[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बिदाई

[Please view other pages to see the rest of the postings. Total posts: 45]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 26497 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 05-08-08 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथीहरु,

 

साझामा मैले धेरै समय बिताएँ। बिताएका प्राय: सबै पलहरु सुखद रहे। जिवन यात्रामा साझा साँच्चै नै एउटा चौतारी बन्यो। यो साझा मन्चको लागि सान प्रति सधैं आभारी रहने छु।

 

साझामा कथा कबिता लेख्ने जमर्को गरियो। साथीहरुको प्रोत्साहन पाईयो। लेखक कहिल्यै थिइन तर पाठक भने सधैं थिएँ। साथीहरुका थुप्रै रचनाहरु पढने अवसर पाएँ। ती अवसरहरु पनि मेरा लागि पुरस्कार झै बने।

 

यात्राको क्रमलाई निरन्तरता दिँदै यो साझा चौतारीबाट अघि बढ्दै छु।

 

साझा को यो आकासमा हामी सबै तारा बनेर जगमगाउने गरेका छौं। जस्तो एउटा तारा बिलिन हुँदैमा साझाको आकासको जगमगाहटमा कुनै कमी हुने छैन। त्यो मलाई थाह छ। चुपचाप पनि बाटो लाग्न सक्थें तर जुन स्थानमा एउटा घर जस्तै गरेर बर्षौं बसियो, नभेटेका नदेखेका साथीहरु सँग पुरानो चिन जान झै गरी सँग हाँस खेल गरीयो, जुन फुलबारीमा आफुले पनि थुप्रै फुल रोपियो, अनि अरु साथीहरुले रोपेका फुलहरुको पनि गोडमेल गरीयो यस्तो बगैँचा जस्तो ठाउँबाट बिदा नमागी जान मनले मानेन।

 

साथीहरुले प्रति देखाएका सदभावहरु जस्लाइ मैले साझाको तर्फबाट मेरा लागि उपहार सम्झेको छु ती सदभावहरुको लागि सबै साथीहरु प्रति यो जिन्दगी भर आभारी रहनेछु।

 

यहाँ आफ्नो बसाईको क्रममा मैले कसैको पनि मन नदुखोस भन्ने सोचाईमा आफुलाई सतर्क राखेँ। तर नचाहंदा नचाहँदै पनि कसैको मनमा मैले ठेस पुर्याएको हुन सक्छु। त्यस्ता अरुका मनमा दु:ख पुर्याउने सबै मेरा ब्यबहारहरु प्रति मलाई खेद त्यस्को लागि क्षमा पार्थी पनि छु।

 

 

सबै साथीहरुको जीबन सुखमय रहोस। मेरो हार्दिक शुभ-कामना। यो दीप आज अन्तिम पटक बलेको यहाँ। बिदा।

 

दीप


 
Posted on 05-08-08 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो यो, अप्रिल फूल त होइन आज, मैले त दीप ब्रो को अर्को कथा आयो भनेर
पढ्न बस्या,
दीप ब्रो ले पनि झिल्के जस्तै गर्न लागे कि क्या हो। के हो के हो बुझ्नै गार्हो बा। 
 
Posted on 05-08-08 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-08-08 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This can't be real!. Deep, are you kidding or what?? How can you just go like that? what woulld happen to your fans/friends who have been here just to read you. You must have some good reason for this but come on. I hope this is not a last good bye.May you come back again!. I am gonna miss your stories big time. Have a nice journey wherever you are going and come back to sajha again.


 
Posted on 05-08-08 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन दीप ब्रो, कता जान लाग्नु भएको हामीलाई छोडेर । तपाईं नभए त साझा नै सुनसान हुन्छ ।  बसौ प्रभु बसौ , सुख दु:ख गर्दै । 
 
Posted on 05-08-08 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"""म जस्तो एउटा तारा बिलिन हुँदैमा साझाको आकासको जगमगाहटमा कुनै कमी हुने छैन। त्यो मलाई थाह छ।"""

आकाशको जगमगाहटमा भलै कमि नहोस प्रभो, आकाशको सौन्दर्यमा कहिले पनि पूर्ण नहुने कमि आउँछ!!

यस्तो पिडा किन दिन लाग्नु भएको प्रभो? बरु नभ्याउँदा हराउनुहोस १-२ दिन, १-२ हप्ता, १-२ महिना या बर्ष नै तर  चटक्कै माया नै मार्ने कुरा मर्जि नहोस प्रभु!


 
Posted on 05-08-08 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दाईले एकदम ठीक भन्नु भयो
 
Posted on 05-08-08 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लौ कथा पढ्न पाइयो भन्दै द ङ परेर भित्र पसेको त ...... के हो एस्तो .. दीप दाजु को मन कल्ले  दुखाइ दियो एस्तो ..... साझामा बिदा नै माग्नु पर्ने गरी ...

 
Posted on 05-08-08 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप जयु, मैले साझा चर्न थालेको धेरै भाको छैन तर पनि दु:ख लाग्यो। तपाईंको लेख पढ्न थाले देखी हो साझा को नसा लागेको। तपाईंको कथा धेरै का लागि खुराक हो यहाँ। मेरो त अहार नै तेही थीयो। ग्यास स्टेसन को काम ले गर्द आज्कल धेरै कमेन्ट गर्न पाको छैन तर निरन्तर पढि रहेछु।

एसरी, अनयसै कीन जान लाग्नु भो प्रभु। जीम्मल बाले भने झै कहीले काही त एसो झुल्किने प्रयास गर्नुस् है। पहिलेको जस्तो निरन्तर भये पनि एक देशमा एसो केही पस्किने गर्नुस् है। नत्र साझा साहीत्य टुहुरो हुन्छ।

 
Posted on 05-08-08 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

take care and best wishes.
amber


Last edited: 09-May-08 09:37 AM

 
Posted on 05-08-08 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के मर्जी भाको प्रभु एस्तो!! कुन चाइनी पातकीले प्रभुको चित्त दुखायो?? भन्नुस् त मात्र प्रभु दात एउटा नहुने गरी उखेल्न लगैदिन्छु शिरिश प्रभुलाई भनेर, कि कोही मल्लिकाले केही सरापे कि प्रभु, त्यो हो भने हाम्रो साझासुन्दरी संगठनलाई भनेर हजुरको लागि योग्य बधु खोजिन्छ प्रभु; यो जाने मर्जी चाहि नहोस् प्रभु, पिडा हुन्छ यो कमलो मुटुमा!!
लु चकटी ओछ्यैदिए, बसेर एउटा कथा हालिस्योस बरु।

 
Posted on 05-08-08 5:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lu kya vanchha yo Deep. Yaso padhum vaneko ta. nachaine kuro po lekhchha. kanha bidai dina milchha chineko manchhe lai. lu ali tadha ga vaya  voli parsi farkera aaunu
 
Posted on 05-08-08 6:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ म त फेरी बाङेको कथा आयो एक्छिन हास्नु परो भनेको त, जाने कुरोपो हुँदै रैछ यहाँ त, हैन होला साच्चिक्कै होर भनेको, अनी जानुको कारण चै के हो त त्यस्तो।

 
Posted on 05-08-08 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन दीप ब्रो ले 'म' पात्र को माध्यमबाट  एउटा लघु कथा नै लेख्या हो कि 'बिदाइ' भनेर ! नभये त मलाई विश्वाश गर्न गाह्रो भयो ! त्यस्तो के पर्‍यो जस्ले अब कहिले नआउने गरी बिदा माग्न बिबस तुल्यायो ! सोचौ है प्रभो एकपटक !
 
Posted on 05-08-08 8:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tada Tada Nabhai Jau Timi

Hamro Jiwan Bhanda Pani Para......

-Namari Baanche...Kala le Saanche Pheri Bhet Hola....Jadau!!


 
Posted on 05-08-08 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपदा,

 शायद  कुनै पनि बस्तुको अनुपस्थिति हुदा   उसको उपस्थिति कति  महत्वको थियो भन्ने कुराको अनुभूती हुने गर्छ  र आज बिदाई भनेर साच्चिनै मलाई  सोच्न बाध्य बनाउनु भयो।  चौतारीको बसिबियाँलोमा दिप र मिस-मी बिच  भएको कबितात्मक दोहरीलाई मैले एउटा मिठो मालाको रुपमा उनेकि छु , हास्दा बोल्दा र मजाक मा पनि मिठो टुक्राटुक्रि बनेका रहेछन --- हुन त  म पनि साझामा त्यति आउदिन तर, जुन बेला आउँछु  'नमस्ते' मात्रै भन्दा पनि रमाइलो संगै केहि श्रृजनात्मक  कुरो गर्न पाइयोस जस्तो लाग्छ-- दिपदा र म बिच चौतारीमा भएको दोहरीको  केही अंशहरु(यसो त थुपै बनेका रहेछन यस्ता टुक्रा हरु  ) ---

दिप-
बाचाहरु त त्यस्तै उस्तै हो बिकल्प थिएन र मात्रै
बन्धनमा उस्का ती बाचाका परे झै गरियो अहोरात्रै'

मि-
ब्यर्थ बाचा यता उता दोधारमै साच्चै
संबन्ध नि बन्धन झै भैरहने मात्रै :)

दिप-

 
बाचा ब्यर्थ नभन त्यसरी ब्यर्थ त दोधार हो
बंधन दोधारको संबन्ध भ्रमको यथार्थ झै त हो


मि-
बाचा मिथ्थ्या जिवन को अधोगति मार्ग हो
संबन्धलाई भ्रमदिने निराश त्यो पाइला हो

दिप,

बिर्सेर बिर्सीने स्वप्न होईन म भो डर नमान
रहरमा बाँच्ने स्पर्श हुँ म अधरलाई अभर नठान

मि-
निर्धक्क छु संझना यो मेटिएर जाने छैन
सम्झु कसरी स्पर्श जस्को कुनै नाम छैन

म खासै लेख्दिन तर पनि चौतारीमा दिपदासंगको साथ र साथित्वलाई चै मैले   मिठो संझनाको रुपमा लिएकि छु।

दिपदा हजुरका आगामी पाइलाहरु सफल र  सुखदायी बनुन!


 
Posted on 05-08-08 11:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hoina Deep k bhayo?Why r u quiting Sajha?

Whatever is the reason,I hope u'll come back with more funny stories .

Good Luck and get back soon:-)


 
Posted on 05-09-08 2:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा निकै मौलिक कथाकारको रुपमा मेरो मानसपटलमा 'दिप'जि शधै रहिरहनुहुनेछ ! जसका कथाहरु पढ्दा म मेरै घरतिरका गल्लिहरुमा धेरपल्ट पुगेको महशुस गरेको थियँ !
यस्ता श्रष्टालाइ आगामि दिनहरुमा कथाहरु सृजना गर्ने समय मिलिरहोस भन्ने शुभकामना !!!!
 
Posted on 05-09-08 7:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

deep bro,farewell ma hadigaun ko mukesh dai ko ek gilas rato rash bhet chadaye.mile bhane kunai din sangai basera khaula.cheers killer.its been a privilege.wish u could've stayed a bit longer but its ur decision n i hope u've made a right one.hope u have a blast and may god bless all ur future endeavours.
Last edited: 09-May-08 07:21 AM

 
Posted on 05-09-08 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haina chelaharu ko bhakti test liyera jholi tumba bokera kata tira jana la ho khwamit ? baikunthai tira jana la bhey chai malai ni daak bhanu jasto bho..natra yatti ralli rani ho bhaney ta kina tessari alaap huna la ho!

hajoor aai dey matti huncha..kyai garna pardaina..hajoor ko aagaman bhey sobha badchha..lawu na prabhu!!

hajoor nai gaye..haami ka jaani!! maata muni bilawuni!!!!

 

punarmulyankan garnu paryo hai praan tyaagnu agadi

 


 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Why Americans reverse park?
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters