Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Barbaad --- Deep

[Please view other pages to see the rest of the postings. Total posts: 43]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 19171 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 06-19-06 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झम् झम् पानी पर्या पर्येइथ्यो,आफुलाइ भने निन्द्रा लाग्या हैन। खै के भो के भो सिनेमाका हेरोनी देखि लियेर टोल् छिमेकका सुन्दरीहरु मन भरी अटेस् मटेस् मडारियेर निदाउनै दियेनन् --- छट्पटियेको क्रम् चलेकै थियो युद्ध स्तरमा -- झ्याल मा टक् टक् सङै "दीप" भन्या सुने। आधारात् मा भुत् हो कि भनेर एक् चोटि त ज्यान् सिरिङै भो तर स्वर् चिन्या जस्तो लाग्यो। फेरि पनि बोलाये पछि त सङ्कै भयेन उठेर मुल् ढोक खोल्न गयें। निथ्रुक्कै भिज्या ज्यान् बाट पानी तुर्क्यौदै बाङ्गे छिर्यो कोठामा र ढोक लायो। म अझै स्थिति बुझ्न खोज्दै थियें, बाङ्गे बोल्यो “मलाइ त मुँ-- बाउले निकाल्द्यो यार्”।

“त्यो त १४ बर्ख पुरानो कुरो हो--सबै लाइ था छ। त्यै भन्न ह्याँ आधारताँ आ तँ? बाङ्गेले घुर्यो मात्रै केहि भनेन।
"कति त? त्यै १४ बर्ख हैन त तँ?”
अहिले भने बाङ्गे ले मुख छाड्यो र फत्फतायो अफुलाइ क्य टेन्सन् भैरा बेलाँ…

"ह्याँ अनि के खानलाइ आ त?" मलाइ नि झोक् चल्यो। बाङ्गे मेरो परम् मित्र भये नि टोल् मा बाङ्गेको इज्जत् टुकुचा जस्तो थ्यो भने मेरो बिस्नुमति जस्तो। त्यै पनि बाङ्गे अघि सम्म मै कहाँ थ्यो। उ जाना साथ् मेरा घरकाले बाङ्गे संगको मेरो घुलमिल मा सघन् कटौति नगरे मलाइ आवासिय बिद्यार्थि बनाइदिने धम्कि देका थिये। बाङ्गे पनि खत्तम् बाट अत्ति खत्तम् तिर ओरालो लगि सक्याथ्यो। के गर्ने? बाङ्गे मेरो घरमा फेरि आये मैले कठोर् सजायँ भोग्नु पर्ने निश्चित् गरियेको थियो। धम्कि त धेरै सुनेको हो तर यस्पालि धम्कि निक्कै गम्भिर् भयेको मेरो मन्यता थियो।

"के भन्यो तेरो बाउले र आधाराताँ रुझ्दै यता लागिस्? "मैले दबेको तर कठोर् स्वर्मा सोधें। स्वर् त दबाउनै पर्यो अरुले घरमा थाहा पाये मेरो पनि बाङ्गेकै जस्तो हालत् हुन बेर् थियेन।

"जाँ थिस् अहिले सम्म तिँ जा भन्यो नि …"
त्यै भेर आ त ह्याँ? मैले झर्किदै सोधेँ बाङ्गे ले त्यस्को बाउको कुरो शब्दश: लियेको मा। हो, बाङ्गे मैकहाँ थ्यो घर् जानु अघि तर तेस्को बाउले जाँ थिस् उहिँ जा भन्दैमा मैकहाँ त आउने हैन नि।

बाङ्ग्या बाउ र बाङ्गे को सम्बन्ध मिठासजनक् नभयेको त जग् जाहेरै हो तर पनि आमाको मध्यस्तता मा बाङ्गेले बाउको ताप् बाट मुक्ति पाउने गर्याथ्यो। त्यै भेर मैले सोधेँ, अनि आमाले के भनिन् त?

के न के--- बाङ्गे झन् भड्कियो … "जा अन्मरी कुलंगार् भनिन्" अरु के?” बाङ्गे ले मलाइ सोध्या जस्तो गर्यो "अरु के?" भनेर।

बाङ्गे ले बाउको पैसा घरको सामान् जो हाथ सो साथ गर्थ्यो अनि तेस्बाटै हम्रो अतिरिक्त क्रीयाकलाप् माने चुरोट् मोमो कोक् फ्यन्टा ट्वाँट् ट्याक्सि भिडियो सिनेमा लगायत् मनोरन्जनका अन्य कर्यक्रमहरु सुचारु ढंग ले चलेका थिये। अचेल्का दिनहरुमा बाङ्गे जो हाथ सो साथ कर्ममा अलि बढि आक्रमक् रुपम होमियेको थ्यो। अफुलाइ त फाइदै हुने हुँदा प्रोत्साहन्का शब्दहरु मा मैले पनि कन्जुसि गर्ने गर्या थियेन। सुरु सुरु मा तेरो बाउले थाह पाउदैन चोरेको भन्दा---टन्न घुस् खान्न्छ गाँठ् त कति कति ---अलि अलि चोर्या के थाह? भनेर बाङ्गे ले भने देखि म पनि फुरुङ परेकै हो। नभाको कुरो गर्न हुन्न।

मलाइ जसरि भे नि पान्से (५००) चहियो। झिक् मु--। बाङ्गेले बिरक्तियेको स्वर्मा भन्यो।
बाङ्गे सन्कियेछ कि जस्तो लाग्यो मलाइ। कहा बाट झिक्नि मैले पान्से?

के को पान्से तँलाइ? मैले सोधेँ। अस्ति उस्ले चोरेको सये ले नै आज अघि सम्म हामि ले काम् चलाको भन्ने मलाइ थाहाथ्यो।

ब्यान् पान्से झ्याप् हान्या बाउले थाहा पयेछ।
ब्यान् तैले पान्से चेट् पर्या रे? अनि अघि बिक्रम् दाइको पसलमा स्टार् बियर् किन्न त भन्दा त गाँठ् छैन भन्थिस् त?

तँ काँ आ थेँ तँ रैन्छस् अनि छ्याक: लाइ लियेर मोमो खन गयेँ बौध अनि त्याहाँ सम्म गये सि निलो पनि हेर्नै पर्यो। मैले चाइनिज् हेरम् भन्या छ्याकलाइ जापनिज् नहेरि भयेन।

आफुले मोमो पनि खान नपा अनि निलो पनि छुट्या रिस् मात्रै हैन त्यस्को बारेमा अघि सम्म यहिँ हुदा बाङ्गेले चुइंक्क नगर्या सम्झेर झन् रिस् उठ्यो।

त्यत्ति गरेर पान्से सकिन्छ त? त्यै पनि त्यै छ्याकलाइ लियेर गा रेछस त्यसै सँग माग्न पान्से – म कँ घन्-- खान् आ?

आशा चुरोट् त किन्न नसकेर थुटो तान्ने छ्याकले झिक्छ पान्से? बाङ्गे अहिले भने झर्कियो।

के गरेर उडाइस् त बाँकि पैसा? सोधेँ।

त्यै बौधमा दुइ चार् हात खालमा हालेँ – लगदिहाल्यो नि भोटेले। अलिकति बाँकि थ्यो त्याँ किस्न मन्दिर् छेउको सानो मन्दिर् छैन बिस्नुको हो कि मु-- खै कस्को हो त्याँ भित्र पायाँ चलिरा रे छ अघि बौधमा हार्या उठाउछु भन्या त झन् जम्मै खत्तम्---टट्टन् टाट्!

अनि म सँग के को पान्से माग्न आ त यतिबेला तँ?

तँलाइ सापटि देको छु ज्याकेट् किन्न भन्देँ क्या बाउलाइ मैले --- अनि उसोभये अहिलेइ फिर्ता लियेर आइज पैसा नभये यो घरमा खुट्टा राखिस् भने काटदिन्छु भनेर बुरुक् बुरुक् भैरा छ बाउ…

मैले काँ पायेर दिनि तँलाइ पान्से?

आज दुइ गते तेरो बाउले तलब् ल्या होला नि हिजो---आजलाइ ले न म फेरि दुइ चार् दिन्मा तँलाइ फिर्ता गर्दिहाल्छु नि---

म त अवाक् भयेँ। उस्ले आफ्नो फिर्ता गर्ने मन्सयलाइ अझ सुढृढ गर्न थाल्यो बिद्या नस् फिर्ता गर्दिन्छु – बाउ पर्सि टुरमा जाँदैछ पर्सि नै फिर्ता गर्दिन्छु---

त्यैत! तेरो बाउले पैसा त्यत्तिकै छाड्छ र अब? मैले चिन्ता ब्यक्त गरेँ…
आमाको एउटा दराज् को साँचो झ्याप् हानि सक्या छु मैले। तँलाइ फेरि नचाइने कुरामा के को पिर्?

म त चोर्न सक्दिन पा पान्से--- भन्दियेँ ---काँ बाट सक्नु?

मैले चोरे त उडाउन त सक्छस् नि --- अहिले मलाइ पर्या बेलाँ ---त्यै नि
तँइले अहिले नदिये भोलि बिहानै लिन आउछु तेरो बाउ सँग भनेर मेरो बाउ उफ्र्या तैले देख्या छैनस् र यस्तो कुरा गर्छस्---भोलि ब्यान् मेरो बाउ ह्याँ गाँठ् लिन आयेसि के गर्छस् नि?

मैले ल्याछैन भन्दिन्छु नि…मैले ल्या हो र? खाइ न पाइ छाला टोपि लाइ…बाङ्गेले मलाइ बिथ्थामा चेप्या मन् परेन मलाइ।

म हो भन्छु नि---बाङ्गे सन्कियो--फेरि तँ मात्रै मु-- कुन् सज्जन् होस् र? जाँड् छादेर लड्या जँड्या जस्तो तेरो छेउ पर्नु पर्ला भनेर मान्छे तर्कि तर्कि हिन्छन्---तेरो कुरो कस्ले पत्याउछ? बाङ्गे ले प्रहार् गर्यो।

म बाङ्गे ले भने जस्तो खत्तम् त हैन तर बिग्रेको चै म नि हो। तेइ पनि पान्से चोर्न सक्ने दर्जा मा भने म पुग्या थिइन। बाङ्गे सँग संगत् नगर् भन्या अघि मात्रै झन् भोलि बाङ्या बाउ आयेर बिनिसित्ति उफृने कुरो मेरो लागि सुभ नहुने निश्चित् थ्यो।

तँलाइ फिर्ता गर्दिन्छु---कसैले था पाउँदैन--नचाइने कुरामा टेन्सन् नलिन न। बोर नगर न---अहिले सबै सुतिरा बेलाँ खुसुक्क ले न जा ------
 
Posted on 06-19-06 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिला पहिला बिश रुपैयाँ झ्यप्प हानेर आईसक्रीम खको दिन हरु पो याद आयो......
good work. did you write it?
 
Posted on 06-19-06 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो बाउको खल्तिमा पान्से अलपत्र परेर बस्ने सम्भावना त न्युन नै थियो। सबै पैसा आमा लाइ बुझै सक्या हुनु पर्छ बाउले किन कि आज एक् हैन दुइ गते भैसक्याथ्यो। भोलि बाङ्गेको बाउ आयेर सुरु गर्ने तमाशा मा मुख्य पात्र भयेर भुमिका खेल्नु भन्दा त एउटा चानस् अहिले लिनु ठिक् लाग्यो मलाइ। तर बाङ्गेले पैसा फिर्ता नगर्ने भे त मैले रिस्क् लिने कुरै छैन। मैले फेरि बाङ्गे लाइ केरेँ “तैँले पक्का फिर्ता गर्छस्? नगर्ने भये त म त झ्याप् हाँन्दिन---तेरो बाउ आवोस् कि आमा आवोस् भोलि”

“मरि जाम् फिर्ता दिन्छु --- पर्सि नै दिन्छु --- पस्पति ले भस्म” बाङ्गे देउता खुबै मान्थ्यो---सकेसम्म सबै देउता थान् दाइने पार्ने उ पश्पतिको त उग्र भक्त थ्यो। पस्पति भस्म भनेसि मलाइ अलि पत्यार् लाग्यो।

ल पख् भनेर म उक्लेँ माथ्लो तला तिर। बाउको खल्ति त होइन मेरो लक्ष्य आमाको सन्दूक् थ्यो जुन् पूजा कोठा भित्रको आर्को सानो कोठामा थ्यो।। एक्स्ट्रा पैसा त्यै राखने गर्या बलियो सङ्का थ्यो म सँग। साँचो पुजा कोठाको गणेश् पछाडि लुकाउने गर्या थाह्थ्यो मलाइ।

बाङ्गे ले चोर्न सुरु गरे देखि मैले छोड्या थियेँ। जरुरतनै पर्दैन थ्यो। त्यसैले घरमा मान्छे म प्रति बाट त्यति धेरै साब्धान् थियेनन्। साँचो लियेर सन्दुक् तिर लाग्नु सट्टा आफ्नो कोठामा फर्केँ। साहस् साँचो हात लगाये पछि निक्कै घटि सक्याथ्यो।

बाङ्गेले साँचो हात पारेकोमा मेरो प्रसम्सा गर्यो पैसा पर्सि नै फिर्ता गर्ने बाचा फेरि दोहोरायो र मेरो उत्साह बढाउन म सङै उ पनि सन्दुक् सम्म जाने भो।

पानी अबिरल् पर्या पर्यै। बाहिर पानी पर्या आवजले भित्रको सानो तिनो आवजलाइ लुकाइहाल्थ्यो। सन्दुकबाट पैसा मुठ्याएर फर्किदै गर्दा बाङ्गेले पूजाकोठामा पानस् लडायो। अब भो!

बाङ्गे र म अब के गर्ने भनेर अल्मलियेम्। अरु केहि चाल् चुल् सुनियेन। हामि एक् छिन् त्यैँ चुप् चाप् उभियेम्। ठिकै भो कसैले थहा पाएनन्। मैले बत्ति निभाएँ र बाङ्गे लै साबधान् हुन भनें। सन्दुकको ताल्चा मार्नै बिर्सेछ । फर्केर गयेर ताल्च मारेँ। आफ्नो घरमा म अध्याराँमा पनि अभ्यस्त थिएँ। साँचो गणेस् पछि राखेँ। मुटु फुटेर चक्नाचुर् होला जस्तो भैसक्या थ्यो।

के ठिङ्ग उभिरा भर्याङ्गमा हिन्न छिटो--ओर्लि --झट्ट--ओर्लि अहिले उठ्छ मु-- तेरो बाउ अनि--बाङ्गेले साउति मार्दै बोल्या सुनेँ। ल बर्बाद्!। म त अझै पूजाकोठा भित्रै छु बाङ्गे त्याँ कोठा बाहिर कस्लाइ भर्याङ्ग् ओर्लिन भन्दै छ?
 
Posted on 06-19-06 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-19-06 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

my fcking oiffice pc does not have nepali fonts. so i could not read it.

but i will once i get to my home.

anyways good job for posting some shTs i m sure.


j/k
Loote
 
Posted on 06-19-06 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऐय्य्या!!! हँसाउनु भो दीपजीले! अब चैं साँच्चिकै बर्बाद होला जस्तो छ। लेखम् लेखम् अनि के भो त्यसपछि?
 
Posted on 06-19-06 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahahahahahahhahahahahhahahahah........................
अली अली पैसा चोरेको अनुभब त म सँग पनी छ है, तर यो fictional piece मा बर्णन गरे जस्तै गरी त होईन नी फेरी! good work!!!
 
Posted on 06-19-06 5:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Darn!! I have been a fan of Deep's stories but Nepali font is hard to read. I prefer roman nepali.
 
Posted on 06-19-06 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म बाङ्गे ले भने जस्तो खत्तम् त हैन तर बिग्रेको चै म नि हो। तेइ पनि पान्से चोर्न सक्ने दर्जा मा भने म पुग्या थिइन।

Deep Bro

Khatara cha katha. I can especially relate to the above line. La aru pani jawos to cure our terrible summer time blues. K Ho bro, bouddha tira lagi dine tyo sifal ko oralo ma sararararaa cycle udaudai school dress ma?

Jira bro chahi kata harako aajkaal?
 
Posted on 06-19-06 8:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाङ्गे अहिले सम्म मा त ने.बी.सङ वा अखिल को खुंखार् नेता भैसकेको हुनुपर्छ बज्ये को convincing power र character हेर्दा।
 
Posted on 06-20-06 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lfc123,

Yes, I wrote it to kill some time. Thanks for reading.

hatterika,
Ani...you choose the course now. I already rested.

lootekukur,
I hope you got the chance to read at home.

World map,
Glad you liked. But I like I said above, I have rested my thought for this "barbad" piece.

Thaha Payen,
We all have stories. Don't we? Thanks for stopping by.

Chatmandude,
I am sorry the story is not in Roman Nepali. Some one suggested that I should write in Nepali font rather than roman Nepal, which is hard to read. I just wrote the piece and posted here. I don't have a copy of this in roman Nepali otherwise I would have sent you the piece in roman nepali.

Iso bro,
Damn, sifal bata mahendrabhawan (ahem!) hudai sano gauchar ani bhagwati bahal - char dhunge - nag pokari - turned right and headed north crossed gairidhara tukucha road and continued toward nilsarsoti---route sounds familiar bro?

Thaha Payen,
Yes, Bange is a big shot these days. I think we will read about him in Nepali news papers soon.

Thanks all. It was a good time killing for me.
 
Posted on 06-20-06 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pansey jhyaap hanna ta thulai kuro ho...bangey ko residenccy status nai gumni bho ta uso bhey!

pelam prabhu...aajkaal football lay garera bhyai nabhyai cha..hya pheri ABC bata gauz napera hairaan cha..6 gauz/ 7 gauz lagyo bhanchan..kyarnu..hernai paryo

katha peldai garam..padhni haami chhadai cham ni.

Iso bro..ma hya nepathyama..tamasha herna ramailo cha aajkaal...

austi jhulukka OYs ko samjhana ko goreto tira laagya thie..ramro cha bhanna napai paakha laideychhan tala tira...
 
Posted on 06-20-06 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey Jira, are you from Chabel? Could you tell me how the character in your story named "chayak" got the name? I knew someone with the same nick name and lived close to Boudha.
 
Posted on 06-20-06 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

malai kina bicha moochhya yo Hurray lay? :-)
 
Posted on 06-20-06 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hurray bro,

Jira dai uta! ma yata!

golamal bho ki ke ho? Jiradai ko chhyaka ko barema ta khai ma ke bhanum...

mathi kathako chhyaka ta solid hawadari thyo----
 
Posted on 06-20-06 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप जि,
पढ्न समय लगे पनि एक्दुम मजा को कथा लाग्यो! लेख्दै गर्नु होला मलाई तपाईं को कथा हरु धेरै नै राम्रो लाग्छ ।
 
Posted on 06-20-06 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

deep,
wehre is the rest of the story?????
 
Posted on 06-20-06 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep, sorry for the blunder. For some reason, Deep sounded like Jira.

Anyway, so was "chakya's" real name "Madan"? Just curious.
 
Posted on 06-20-06 6:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahaha Deepji ko arko dhamaka prastuti !! la jaos jaos !!
 
Posted on 06-20-06 6:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dui deen bho..font namilera padna nasakya..aja chai ghwarlappai paren! jai hoss deep dai ko! katha sidde chaina jasto lagya thyo.....tara yehi sidde pani thikai cha! haha! yo katha padera chai euta sathi ko yaad aayo. som yesto expert bhai sakya re...10 second ma podrej kholera, liyera, banda ekai saas ma garna sakne re :)

aba bro, dherai barsa bho, ek choti greater handigaon get together garne hoina bhanya? Arko barsa ko schedule nikalam na :P. sakesamma dabali mai garna parcha..pappu ko pasal neera.lassta summer ma ta nikai safa dekheko thiyen!

Isolated bro, k hudai cha? long tyam!

Jira dai! ramro cha bhanna pardaina kya! boru afno euta blog ma mero naam yeso ghusaunu na :) ani hamra marich dai kata chan achel?
 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
nrn citizenship
Breathe in. Breathe out.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
TPS Work Permit/How long your took?
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters