[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 साझा - फाझा

[Please view other pages to see the rest of the postings. Total posts: 52]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 20268 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 09-27-07 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

“ हैन के गरि राख्नु भएको ? त्यो टिभी र ल्यापटप खोल्न पाईन्न है ! मैले पहिल्यै भनि दिया छु !” डिश बासिङ्ग गरि रहेकी मेरी श्रीमती मुनाको तिखो आबाज सुनें !

“यस्सो केहि हेल्प गरि दिनु भए त कति छिटो काम सकिन्थ्यो नि ! आफूलाई यहां ढाड दुखेर कस्तो छ ! दिन भरि काम गरेर आउनु छ अझ घरमा आउदा नि मोजा समेत सोफाबाट उठाएर ठाउंमा राखि दिनु पर्ने ! यसो साफ सुग्घर गरि दिए के बिग्रन्थ्यो र !”

“लन्द्रिको लुगा ड्राएरमा राखि दिनुस् त ! बरु मन छ भने एक पल्ट फेरि रिन्स गर्दिनु भए हुन्छ ! छोरीको लुगा, मोजा सबै मैला छन् – ती पनि बासरमा राखी दिनुस् !”

“हिजो राईस कुकर माझ्नुस् भन्दा भोली माझ्छु भनेर त्यतिकै – पानीमा मात्रै डुबाई राख्दिनु भा’को भए पनि माझ्न सजीलो हुन्थ्यो नि !”

त्यो रेड सक्स- फेड सक्सको गेम पनि किन दिन दिनै हुनु पर्ने होला ? काम न काज सित कति न आफूलाई फ्यान भन्ने ! के के न होला जस्तो – संधै बस्या छ त्बां परेर हेरि रहन्छ – आफू त त्यस्तो भो छोरीलाई समेत काउच पोटेटो बनाई सक्यो – छोरीको भोलीको होम बोर्कलाई हेल्प गर्नुस् त !”

“कम्प्यूटर स्लो भो भनेर नंया ल्यापटप किनेको खै के काम ? रिसर्च पेपर लेख्ने रे- कम्प्यूटर राम्रो चाहियो भनेर किनेर खै पेपर लेखेको ? खाली खेलेर बस्ने ? त्यै साझा फाजा हेरेर बस्नलाई होला !”

“अस्ति सबमिट गरि सकें – काम नगरि त्यसै लेख्न सकिन्छ कि क्या हो?’ बल्ल एउटा जबाब दिएं !

“ल यो मासु पनि फ्रोजन रहेछ – माईक्रोबेभमा हाल्दिनु त ! पाक्ने गरि हैन न नि – स्वाद जान्छ ! केहि काम गर्दिए पनि बिगारी मात्र दिन्छ- खै के भन्नु !”

“अदुबा लसुन छोडाएर ब्लेन्ड गर्दिनु त !”
“कि त चाहिने नचाहिने गजल फजल लेख्यो –यस्सो क्रियटीभ काम साम गर्नु छैन !”
“हिजो तपाईले पखालेको साग चिरचिर गर्ने गरि बालुबै-बालुबा थियो ! खानै मन लागेन मलाई !”
“जिममा जानलाई पनि दिन दिनै सम्झाई रहनु पर्नै ! कोलेस्टेरोल हाई भा’को मान्छे आफै सोचेर सम्झेर गर्नु पर्छ नि ! के खानु भो आजको लन्च मिटिङ्‌गमा ? अब देखी सालाद मात्र खानु होला - भन्दिया छु ! पाए सम्म बिफ खान्छ- आफ्नो धर्म र हेल्थ पनि त केयर गर्नु पर्छ !”
“यो भांडा पनि कति कट्कटिन सक्या होला !”
“त्यो बाथरुममा साबर कर्टनको हुक फुस्क्या छ – मिलाई दिनुस् त !”
“ह्याण्ड बासिङ्ग सोप सिधिया छ – भरि दिनुस् त !”
“खाने बेला हुन लाग्यो – टेबल सेट गर्नुस् त ! पानी खाने हो कि जुस खाने हो राख्नुस् ! छोरी के खान्छे सोधेर मात्र आधा राखी दिनुस् – जहिले नि फ्याल्छे सित्तै आ’को पैसा जस्तो ! मरि मरि खाम गर्नु छ – घरमा आएर पनि यत्तिकै !”

“आफूलाई यंहा सास फेर्ने फुर्सद हुदैन ! तपाईलाई भने गेम हेर्ने – गेमको कमेन्ट गर्ने – काम न काज सित – चाहिने नचाहिने डिस्कसन गरेन बस्ने – पर्‌या छैन है त्यो साझा- फाझा हेर्न ! काममा पनि त्यस्तै त होला नि – दस चोटि गई बस्ने होला !”

“पर्‌या छैन त्यो बिबिसी सुन्न पनि – नया कुरा केहि हुने हैन ! बिबिसी सुन्ने भनेर आखीर त्यै साझा-फाजामा झुण्डिने त हो नि !”

आफूलाई भने आज बिहान शुरु गरेको नया थ्रेडमा कति हिट भो ? ककस्ले कमेण्ट गरे ? भनेर हेर्न उकुस मुकुस भै राख्या छ ! अझ क्याफे एन जोईन गरेको कुरा त ऊस्लाई थाहा नै भएको छैन !

(अलि अलि सत्य घटनामा आधारित)

यो कथाको बिबरण कसैको बास्तबिक जीबनसंग पूरै पुर मिल्न गएमा लेखक आफै छक्क पर्नेछ – पूण्टे
 
Posted on 09-27-07 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-27-07 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!
>>> यो कथाको बिबरण कसैको बास्तबिक जीबनसंग पूरै पुर मिल्न गएमा लेखक आफै छक्क पर्नेछ – पूण्टे <<<
पूण्टेदाइ चैं कसरी आउनुभो नि यहाँ?

कथा पढ्दा त भाउजूले निकै पेल्नुहुन्छ जस्तो लाग्यो शिरिष गुरूलाइ!
 
Posted on 09-27-07 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-27-07 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

world map,

Poonte said that in some other thread. I am just quoting him.

She tells me things to do...but I rarely do as in the story
 
Posted on 09-27-07 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL, nice one Sirish..
 
Posted on 09-27-07 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे! शिरिष गुरू, कुरा त्यसो पो?

ल, अब साझा-फाझामा गजल-फजल लेख्नु परो!!!
 
Posted on 09-27-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कथा घर घर् कि कहानी हो। बरु यस कथा संग मेल नखाने कोही साझा बासी छ भने अचम्म मान्नु पर्ला। राम्रो प्रस्तुतीको लागि बधाई।
 
Posted on 09-27-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.LOL shirish bro!

Nice One.

:-)
 
Posted on 09-27-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मान्छे ले केइ काम् नपाउनेहरु साझामा आउछन् ठान्या होलान् -- देखि हालेउ साथि हो साझमा आउन नी तेत्ति सजिलो काँ छ र -- काममा हाकिमको घरमा मालिकको आँखा छलेरै भए पनि साझा धर्म नछाडनेहरुलाई सुप्रसिद्ध प्रबल साझा भक्तले सुसोभित गर्नु पर्छ।
 
Posted on 09-27-07 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-27-07 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shirish bro, well written.

Well it's Ghar ghar ki kahani as Rahuldai already mentioned above. I sometimes question myself why should I visit Sajha everyday what am I getting out of it. Is it really signifying? Anyway, I enjoy visiting Sajah Fajah
 
Posted on 09-27-07 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


--सबैको उस्तै हुनि रे'छ :)
 
Posted on 09-27-07 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


--सबैको उस्तै हुनि रे'छ :)
 
Posted on 09-27-07 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मज्जा को रैछ। आफ्नो त त्यस्तो परी सकेको छैन, अरु को चाइ मैले नि देख्या हो।

 
Posted on 09-27-07 5:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा, मलाइ त बिहे गर्न मनै लागेन ।
बरु एउटा सल्लाह, कुनै पनि धागोमा प्रशान्त भनेर टाइटल जोडनुस अनि भाउजुलाइ निरधक्क सघाउनुस ।
 
Posted on 09-27-07 5:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



यो साझा फाजा काम छैन। बेकार ट्यामको सर्वनाश मात्र। थाह छ ? त्यै भे'र मैले आजकाल साझा हेर्दिन नि !
 
Posted on 09-27-07 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो दामी कथा गुरु!
 
Posted on 09-27-07 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

biha nai nagarako le asto lekha pachi kasari real ho bhanerapataunu ni?
 
Posted on 09-27-07 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कथा घर घर् कि कहानी हो। बरु यस कथा संग मेल नखाने कोही साझा बासी छ भने अचम्म मान्नु पर्ला। राम्रो प्रस्तुतीको लागि बधाई।

from rahul dai
 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters