च्यात्न नपुग्या।

तर रिट्ठे, म गा मन्दिराँ पनि सत्य-नरायणको पूजा हुँदै थ्यो, बसी हालियो, छोड्न नमिलेर, आधा घण्टा तेइं बित्यो नि, अनी त प्रशाद खाएर जानु पर्छ रे, कथामा खै प्रशाद नखाकाहरुको खै के के भो भन्यो, उठ्नै डर लागेर, अनी पछी बाटोमा ८०-९० म हुँकाइयो, त्यो पाठ सुन्या भेर होला केरे, लकिल्ली केइ नि भेन, जय सत्य-नरायण!

 
Posted on 08-05-09 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे गफ कहाँ बाट आयो यहाँ


बरु पुरे अनी तिम्रो त्यो महत्वपूर्ण कुरा कहाँ सम्म पुग्यो त


झ्याइ पार्ने सम्म पुग्या हो भने खोइ निम्तो आको छैन त



अनी रिट्ठे सान जनै घाटी मै बाधे नि हुन्छ अरे टाइट गरेर - लगाइदिम म


 
Posted on 08-05-09 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे नि हल्ला गर्दै हिंड्ने भन्या।


हाम्रो बिरादरी मा जनै लाउनु पर्ने न पर्ने अरुलाई के थाहा ?


 सप्पै ले पंडित राहुल संक्रित्यानन भन्थानेको बेला, जाबो जनै लाइदिएर के भो ? मखुला ।


फेरी अस्ती मात्र जनै खटिरा आएको हो, सबूत प्रमाण छ क्या रे ।


जनी न लाउने लाई जनै खटिरा आउँदैन रे - शास्त्रमा लेखेको कुरा, फेल खाँदैन।
 
( हाम्रो बिरादरी मा त जनै त के त्यो हाँ दुगु चिया माँ न चोले चोले भन्दै बाध्ने डोरो नि बाध्ने चलन छैन भनेर भन्दिन क्या रे। )
 


 
Posted on 08-05-09 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


<<<( हाम्रो बिरादरी मा त जनै त के त्यो हाँ दुगु चिया माँ न चोले चोले भन्दै बाध्ने डोरो नि बाध्ने चलन छैन भनेर भन्दिन क्या रे। ) >>>

लोल लोल महालोल

ऐले फेरी सनीरा आएर पोल खोल्देला नि फेरीSSSSSSSS

 
Posted on 08-05-09 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे, अँ झ्याइ पार्ने हो, सुट सिलाई सकें, अब राम्री गुण्-वाण सु-योग्य बधुको मात्र खाँचो छ, अरु सब तैयार!

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
emergency donation needed
Nepali doctors future black or white usa ?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters