Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 --कथा चौतारीको--

[Please view other pages to see the rest of the postings. Total posts: 443]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 225990 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 06-18-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी धागोमा धेरै जनाको धेरै कुरा हुँदा सबैको केहि न केहि गाउँले नाम रहन गयो। यस्तै पात्रहरु राखेर एउटा गाउँ बुनेको, त्यहि उता टाँसेको गाउँ अब यता सारेर बाँकि यतै बुन्ने बिचार गरेर राख्दैछु, जे पर्ला पर्ला!

 

(यस कथा श्रृङ्खलामा प्रस्तुत गरिएका नामहरु जे जसरी चौतारी धागोमा प्रस्तुत गरिन्थे/गरिन्छन त्यसैगरि प्रस्तुत गरिएका छन् र पूर्णतया: मनोरंजनात्मक उद्देश्यले प्रस्तुत गरिएको हो। नाम, स्थान र कृयाकलाप तथा संवाद पूर्णतया: काल्पनिक नै हुन र कसैको व्यक्तिगत नाम संग मिल्न गएमा संयोग मात्र हुनेछ। साथै कुनै पनि पाठकलाई आफूले साझामा प्रयोग गर्ने 'निकनेम' वा चौतारीमा बोलाइने 'गाउँले नाम' यहाँ कथा बनाएर प्रस्तुत गरेकोमा  कुनै पनि किसिमको आपत्ति भएमा भन्नुहुन अनुरोध गरिन्छ र आपत्ति भएमा नाम हटाउन सकिन्छ।)

 

बिस्टे बुढाले घुम बिस्तारै टाउकोबाट झिके र पानी तर्काए, पिँढिमा भित्ता पट्टि घुम ठड्याएर राख्दै थ्याच्च फलैँचामा बसे र सुरुवाल फुकाले! सुरुवाल पानीले निथ्रुक्क भिजेको  थियो त्यसलाई निचोरेर पानी फाले पिँढिमै। एक पटक हाई गरेर आङ तन्काए र फलैँचामाथि नै भित्तामा अडेस लागेर बसे।

 

सान्नानीssss, ए सान्नानी!

नातिनी भित्र भान्सामा केहि गर्दै थिन क्या रे बुढाले बोलाएको सुनिनन्।

पानी अझै दर्किराखेको थियो, जस्ताको छाना भएकोले होला माथि परेको पानीको आवाज र बलेसीबाट चुहिएको मोटो पानीको धारोले गर्दा बोलेको सुन्न पनि मुश्किल पर्थ्यो।

ए सान्नानि!!

बुढा यसपाली अलि चर्को स्वरमा कराए।

ए हजुरवा आउनुभो?

भित्रबाट सान्नानीको मसिनो आवाज आयो।

त्याँ चोटामा मेरो सुरुवाल होला लेर आइज त झट्टै! सपै निथ्रुक्कै भिजायो फेर्नु परो!

बुढाले पर डाँडातिर हेर्न थाले! बादलले डाँडाको माथिल्लो भाग पुरै छोपेको थियो, र ठाउँ ठाउँमा खोल्सो परेको ठाउँमा सेताम्मे कुहिरो लागेको थियो। बर्खा बेला भएकोले होला अगिपछिको सुख्खा डाँडा पनि हरियो देखिन्थ्यो। घर तलको पाटोमा मकै केहि पाकेर झाङ्गिसकेका थिए र केहि पोटिलै थिए। त्यसमा पानी पर्दा झन आकाशै खसेको जस्तो आवाज आइराखेको थियो। बाहिर कतै भ्यागुताहरु कराइरहेका थिए। सबै वातावरण नै बर्खाले भिजेको जस्तो थियो।

बुढाले पुलुक्क ढोकातिर हेरे।

अझै एक बर्खा त कसो नधान्ला

ढोकाको मक्किएको खापा र चुहिँदै गरेको बलेसी हेर्दै बुढाले मनमनै भने।

यि लिनुस हजुरबा सुरुवाल

बुढाले ढोकातिर हेर्दा हेर्दै सान्नानी सुरुवाल लिएर बाहिर आइन्।

बुढाले सुरुवाल लिए, एक पटक सान्नानीलाई मायाले हेरे, र भने-

एक घान मकै भुट् त बा, साह्रै भोक लायो!

आगो सल्का छैन, मइतेल नि सकिया छ! सान्नानीले टुलुटुलु हजुरबाको अनुहार हेर्दै भनिन्।

बुढाले केहि नबोलि एकपटक लामो सुस्केरा हाले र बाहिर हेरे।

पानी रोकिने नामोनिशान थिएन!

हेरि यो घुम ओडेर जा त माथ्ला घरमा, मइतेल छ कि भए मागेर लेरा न एक चौथाई जति?

सान्नानी केहि बोलिनन् केवल खुट्टाको बुढि औँलाले पिँढि कोपर्दै भुइँतिर हेर्न थालिन्।

के भो तँलाई? माथ्ला गरमा गर मइतेल पैँचो मागेर लेरा न भन्या, माष्टरनीले त जर्किन नै भरेर राख्छिन् अइपछि।

आज नि बिर्सनुभो हजुरबाले!

सान्नानीले भुइँतिरै हेरेर बिस्तारै भनिन्।

बुढाले केहि सम्झे जस्तो गरेर सान्नानि तिर हेरे र हात बढाउँदै इशाराले बोलाए।

सान्नानी हजुरबा तिर आइन्। बुढाले काम्दै गरेको हात सान्नानीको टाउकामा राखे र भने-

हेर् बा आज ब्यान सम्झिरा थेँ, बारिको काम सिद्धयार पारि जाम्ला भन्या तेत्बेला भुसुक्कै भइछु, पछि खोलो बडेर तर्नै नसक्नि भयो, क्यार्नु! पख् पानी पर्न कसो नरोक्केला आजा रात, भोलि खोलो नि सानो हुन्छ अनि किलिप मात्रै हइन एउटा धागो नि ल्याइदिम्ला तँलाई!

जइले नि तेस्तै भन्नुहुन्छ अनि तेस्सै आउनुहुन्छ! सान्नानिले रुन्चे स्वरमा भनिन्।

खोलो थामिएसि ल्याइदिन्छु पक्का पक्कि कुरो!

सान्नानीको अनुहारमा पत्यारका रेखाहरु आए। भित्र छिरिन्, एउटा जर्किन लिएर बाहिर आइन्। जर्किन शायद सेतो रंगको थियो तर त्यसमा देखिने कालो रंगले जर्किनको लामो इतिहास बयान गर्दथ्यो। घुम टाउकामा ओढ्दै सान्नानीले जर्किन हातले च्यापिन र बाहिर गइन्।

पानी दर्कि रहेको थियो र बुढा नातिनी हिँडेकी हेर्दै थिए।

कैले साउले देला जस्तो छैन!

मनमनै बोल्दै फेरि एक पटक लामो सुस्केरा हाले बुढाले, र गोठ तिर हेरे।

भैँसि बसेको थियो र उग्राइराखेको थियो। शायद झरिको यो वातावरणमा भैँसि आनन्दित थियो।

यो थारोलाई पन्छाउन पाए नि दुइ चार पैसो आउँथ्यो कि?

बुढाले मनमनै आफैँलाई प्रश्न गरे र सुरुवाल लगाउन थाले।

बरु बिर्खे सम्धी संग पो माग्ने कि? फेरि आफैँलाई प्रश्न गरे र आफैँमा केहि आश्वस्त्व भए।

ह्याsss जे पर्ला पर्ला, भोलि जान्छु सम्धीकाँ, जे भ नि छोरिको घर हो ए!, पर्या बेलाँ कसो केइ नगर्लान र!

बुढा मनमनै बोल्दै थिए र आश्वस्त्व पनि हुँदै थिए।

पानी रोकिने लक्षण थिएन।

पर बाट सान्नानी लगभग दौडँदै आउँदै गरेकि देखे बुढाले। सान्नानीको हातमा हल्लिएको जर्किन देख्नासाथ बुढाले बुझे र मनमनै बोले माष्टर्निले मइतेल दिइनन्!

प्वss! प्वss! प्वss!”

गोरु बारिमा पस्न लागेको देखेर निथ्रुक्क भिज्दै हर्केले गोरुलाई बाटो लगाउन खोज्दै थियो।

लौरोले गोरुलाइ पिट्दै हर्के फेरि करायो-

होss तिल्के! बाटोतिर जा भन्या डाम्नु!

गोरु अटेरी थियो, बाङ्गो बाङ्गो पर्दै बारिमै छिर्यो। हर्के दौडेर गोरु भन्दा अगाडि पुग्यो र गोरुलाई फर्काउने कोशिस गर्न थाल्यो। गोरु कहिले बाटोतिर जाउँला जस्तो गर्थ्यो कहिले फेरि बारिमै फर्कन्थ्यो। केहि बेर यो क्रम जारी रहँदा निकै मकैका बोटहरु मासिए। पानी परेको परेइ थियो, हर्केको सम्पूर्ण शरीर भिजेको थियो।

हर्केको आँखाले बल्ल बारि नियाल्न थाल्यो।

बिस्टे बुढाको बारिमा पो पसेछ डाम्नु!

हर्केले मनमनै भन्यो र यताउता हेर्यो। माष्टरनी नानीको घरबाट सान्नानी जर्किन बोकेर तल झर्दै थिइन्। हर्केले खल्तिबाट सुर्तिको गुजुमुजु भएको पाउच निकाल्यो र चिसो हातमा भिजेको सुर्ति हालेर एक पटक सुँघ्यो र मुख मा हाल्यो। एक टकले सान्नानी माष्टरनी नानीको घरबाट आफ्नो घर तिर जाँदै गरेको हेरिराखेको थियो। सान्नानी अलि नजिक आएपछि हर्के करायो-

प्वss! प्वss! प्वss! होss तिल्के!

हर्के कराएको सुनेर गोरुले कान ठाडो पार्यो र फेरि यता उता दौडिन थाल्यो। सान्नानीले पुलुक्क हर्केलाई हेरिन् र अलि दौडेको जसरि घर तिर लागिन्।

गोरु बारिमा स्वच्छन्द बिचरण गर्दै थियो। हर्केले गोरु तिर हेर्यो र गोरुलाई बाटोतिर धपाउन खोज्यो! गोरु फेरि उल्टो घुम्यो। हर्के अगाडिपट्टि आयो र गोरुलाई चुट्न थाल्यो। एक फन्का मारेर गोरु बाटोतिर लाग्यो। हर्के पछिपछि गयो र बाटोमा पुग्यो। जाने बेलामा हर्केले फेरि यताउता हेर्यो, माथि घरको आँगनबाट बिस्टे बुढा पानीमा भिज्दै बारितिर हेर्दै थिए!

---

 

 

Last edited: 24-Jun-08 08:30 PM

 
Posted on 06-27-08 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ल ठीक छ हाम्रो देहाती बौवा मदनवाको एन्ट्री भएछ सिनिमामा ।

 
Posted on 06-27-08 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो दशा लाग्या नि फेरी रिट्ठे लाई
पैसो पनि छैन - कुइनु ले नि छाती मै लाग्या फेरी
बेहोशै हुने गरी - अोहो के अैलाग्यो रिट्ठे लाई

जिम्बाल अली पैसो ले बनभोज गर्न पुग्दैन -
तेतिसारो जितेकोनी छैन - ठुल्दाइ कम पैसो चोरेर ल्यायो क्या - सबै पीत: को पैसो कुम्ल्याको भदेखिन
जिन्त पनि धेरै जितिन्थ्यो - एती जाबो बिस तिस रुपैयाँ ले आफु एक्लाई लाई त पुग्दैन, उसैत जितौरी
लिने आशमा बसेको छ मान्छीहरु - बरु जिम्बाल भाट्टी तिर छिर्ने होकी, आज शुक्रबार पनि हो, के भन्छौ
ए बुढा - ठुल्दाइ को पैसो हो क्यारे - आप्क नही बाप का नही - म त दिलदार मान्छे पो हुँ त, हुन्छ भये
भेटुँ क्यारे साँझ पख -

हैन पैसो कमाउन कती गाह्रो छ, अझ म बाठो भयो रे - त्यो पनि तास खेलेर - खेल्या भेपो थाहा पाउथ्यो,
पहिले त खेल्न आउनु परो - हैन कती गार्हो काम छ यो तास खेल्नु पनि - थाहा हुनु पर्ने होनी -
ट्यार्ट्यार कुरा गरेर मात्र हुन्छ -

हैन हामी लाई किन कुट्ने ह भाउजुले - हाम्ले पैसो चोर्या हो कि क्या हो - तेसै हाम्लाई कुट पो भ्न्दो राइछ -
भाउजुलाई रिस उठ्या बेला - अझै, चुप लाग बरु - सबैलाई ओरेन्ज बल किनिदिउला - चुप लागेर बस -    
 
Posted on 06-27-08 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल कुम्ले को बुद्दी फिरेछ , मदनबा पो हिरो रैच तो, अब मैच्याङ पनि त्यतै होली नि

कुखुरो चाँही डोकैमा छ कि कतै छ?


 
Posted on 06-27-08 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेत्तेरिका क्या सेन्टी सिनमा राख्देको मलाई त ! धन्न बेहोस मात्र भ'को रइछु ! होस् आएपछी यि हर्के र दीप हरु लाई त मैले नि जानेको छु !
 
Posted on 06-27-08 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को छोटो मिठो पस्किसक्नु भएछ लन्च सँगै बडा मजा आयो, तर पेट भरिएन। 
मदन्वा को ईन्ट्री भएछ , अरे क्या बात छ्।
खै नातिनी ले उधार्या नाता बुझ्या भे त मार्दिम।
 
Posted on 06-27-08 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी "मेरी आमा जिम्माल बाकी छोरी " भन्नु को साटो "जिम्माल बा मेरो हजुरबा" भन्नु एउटै होइन र?
 
Posted on 06-27-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! कथा भनेको यस्तो पो त! अनि कथाको पात्र भनेको यस्तो पो त! बल्ल मेरो सफ्ट साइड अलिकत्ति देखिँदै छ कथामा! बाहिर जस्तो भएपनि मनको त सोझो मान्छे नै हुँ नि! नत्र रिट्ठेलाई त्यसरी बोकेर अस्पताल सम्म लैजान्थेँ होला त? घरि चुटिन्छ घरि बोकेर अस्पताल सम्म नि पुर्याइन्छ आफुँ त त्यसरी थैली बाटै पैसा चाँहि चोरिदैन आफ्नै साथीको! सोझो भनेको यस्तो पो!

चेलीको कमेन्टले चाँहि हँसायो!

हा हा हा सान्नानी! लोल! भनेपछि तितौरी मिसको छोरी??


 
Posted on 06-27-08 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्माल लोल
अब भने रिट्ठे हिरो भएर निस्कने भयो जस्तो छ, कुम्ले नि सोझै भएर निस्केला जस्तो छ। उहिले को कुम्ले र अहिले कुम्ले जस्तै।

 
Posted on 06-27-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"लोल! कथा भनेको यस्तो पो त!"


तेइ त है।।कस्तो  फिलिम हेरेजस्तो
जिम्माल बा ल  ल अती दामी

 
Posted on 06-27-08 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कमेन्ट गर्नुहुनेहरु संग भलाकुसारी एकछिनमा गरौँला।

अहिलेलाई कथाको रफ्तार बढाउन र धेरैलाई समावेश गर्न एउटा छोटो भाग-

 

माष्टरनीको निद्रा खुल्यो। भर्खर घाम उदाएको थियो शायद्।

आधादिन भैसकेछ!

माष्टरनीले मनमनै भनिन् र जुरुक्क उठिन्। संगै सुतेकी सान्नानि तिर नजर दौडाइन्; सान्नानी कोल्टे परेर कुनै सुन्दर सपना देखिरहेकी थिइन् शायद; उनको मुहारमा गहिरो निर्दोशता थियो। माष्टरनी सान्नानीको मुहार हेरेर त्यसै मुस्कुराइन्।

संगै राखिएको गिलाँस छोपेको कापी निकालेर एकातिर राखिन माष्टरनीले र गिलाँसमा भरिएको पानी घुटुघुटु पिउँदै रित्त्याएर गिलाँस फेरि पहिलेकै ठाउँमा राखिन्।

अचानक केहि सम्झिएर झस्किन!

राति नै यता ल्याएको भान्जीलाई, बिस्टे बुढा आत्तिरा होलान् लइदिन परो!

मनमनै भन्दै उनी सान्नानीलाई झक्झकाउन थालिन्।

सान्नानीले एक पटक अस्पटाएर निद्रामै माष्टरनीको हात समातिन् र अलिकता ढल्केर सुत्न थालिन्। माष्टरनी सान्नानीको मुहार हेरेर एक पल्ट फेरि हाँसिन् र फेरि झकझकाउँदै बिउँझाऊन थालिन्।

भान्जी!! भान्जी!

सान्नानी बिउँझिइन्, पल्याकपुलुक यताउता हेरिन्, र माष्टरनिलाई टुलुटुलु हेर्न थालिन्।

हिजो तिमी भात खाएसि निदायौ तेसइले पानीमा बाइर लइन मइँले!, हिँड घर जाम तिम्रा हजुरबा चिन्ता गर्दै होलान्!

सान्नानी केहि नबोलि चुपचाप उठिन्।

सान्नानीलाई डोर्याउँदै माष्टरनी बिस्टे बुढाको घरतिर लागिन्।

घर पुगेर हातले दैलो धकेलिन्। ढोका खुल्यो।

हजूरबाssss!!

सान्नानी बुढालाई बोलाउँदै भित्र छिरिन्, माष्टरनी संगसंगै भित्र गइन्।

बुढा थिएनन्।

माष्टरनी अचम्ममा परिन्, एकाबिहानै बुढा घरमा थिएनन्।

सान्नानि बुढा सुत्ने ठाउँतिर हेर्न थालिन् र अलिकता आत्तिएको स्वरमा माष्टरनीतिर हेरेर भनिन्-

माइजु हजूरबाको पाखि छइन, बाइर जानुभो जस्तो छ!

सान्नानिको रुन्चे स्वर सुनेर माष्टरनीको मनमा पनि चिसो पस्यो।

बिहानै नातिनी नदेखेर बुढा खोज्न निस्के जस्ता छन्, बित्याँस पर्ने भो!

मनमनै भन्दै माष्टरनीले सान्नानिलाई जिउमा च्यापिन् र भनिन्-

नआत्तिउ भान्जी, हजूरबा कतै बाइर गा होलान् एकछिनपछि आइहाल्छन् नि!

सान्नानी रुन थालिन्।

नरोऊ भन्या भान्जि हजूरबा आउनुहुन्छ!

माष्टरनीले फैरि फुल्याउने तरिकाले भन्दै सान्नानीको टाउको मुसार्न थालिन्।

सान्नानी हजूरबा सम्झेर रोएको रोयै गरिन्।

माष्टरनीले के गर्ने सुर पाइनन्। नातिनी हराइ भन्ने पिरमा बुढा खोज्न जता पनि जान सक्थे, र पिरैले बुढालाई केहि हुन पनि सक्थ्यो।

बित्थाँ हिजो म सित सुताइछु!

मनमनै पश्चाताप गरिन् माष्टरनीले।

केहि सोचिन् र सान्नानीको टाउको मुसार्दै भन्न थालिन्-

हिँड बा हाम्रा घर जाम, भउते मामालाई भनेर हजूरबा खोज्न पठाम्ला, अनि म मिठो मिठो पकाउँला अनि दुइजना मिलेर खाम्ला!

सान्नानी केवल रोइरहिन!

माष्टरनीले सान्नानीलाई बल्ल बल्ल डोर्याउँदै आफ्नो घर ल्याइन्। दुवैजना संगै माथि उक्लिए भउतेको कोठापट्टि। भउतेको कोठाको ढोका खुल्लै थियो र उसको ओछ्यानको सिरक राम्रो संग पट्ट्याएर राखिएको थियो।

देवरजी पनि कता हिँडिसक्नुभएछ!

माष्टरनी बर्बराइन्। सान्नानि फेरि रुन थालिन्-

हजूरबा भाठाँ जानेsssss!!”

सान्नानी रुँदै पिरेकको देखेर माष्टरनीलाई फकाऊन गाह्रो लाग्न थाल्यो।

उनले सोचिन् र भनिन्-

ल भन भान्जी, तिम्लाई रमैलो लाउने ठाममा जाम्, काँ जाने भन त?

हजुरबा भाठाँssssssss”

सान्नानी फेरि हजूरबा भएको ठाउँमा जाने भन्न थालिन्। माष्टरनीले कता लैदिनु! अप्ठ्यारो अनुभव भयो उनलाई। उनले दिमाग दौडाइन्, केहि बेर सान्नानीलाई रुन दिइन् र टुकरुक्क बसेर सान्नानीको दुवै कुम दुई हातले समातेर सान्नानीको अनुहार हेर्दै मुस्कुराउँदै भनिन्-

हजूरबा र भउते मामा भान्जीलाई किलिप र पापा किन्दिन गका रे, एकछिन पछि आम्छन्, तेतिन्जेल भान्जि माइजु भर तितौरीकहाँ गएर लुकामारी खेल्ने है? अनि जिम्माल बाले पुस्टकारी नि दिनुहुन्छ काठमाउँडुबाड ल्याछन रे!

माष्टरनीको यो वाक्यले भने सान्नानीको रुवाइ सुरुमा केहि कम भयो।

यहि मौका छोपेर माष्टरनी फेरि भन्न थालिन्-

अनि तितौरी संअ गट्टि नि खेलम्ला, कल्ले जित्ने है त?

केटाकेटिको मन न हो, तितौरी संग गट्टि खेल्ने र जित्ने सम्झेर सान्नानीले सबै कुरा बिर्से जस्तो गरि र आँशू भरिएको आँखा तत्कालै हाँस्न थाल्यो।

माष्टरनिलाई हेरेर हाँस्दै भनिन्-

मइँले जित्ने, तितौरीले जित्ने अनि हउरले जित्ने!

सान्नानी हाँसेको देखेर माष्टरनीलाई राहत महशुस भयो। उनले सोचिन्-

तितौरी संग खेल्न पाए एल्लाई नि रमैलो, म नि जिम्माल संग यसो दुईचार बात मार्ने थेँ!

उन्ले प्रत्यक्षत: सान्नानीलाई भनिन्-

ल म नाना लाउँछु, त्याँसि हामि छिटो छिटो तितौरीसित गट्टी खेल्न जानि!

सान्नानी खुसि देखिन्थिन।

अनि पुस्टकारी नि खाने है?

सान्नानी हँसिली भएर बोलेको देखेर माष्टरनी खुसि भइन् र दराज खोजेर लुगा झिक्न थालिन्।

------


 
Posted on 06-27-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल भन भान्जी, तिम्लाई रमैलो लाउने ठाममा जाम्, काँ जाने भन त?

हजुरबा भाठाँssssssss”


बिचरी सान्न्नानी!!


 
Posted on 06-27-08 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जा रिट्ठेलाई रोयो भनेर जिस्काम्ला भन्दै थेँ ह्याँ त आँफै व्हाँ व्हाँ गरेछु, धन्न जिस्काइनछु

Oh so sweet Jimmal ba..........I will meet titauri in next part? Thank You!!!


 
Posted on 06-27-08 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुच्चिङ पर्‍यो सान्नानी लाई ! मलाई जिस्क्याउने भको !

जिम्माल बा ले लेख्न चाँही सक्ने हो बा ! हैन त्यो बुढो हड्डी दुख्दैन कि क्या हो टाईप हान्दा हान्दा?


 
Posted on 06-27-08 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहि मौका छोपेर माष्टरनी फेरि भन्न थालिन्-

अनि तितौरी संअ गट्टि नि खेलम्ला, कल्ले जित्ने है त?

केटाकेटिको मन न हो, तितौरी संग गट्टि खेल्ने र जित्ने सम्झेर सान्नानीले सबै कुरा बिर्से जस्तो गरि र आँशू भरिएको आँखा तत्कालै हाँस्न थाल्यो।

माष्टरनिलाई हेरेर हाँस्दै भनिन्-

मइँले जित्ने, तितौरीले जित्ने अनि हउरले जित्ने!

 

So Cute! Malai Nishchay ko yaad aayo. He used to say, "Malai hajur mann parcha, baba mann parcha ani mamu mann parchha". He would not leave anybody, if I asked him to choose one best person. Very Nice- Birkhe Maila!

 

:-)


 
Posted on 06-27-08 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-27-08 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओ हो सान्नानी कता गयिछिन भनेको त, मास्टर्नि नानीको घरपो गाकी रैछिन, सस्पेन्स बल्ल खुल्यो है ।
हैन यो रिठ्ठे बजिया किन बेला बेलामा मिठुन, ब्रुस्लीको कुरो लेर आउछ, लौ हाम्रो दुस्मनी पनि हल गर्नु परो जिम्माल।
अनी फेरी जिम्माल पनि आएछ फिलिम मा, अब जिम्मालको रोल के हुन्छ हेर्न मन छ मलाई चै।

 
Posted on 06-27-08 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा अब जदौ अर्न छोडेर सलाम अर्नु पर्यो हउरलै ।हरेनारान  त्यति विधि मुया अर्ने मेरा सिसहरु अब  भान्जी र छोरी हुने भए ---  लौ ठिकै छ तितु सअ भेट हुनि भा'सि --- :)

मैले पहिले लेखेको सानो गन्थन है त  मैले नाम फरक पारेर राखेको सान्दर्भिक लाग्यो के तर जिम्माल बाले लेखेको जत्ति जीवन्त  र ग्रामिण परिवेसको नहुन सक्छ तर मेरो प्रयास – 'कथा जिम्माल बाको ब्यथा नलिखुट्टाको-पहिलो भाग' ( जिम्माल बा   रिसानी माफ है )-------------------------------------

प्लिज मेरो ममी बनदिनुस न आज-- झस्किन्छु ,स्तब्ध हुन्छु,म भित्र छुपेको ममता उथुलपुथुल हुन्छ। म प्रति उस्को लगाव झन झन बढेको पाउछु । किन किन उस्लाइ छातिमा राखेर रुन मनलाग्छ । उ मेरि होइन तर मेरो मुटुमा बसेकि छे।उ मेरो अंश होइन तर मेरो ममताले रंगिएकि छे। उ मेरी हुदै होइन तर पनि मेरो सुख र दुखमा सहभागि भैदिन्छे । उस्को अनुहार मलिन हुदा मलाइ पिडा हुन्छ ।उस्को आँखामा आँशुमा देख्दा  मेरो परेलि रसाएको पाउछु म। म उसको कुनै पनि अनुरोध नकार्न सक्दिन ।

तिमी के भएकी?’ म नचाहादा नचाहदा पनि उ प्रति असहमति देखाउने प्रयासगर्छु।

हेर सानो मान्छे ज्ञानी हुनपर्छ ।ठूलो ले भनेको मान्नु पर्छ ।एकतर्फि अधिकार प्रयोग गर्छु म।

‘हस म हजुरले भनेको मान्छु। ल आज मेरो ममि बन्दिनुस नफेरि उहि शब्द दोहर्याउछे

‘किन? मैले म भित्रको ममतालाई दबाउने कोशिस गर्दै प्रतिप्रष्न गर्छु।

उस्को निर्दोष आँखा मतिर घुमाउदै भन्छे---

‘आज अभिभावक दिवस अनि रिपोर्ट-कार्ड पनि दिने रे मिसले भनेको।‘

‘स्कूलमा बाबा ममि जानुपर्छ रे सबैको बाबा ममि आउछ अनि मेरो चै .....’उ बिचमै रोकिन्छे ।मानौ उस्को गला अबरुद्द हुन्छ।

म अलमल्लमा पर्छु ।उस्को पिडालाइ सहन गर्न सक्ने क्षमता म भित्र छैन।मेरो मन दुइ टुक्रा हुन्छ ।म कसरी उस्को आमा बनू ?!समाज, चळन, मेरो परिस्थिति ले मलाई औला तेर्स्याएको अनुभव गर्छु म।

     अर्को मन उस्को विवसता र पिडालाइ महसूस गर्न थाल्छ ।मेरो मन कल्पिन थाल्छ, मेरो सानो साथले उ भित्र आत्मविस्वास पलाउछ भने, म उस्लाइ  किन साथ नेदउ त ?  मैले उस्को स्कूल जानु पर्छ।यो नै मेरो उ प्रतिको सच्चा प्यार हो- चोखो ममता हो ।सबै सामाजिक परिबन्धहरु रितिहरु मेरो लागि तुच्छ लाग्छन।मेरो परिस्थिति त्यो त मेरो आर्जन हो , मेरो भावना मेरो जित बनेर आउछ ।सहास जागेर आउछ । म उस्को कपाल सम्याउदै भन्छु

‘ल जाउला नि त तिम्रो स्कूलमा, बरु भन तिंमी को  भनेर चिनाउछ्यौ त तिम्रो साथीलाई?’मैले उ भित्रको तिरूपढ्न चाँहे।

‘मेरो ममी’।उस्ले सजल आँखा भित्र चमक ल्याउदै एक निमेषमै जवाव दिन्छे।

उसको अनुहारको खुशी सजिलै पढ्न सक्छु म । मलाइ कता कता मिठो अनुभुति हुन्छ, आन्नद लाग्छ मेरो टुक्रिएको मन जोडिएको आभास हुन्छ।

    

कुनै अपरिचित बुढोमान्छेसंग ६ वर्षकी सानी बच्ची स्कूलको झोला बोकेर मेरोमा बस्न आएकि थिइ। मलाई अनौठौ लागेको थियो न उस्को आँखामा आशु थियो न उस्को अनुहार उदास न खुशी न हाँसो।लाग्थ्यो  मानौ उस्ले सबै झेली सकेकि छे, जीवनको यात्राको शुरुवात संगै उस्ले यो कलिलो उमेरमा  निकै उकालि ओराली पार गरेकि छे। खै किन किन उस्को आगमन संगै म भित्र एककिसिमको खुशी भित्रिएको थियो उस्को पिडाभन्दा बढि।

  ‘आन्टी म तयार भए’ सेतो  र निलो स्कूल ड्रेस अनि हातमा टिफिन लिदै उ मेरो नजिकै आएर भन्छे

उस्को यो ‘आन्टी’ मलाइ मनै पर्दैन । अघी भर्खर देखि म भित्र कुनै नया भावना संप्रेसन भएको छ । लाग्छ उस्ले ममीभनेर बोलाओस। J मेरो हात समातेर हिडोस् ,मेरोआँखा भरि छाइरहोस  उसको हसिलो अनुहार। म उस्लाइ आँखै नझिम्काइ हेरि रहन्छु उ भित्रको बालसुलभ  लज्जालुपन मलाइ  निकै मनपर्छ । दुबै गालामा चुम्बन गरू गरू जस्तो लाग्छ, अनि छातिमा टाँसेर हृदय भरिको ममता छताछुल्ल पोखिदिऊ जस्तो लाग्छ ।उ मेरो नजिकै आएर हात समातेर भन्छे ‘चाँडो जाने के’ म भित्रको मातृत्व उर्लिएर आउछ ठ्याक्कै मेरो कल्पना मेरो वास्तविकतामा परिणत भएको पाउछु म।मन भित्र कता कता रमाइलो तर अनौठो लागेर आउछ। उस्कोअनुहारमा उस्कै बाबाको आकृती धेरै देख्छु म। उस्का आँखा निकै चम्किला तर अलिक साँगुरा छन । हेराइ निकै गम्भिर छ तर बानी चुलबुले छ- छिनछिनमा बदलिन्छ । म उस्को हात समातेर स्कूल तिर लाग्छु। उस्को मुहारमा नया कान्ति फैलिएको छ। फुरुंग हुदै चारै तिर हेर्दै निर्धक्क हिड्दै छे उ।

‘आन्टी मेरो मिस’- उस्ले पर बाट आउदै गरेकी शिक्षिकालाइ औला ले  देखाउदै  भन्छे।

‘आन्टी होइन ममी भन’उस्को आँखामा हेर्दै मैले सचेत गराउछुएक्कासी कहाँ बाट फुस्कियो त्यो शब्द मआफै मा स्तब्ध हुन्छु। उस्ले म तिर टुलुटुलु हेरिरहन्छे। उस्को अन्तर्मनले शायद यो स्विकार्न नसकेको हुनुपर्छ।

 ‘मिस नमस्ते!’  उस्ले टाढैबाट नमस्कार गर्छे । उस्को परिपक्वता देखेर म अचम्म पर्छु। ‘’मेरो ममिउस्ले अक्मकाउदै मेरो परिचय गरिदिन्छे । शिक्षिका मुस्काउदै म तिर हात बढाउछिन। म हात जोड्छु। केहि भन्न खोज्छु तर निशब्द उभिइरहन्छु । पहिलो पटक आप्नो परिचय लुकाएकी छु मैले। कता कता नमिठो लागेर आउछ ।

‘यसपटक तितौरीले पहिले भन्दा राम्रो गरेकीछिन।चित्रकला प्रतियोगितामा पनि प्रथम भएकीछिन’-शिक्षिका उसको टाउकोमा हात राख्दै कुरो शुरु गर्छिन।

‘होर?’

‘हो त तपाइलाइ थाहा छैन र ,तितौरीको चित्रहरु निकै आकर्षक र अर्थ पूर्ण हुन्छन। सानै उमेरमा  पनि उनि यति राम्रो चित्र कोर्न सक्छिन।‘

शिक्षिका कक्षा कोठामा प्रवेश गर्दै देखाउछिन – ‘ल हेर्नुस त  त्यो पर भित्तामा टाँसेको चित्र तपाई विस्वास गर्नु हुन्छ यो चित्र तितौरीले बनाएको’’  – सानो तलाउ वरिपरि फुलहरु फुलेको छ   सफा  निलो पानी र सानो ठूलो माछाहरु पौडिदैछन। नझिकै पहाड ठूलो  ठूलो ढुंगाहरु र  माथि पहाराबाट खसेको  छहाराले प्रकृतिलाई निकै सुन्दर बनाएको छ। वनको  नजिकै अलि पर सानो पराले झुप्रो र नजिकै पाखामा गाईचरन रहेछ।चित्रले प्रकृती र जीवनबिचको सबन्धलाई सरल तरिकाले प्रस्तुत गरेको देखेर   आश्चर्यचकित हुदै सोधे 'कसले सिकाइको यो बनाउन तिमीलाई?—मलिन अनुहार लाउदै  तिरूले जवाफ दिन्छिन ‘हजुरबाले’

क्रमस:---

( कम्पयुटर ले धोका दे'र बर्वाद नै गर्यो--  एउटा राख्छु भन्दा अर्को परेछ मिलाउछु भन्दा कम्पुटर नै बिग्रियो :(  खै अहिले कस्तो भयो ?--अरु नि लेख्दै जानेहो  जे पर्ला पर्ला :P)

 

 

 
Last edited: 28-Jun-08 12:18 AM

 
Posted on 06-27-08 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार!! गफ गर्न आउन पाइएन, कथा लेख्न थालियो, साहुको काम छलियो, तारेमाम्।

'कथा चौतारीको' पढ्दै जानु भएको छ! आगामि अंकहरुमा कम्तिमा पनि  निम्न प्रश्नहरुका उत्तर आउने क्रम रहने छ।

--पर्वते अझै कता बेपत्ता भयो??????? के मुगलान भासियो नाक काटिने डरले???

--कुम्लेको डोकोमा भएको कुखुरामा मदनवाको आँखा पर्यो कि परेन?

--के कुम्लेले त्यति दुख गरेर चोरेको भाले रउसि सित लुछ्न पायो????

--रिट्ठेलाई होश कहिले आउँछ? होश हराउने बेलामा कुम्लेको कालो अनुहार देखेको रिट्ठेले आँखा खुल्दा कसलाई देख्ला???

--पुन्टे बुढा चौतारीमा आइपुग्दा बिहानै भएछ, रातभरि के गरेर बसेछन्? भाले हराएको कतिबेला थाहा पाउलान्?

--पुन्टेनी बुढि एकाबिहानै कोरिबाटि गरेर कता जान लागेकि रहिछिन्?

--नेपे दाईको के भयो??

--नेप्चि भाउजुले कैले साहुको पसलमा पुगेर के गरिन्?

--के ठूल्दाईले अझै हारे? कुचो खालान कि अझ दुई चार वटा गैँडा चुरोट फुक्लान?

--दीप शबुलाई भेट्न हतार हतार गरेर हर्केको घरबाट निस्केको थियो, तास खेल्न बसेछ, शबुलाई भेट्छ त?

--शबु को हो? कस्ति छिन?

--कुम्लेको घुराई बाट तर्सेकी दिपुको के भयो?

-रगतपछ्छे भएर ढलेको हरीको के भयो? कुम्ले संग बदला लेला त?

--जुरेलीले कसलाई प्रेम गर्छे? भउतेलाई कि पर्वते लाई? कि अरु कसैलाई?

--लहरे र सुन्तलेले कति पैसा जिते?

--के रिट्ठेले कैले साहुको रिन तिर्न सक्ला त? पैसा कसले चोरेको थाहा पाउला त?

--बिस्टे बुढा सकुशल दोभाने पुग्न सफल भए?

--भउतेले जुरेलीलाई कहिले भेट्छ?

आदि इत्यादी......

प्रतिक्षा गर्नुहोस!!

लोल!

 

 


 
Posted on 06-27-08 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मिसको कथा नि आएछ हैन त! तर कथा राम्ररी पेस्ट नभएको हो कि कसो? अलि अक्षरलाई सानो बनाउनु भए पढ्न सजिलो हुन्थ्यो नि। यो भाग त बिचमै रोकिएछ नि। ल मिस यसो एडिट हान्नु पर्यो। जत्ति पढेँ निकै रमाइलो लाग्यो।


जिम्माल बाको ट्रेलर हा हा हा! भनेपछि बबाल रोल पाइएको रहेछ हैन त? जहाँ नि कुम्ले लेखेको देख्छु म त! हे हे हे! ल दामी छ! आफ्नो रोल त उहि पुरानो "टाढाको बस्ती" को जुठे को जस्तो लाग्न थाल्यो। सुरुमा बबाल भिलेन पछि हरिले बदला लिनेबेलामा फेरि हिरो! लोल!!


 
Posted on 06-27-08 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ट्रेलर हेरे सि त सिनेमा त ब्लाक मा तिरेरै हेरुं हेरुं लाग्यो है कुम्ले मलाई नि।

अघी मैले पेश गरेको टिप्पणी अनुसार को सीन पनि राखियोस है जिम्माल।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
To Sajha admin
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters