[Show all top banners]

dipika02
Replies to this thread:

More by dipika02
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 अर्थ को अनर्थ

[Please view other pages to see the rest of the postings. Total posts: 58]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 19710 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 01-27-08 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँझ पख बाबा र म फुलमा पानी हालिराथ्यौ भाइ लुसुक्क आगँनको ढोका खोलेर भित्र छिरेको मात्र के थ्यो बाबाको ब्यङ्य को झटारो भेटिहाल्यो--"बल्ल महाराज को सवारी भयो", भाइ केहि नबोलि चुप चाप माथि दौड्यो। उस्को अनुहार हेर्दा दिन्भर खेत खनेर आएको खेतालो भन्दा कम थकित देख्याथेन। म पनि एक्छिन पछि माथि गएँ, हेर्छु त भाइ आफ्नु कोठामा बत्ति पनि नबालेर लम्पसार परेर सुतिरारेछ। " के भो बाबु? यो बेला न कुबेला किन सुतिरा? बाबा आउदै हुनुहुन्छ माथि" --बाबाको डर देखाउदा पनि उ नउठेपछि केहि ठुलै काम बिगार्यो भन्ने कुरामा निस्चित थिएँ। "कहाँ थ्यौ यतिबेरसम्म"-- कुरा खोतल्न खोज्दा "त्यहि लाटा बहिरहरुकाँ टि. टि. खेल्न म र साथिहरु" भन्यो। हाम्रो छिमेकिको घरमा लाटा र बहिराहरुको संगठन थ्यो जहाँ मेरो भाइ र उस्का साथिहरु खुब जान्थे टि. टि. खेल्ने बहाना बनाएर जुन कुरा घरमा हामी कसैलाइ मन् परेको थेन। जति सम्झाउद पनि भाइ लुसु लुसु जाने गर्थ्यो आफ्नु साथिहरु सँग र केहि न केहि बेगारेरनै आएको हुन्थ्यो। "अब आज के गर्यौ फेरि?" --उस्को प्राए बिगारहरु सँग म परिचित थिएँ, तर आज भने बरु ढुङ्गो बोल्ला मेरो भाइ बोलेन। अहिले नभनेनि पछि त पक्कै भन्छ भन्ने थाहा थ्यो तेसैले धेरै कर पनि गरिन।
 
भोलि पल्ट भाइ, म र आमा घाम तापेर साँदेको भोगटे खादैथ्यौ, एक्कासि त्यो संगठनबाट १५-२० जना मान्छेहरु दौडेर जग्गु दादाको आँगनमा धुइरिएको देख्यौ। जग्गु दादाको खास नाम चैं जगन्नाथ हो तर उस्लाइ आफ्नु नाम लामो लागेर जग्गु दादा राखेको थ्यो। जग्गु दादा, हाम्रो टोलको रोमियो, जुन केटी देख्यो तेहि मन पर्ने उस्को बानी कहिले सप्रेन। उस्लाइ मन पर्ने मात्र हो र? अझ हामीलाइ धाक दिन्थ्यो--"यो केटी त म भने पछि भुतुक्कै हुन्छे" भनेर, फेरि हामीले सधै देख्थ्यौ केटीले वास्ता नगर्दा पनि आफु मरि मेटेर पछि परेको। उस्को पहिलो काम भनेकै बिहान उठ्यो अनि बस स्टप धायो। बल्ल तल्ल कोहि जालमा परेनै भने पनि त्यो गाँठ न साँठ को लोखर्के सँग को टिक्ने? हप्तादिन पछि त माछा उम्किहाल्थे अनि हामीलाइ आएर धाक दिन्थ्यो--"बुझ्यौ त्यो केटी ले त बिहे गर भनेर हैरान गरी अनि लौ आफ्नु बाटो लाग भन्देँ", "खोइ हजुरले नै पाउनु हुदो रैछ तेस्ता केटीहरु भेटेको हप्तादिनमै बिहे गर भन्ने" हामीले पनि पाको बेलामा भन्न कहाँ छोड्ने? उस्लाइ हाम्रो कुराको के असर पर्नु? केटीले दुई पैसाको भाउ नदिदा पनि त्यो नभको भाउमा उल्टो जु थपेर हामीलाइ भन्थ्यो--"उ हेर तिमीहरुको भाउजु, मलाइ देख्योकि मस्किन्छे", मस्केको हो कि सरापेको हो चैं उस्का मुखबाट निस्केका शब्दहरुले हामी आफै ठम्याउथौ। तर जे जसो भने पनि आफ्नु टाढाको नाता पर्ने के भन्नु? माया पनि लाग्थ्यो कहिले त।
 
त्यस्तो कोहि केटी देख्न नहुने जग्गुलाइ आफ्नै घर् अगाडि तेत्रो संगठन अझ त्यस्मा पनि तेति राम्रा राम्रा केटीहरु आउथे, उस्को मन के थामिन्थ्यो? त्यहाँ पनि आँखा गाड्न छोडेको थे न। तिनिहरु मद्धे एउटा केटी मन परेको कुरा त्यो प्यार प्यारे जग्गुले आफ्नु मनमा के राख्न सक्नु? त्यो केटी बाहेक अरु सबैलाइ फुक्न भ्याइसकेको थ्यो। "कुन दिन त्यो संगठनका अरुले थाहा पाए भने मर्लान पछि पर्दा" भन्दा उल्टो हामीलाइ भन्थ्यो--"बिहे त बुझ्यौ यस्तै सँग गर्नुपर्छ, बोल्दा पनि बोल्दैनन्, जे गरे पनि घरमा कच कच पनि नहुने, बचन बाण पनि नआउने , आनन्दै"---उस्ले त बिहे गर्ने सम्म सोचि सकेछ।
 
कती दिन देखी मौका छोपिरा जग्गुले त्यो दिन छतमा बसिरा बेलामा त्यो केटी गोल्भेडा किन्न हातको इशारा गर्दै पसलेसँग कुरा गरिरा देखेर हाम्फाल्दै पुगेछ र त्यहा पुग्दा थाहा पाएछ कि गोल्भेडा जम्मा डेड किलो मत्रै बाकि छ भनेर। उस्ले केटीलाइ हेर्दै ईशाराले धारी हात देखाएर "तिमी आदा लिउ म आदा लिन्छु" भनेछ। त्यो केटी त एक्कासी कराउन थालिछ र उनिहरुको संगठन बाट ५-७ जना मान्छे हरु दौडदै आएको देखेर जग्गु केही बुझ्न नसकेर ज्यान बचाउन आफ्नु घरमा भागेछ। सबै जना उस्लाई लखेट्दै उस्को घरमा धुइरिएछन। म र भाई त्यहा पुग्दा २०-२५ जना नै भेला भैसकेकाथे। सबैको अनुहारमा रिसको आगो बलेको प्रस्ट देखिन्थ्यो। जग्गु चै बेलाबखतमा पर्दाको सहारा लिएर ज्यालबाट चिहाइरहेको पनि देख्यौँ। जग्गुको बुवा तर्सेर आँगनमा आउनु भयो र आफ्नु आँगनमा त्यसरी भिड किन गरेको भनेर सोध्नु भयो। त्यो संगठनको सभामुख चैँ बोल्न सक्ने थिए र उनैले भनेपछी पो थाहा पायौ त्यो केटीलाई जग्गु ले ईशाराले आदा आदा लिउँ भनेको त उस्ले बुझ्दा के बुझिछ भने--"यो गोल्भेडा लियिस भने तँलाई काट्छु", र आफ्नु सखाहरुलाई बोलाइछ र "हाम्रो साथीलाई काट्छु भन्नेलाई हामी जिउदै गाड्छु" भनेर सबै जना मुर्मुरिरहेका रहेछन। बिचरा जग्गु ले अझै बुझ्न सकेको थेन आफुले मुडो ताक्दा बन्चरो ले घुडो ताकेछ भनेर र अरु बेलामा तेत्रो फुर्ती दिने मान्छे लुरुक्क परेर ज्याल बाट चिहाइरहेको देखेर मैले हाँसो रोक्न सकिन र त्यहा बाट जानुनै उचित देखेँ।
 
म र भाई फर्किदै थ्यौ भाईले अली भयभित स्वोर मा सोध्यो--"दिदी अब यिनिहरुले जग्गु दादालाई पिट्छन हो", "हो नि यिनिहरुको रिश कडा हुन्छ, हत्तपत्त मर्दैन, अब देखी तिमी पनि नजाउ है टि. टि. खेल्न त्यहाँ"--मैले भाईलाई त्यहाँ जान बाट बन्चित गराउने सुनौलो मौका गुमाउन चाहिन। उ अलि बढिनै डराएको देखिन्थ्यो। 
 
बेलुका बाबा अफिसबाट फर्केपछी आफ्नु कोठामा पत्रीका पढ्दै हुनुहुन्थ्यो र भाइ माथि कुकुर सँग खेल्दै थ्यो। मलाई दिउसो को कान्ड कती खेर सुनाउ जस्तो भाईराथ्यो, एक्छिन पनि कुर्न सकिन र बाबाको कोठामा गएर बेलिबिस्तार लाउन थाले। आफ्नु नानि देखि लागेको बानि के जान्थ्यो?  "त्यो जगनेलेले पनि कति दुख दिन सकेको होला बिचर बुढो भएको बाउलाइ"--बाबालाइ जग्गुको हर्कत सुन्नुभयोकि उस्को बुवा प्रति माया जाग्थ्यो। अनि बाबाले झट्ट सम्झेर आमालाइ भन्नु भयो--"ए साच्चि भोलि बिहान त्यो संगठन्को सभामुखले उनिहरुको सभा गर्न २ घन्टको लागि हाम्रो आँगन मागेका छन, मैले पनि हुन्छ भन्दे"
 
भोली पल्ट शनिबार थ्यो। बाबा र आमा पशुपती जानु भएको थ्यो र जाडो महिना म अल्छि गरेर सिरकमै गुटुमुटु पारिराथे, भाइ आयो--"दिदि आज चैँ म मर्ने भएँ" भन्दै, "के भनेको त्यस्तो एका बिहानै, के गर्यौ फेरि?" उ आँत्तेको देखेर म पनि जर्याक जुरुक उठेँ। "गर्न त आज होइन अस्ती गरेको टि टि खेल्न जाँदा"--बल्ल अलिकती कुरा चुहायो।
"त्यही पनि त्यस्तो नराम्रो त केही गरेको होइन, खाली त्यो लाटाहरुलाई हामीलाई टि टि खेल्न देउ भनेको"---अली कुरा चपाएर बोलिराथ्यो मेरो भाई
"अनी के भो त?"--मेरो कुरा खोतल्ने अभियान जारी नै थ्यो।
"उनिहरुले हामीले भनेको बुझेनन् अनी मैले चिट्ठी लेखे तर उनिहरु तेत्तिकै रिसाए"--उस्ले भन्यो।
"कस्लाई लेखेको थ्यौ चिट्ठी"--मलाई हो न हो कुनै केटीलाई पो दियो कि जस्तो लाग्यो।
"लेख्न त कस्लाई लेख्नु नि? सबैलाई हुने गरेर "आदरणिय लाटाज्यू" लेखेको थे नि, मोराहरुले एक लाइन पढ्ने बित्तिकै रिसाएर च्यतिदे"--उस्ले भन्यो।
"अनी बोल्न नसक्नेलाई लाटा भनेर सम्बोधन गरेपछी रिसाउदैन् त? अब कुन दिन बङगारा झार्दिने भए"--उस्को कुरा सुनेर डरै लाग्यो।
"हुनत अस्ति तेहि दिन चिट्ठि च्यात्ने बित्तिकै हामीलाइ डर् लाग्यो र भाग्न खोज्दा एउटाले त मेरो ढाडमा दुई मुक्का बजाउन भ्याइसक्याथ्यो"-- मैले बल्ल थाहा पाएँ त्यसरि ढाडमा बाजा बज्यारैछ तेसैले पो भाइ साहाब केहि नबोलि अस्ति कोठामा लम्पसार परेर सुतेको रैछ।
"अनी अहिले चै कस्ले मार्ने त मुक्का अस्ती भेटिसकेको भए?"-- उस्लाई सोध्दा "अस्ती त एउटाले ठटाथ्यो आज त सबै आएछन आँगनमा मलाई ठटाउन" भन्यो। नभन्दै बाहिर हेर्दा त ग्वार् ग्वार्ती सबै छिरिराछन् हाम्रो आँगनमा, अनी झल्यास्स सम्झेँ अघिल्लो दिन बाबाले भन्नु भएको, सभामुखले दुई घण्टाको लागि आँगन मागेको छ भनेर। "तेत्राले ठोके भनेत म मरिहाल्छुनि"--भाइको सातो पुत्लो उडिराथ्यो केहि कुरा नबुझि। फेरि जग्गुको जल्दो बल्दो अर्थ को अनर्थ भएको उस्ले देखेको थ्यो अघिल्लो दिन् मात्रै। 
भाइ बेला बेला मा ज्याल्बाट हेर्दै मुर्मुरिदैथ्यो--"आफु गर्छु आग्राको कुरा, ति लाटाहरु गर्छन् गाग्राको कुरा, मेरो गल्ति हो र?"
हिजो जग्गु देखेर हाँसेको त आज आफ्नै भाइ उ भन्दा कम भएको थेन --" लौ न दीदी अझ अरु पनि आउदैछन्"---उ झन् आँत्तिदैथ्यो।

 
Posted on 01-27-08 9:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका,

यो कथा पनि साह्रै रमाइलो लाग्यो। सलल बगेको लेखाइ, अनी त्यस्मा हास्यब्यङ को मसला ले सुनमा सुगन्ध थपेको छ। धेरै दिन पछी अर्को राम्रो रचना पढ्न पाइयो। जिन्दगीमा घटेका रमाइला घटनाहरु लाई सरल भाषामा पढु-पढु लाग्ने कथाको रुपमा पस्किने तिम्रो खुबी लाई मेरो सलाम छ। शायद तिम्रो कथामा हुने सरलता अनी, कथा न सकिए सम्म पाठक लाई बाधेर राख्न सक्ने चुम्बकियपन ले गर्दा होला, धेरै लाई तिम्रो कथा मन पर्ने।

हुन त लाटाहरु को रिस त कडा हुन्छ रे भनेर मैले नि सुन्या हो तर भगवान को कृपाले अहिले सम्म लाटाको रिसको फेला चाइ पर्नु परेको छैन। मौका मिले अरु पनि लेख्दै गर, पढ्ने जिम्मा हाम्रो भयो।


 
Posted on 01-27-08 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dipika you rock :D, it's hilarious... you always come up with an excellent piece... great work... bhai le ta naramro sanga chutaai bhetecha ni ta... haha...
 
Posted on 01-27-08 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटीले दुई पैसाको भाउ नदिदा पनि त्यो नभको भाउमा उल्टो जु थपेर हामीलाइ भन्थ्यो--"उ हेर तिमीहरुको भाउजु, मलाइ देख्योकि मस्किन्छे", मस्केको हो कि सरापेको हो चैं उस्का मुखबाट निस्केका शब्दहरुले हामी आफै ठम्याउथौ।

kasto moro jaggu raicha ...

 

how have u been dipika? mamagharbata kahile farkeko? ma ta dipika kaha gaicha bhanera khojirako yeha.


 
Posted on 01-27-08 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

deepika jee-धेरै दिन पछी तपाइँले लेखेको कथा पढ्न पाइयो , I was eagerly waitngg.........laughed to the fullest.......was that the end????????you represent the youth circle.........their feelings....without decorating....त्यो चाहिँ सारै मन पर्छ ।
 
Posted on 01-27-08 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उता पर्खिराकिम यता आइपुगेछ

लाटो मोरो -- 

 


 
Posted on 01-27-08 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"आदरणिय लाटाज्यू"

OMG kati hasaeko launa-- as always fabulous narration! 

Dippu, hey where hv u been hiding humh -- long time  I thought u went to kumbha ko mela alone  


 
Posted on 01-27-08 10:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका पादुकुने, राम्रो लाग्यो कथा
कथा भन्दा नि यहाँको लेखन सैली अझ प्रसन्सनीय छ
मामा घरको बसाइ कस्तो भयो त?
 
Posted on 01-27-08 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा, हास्य कबिता, निबन्ध पढेको थे, कथा पनि पढन पाइयो, सार्है रमाइलो ।
 
Posted on 01-27-08 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै मिठो कथा पढन पाइयो। हाँस्दा स्वास्थ राम्रो हुन्छ रे ,धन्यबाद ।
तपाईंको लेखन शैली स्वच्छ नदिको प्रबाह जस्तै लाग्छ ,हुने भय अन्जुलिमा लिई पीउ जस्तो।

 
Posted on 01-28-08 7:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बल्ल आएछ यो दिपिका को कथा। कता गाथ्यौ हँ यो साझा नै सुन्य पारेर?
मेरो यहाँ मुटु कालेजो सबैमा अट्याक झन्डै आएको तिमी बेपत्ता भएको देखेर|
म त पोखरा पनि पुगेँ खोज्न त्यहाँ पनि थेनौ कस्तो आपत

"आदरणिय लाटाज्यू"---

के बिदी हसाको हँ? अब चैँ नहराउ है हामीलाई सुन्य पारेर।


 
Posted on 01-28-08 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Funny piece. Good job, dipika02. Keep writing.
 
Posted on 01-28-08 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप्पू! दामी लेखाइ छ, रमाइलो कथा रहेछ। सामाजिक वातावरण मिल्न गएकोले हो कि मलाइ मेरो बाल्यकालको
पनि याद आयो तिम्रो कथा पढेर। हा हा! तिम्रो भाइले पनि हँसाउने रैछ, 'आदर्णीय लाटाज्यू!' रे!


 
Posted on 01-28-08 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


nice one dipikaa

 
Posted on 01-28-08 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dipika02 Jyu,

TT khelne bhanesi haami pani kehi garna baki rakhthenam. Tara "aadarnia lata jyu" jasta sambodhan bhayeka chitthi chaine kahile lekhna parena. Funny.


 
Posted on 01-28-08 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la la .. .. dipika ji, aaru pani jawos.. writing style is natural.. seems a real story. Keep it up.

 
Posted on 01-28-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नेप्चे साथि,
हो मैले त पढ्ने जिम्मा तिमीहरुलाइ नै दिएकि छु तिमीले मेरो कथा लेख्ने खुबिलाइ सलाम गरेको जस्तै म तिम्रो कबिता लेख्ने खुबिलाइ सलम गर्छु। अनि लाटोहरुको रिस कति कडा हुन्छ भनेर त पछि भाइले भन्थ्यो, अब कति मुक्का पछि पो थाहा पाएको हो
 
कान्छा,
भेटेछ नि भाइले त नराम्रो सङ। दुखको कुर त तेति हुदाँ पनि चेत्याथेन के गर्नु? लाटा बहिराकाँ त हो न हो ससुरालि नै जस्तो गर्थ्यो। जति मुक्का खाएनि पुगिहाल्थ्यो।
 
क्रेजि लभ,
जग्गुको त के कुरा गर्नु, तेस्ता कान्ड त उस्का कति कति
लौ न तिमीलाइ कस्ले भन्यो म मामाघर गएको भनेर? झन प्रेरणालाइ घरको कुरा साझामा नलैजाउ है भनेको त फुस्काइहालिछ
 
फुच्चे केटो ज्यु,
मेरो प्रयत्न सफल भएछ खुशि लाग्यो। हजुरको आँगनमा यो पालि अलि छिर्न भ्यएकि छैन तर आज भोलिमै छिर्छु। अनि हजुरको लेखाइ पनि एकदम राम्रो लाग्छ मलाइ, लेख्दै गर्नुस है।
 
सिस,
यो पालि त म नै झुक्केँ, यता आएपछि उताको निम्ता पाएँ
त्यो लाटोहरुको असर होला है?
 
प्रेरणा,
धेरै नहास फेरि पेट फुट्छ अनि म एक्क्लै पर्छु
अनि तिमीले सबैलाइ म मामाघर गएँ किन भनेकि? सबै जना आएका भए कहाँ राख्नु, त्यो गौथलिको गुण जस्तो सानु घरमा।
त्यो कुम्भको मेला मा एक्लै गएको कसरी थाहा पाएकि लौ न तिमी पनि आथ्यौ हो? सुटुक्क भन है
 
रिट्ठे,
पादुकुने भनेको के हो? मेरो थर त तेस्तो पादुकुने सादुकुने होइन, लौ न के भनेको होला? मैले त बुझिन। अनि प्रेरणाले येहाँलाइ पनि भन्न भ्याइसकि भनेको म मामाघर गएको, अब त कसैलाइ नभनि जान्छु म त लौ जा। अनि मेरो लेख्ने शैली मनपरेको सच्चै हो? एकदम खुशि लाग्यो।
 
जगटाधारी ज्यू,
हाँसौ हाँसौ दिल खोलेर हाँसौ। उता हजुरको लेखाइको म तारिफ गर्ने यता हजुर मेरो कथा पढेर हाँस्ने, क्या कुरा मिलेको है?
 
waka ज्यू,
कती मिठो तारिफ गर्नु हुन्छ हजुर। धन्यवाद
 
कलेजो,
तिमी पनि धेरै नहाँस। मैले कहाँ हो पढेको, धेरै हासेर कस्लाई हो कलेजोमा अट्याक गर्‍यो रे अनि म हराको छैन, यही छु नि।
 
Yakku,
तिम्रो nick देख्यो कि चन्द्रकान्ता सम्झिन्छु समय निकालेर पढिदिएकोमा धन्यवाद
 
WM,
मेरो भाई त नपत्यौदो तरिकाले हसाउछ। भाई कस्को? अनी साँच्ची प्रेरणा र म दिदी बहिनी कि सिता र गीता रे? क्रेजी लाई भनिदेउ है, मलाई उहिले कहिले हो सोदिराथी।
 
Uptowngal,
तिम्रो उता ह्यन्सिले कती के के गरिसक्यो होला, पढ्न धरी पाको छैन आफुले
 
तोरिको फुल ज्यू,
धन्न टि टि खेल्न गए पनि चिट्ठी चै लेख्नु भएनछ। मेरो भाई कती हप्ता सम्म ढाड दुख्यो भन्थ्यो

Brain Malfunction jyu,
यो कथा मा कतै कतै नामहरुमा मर मसला हालेपनी घटना चैँ सत्य हो। अनी लेख्ने प्रयास त गर्छु उही समय ले पो कती साथ दिने हो

आ-आफ्नु किम्ती समय निकलेर पढिदिनु भएकोमा सबैलाई धन्यवाद।
 
दिपिका
 


Last edited: 28-Jan-08 01:25 PM

 
Posted on 01-28-08 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


gOOD, BUT A LONG WAY TO GO.

bEST OF LUCK.

 
Posted on 01-28-08 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 28-Jan-08 02:55 PM

 
Posted on 01-28-08 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dipika malai chahin kina ek line maatra ni


 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Informatica consultancy share
Are you ready to know the truth?
Travelling on TPS advance travel document to different country...
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters