[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २२ ~

[Please view other pages to see the rest of the postings. Total posts: 469]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
[VIEWED 127697 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 24 pages, View Last 20 replies.
Posted on 08-13-06 2:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत छ सप्पै चौतारवासीलाइ यो २२ औ चौतारीमा । अरु चौतारीहरु जस्तै २१ औ चौतारी पनि राम्ररी सकिइ २२ औ चौतारी चिन्दा सप्पैसंगै म पनि दंग भको छु, अनि यो नया चौतारीमा रमाइलो गर्न मैले पनि कम्मर कसिसकेको छु । अघिल्लो चौतारीमा एक से एक प्रस्तुती भएका थिए । कथा, कबिता र गाइजात्रे सामाग्रि, यति राम्रा भएकि हप्ता दशदिनमै ५०० हारा हारि का धागा बने । हरेक १५- १५ दिनमा चौतारी चिन्दा अलि ब्यबस्थित भएको हो कि जस्तो लाग्छ । यसमा अरुहरुको बिचार के छ कुन्नि ? यस पटक चाइ सधैको रमाइलो सितै चौतारी महोत्शवको लागी थप गफ पनि
गर्ने मेरो सल्लाह छ ।

फेरी पनि चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिरु, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल,फुलौरे ,कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ यो नया चौतारीमा स्वागत गर्दै रमझम गर्ने वातावरण तयार पार्न चाहान्छु । माथिका नाम भन्दा बाहिरका चौतारीमा हेरेर रमाइलो गर्नेहरुलाइ पनि हउसाउदै चौतारीमा चिसो हावा खान आइराख्न चौतारीवासीको तर्फबाट अनुरोध गर्न चाहान्छु ।




आँङ्ग किन तन्काउछौ त्यसरी
अल्छी त मलाई लागेको छ यहाँ!

हाई किन गर्छौ त्यसरी
निन्द्रा त मलाई लागेको छ यहाँ!!

हरेस किन खान्छौ त्यसरी
दशा त मलाई लागेको छ यहाँ!

चरेस किन खान्छौ त्यसरी
नशा त मलाई लागेको छ यहाँ!!


 
Posted on 08-15-06 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haa haa haa!! fulaure ko kuraa...lol!!
 
Posted on 08-15-06 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि फुलौरे तिमि नया मुन्चे अनि के था, जिम्माल् बा को जिम्माल्निआमा अनि पुन्टेदा को चै ठुल्भाउजु (हाम्रो भाउजु जेठि) माइलि ,राइलि, साइलि, काइलि धोबिनि अनि जुरेलि पनि ,घर मा छन् ,बुझेउ । :पि अझ नि तिम्री बुइनिहरु दिन्छौ भने देउ ।
 
Posted on 08-15-06 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिनफेरा दाँताँ बजाइदेको, मुखा'ट रगत भलभली आओ के रे। अन्त्याँसी "जुरेली तिम्रै भई भउते, मुलाई नमार। म मरेँ भुने धोबिनीले क्यारी जिन्तखी कटाउली। त्यसका च्यात्तेका पेटीकोट फेर्दिनी भुनेको नि जुगै भो। म नै नरहे त्यसको पेटीकोट कोल्ले फेर्देला " भनेर यै चौतारीका मुन्छेका मुखिन्जेल बुढो मुन्छे धरधरी रोए। तिनका मुयाँले भन्दा नि धोबिनीको मुयाँले फेरि हात उठाउन मुन लागेन के मलाई नि। कैले काही रउसी खान त्यै धोबिनीकाँ जानु पर्ने के रे आफूलाई नि। फेरि जुरेली नै मेरी हुने भे'सी, पुग्यो केरे नि मुलाई। अब आफ्नै गाम कै मुन्छे हुन। गाम्ले भुनेका जीम्दाका जन्ती, मुर्दाका मलामी भुनेर छाडिदिएँ।

रात रहे अर्गाठ मौलाउँछ, तरुनी देखे पुन्टे बौलाउँछ भन्नी त गाममा उखानै बन्याछ के रे। त्यै भर काम कुरो सकीहाल्नु परो भनेर पर्सी पल्टै कुरो छिन्नी अन्त्याँसी टिका लाउनी भनेर सुर अरेँ। "टीका लगाम्नलाई धेरै मुन्छे नलेउ, बरु जन्ती जति ल्या' नि हुन्छ। सालीको नि आफ्नो भन्नु कोइ छैन, मैलेइ हो कन्या दान दिनी। मेरै घरमा आउ" भनेर भनेकाले गाम्लेहुरलाई थाह नदिकन सिरे ज्वाँई र जमुनीलाई मात्र लिएर गएँ। अब त आफ्नै हुनि हो के रे जुरेली, भुनेर एउ तोलाको सिख्री पनि आजै लाइदिनु परो भनेर लिएर गएँ। जाँदा त तिनका घराँ खशीको मासु मङ्ग बसाइ रा'को। कुखुरो धेरै खा'र हो कि कुन्नि, आफूलाई त बिहान उठ्ने बित्तीकै चार खुट्टा टेकेर "कुखुरीssssssssssss काँsssssssssssssssssssss" अरेर बासुम बासुम लाउँछ के आजकल। त्यै भर खशीको मासुले मुख नै रसायो के।

टीका लाम्नी भनेर जुरेली र म सँगै बसेम। पैला त भुँडी ढ्याम ढ्याम ढ्याम ढ्याम बजाउँदै तिन फेरा घुमेर क्वाँक्क ठुँगुम ठुँगुम ला'थ्यो जुरेलीलाई। धेरै कुखुरो खाको भ'र त होला नी, खै त्यस्तो भा'को! फेरि सम्हालिएर बसेँ। लाजले त होला नि बरा ! मुख पनि घ्वाप्लाक्क छोपेर बसेकी के जुरेली। मेरो मोजा प्वाल परेकोले अरुले देउछन कि भनेर खुट्टा लुकाउँदै थेँ। जुरेलीले कस्ता मोजा लाइरे'छे भुनेर यसो त्यसका खुट्टा तिर हेरेको त त्यसले नि खुट्टा लुकाउँछे बाई। त्यसका मोजा नि च्यात्तेका रे'छन के रे भनेर पैला त खुशी नै लाओ के मुलाई।

एउ फेर यसो झुक्यार हेरेको त जुरेलीले मोजा नै ला'की रैनछे। तर मेरीबास्सै !!! खुट्टाका औँला त बाङ्गा बाङ्गा उल्टोतिर फर्केका छन त। जुरेलीका औँला त त्यस्ता थेनन्, कुरो याँ झिरीप छ जस्तो लाओ। पैला माशु खाइहाल्नु परो अन्त्याँसी जे अर्नु पर्छ अर्नु पर्ला भनेर चुप बसेँ। एउछिन मै त पण्डित ले "ल भउते-बाबु, जुरेलीलाई सिन्दुर हाल्दिनुस्" पो भन्छन्। "हैन, हाम्रा गाममा त टिका लाम्नी दिन त सिन्दुर हाल्दैनन् त ! बिहेका दिनमा पो सिन्दुर हाल्नी" भने मैले। "याँ को चलन त्यस्तो होला, उता धोबिघाट........... (अनकनाउँदै, पुन्टेदाइको मुखमा हेर्दै) ए ! साँच्ची आरुघाट तिर को चलन हो रे क्या, भउते-बाबु" भन्छन के रे पन्डित ले त।

मेरो शँखा याँ पक्का भो के। अन्त्याँसी, "सिन्दुर हाल्न त घुम्टो झिक्न परो नि" भन्दै त्यसका पछ्यौरी तानेको त, ओहो !!!!!! यो त धोबिनी की बहिनी घ्याल्से पो रै छ त। झण्डै फसिएनछ ल ! यसो बाहिर हेरेको त सेखामतिरका ५-६ जना भुसतिघ्रेले घेरेर बसेका गाँठे। अनि " कि सिन्दुर हाल्, कि तेरा करङ्ग खुस्के भउते, आज" भन्दै पुन्टेदाइ नि पाखुरा सुर्किन लागे। सिरे जवईँ चैँ कसो कसो सिकुवाको ढोका बाट फुत्त निस्केर मकैबारी मकै बारी भागे। म पनि डिलबाट फुत्त सागबारीमा फुङ्गालेर गैह्राबारी हुँदै घर आएँ। कसो कसो बचियो भनुम न।

जुरेलीलाई कता लुकाएछन कुन्नि। अनि त गाममा जुरेली भउतेकी भैसकी भनेर झ्याली पो पिट्दै हिनेका रेछन। हैन यी पुन्टेदाइ कति कपटी हुन गाँठे। जुरेलीलाई यै चौतारीमा ल्यार सब्का सामु मेरा हाताँ सुम्पिन्छौ कि अस्ति हल्लेका दाँत फर्याम फुरुम यैँ झार्दिम हँ ? :p :p :p

:-)
-भउते
 
Posted on 08-15-06 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुइले त एउटा बिहे आवश्क्ता, दोश्रो बिहे मुर्खता अनि तेस्रो बिहे पागलपन भनेर सुनेको .................. अब यो पुन्ते दा लाई के भन्ने , ha ha ha ha ha ha :p
 
Posted on 08-15-06 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D:D:D: kati hasaeko haha
 
Posted on 08-15-06 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिहिहिहि लौ शत्यानास् भा रे'च नि त कुरो ,भौतेदाइ बिचरा :O :O :O

ऐया कति हसाउन सक्या होला भौतेदाइ ले
 
Posted on 08-15-06 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tei ta hai titauri..
 
Posted on 08-15-06 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो आधि उमेर चाइन्जो बित्ने बेलाँ एसो घरजमको कुरो निक्ल्या के थो, भाँजो हाल्न आइपुगे गाम्लेरु।

कुरो के भने नि फुलौरे जेठान, चाइन्जो अब उमेर त बुड्बुडै हो मेरो तेसैले सपैले ‘बा’ ‘बा’ भनेका। अनि अब गाम्का सपैले ‘जिम्माल बा’ भन्दा पक्कै पनि घराँ जिम्माल्नी आमा होलिन भन्ठानेका। काँ पा’र हुनु, जिम्माल्नि खोज्दा खोज्दै त यो गति भाको नि मेरो। उइलेई गाममा गल्लावाल आम्दा लाउरे दाई र म दुबै छेकिन गाको। हाम्रा बा ले “ लु तिमेरु दुई भाईमा एक भाइ लाउर जानु अर्को यतै चाइन्जो गाममा बस्नु” भनेर भन्नुभो, लाउरे दाइ छानिइहाले आफ्नो के जाति छातिको नाम नपुगेर मिल्क्याइदियो।
त्याँसि घरमा एक्लै भइयो के रे कामकाज अर्ने, अनि त बे अरुम भन्दा भन्दा कइले घर खेतको लन्ठा, कइले गामको नियाँ निसाफको टन्टा, कइले चाइन्जो असार कइले मुइँसिर अर्दा अर्दा यो उमेर भो।
अब एक्लै घराँ बस्छु भन्दा गाम्लेले खासखुस कुरा चाइन्जो अर्छन कि भनेर घराँ नभा जिम्माल्निको नि कुरो अरेको मात्तै हो नपत्त्याए भउतेलाई सोध्नु, बुइनि दिए हुन्छ।:)

हा….लौरी कटाईदेऊ
जेठान बैनिलाई घरमा पठाइदेऊ..

 
Posted on 08-15-06 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



भाउते गुरु दर्सन,

धेरै दिन पछी झुल्किनु भयो नी।
 
Posted on 08-15-06 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!! भउते,

ठोकम पुन्टे दाईलाई!!
 
Posted on 08-15-06 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए जिम्माल् बा अस्तिन जिम्माल्नीले सन्दुकको साचो दिइन भनेको हैन त, गुद्पाक् लुकाएर?
 
Posted on 08-15-06 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे बिचरि घ्याल्से, बे अर्ने भ’ भउते सँअ नै गर्छु नत्र गर्दिन भन्थि। बिचरा पुन्टे दाईले धर्म अर्न खोजेका रेछन भउतेले कताटि चाल पाएछ......
 
Posted on 08-15-06 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ रिसले आर्कि खोज्या जस्तो छ जिम्माल् बाले। फुलौरि नपत्त्याउ है कुरो
 
Posted on 08-15-06 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि सान्नानी भनेओ हो, तर कुरो अर्को परो के।
हेरि हाम्रा बा पनि जिम्माल, अनि हाम्रि आमा जिम्माल्नि, गुँदपाक नदेको रिसमा जिम्माल्नि भनेको के, मैले अलि अलि रिसमा जिम्ममाल्नि बुडि भन्छु के आमालाई।
सानै देखिको बानि हो क्यार्नु। अब बुडो भ’को छोराले धेरै गुलियो खाएर दाँत झर्ला भुनेर आमाले गुँदपाक लुकाऊनुभएको के :)
 
Posted on 08-15-06 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भान्जी, जुरेली-माइजु भित्र्याम्ला र यसपाली दशैँमा हउरहरुलाई बोलाम्ला भनेको। त्यस्तै भो, के अरम त। आफै भाँडा माझ्नीहो भने आउनुस के रे। :-)

तितौरी, भाविको लेखा के। मुलाइ यी पुन्टेदाइले सताम्नु सता'छैनन् त नि। क्यै चै नि जुरेलीलाई भगाइहाले नि घर गरी खान देलान जस्तो ला'छैन मुलाई। :p

नेप्चे, गुरुको त बेहालै छ नि। यस्तो भा'सि गाम्मा कसरी मुख देखाम, तिमी नै भन त लौ !

नछोड्नुस बिर्खे जिम्माल नछोड्नु। फुलौरेकी साली नि त्यै पुन्टेदाइले स्याहार्न खोजेको जस्तो छ, बिचार अर्नुस है। गाममा केटी मुन्छे देख्नै हुन्न भन्या। :-) बरु बरु २-जना मिलेर रामधुलाई अर्ने हो कि ? :p

:-)
-भउते
 
Posted on 08-15-06 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माझ्छु भाँडा हुन्छ मामाघर आउन पाए के चाहियो नि। साँच्चै आइदिन्छु है म?
 
Posted on 08-15-06 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल् बा कति झुठ् बोल्या , लौ अस्तिनै कता हो आउरेजि तितौरि को नाच् सेक्या बडि जिम्माल्नि स बसेर हेर्या भनेको होइन ।अझ ,हो त नि सान्ननि गुद्पाक् नि जिम्माल् नि लुकाइकि छे तितौरि तिमेरु आएर माग अनि मैले नि खान पाउछु भन्या नि हो ए आइले आ'र चै के के रे आमा रे , आमा भे'त हामि जिम्माल् नि हजुराँ भन्थ्यौ नि हैन त सान्नानि?
 
Posted on 08-15-06 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त भौते दाइ बरा हजुर् लाइ कति सास्ति हो , कि छोडदिनुस् जुरेलि त्यो भन्दा राम्री भङेरी खोजौला , के भन्नु हुन्छ? :p
 
Posted on 08-15-06 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त नि तिरु बुढेश् काला केके हुन्छ भन्थेँ साच्चै हो रे छ, हिँड आजै जाउँ जिम्मल्नि आमाका अनि भन्दिउँ जिम्माल् बा मात्तेको कुरो।
 
Posted on 08-15-06 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:O साच्चै हो त लौ जाँउ ! :p
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
whats wrong living with your parents ?
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters