crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 लौ म नसक्ने भए स्वीटी सङ.....................

[Please view other pages to see the rest of the postings. Total posts: 35]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 13924 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 01-12-08 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वीटीको मुड ठिक छैन भन्ने कुरा उस्ले चोर औंलाले घरि घरि अनुहारमा खसिरहने केशलाइ बटारीरहेकी देखेर थाहा हुन्थी। मैले सोध्नु पर्दैनथ्यो। एकछिनमा सबै आफै बताइहल्छे भन्ने कुरामा म ढुक्क थें। अरु बेलामा पनि उ हद्द भए ३० मिनेट चुप रहन्थी। तेसपछि निरमा डिटरजेन्टले जस्तै मन सफा गरेर सबै कुरा छर्लङ बताँउथी मलाइ। मेरो मिल्ने साथी उ। केहि लुकाँउदैन थी सकेसम्म। एउटा कुरा बाहेक। त्यो झ्याले (झ्यालकुमार) सङ उसको सुटुक्क इलु इलु भैसकेको कुरा अझै मलाइ भनेकि थिन।  शायद उसलाइ म पनि झ्यालेको प्रेममा 'वन वे ट्राफिक' भएर दुर्घटनाको कारण मेरो मुटु सारै नराम्रो दुखेको थियो भन्ने कुरा थाहा थिएन। गल्ती कसैको थिएन। आज घरबाट कलेज आउन्जेल उ चुप नै थी।


"आज पहिला चिया पिउन जाँउ क्यान्टिनमा।" स्वीटीको मुखबाट बल्ल बोली फुट्यो।
"यो बिहानको क्लास त बोर नैं छ। हुन्छ नि।" मैले साथीको दुखमा साथ दिनै पर्यो। बिहानको १० बजिसकेको थियो। क्यान्टिनमा चिया मगाएर कुरिरहेका थियौं।
"आज कलेज बंक गरौ।"
"कहिले पो नगेरेको छ र? अस्तिको हप्ता देखि क्लास बसेको छैन। कहाँ जाने आज?"
"फिलिम हेर्न जाने। पढ्नै मन छैन यार।"
"नम्बर १ को कारण कि नम्बर २ को?" मेरो इशारा नयाँ ब्वाइफ्रेन्डपट्टी थियो। जुन कुरा स्वीटीले मलाइ अझै लुकाइरहेकी थिए।
"मेरो हार्टको सेन्टरमा अहिले पहिलाको नम्बर १ झरेर नयाँ नम्बर १ आको छ।"उसको आँखा चम्कियो बल्ल।
"अनि पहिलाको नम्बर १ के रे उस्को नाम?" सबैजनाको नाम याद गर्न पनि गार्हो। घरि अनिल, घरि सुनिल, घरि को को।
"पहिलाको नम्बर १ मुटुको सेन्टरबाट अहिले सरेर दाँया कर्नरमा पुगेको छ। उ पनि मेरो मुटुमा नै छ।" बल्ल हाँसी मोरी। बिहानदेखि औँसी जस्तै काली भाकी थी।
"तेरो मुटु कति ठुलो हो। दुइजना अटाउने एकै ठाँउमा। अनि आज किन मुड अफ नि तेरो?"
"मुटुको बाँया कर्नरमा 'राज' पनि राज गरि राको छ।" आँखा झिम्काइ फेरि मलाइ। राजसङ उसको ब्रेक अप भाको त ६ महिना भै सक्यो। तर पनि दुबै जना अझै फोन गर्दा रहेछन्।


चिया सकेर हामी दुबै पाटनको अशोक सिनेमा हलतिर लाग्यौं। गेटनिरै एकजना को हो चिन्या चिन्या जस्तो मान्छे हाँसीरहेको थियो।
"ल हेर मेरो नयाँ नम्बर १" स्वीटीले देखाइ।
"कति ढिलो आको तिमीहरु?" झ्यालेको स्वरले मलाइ झस्कायो एकछिन। यो धोखेबाजसङ फिलिम हेर्ने भनेकि स्वीटीले। मनभित्र फेरि आगो बलेर धुँवा निस्क्यो। स्वीटी मस्किन सुरु गरिरहेकी थी। उस्को पातलो कम्मर घरि right to left घरि left to right swing गरिराको थ्यो। उसको परेला हरु झिमझिम गर्न थालेको थियो। स्वीटीको कपाल चाही right shoulder बाट left अनि left बाट right shoulder मा हल्लिरहेको थियो। मोरीको कम्मर पिटिक्क भाँच्चिएला भन्ने कत्रो डर मलाइ। 'मु' भनेको झ्याले मुर्दार दङ परेर स्वीटीलाइ हेर्या हेर्यै भयो। येही अदाले त भुतुक्क बनाँछ प्राय सबैलाइ। मैले स्वीटीको कम्मर सङै लच्किरहेको शरीरलाइ नियाली रहें। मलाइ किन आउदैन यो कला? म किन सक्दिन मस्किन?


"cl, उसलाइ कहिले देखेकि छेस्?" नक्कली मस्कि फेरि।
"तिमी आजकाल झ्यालमा बस्दैनौ नि तेति। किन?"झ्याले बजियाको मुखमा हान्न मन लाग्यो मलाइ। बेकारमा मैले कस्तो राम्रो राम्रो कबिताहरु लेखेको, फेरि सबै स्वीटीलाइ देको। किशोर कुमारको 'हमे तुमसे प्यार कितना भन्ने गीत 'रिवाइन्ड' गर्दै कति सुन्या कति। एकदिन त भाइले झन्डै चक्का नै फाल्देको वाक्क भएर। कम चोट परेको छ र झ्यालेले गर्दा। अझै पनि त्यो झ्याल देख्यो कि मुटु चस्किन्छ।
"आजकाल गर्मी छ नि त घामले पोल्छ तेसैले।"मलाइ तेसको अनुहार पनि हेर्न नपरोस भन्ने भाको थियो। खासमा घाम भन्दा बढी तैले पोल्या छस् भन्न मन थियो भन्न सकिन।
'हाइ'  भन्दै स्वीटी त पर पो जान्छे एकैचोटी। म झन् यो झ्याले बाट कसरी टाढा हुने भनेर सोच्दैथें। तेसको मुटुको दाँया कर्नरको नम्बर २ पनि पाल्नु भाको रैछ हलमा त। एक मनले मलाइ खुशी लाग्यो। बल्ल हुने भयो सबै कुराको समाप्ति। स्वीटीको मुटु रित्तै हुन्छ छिट्टै नै। फिलिम हेर्ने भनेको त अर्को फिलिम पो सुरु हुने भयो आज। मेरो मनमा अब के हुन्छ भन्ने भै राको थ्यो। स्वीटीमा त तेस्तो केही पनि चिन्ता देखिन। उल्टो नम्बर दुइलाइ पनि सङै लिएर पो आइ।
"मेरो मिल्ने साथी cl अनि उस्को साथी उ" भन्दै झ्यालेलाइ पो देखाँउछे बा। तुरुन्तै म झ्याले गधाको साथी बनेछु।
"उ चाही मेरो कजन । अहिले भर्खरै आर्मी जोइन गरेको। उ पनि फिलिम हेर्न आको रे। हामी सङै हेरौँ न हुन्न?"
झ्यालेको मुख त हेर्न काइदा थियो। अमिलो खाएर बिग्रेको अनुहार जस्तै। तर हुन्न भन्ने तागत कहाँ उ सङ ? अब स्वीटीको कजन भनेर चिनाए पछि। चारैजना हलभित्र पस्यौं। स्वीटीको कजन त क्या चलाख, स्वीटीसङै बस्यो। म परें झ्याले सङै। मलाइ त रमाइलो लाग्यथ्यो। कस्तो हुँदो रैछ मेरो मुटुमा चोट पुर्‍याएको नतिजा झ्याले? आज तँलाइ पनि त तेस्तै भयो नि। अब खुच्चिङ् मनमनै भन्दैथें। येसो सम्झे, अगाडी इस्क्रीनको फिलिम त जहिले हेरे पनि हुन्छ। येहाँ स्वीटी र उसको नम्बर २ को कस्तो फिलिम चल्या रैछ भन्ने कौतुहौलता लाग्यो। मैले साइडबाट हेरें, अध्याँरोमा। येस्तो मौका फेरि फेरि आँउदैन पनि थ्यो। मैले अध्याँरोमा सेतो हात र कालो हात चलिरहेको देखें। एकप्रकारको इर्श्या पनि लाग्यो स्वीटी देखी। कस्ति बाठी, नम्बर १ र नम्बर २ सङै बसेर फिलिम हेर्दैछे। सोच्दा सोच्दै मेरो हातमा कस्तो खस्रो चिजले छोको जस्तो महसुस भो। मेरो हात त जकडेको जस्तै भो। चलाउन खोज्छु चल्दैन। फुकाउन खोज्छु फुक्दैन। येसो हेर्छु त झ्यालेले पो समातिराको रैछ। झेल्ली मोरो फेरी झेल्ली गर्दैछ म सङ। एक चोटि त "म" बाट आउने सबै संस्क्रित शब्दहरुले उसलाइ बिभुसित गर्न मन लागेको हो। तर केटी परें, तेस्तो मुख् छाड्न मिल्दैन।  त्यो पनि येत्रो मान्छेहरुको अगाडी। आफ्नै बेइजत हुन्छ। तर मनमा एउटा जुक्ति आयो। येहि हो right time मेरो निर्दोस प्रेममा भएको धोखाको बदला लिने यो सङ। cl सारै खुशी भै मनमनमा।


"ऐयाsssssssssssss,"झ्याले करायो।
"के भयो?" स्वीटीले सोधी। म फिलिममा नै ध्यान देको जस्तै गरेर बसें। झ्याले चुपचाप उठेर बाहिर निस्क्यो। तेसपछि स्वीटी र उसको नम्बर २ पनि मस्त भये आफ्नै फिलिममा। झ्याले फर्केर आयेन। त्यो दिन त मेरो मन अति नै रमायो। फिलिम हेरेपछि हामी तेहि नजिकको रेस्टुरेन्टमा गएर खाजा खायौं। बाटोमा घर फर्किदाँ फर्किदैं मैले कुरा निकाले।
"स्वीटी येस्तो तरिकाले हुँदैन है। कि दुबैलाइ छोडिदे होइन भने एक जनासङ मात्र प्रेम गर। के गर्‍या त्यो? उ सङ पनि मस्क्या छ। उ सङ पनि फिलिम हेर्‍या छ।  त्यो मोरो झ्याले बजियाले आज मेरो हात समाएर मैले त बेस्कन चिमोटीदिए तेस्लाइ।"
"तेही भएर पो त्यो बिचैमा उठेर गाको रहेछ। तेस्तो किन चिमोटेको त। बिस्तारै हात छोड न भन्न सकिनस्?" अझ उपदेश पो छ महारानीको त! कस्ति केटी हो यो? मैले चिन्न सकिन मेरो आफ्नै साथी भएर पनि।
"ल आज हामी फाइनल कुरा गरौं। तँ एउटालाइ बिर्सी। अति भयो यो नाटक। म तँ सङ हिंड्न पनि डर भै सक्यो यार।"
"म सक्दिन कसैलाइ छोड्न।"
"किन?"
"नम्बर १ पनि कस्तो माया गर्छ मलाइ। नम्बर २ त झन् स्वीट छ। अनि मलाइ दुबैको माया लाग्छ।" माछा जस्तो आँखा घुमाँउदै भनी।
"उसो भए बिहे नि। बिहे त दुइजना सङ गर्न मिल्दैन होला नि? कि बिहे पनि दुइ जना सङै? "
"धत् लाटी। बिहे भनेको त कहाँ आफुले सोच्ने कुरा हो र? "
"के रे?"
"हो नि त। मामु बाबाले जसलाइ मन पराइसिन्छ अनि जो सित बिहे गरिदिसिन्छ म त उसैसङ जाने। बिहे जस्तो कुरामा त ठुलोमान्छेहरुको निर्णय पो राम्रो हुन्छ त। हामी बच्चाहरुलाइ के नै थाहा हुन्छ र?"

लौ म नसक्ने भए स्वीटी सङ

Last edited: 12-Jan-08 06:09 PM
Last edited: 12-Jan-08 06:29 PM
Last edited: 12-Jan-08 06:30 PM
Last edited: 12-Jan-08 08:24 PM

 
च्याँङवा
Posted on 01-12-08 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-12-08 5:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chyangbaaaaaaaaaaaaaaaaaaaaaa,

timi ka gako malai eklai chodera. yaha ma timro pirle dublaera 1/3 bhai sake. ekchoti chitthi ta pathaunu parcha ni mora.

timilai sanchai cha? tongba khana chodyo? pasangko ma jana chodyo?

malai samjhincha ki samjhidaina chyangba?

aja chyangba ako khusima ma pani tongba khane.

च्याङ्बा होइ च्याङ्बा..........
डम्फुले आज के भन्छ.................

Last edited: 12-Jan-08 06:13 PM

 
Posted on 01-12-08 6:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्विटी सँग नि नसक्नी यी किरेजीले त।  हाम्ले हाम्ले भा' त सजिलै सक्थेम।

किरेजीको कहानीहरु पढ्दै आ'छु। राम्रो छ किरेजी, पढ्दा साह्रै मज्जा आउने। लेख्दै अरम्। पढ्दै अरम्ला।


 
Posted on 01-12-08 6:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ भउते जी,

स्विटी सँग नि नसक्नी यी किरेजीले त।  हाम्ले हाम्ले भा' त सजिलै सक्थेम।

उसो भए स्वीटीलाइ हजुरको गामतिर पठाउनु पर्‍यो। कि आफै लिन जानु हुन्छ नेपालमा?


 
Posted on 01-12-08 6:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रातै गर्नु गरिछन त स्विटीले त।  अब CL लाई पनि अचम्म मा पारेको भने पछी त मान्नै पर्ने भयो बा।

जे होस कथा रमाइलो रैछ। स्वीटी माता कि जय।


 
Posted on 01-12-08 6:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेहि त भन्या NKC,

म त रनभुल्लमा परें स्वीटीको कुरा सुनेर, ट्वाँ......... परें


 
Posted on 01-12-08 6:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

cl, ठिक्क पर्यो झ्यालेलाई

लौ न Cl म पनि नसक्ने नै भए स्विटी सँग, पुजा भन्दा केहि कम रहिनछ उ पनि।


 
Posted on 01-12-08 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks Dipika,

ani ajabholi puja kasko pujama ho? timro kalam pani restma jasto cha ni.

Lekha na yaar chito.... ki pokhara pugisakya ho ?

haina ma euta kura bujhdina pjna ra timi dd ra bahini ho ki? sita ra gita ho? asti asti kalejo ra kancha01 jasto? u aayo ki u pani aaune?

ki mero bujhaile dhokha khako ho?

aja chyangba aayera maile fontlai 4 choti edit gare. kahile thulo kahile sano. chyangbako eyes sano cha kya tehi bhaera...

 


 
च्याँङवा
Posted on 01-12-08 9:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोइले नि काइले आङंका स्यानो पार्दाई काइले ठुलो पार्दाइ पार्यो नि काता मोइच्याँङ.....

मोइच्याँङले लेकेचा बानेरा पाइले हाँस्यु.... आनि आक्छार सानु भाकु बेलामा आङ्का ठुलो पारेरा पार्ना शुरु गार्‍यु। पारेरा साकेकु थिएना.... फेरि आक्छार ठुलो पारेचा बानेर आङ्का सानु पारेरा पार्ना थाल्यु..... गार्दा गार्दा आँङ्का दुखिको छा म्हेरो,..... तोङ्बा काना पार्जा जास्दु छा।


 
Posted on 01-12-08 9:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sorry chyangbaaaaaa,

timro halkhabar sunaauna kasalai bhagako? dolma ki pasang?


 
Posted on 01-12-08 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>एक चोटि त "म" बाट आउने सबै संस्क्रित शब्दहरुले उसलाइ बिभुसित गर्न मन लागेको हो। तर केटी परें, तेस्तो मुख् छाड्न मिल्दैन।<<<

ramro chha, ajhai lekhdai garnus hai.



 
Posted on 01-13-08 1:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन चिमोटेकै भरमा गाएव भा हुन त झ्याल कुमार। जे होस्, राम्रै सवक सिकेझै छ।
 
त्यो असोक सिनेमा ले चाँही पुरानो याद दिलायो, करेसाको मकै वारी जस्तो थ्यो त्यो हल, जती बेला तलतल लाग्यो १ गोगो भाचेर भुम्र्याइ गो। बिचरा हल, अहिले त party palace भा छ रे। 

जे होस मज्जा आयो CL जि।

Last edited: 13-Jan-08 01:32 AM

 
Posted on 01-13-08 6:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"एक चोटि त "म" बाट आउने सबै संस्क्रित शब्दहरुले उसलाइ बिभुसित गर्न मन लागेको हो। तर केटी परें, तेस्तो मुख् छाड्न मिल्दैन"----मिल्छ यार मिल्छ, मनमा लाग्या कुरा कस्ले रोक्ने 

crazy स्वीटीलाई भन्दिम मामु बाबा ले खोज्या गोज्याङ्रे सँग बिहे गरेर पछी हामी जस्तालाइ सम्झेर धुरिधुरि रुने चैँ होइन


 
Posted on 01-13-08 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा, स्वीटी कती मिठी, नाम जस्तै स्वीट ! मलाई पनि स्वीटी मन परो, यसो ठेगाना पाम बरु !!!
 
Posted on 01-14-08 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे जी,

धन्यबाद, येहाँको कमेन्टको लागी।

सुर न ताल ज्यु,
अशोक हल त हाम्रो बेस्ट सिनेमा हल हो क्या। स्कुल बंक गर्दै जाने हल त्यो।

कलेजो,

हुन्छ, हुन्छ, म भनिदिउला स्वीटीलाइ मरि मरि नहाँस्नु भनेर पनि।

जगटाधारी ज्यु,

ल टिप्नुस स्वीटीको ठेगाना,

स्वीटी स्वीट
अनाम नगर,
पागल बस्ति,
चन्द्रमा लोक।


 
Posted on 01-14-08 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" लौ नसक्ने भयो अब स्वीटी संग " भन्दा पनि लौ अब नसक्ने भयो क्रेजी संग भयो ।
सरल शब्दमा मिठास छरेको, कहानी होइन जवानी भरेको। बयान गर्न नसक्ने भएं, "लौ न नसक्ने भएं अब क्रेजी संग।"

 
Posted on 01-14-08 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रात्तै! स्विटीको कुरो आइसक्या रेछ, म बजिया यताउता अल्मलिएर बसेछु!

कल्पना गर्दा नै कस्तो कस्तो भयो बाबै मलाई त - "उस्को पातलो कम्मर घरि right to left घरि left to right swing गरिराको थ्यो। उसको परेला हरु झिमझिम गर्न थालेको थियो। स्वीटीको कपाल चाही right shoulder बाट left अनि left बाट right shoulder मा हल्लिरहेको थियो। मोरीको कम्मर पिटिक्क भाँच्चिएला भन्ने कत्रो डर मलाइ।"

अर्को कुरा, त्यत्रो दुख पाएर हेर्दा हेर्दा नि आँखा थाकिसक्या झ्यालकुमार, बल्ल बल्ल आफू संगै हल भित्र बसेको बेला हातै समातिसक्या बेलामा, " बल्ल पर्यो निरमाया माकुरी जालैमा" भने जस्तो खुसु खुसु कुरा गरेर इमोसनल बनाएर प्रेममा पागल बनाइदिनु पर्ने नि, कयौँ दिन रात जलाएर मन खरानी बनाएको सजाय जाबो एउटा चिमोटाई??????

स्विटीको सिद्धान्त गजबको रेछ -" बिहा भन्ने कुरा बच्चाहरुलाई के थाहा हुन्छ र। बाबु आमालाई थाहा हुन्छ" हाहाहाहा उफ!!

साह्रै मजा आयो किरेजी, धन्यवाद्! साला दिल खुस हो गया कहानी पढके! खतरा इन्टरटेनिङ गयो यसपालि!


 
Posted on 01-14-08 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा फेरि कमेन्ट गर्न मन लाग्यो अर्को रमाइलो लाइनमा-

""एक चोटि त "म" बाट आउने सबै संस्क्रित शब्दहरुले उसलाइ बिभुसित गर्न मन लागेको हो। तर केटी परें, तेस्तो मुख् छाड्न मिल्दैन"

मोरा, मरन्च्याँसे, मुर्दार, मुस्ले, मुङ्ग्रे, मर्न नसकेको, मुर्कट्टे, मुसे, मस्यान्द्रे, मान्द्रे इत्यादी भने नि अलि अलि डोज पुग्थ्यो कि झ्याले सोमलाई??


 
Posted on 01-14-08 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलभाइ ज्यु,

यो क्रेजि त हजुरको अनुराधाबाट धेरै इम्प्रेस भएकि छे। कसरी बन्ने होला तेस्तो सोबर। एकचोटि अनुलाइ सोधि दिनु न। Plzzzzzzzzz 

बिरु जी,
मैले स्वीटीले कम्मर लच्काँउदा तपाइ जरुर बेहोश हुनु हुन्छ भन्ठानेको। तर अझै होशमा नै हुनुहुँदो रहेछ।


"म" बाट आउने सब्दहरु सिकाइदिनु भएकोमा धन्यबाद। तपाइसङै practice गर्नु पर्ला।
"मु" भन्या मुस्ले बिरु। I don't know meaning hai....... u tell me..ha ha ha


 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters