[Show all top banners]

fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 जीवन ब्रित्तमा घुम्दैछ

[Please view other pages to see the rest of the postings. Total posts: 29]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 14201 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 06-02-08 4:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मोटाईछौ ।" कुराको शुरुवात यसरि नै गरे मैलेँ । हुन त मैले उसमा खोट देखेको होइन ,सबै ऋतु हरुमा मलाई उ उस्तै लाग्थी भन्ने कुरा पनि शास्वत छ ।मलाई थाहा थिएन त्यतिखेर यी शब्द हरुले उसको मनमाँ कस्तो असर छोडे किनकि केटिहरुलाई मोटाएको कुरा गरिदिनु राम्रो मानिन्न तर तिस बर्षको अन्तराल मा म अल्लारे ठीटोबाट लोग्नेमान्छे भएँ भने उ पनि त केटिबाट आइमाई भइ होलि नि ! जे होस् पाँच मिनटको सुनसान यात्रा,हामी दुवैको मौनता तोड्ने क्रमको औपचारिकता निभाएँ ।यो आश्चर्यजनक भेट पचाउन गारो भइसकेको थियो मलाई , तिस बर्ष निकै लामो समय हुन्छ । अब के नै बाँकि थियो र हामी बिच औपचारिकता बाहेक । चियाको प्रस्ताव मैले नै राखेको हुँ ,शायद म पुराना दिन पल्टाएर आँफै दर्शक भएर पर्दा नियाल्न चाहन्थेँ । कुनै बेला त्यो क्याफे र आइसक्रिम पार्लर भेट्ने बहाना हुन्थ्यो ,गोजि मा पैसा नै नभए पनि बुवासँग कहिले कलम किन्छु भनेर ,कहिले ल्याब सिट सिद्धियो भनेर जे होस बिभिन्न बहाना बनाएर ल्याएका पैसाले ! आज पैसा छ ,तर बहाना छैन अनि साथ नै भएर पनि उ छैन ।

"होला ,बुढि पनि त भएँ नि ,बुढेसकालमाँ त्यसै जिउ लाग्छ भन्छन् । "उसले समय माथि गुनासो पोखी अथवा अर्को शब्द मा भनौँ दोष थोपरी ।कपाल मा रातो मेहेन्दि लगाएर उ समय रोक्न खोजिरहेकि थीइ ,अरु बुढी आइमाईको तुलनामाँ उसको कपाल रेशमी नै लाग्थ्यो तर आँखा को चश्मा ,अनि थोरै नै भए पनि ति खुम्चिन शुरु गरेका ति सेता गालालाई कसरि सम्झाओस उ समय रोक्न चाहन्छे भनेर ।गालाको खाल्डो भने यथावत नै रहेछ ,कुनै कुनै कुरा को अगाडि समय पनि बिवश हुन्छ शायद ।

"बुढि नै त देखिएकि छैनौ । " मैले गालाको खाल्डो नियाल्दै भनेँ । उसको मुस्कान थोरै अरु थपियो गालाको खाल्डो थोरै अरु गहिरो भयो । क्याफे मा कुनाको कुर्सि खालि रहेछ ।मलाई अझै याद छ यो कुर्सि हामी दुइको ठेक्का जस्तै नै थियो पुराना दिनहरुमाँ ।

"कहिले फर्केको क्यानडा बाट ?"

यो प्रश्न को उत्तर मलाई सुन्न मन थिएन तै पनि सोधेँ ।म उसलाई मात्र दोष दिन्न , सबै मान्छे आफ्नो नजरमा सहि हुन्छ।उसको महत्वाकांछ्या र मेरो आदर्श मिलेर हामीलाई टुक्र्याएर म र उ बनाएका थीए ।बिहे पछि उ क्यानडा गइ अनि म नेपाल मै जागिर खान थालेँ ।

"बानेश्वर मै छु चार बर्ष भयो ।"उसले सटिक जवाफ फर्काइ ,नेपाल फर्केको काठमाण्डौ आएको चार बर्ष पहिलो चोटि दोबाटामाँ ठोक्कियो ।  निकै लामो समय लिएछ भाग्यले यो साइत जुराउन , मनमनैँ सोचेँ ।

"किन नी ? क्यानडा को रहर पुगेको ?"

"वहाँ एक्स्पायर भएदेखी जिवन देखी नै रहर पुगेको छ ,जिवन जिउनु र बाँच्नु फरक कुरा रहेछ ।" उसले एक वाक्य मै आफुलाई पोखी ,अनि म छताछुल्ल भएकी उसलाई नियाँले । उसका आँखा चीयाको ग्लासमा अडियो ,भित्र को आँशुलाई बल प्रयोग गरेर रोक्न चाहन्थि शायद ।चश्मा भित्रका आँखाहरु अझै पनि ठूला ,गहिरानै थीए ।फरक केवल चश्माको पावर मा थियो ।

"माया गर्ने मान्छे टाढा गएपछि दुख त हुन्छ नै !"

मैले फेरि पनि औपचारिकता निभाएँ ।उसले पुलुक्क म तिर हेरी ,शायद उसलाई मैले आफ्नो बारेमा कुरा गरेको वा उसको उसलाई खुट्याउन गारो भयो ।

"तिम्रो पनि सुनाउ न ,कति म मात्रै बोलिरहुँ ।" उसले प्रसंग बदलि ।

"मेरो के सुन्छौ र ?"म थोरै हाँसे जस्तो गरेँ ।

"छोराछोरी कति छन् ?के के गर्दै छन्?"

"किन ?मेरो बिहे भयो भन्ने कहिले थाहा पायौ र?"

"गर्यौ होला नि ,मलाई नै सम्झेर ,देवदास भएर त पक्कै बसेनौ होला ।"उसले पहिलो चोटि ठट्टा गरी अनि खुलेर हाँसि ,मैले पनि उसलाई साथ दिएँ ।

"बिहे पछि मेरो खोजखबर त पक्कै पनि गरेनौ होला ,गेस नै त होला नि?"

"हो बाबा हो, तिम्रो एउटै कुरा पक्डिरहने बानि कहिल्यै नजाने भो । भन न त गर्यौ कि गरेनौ ?"

"गरेँ ,तर बिहे गरेको दुइ बर्ष मै छोडेर गइ टाढा धेरै टाढा तिम्रो लोग्ने सँगै  ,तिम्रो र मेरो भाग्य उस्तै रहेछ ।"मैले उसको आँखा मा आँखा जुधाउँदै जवाफ फर्काएँ ।शायद थोरै आश्चर्य र थोरै सहानुभुति थियो ।

क्रमश:


 
Posted on 06-02-08 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चेकेटो ज्यु अर्को भागको ब्यग्र प्रतिछ्यामा।
 
Posted on 06-02-08 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

..

Last edited: 02-Jun-08 08:22 AM

 
Posted on 06-02-08 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे ज्यु कता बेपत्ता भएको?
कस्तो ध्यानमग्न भएर पढिराथेँ कती छिटो सिद्दिसकेछ। अर्को भागको ब्यग्र प्रतिक्ष्यामा छु है म पनि

 
Posted on 06-02-08 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-02-08 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो ध्यानमग्न भएर पढिराथेँ कती छिटो सिद्दिसकेछ। अर्को भागको ब्यग्र प्रतिक्ष्यामा छु है म पनि

 
Posted on 06-02-08 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What a brilliant use of words. Every sentence carry 1000 kg of wieght. Very good, awesome. Keep goin mr fuchcheketo aka littleboy.
 
Posted on 06-02-08 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे भाई, तिमी दिन २ गुना रात ४ गुना खारिदै गएको लेखक भाईरहेछौ। प्रत्यक वाक्य गहकिला छन र कथाले च्याप्प पक्डिरहेछ।

"उसको महत्वाकांछ्या र मेरो आदर्श मिलेर हामीलाई टुक्र्याएर म र उ बनाएका थीए"

 उत्तम।


 
Posted on 06-02-08 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma ta fuche pani bhandina bhai pani bhandina.

kasto ramro katha lekhne manche pani fuche huncha ra?

oh, fuche Ji, la nam change garnus? hoina bhane ma andolan garchu sajhama


 
Posted on 06-04-08 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pretty ,serial ,deepika ,prem chpdaa jee- म दोस्रो भाग लेख्दैछु ,सुझावहरु दिईरहनुहोस् है !

surnataal dai-त्यस्तो मिठो कमेन्टको लागि धन्यवाद ।

निलुजि -आन्दोलन भन्दा पनि कुनै राम्रो नाम भए सुझाव दिनुहोस न हौ !


 
Posted on 06-04-08 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कस्तो ध्यानमग्न भएर पढिराथेँ कती छिटो सिद्दिसकेछ। अर्को भागको ब्यग्र प्रतिक्ष्यामा छु है म पनि"

मैले भन्नखोज्या पनि ठ्याक्कै एही हो,

बरु छिटो दोस्रो भाग पढ्नपाए हुन्थ्यो


 
Posted on 06-04-08 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

""जिवन जिउनु र बाँच्नु फरक कुरा रहेछ""

गजब!

अर्को भाग छिटै राखौँ है फुच्चेकेटोजी! 


 
Posted on 06-04-08 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-१बाट अघि

"सरि ,शायद नसोध्ने कुरा सोधेछु ।"

"ठिकै छ ,तिमीलाई हक पनि त छ नि !"मैले उसलाई हिनताबोध हुने मौका दिइन ।

"अझै पनि छ र ?"उ जिस्किई ,मुस्काउँदै ।

"सँधै हुनेछ , कुनै कुरा मा हिजो ,आज र भोलि लागु हुँदैन  ! खाजा पनि खाने हो ?"मैले प्रसंग बदलेँ ।

"छाडदेउ ,बरु चिया नै थपुम् ।"उसले चिया प्रति नै आफ्नो लगाव देखाइ ।चियाकि शौकिन हो उ ,हामी कहिले काहिँ घण्टौँ चिया मात्र खाएर यहाँ बसिरहन्थ्यौँ । हुन त त्यति खेरका भेटमाँ समय कटाउन बहाना मात्र त चाहिन्थ्यो अनि उसले राम्रो बहाना पाएकी थिई चियाको रुपमाँ ।

बानेश्वर चिसो थियो बाहिर ,मैले बाहिर नियाँले ,गाडि हरु पातला थिए अनपेक्छित कुनै बन्द शुरु हुन आँटे जस्तो । सिमसिम पानि पर्न थालेको थियो ।मैले छेवैको उसको ब्याग नियाँले ।  पुराना दिन जस्तै उसको छातासंगको लगाव छुटेको रहेनछ ,छाताको डोरि ब्यागबाट चिहाइरहेको थियो बाहिर , मलाई भने शायद उसैको संगतले होला छाता बोक्ने रहर जागेन कहिल्यै , किनकि एउटा छाता मा दुइजना हिँड्नुको मजा मलाई थाहा छ अनि मेरो बिगतलाई थाहा छ ,उस्को आभाष दिने छोएर निस्कने बतासलाई थाहा छ अनि मेरो शरिर लाई थाहा छ  । आधा भीजेको सम्म पछुतो हुन्न र शायद पछि त्यहि नै बानि बन्यो मेरो ,  उ छैन भन्ने थाहा हुँदा हुँदै पनि म छाता बोक्दिन ।चिया लिएर वेटर फेरि आइपुग्यो ।टेबलमाँ राखेर अरु नै काममा उ फेरि ब्यस्त भयो ।

"अनि तिमीले छोराछोरिको बारेमा केहि बताएनौ !कि छोराछोरि नै नभइ तिम्रि स्रिमति एक्स्पायर भएको ?" उसले फेरि कुराको शुरुवात गरी ।

"तिमी मेरो छोराछोरिको पछि कत्ति लागेको ?तिम्रा छोराछोरि बिहे गर्ने उमेरका भए कि क्या हो ?"म फेरि जिस्किएँ ।

"तिमी जस्तै भए त सोच्नै पर्छ ।"उसको अनुहारमा पनि थोरै मुस्कान आयो ।सारिको सप्को थोरै मिलाए झैँ गरि उसले ।

"छोरो छ ,२२ बर्षको भयो अहिले।"

"तिमी जस्तै छ ?"

"छैन ,प्र्याक्टिकल छ ।तिम्रो भाषामा भन्दा।सँधै बिदेश जाने सोचिरहन्छ। म नजा भन्छु मनाउनलाई गारो परिसक्यो ।  " म चिया पिउन थालेँ ,उ चुप भइ ,शायद मैले अलि धेरै उत्तर दिएँ ।

"बाउ  आमा छोराछोरी  आफ्नो ऐना होस् भन्ने चाहन्छन् भने त्यो त गल्ति हो नि होइन र?त्यो त तिम्रो इच्छा उसमा कसरि लाद्न सक्छौ र ?तिमीले कहिल्यै अर्काको भावना बुझ्न जानेनौ ,न पहिले न अहिले !" मलाई चसक्क बिझ्यो ,शब्दहरु मानौँ घोचेर पार भए ।

"होला ,तिम्रो सोचमा तिम्रो भाषामा । सत्य त शाश्वत हुन्न नि ,तिमी जे कुरा गलत देख्छौ त्यो कुरा सबै को नजर मा गलत हुनु पर्छ भन्ने कुरा छ र!"

"छैन ,सबै जनालाई एउटै कुरा सत्य हुने भए त विवाद के का लागी ? त्यो त मलाई र तिमीलाई भन्दा कसलाई थाहा होला र ?" उ मुस्काइ ,उस्को इशारा मै तिर त थियो होला ,मेरो आँखामा आँखा जुधाउने प्रयास गर्दै थिइ  । मैले हत्तपत्त आँखा हटाएँ ।

छेवैको भीत्तामा सामान्य भीत्ता हरु जस्तै मोनालिसा आफ्नो रहस्यमयी मुस्कान मुस्कुराईरहेकि थिइन ,त्यस देखी पर्तिर थीन्ले सन्तुष्ट भएर हाँसेको जस्तो लाग्थ्यो अर्को पेन्टिङ्गमा ,नयाँ रङ्ग पोतिनलाई पुरानो रङ्ग छायाँ मा पर्ने रिति नै हो ।थोरै भए पनि बदलिएको थियो यो ठाउँलाई ।

"अनि तिमीले आफ्नो बारेमा केहि भनेनौँ ,जागिर ?"

"जागिर छ सरकारि ,मन्त्रालयमा छु । अहिले त रिटायर पनि हुन लागियो ।करिब ५ बर्ष बाँकि होला ।"

"बुढो भएछौ ।"

"सँधै तिमीले देखे जस्तै त कहाँ हुन्थेँ र ?"

"पहिला पनि बुढो नै देखीन्थ्यौ ,गम्भिर आदर्शका कुरा गर्ने ,थाहै छैन पहिलो भेटमाँ मैले तिमीलाई के देखेर मन पराएँ" उ हाँसिरहि ,म उसलाई नियाली रहेँ अनि शब्दहरु घुमिरहे " पहिला पनि बुढो नै देखीन्थ्यौ ,गम्भिर आदर्शका कुरा गर्ने ,थाहै छैन पहिलो भेटमाँ मैले तिमीलाई के देखेर मन पराएँ ।

क्रमश:


 
Posted on 06-04-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भाग पनि कती छोटो, मनै भरेन, अती राम्रो लाग्यो।
 
Posted on 06-04-08 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चेकेटोज्यू को कुरामा नट सो फुच्चे तर भोल्युममा साह्रै फुच्चे कथा पनि आइसकेछ,

राम्रो छ, लेख्दै गरम् है, हामी पढिराछम्!!


 
Posted on 06-04-08 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

fucheketo bro ... awesome! ... waiting for next episodes.

नयाँ रङ्ग पोतिनलाई पुरानो रङ्ग छायाँ मा पर्ने रिति नै हो ... so true!


 
Posted on 06-04-08 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छोटो भएन र भन्या? तर आफ्नो समय ले साथ दिए सम्मको लामो लेख्नुस न अर्को चोटि चै, पढ्न सुरु गर्ने बित्तिकै सिद्धिहाल्ने भयो

बसन्ती र लहरे
बदमाशहरु!! हेर त टिप्पणी मा पनि लोभ गरी गरी कपेर टाँसेका


 
Posted on 06-04-08 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जीवनको अनेक मध्य एक रूप लाइ यसरि रङ भरेर छर्लङ पार्न सफल हुनु भएको छ फूच्चेकेटो। सारै मन पर्यो। अरु नि छिट्टै पढन पाइयोस।

 
Posted on 06-04-08 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छोटो भएन र भन्या? तर आफ्नो समय ले साथ दिए सम्मको लामो लेख्नुस न अर्को चोटि चै, पढ्न सुरु गर्ने बित्तिकै सिद्धिहाल्ने भयो

जीवनको अनेक मध्य एक रूप लाइ यसरि रङ भरेर छर्लङ पार्न सफल हुनु भएको छ फूच्चेकेटो। सारै मन पर्यो। अरु नि छिट्टै पढन पाइयोस।

मैले भन्न खोज्या पनि यस्तै यस्तै हो है,
बसन्ती ले मेरो पो कपी पेस्ट गर्या राइछ, नदेखेको मैले त


 
Posted on 06-04-08 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

सत्य त शाश्वत हुन्न नि ,तिमी जे कुरा गलत देख्छौ त्यो कुरा सबै को नजर मा गलत हुनु पर्छ भन्ने कुरा छ र

हो त, यो कुरा चाहि शत् प्रतिशत् सत्य हो।

फुच्चे जी, जिवन ब्रितको यो कथाले मलाइ पनि भबिस्यमा पुर्‍यायो, बेकरी क्याफेको त्यो माहौल अनि भितामा झुन्डिएको "अमुर्त कला"। झन् बुझ्यो झन् कठिन जिवनको यो ब्रित।


 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
TPS Renewal Reregistration
Nepali Passport Renew
Why Americans reverse park?
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
Nims- एक उन्मत्त साँढे
whats wrong living with your parents ?
cannot accept Visa candidates
Shot Dead
Now Trump is a convicted criminal .
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters