[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 बस स्टप..

[Please view other pages to see the rest of the postings. Total posts: 41]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 27370 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 01-07-08 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कपिक्याटजीको 'यस्तो पनि कथा हुन्छ' पढेपछि उहिले नै लेखेको तर पोस्ट गर्न लाज लागेको एउटा गन्थन, आssss...जे पर्ला पर्ला राख्दैछु!

------------------------------------------

" हाssssई! खै त यार, बस त आएन त?"

" मान्छे समात्दै कोच्दैहोला नि बसमा उता थापाथली तिरै.."

" आज नि मु- हाकिम झोक्किने भो यार मेरो त, तीन दिन भै सक्यो सधैँ ढिलो!"

" हाहाहाहाहा!  साँच्चि यार तेरो हाकिमको थुतुनो सम्झ्यो कि मलाई त कोक्याएर हाँसो उठ्छ! हाहाहाहाहाहा!"

" हाहाहाहाहहा.............के गर्नु यार जस्तो भएनि त्यसैको अन्डरमा बस्न परिरा छ!"

" बुढी चाहिँ पा'को हो बजियाले! तर त्यसकि बुढीको माया लागेर आउँछ, च्व... च्व.. च्व..कसरी रात काट्दी हो बिचरी?"

" जसरि काटे नि काटोस... एत्रा पिर हाम्लाई..कसैलाई आँखा नदेख्ने छँडुल्लीहरु, पैसो देखेसि उमेर सुमेर केहि नचाहिने!, हामि जस्ता ठिटा मर्या थ्यौँ र त्यस्तो फुटबल जस्तो बुढो संग जानु पर्ने यिनिहरुलाई?"

" पैसो कमा न मु- त्यस्ता तरुनि त रोजि रोजि"

" त्यो सन्तोषेले त्यसलाई आमा भन्छ कि के भन्छ होला?"

" यत्रो नि भन्दैन आमा तेल्ले, एक त सौतेनी आमा, अर्को त्यो भन्दा २ बर्ष मात्र जेठी"

तर त्यसले त सन्तोषेलाई छोरा जस्तै माया गर्छे रे भनेर भन्दै थ्यो हाकिम अस्ति कुन दिन हो पन्ते खरदार संग!

गरिहाल्छे नि माया त हाकिमलाई भन्दा नि धेरै, अचेल त क्याम्पस नि जाँदैन रे सन्तोशे, दिनभरि घर बस्छ रे आमा संगखितितितिति

हाहाहाहहाहाहा

हाहाहाहहाहाहाह खितितितिति

चुप् लाग् मुला हाकिमले सुन्यो भने जागिर चेट हुन्छ

के डराको? तेरो हाकिमले याँ त्रिपुरेश्वरको बस स्टपमा गर्या कुरा सुन्ला नि अब

ओइ!!! उता हेर् त!

कता्

उता पसल बाहिर के!

ओहो! एक्लै जस्ति छे

हो हो एक्लै छे

मेरो त मुखमा पानी आयो हाहाहाहहाहा....., आजकल जे पनि बिकासे हुन्छ खितितितिति

हाहाहाहहाहा चुप् लाग मु-  , तँ त्यो बाहेक के देख्थिस् र

बस नै कुरिरा जस्तो छ

यत्तिको पाए त बिहे गर्थेँ यार!

 

ओइ! के एकोहोरो घुरिरा् तेल्लाई?

म संग आँखा जुधा जस्तो लाग्यो, ....सोझि जस्ति छे यार

बाहिरबाट सबै सोझि देखिन्छन्

ऊ!...., देखिस्? फेरि हेर्या थि मलाई!

ल ल मोज गर्, गफ् दिन जा न हिम्मत छ भने!

ओइ! ओइ!.. त्यो चुरोट भित्र राख् त मुला, झन सोझि जस्ति छे भन्दै छु यहि बेलाँ चुरोट झिक्छ!

मुला अघि तान्न मन लाग्यो भन्या हैन?, अहिले हिरो बन्न चुरोट राख् भन्छ

फस्ट इम्प्रेसन राम्रो राख्नु पर्छ रे के

तँ इम्प्रेसन राम्रो बनाउँदै गर् आफू त तानिन्छ मजाले बस नआउन्जेल!

ल ल बस आयो! त्यो संगै उक्लनु पर्छ हिहिहि

ओहो बल्ल आयो बस! ल ल संगै टाँसिएर बस्लास्!

बस नि कोचाकोच रेछ

छिटो हिँड्, आज त हदै ढिलो भैसक्यो

पख/ न मुला, त्यो चढेकै छैन

खोइ त त्यो त चढिन त!

बस भिड भएर होला!

छिटो! छिटो! छाड्दे मुला केटि सेटि हिँड्, बस चलाउन लाग्यो!

ह्याsss! यसै ढिलो उसै ढिलो, अर्कोमा जाउँला त्यो संग

बहुलाइस् कि के हो?

बस् न यार, लाइफमा कुनै केटिले नि यस्तरी हेर्या थेन यार मलाई, बस् न अर्कोमा जाउँला

यसमा त अब जान खोजे नि पछि पछि दौडे मात्रै हो, ऊ टेकु पुग्न लागि सक्यो बस त

हिहिहिहि

के हो लभ नै पर्यो कि के हो?

हामितिर हेर्दै थि अघि, हाम्लाई नि भिडभाड मन पर्दैन भन्ने राम्रो इम्प्रेसन पर्यो तेल्लाई!

अर्को बस चाहिँ के खालि आउला र खै?

 

ओई! अगि भर्खर फुक्या हैनस एउटा चुरोट? फेरि किन निकाल्या?

एक त बस चढ्न दिँदैन अर्को मैले चुरोट खाँदा नि उस्को इज्जत जाला जस्तो गर्छ मु-

हिहिहिहि

ओई! हेर् त, त्यो बाइक तेरो मैया निरै रोकियो!, केटि नि बबाल मस्किरा छे त, क्या हो?

ह्या मुला, चिन्या मान्छे होला नि त्यो बाइकवाला

हेल्मेट खोल्यो बाइकवालाले! केटो त ह्यान्सी रेछ नि!

दाई, भाई कोहि हो कि?

के  को दाई भाई नि, ऊ हेर् त पछाडि बसि टाँसिएर

के भयो??? हेर तेरि मैया पछाडि बसि ढेपिएर, त्यसको ब्वाइफ्रेन्ड जस्तो छ!

हँ? हम्मम्

खितितितिति! तेरि सोझि मैया त गई ब्वाइफ्रेन्ड संग टाँसिएर….हाहाहहाहाहाहा……मुला बेकारमा बस छुटाइदिएर!

चुरोट झिक् झिक्!

खितितितितति हाहाहाहाहहा अब चुरोट चाहियो यल्लाई हाहाहाहा

चुरोट झिक् न मु- अनि म ट्याक्सि खोज्छु,….. मैले थाहा पाइसकेँ आज ढिलो भयो भने जागिर चेट!

हाहाहाहाहा

-- जस्तो दिन्दगी साला! त्यो सन्तोशेको लाईफ देखेर इर्ष्या लाग्छ

ट्याक्सीsss”

ट्याक्सीsss”

 

 

 

 

 

 

 


 
Posted on 01-07-08 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


LOLZ @ U BIRKHE DAA

 
Posted on 01-07-08 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! बिर्खे दाइ! कस्तो मज्जाको कथा! 

काठ्माडौंको यथार्थ चित्रण गर्नु भो!


 
Posted on 01-07-08 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jimmaal le ni thokdeko? ghachchi chha la -- jibro bhadkaune shabda tira kina lamkya ni? usai ta palkera chhutti chha re bhanya sunchhu ....
 
Posted on 01-07-08 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

..."अचेल त क्याम्पस नि जाँदैन रे सन्तोशे, दिनभरि घर बस्छ रे आमा संगखितितितिति”.....

 

मेरो त मुखमा पानी आयो हाहाहाहहाहा....., आजकल जे पनि बिकासे हुन्छ खितितितिति

rolling on the floor rolling on the floor

धुत् ! जिम्माल ! कपी नै सर्केला जस्तो भो।


 
Posted on 01-07-08 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ssss लौ बबाल नै भईसक्या रइछ यता त
देख्दै नदेखि'रा
जिम्माल बा को पनि बबाल ड ड (--) जादो रैछ खितितितितति


 
Posted on 01-07-08 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Biru Ji,

khatara raicha ni hajurako writing pani. I know u can write more in the coming days.


 
Posted on 01-07-08 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yesto babal lekhne manchhe le kina ho kunni kanjsyai garera lekhdai nalekhya...La bro its grrrrrrrrrrrrrrrrrr888 aba lagatar lekhdai garnu la...Really enjoyed your piece
 
Posted on 01-07-08 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मैले थाहा पाइसकेँ आज ढिलो भयो भने जागिर चेट!------बल्ल याद आयो माइला दाई

सँच्चिकै बबाल रैछ हसाउनु भयो

 
Posted on 01-07-08 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रातै, जिम्मालबा ले त उधुम गरेछन त। गफ त रमाइलो रैछ नि।  लु प्रभो, अरु पनि पुराना टुक्रा-टाक्री भए टास्दिए भैगो नि। 
 
Posted on 01-07-08 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुनार को १००, चोट लोहार को १ चोट

यस्तो पो त लेखाइ।

ल बिर्खे दाइ अव चाहि भाग्न नपाइ।
लेख्या लेखेइ गर्नु पर्छ है।

अव सुनार् चाहि फेरि कस्लाइ भन्यो भनेर धेरै दिमाग् नघुमाउनुस् है कसैले, त्यो मै हो। अरु सबै को कथा त फेरि उस्तै उस्तै छन्, सबै लोहार् स्टाइलका।


 
Posted on 01-07-08 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हा हा हा सुन्तले, बिर्खे माइलाको त १ चोट हो तर त्यो लोहामा हैन सुन मै हान्छन बुढा हान्नु पर्दा



 
Posted on 01-07-08 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-07-08 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ट्याक्सीsss ---

१९३७ को हुडको छेउ छेउमा साईड मिरर राख्या टोयोटा कोरोला खास्टो ओडेर बाटो काटनला बजैलाई झण्डै मिचेर बजैको धारे हातलाई बेबास्ता गर्दै रोक्यो।

साथि र आफु बसियो ट्याक्सीमा।

"काँ जानी?" ट्याक्सी ड्राईभरले अल्छि पारामा सोध्यो।

"अफिस" साथिले भन्यो। अब ड्राइभरब्रोलाई के थाह हाम्रो अफिस काँ हो।
" ह्या मु- दाईलाई केथाह हाम्रो अफिस? बालुवाटार जाने दाई बालुबाटार" मैले भनें।

"जाँदैन बालुबाटार " ड्राईभरले रिसाको जस्तरी भन्यो।

"काँ जान्छ त?" एक त ढिलो भैसक्या त्यसमाथि बिकासेमाल अर्कैले बाईकमा टिपेर लग्या झोंकाँ साथिले सोध्यो।

"म त डेरा तिर जान ला बानेस्वर -- " ड्राईभरको कुरै सक्या थेन साथि भडकियो
"अब हाम्ले भन्या ठाममा नजाने भए तपाईँकै डेराँ लग्नुस न त--" साथिलाई बिकासेले हुरुक्कै पारीछ क्यारे।

"भैगो भैगो ओर्ली अर्कोमा जाम्ला" मैले उस्लाई सम्झाउँदै ओर्लें।

ओर्लेर ढ्याम्म ढोका लाउँदै उ झर्कियो "आफ्नो पैसा तिरेर चढ्नु छ मु-उस्को बाटो जानु पर्ने --"

घडीले १०:०४ हानी सकेछ।

छटपट जस्तो भो मन।

"ए मु- सन्ते हैन त्यो?" साथिले सोध्नु र आफुलाई लाग्नु एकै ट्याम।

"बाईकाँ पछाडी लेप्पासेकी को नी?" मैले साथिलाई सोधें।

उस्ले मलाई हेर्यो मैले उस्लाई।


 
Posted on 01-07-08 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

And is this the same B-Maila I used to 'know' from way back when?  A super Sajha poster once-turned super-story-teller?

A funny read Maila- do keep them coming.  So many old faces today - I have been away from Sajha for a long time, haven't I?

A belated Happy New year, mitey.


 
Posted on 01-07-08 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

And is this the same B-Maila I used to 'know' from way back when?  A super Sajha poster once-turned super-story-teller?

A funny read Maila- do keep it coming.  So many old faces today - I have been away from Sajha for a long time, haven't I?

A belated Happy New year, mitey.


 
Posted on 01-07-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न नि!

ब्रेक नहानि बुढोले जथाभावि फलाक्यो भनेर मार्लान भन्ने पिरले साइड लाग्या त धेरै आएछन ए रात्तै यता!

सर्वप्रथम त माफ पाउँ यदि कथाको शब्द र केहि आशयले कसैलाई अप्ठ्यारो पर्न गएकोमा!


ठुली, त्यो लोल सोल भन्दा नि तिम्रो खित खित खित मजा लाग्छ मलाई त!

हे हे हे चित्रेले काठमान्डुमा यस्तै चर्तिकला देख्या रेछ हिसाबले! धन्यवाद है पढेर मजा मानेकोमा!

दीप, खै प्रभु,त्यस्तै सुन्या जस्तो लागेर लेख्या हो,घटाउँदा घटाउँदा यति सम्म भयो, नत्र त बोलि पिछे यि दुई ठिटाहरुले कान थुन्न पर्ने बनाउने भन्या!धन्यवाद्!

भउते, फेरि उस्तै उस्तै हरफमा मात्र आँखा किन नि प्रभु? बिचराको जागिर खुस्केला जस्तो छ उ bmlb गर्छ!

रिट्ठे, मेरो त कसरि डटडट जानु र प्रभु, यि ठिटाहरुलाई चाहिँ सम्झाउन पर्ने भयो!

किरेजी, के गर्नु पर्भु, आफ्ना त साथिभाइ चिनजानका केटाहरु भनाउँदा यस्तै मात्तिएका छन्। त्यो सात ठाउँ भाँच्चिने केटि कता गइ बरु? साह्रै न्यास्रो लाइराछ भन्या, सत्तै धरोधर्म!

झिल्के, कन्जुस्याईँ गर्या हैन भाई, मेसो नमिल्या मात्रै हो! अब बिस्तारै मिल्ला जस्तो छ!

दिप्पु, यस्तै हुन बजियाहरु काम काज छैन, अनि अफिस नछुटे के हुनु त हैन? धन्यवाद् तपाइँको नयाँ पढ्न पाउँ छिटै!

नेप्चे,हाहाहा छ छ अलि अलि छ टुक्राटाक्रिहरु अब टाइम मिल्ला जस्तो छ, टाँस्ने हो जे पर्ला पर्ला! तर अरु सपरिवार पढ्न मिल्ने छ!

सुन्तले, धन्यवाद्! आफू लोहार भएको वास्तविकता नबिर्सौँ प्रभु!यात्रा देखि जात्रा सम्म उत्तिकै रमाइलो लाग्छ तपाइँको!

पेर्ना!, आबुइ झापड खाइएला भन्ने डर! तौवा तौबा!..... प्रेरणा, मिठो हाँसोको लागि धन्यवाद्। जे भए नि पढेर मुहार हँसियो बनाउन सकिएछ खुसि लाग्यो! धन्यवाद्!

हाहहा दीप! अत्ति यार! सन्ते को एन्ट्रि भएछ! हाहाहाहा!

 

लाहुरे दाईssssssssssssss!!!!

Yes Sir, its me!
kata haraunu bhayeko daju??? Reading ko map read garda garda ankha thakisakya thyo mero ta! :)

This one is for you-

Home again! home again!
when shall I see my native land
I never forget my home!

Welcome back!


 
Posted on 01-07-08 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maila,

Blimey...so, were you trotting about my neck of the woods, ho?  In Reading?  Really chuffed to hear that.

The Reading wallahs apparently had Prashant Tamang in their midst and had him belt out his super numbers the other weekend.  I would have loved to go, if it were not for this bloody flu bug... sorry swearing there... Went down with a nasty case of cold... oh, the coughing and sniffles,,, worst of their kind, I can assure you.  Recovering still.

Thanks for the song btw,,,, hey, did Prashant Tamang sing it or what?

:-)  Have a good one, I have got to go home now, 8pm already.


 
Posted on 01-07-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo story kasto kasto raicha hai?

jimmy baa, hajurko aafnai life ko kathaa ho yo?


 
Posted on 01-07-08 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! त्यो चाहिँ सुटुक्क तपाइँलाई मात्र भनौँला लाहुरे दाई!

 

उफ्री,

कस्तो कस्तो लाग्ला भनेर सोच्या त थिएँ मैले नि, तर पनि टाँस्देको हो, अलिक असजिलो लागेको भए माफ पाउँ! हैन बा, कताबाट आफ्नै लाईफको कथा हुनु नि, आफ्नु त बस चढ्ने पैसो नि हुँदैनथ्यो एघार नम्बर गाडि जिन्दावाद हुन्थ्यो जहिले पनि!


 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
जाडो, बा र म……
Changing job after i-140 approval
lost $3500 on penny stocks !!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters