[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 जागिरको डायरीबाट !

[Please view other pages to see the rest of the postings. Total posts: 31]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 17033 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 02-12-08 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जागिरको डायरीबाट!


मित्रहरु, यसपटक म आफ्नो जागिरे जिन्दगीको केही रोचक र घोचक संसमरणहरु लिपिबद्ध गर्ने जमर्को गर्दैछु। 


प्रस्तुत घट्नाक्रमहरुमा कुनै जाति बिषेशलाई होच्याउने, घोच्ने प्रयास गरेको भन्ने पूर्बाग्रह नलिई पढिदिन हुन आग्रह गर्दछु। परिस्थितिबस कुनै जाति बिषेशको जात थर उल्लेख गर्नै पर्ने अबस्थामा मात्र उल्लेख गरेको छु।


कुरा सन् २००० सालको। मेलम्ची खाने पानी आयोजनामा जागिरे थिएं। आयोजनालाई समयमै पुरा गर्ने कार्यतालिकामा त्यति बेलाको प्रगतिको गति अशातित थियो। आयोजना अबधी भरको लागि इन्जिनियर देखि पियन सम्मको पदको बिज्ञापन गरिएको थियो।

प्रस्तुत घट्ना पियनको अन्तर्वार्ताको हो।

पियनको अन्तरवार्ता


६ ओटा पियन पदको लागि ६ सय भन्दा बढीको दर्खास्त परेको थियो। धेरै दर्खास्त पर्नुमा मेलेम्ची आयोजनाको आकर्षक तलबमान् थियो। पियनको तलब नै सरकारी अधिक्रितको तलब बराबर् थियो। अर्थात साढे चार हजार प्रति महिना। सरकारी इन्जिनियरको तलब मात्र ४ हजार् २ सय थियो त्यति बेला।
ती ६ सय भन्दा बढी सामन्य लेखपढ मात्र जान्ने न्यूनतम योग्यताभएकाहरुको अन्तरवार्ता बिधि मार्फत छनौट गर्न समिति गठन गरियो र त्यसमा यो राहुलभाइ सबै भन्दा कनिष्ठ सदस्यको रुपमा सामेल गरिएको थियो। एक जना मन्त्रालयका उपसचिब अर्को सदस्य वरिष्ठ इन्जिनियर साहेब हुनुहुन्थ्यो।
एक् दिनमा ३० जनाको अन्तरवार्ता लिने गरी समय सारणी राखिएको थियो।
अब आउदा हरफहरुमा अन्तर्वार्ताका केही परिद्रिश्यहरुलाई राख्ने छु।


अन्तर्वार्ता द्रिश्य १

निबेदक- नमस्कार हजुर् ( धनुष्टन्कार नमस्ते शैलीमा)।
अफिसर- १,२, ३, - नमस्कार
              बस्नुस्

अफिसर २- तापाईको परिचय दिनुस्।
निबेदक- राम शरण
             जीतपुर काठमाडौ।

अफिसर १- दर्खास्त किन हाल्नु भयो?


निबेदक- खानै पाएन हजुर, साह्रै दुख पाइयो।


अफिसर ३- खानै पाएन रे? अहिले सम्म केही नखाई बस्नु भाको त?


निबेदक-    अलि अलि जमिन छ, ६ महिना पनि खान पुग्दैन। बालबच्चा चार् चार् जना छन्।
अफिसर्१-  ६ महिना भोकै बस्नु त हुन्न होला नि? खेतीले पुग्दैन भने केही त गर्नु हुन्छ होला नि?

निबेदक-  हजुर, गरीब मान्छे, के गर्न सक्छु। अलि अलि कुखुरा पालेको छु।

अफिसर २- अलि अलि भनेको कति?

निबेदक- यस्तै २-३ हजार।

अफिसर ३- अलि अलि भनेको ३ हजार हुंदो रैछ।

ल भन्नुस्, २-३ हजार कुखुरा बाट कति फाइदा हुन्छ?
 

निबेदक- धेरै हुन्न हजुर। आजकाल कुखुराको भाउ नै छैन।

अफिसर् १- भाउ हुंदा कति हुन्छ, न हुंदा कति हुन्छ?

निबेदक- भाउ हुंदा महिना ३० हजार हुन्छ, नहुंदा २० हजार जति हुन्छ।

अफिसर १- हो र? हाम्रो तलब कति छ थाहा छ?
निबेदक- थाहा छैन हजुर, हजुरहरु त हाकिम साहेबहरु। तलबको के कुरा हुन्छ र?

अफिसर १- महिनाको ३० हजार कमाएर खान नपुग्नेलाई ४ हजारले के गर्नु हुन्छ? जानुस्, यो जागिर तपाईको लागि होइन।
यो देशमा महिनामा १ हजार आम्दानी नहुने धेरै छन्, आधा पेट खाने धेरै छन्।
यस्तो भद्दा मजाक अन्त नगर्नु होला।

हामी तिनै जनाको दिमाग गरम् भएको थियो, उक्त ब्यक्तीको कुरा सुनेर। महिनाको ३० हजार त्यतिबेला बिदेशी बैकमा काम गर्ने अफिसरले पनि पाउदैनथ्यो। पियन बन्न खोज्ने महाशयलाई ३० हजारले पनि खानै पाएन रे। मुखामुख गर्‍यौं। डबल तलब पाइने आकर्षणले मेलम्चीमा सरुवा भै आएको इन्जिनियर म।  जम्मा तलब ८ हजार २ सय। हिसाबले म त इथोपियाका अकाल पीडित नागरिक जस्तो पो भएं। ८ हजार तलबले मज्जाले पुग्थ्यो महिनाको खर्च। बिलासितामा न खर्चिने हो भने महिनाको २ हजार सेभिङ नै हुन्थ्यो।
 सन्तान थरि थरि का।

क्रमश:


 
Posted on 02-12-08 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो साचै भयको अन्तर्वाता हो?
 
Posted on 02-12-08 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ घर ठुलदाई,
अन्तर्वार्ता , अन्तरवार्ता लिने दिने सबै सत्य हुन्।

 
Posted on 02-12-08 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाहाहा जागिर खान हैन अन्तर्वाताकारहरुको तलब सुबिधा के कस्तो हुदो रहेछ भनेर जानकारी लिने मनसायले अन्तर्वाता दिन आएको जस्तो लाग्यो उक्त भलादमी माहासय
एकदम सजिब चित्रण ठुल्दाइ, अरु पनि चाडै आउछ भन्ने आशामा
उत्कृष्ट लेखन कला वाह!


 
Posted on 02-12-08 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रमाइलो छ् ठुल्दाइ,

काल्पनिक लेखाइ भन्दा धेरै भिन्द छ्,आफुले भोगेको कुराहरु लिपिबद्ध गरेर राम्रो प्रस्तुती गर्नु भाको छ्, दोश्रो निबेदक को अन्तर्वाता को पर्खाइमा


 
Posted on 02-12-08 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 kasto ramailo -- rahuldai la jhattai arko bhaisi palak krishak ko interview pani sunaunus na.


 
Posted on 02-12-08 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ,

गार्हो बिषय रोज्नु भयो नि, नाटकिय कथा (नाटक + कथा) सुन्दा अचम्म लागे पनि ' अन्तरवार्ता लिने दिने सबै सत्य हुन्"  भने पछी झन अचम्म

मान्छे लाई पैसा भन्दा पनि जागिर चाहिएको होला नि
बिस्टे ले दोस्रो निबेदक को छिट्टो पढ्न पाइयोस भनेको छ (आश गरौ ६०० निबेदक को ६०० भाग पढ्न पाइयोस)


Parbatya


 
Posted on 02-12-08 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे! निकै नै घोचक रेछ राहुलदाइ। 
लेख्दै गरम्!


 
Posted on 02-12-08 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलभाइ अत्यन्त सजिव चित्रण !
भागहरु कृपया यथाशिघ्र आउने आशा गर्दछु !

हरि ॐ तत्सत:


 
Posted on 02-12-08 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झण्डै अन्तर्वार्ता लिनेहरुले नै उल्टै "हजुरको कुखुरा फारममा हामीलाई पनि जागिर लगाइदिनु हुन्थ्यो कि !" भनेनछन्।

गजब छ राहुलदाइ।


 
Posted on 02-12-08 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै मनोरंजक!

हाहाहाहा २०-३० हजार कुखुराबाट आम्दानि तर पियनको जागिर खान गएको!

ल ठूल्दाई, अरु कस्ता कस्ता आएका थिए, त्यो पनि पेलम छिटै! सकसक लाग्यो अरु सुन्न!


 
Posted on 02-12-08 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तर्वार्ता  २

चिया  ब्रेक ( मेरो लागि चिलिम् ब्रेक)  पछि अर्को उम्मेदबार् लाई बोलाइयो। को आउदै छन् भनेर निबेदन् माथी हाम्रो पूर्ब आंकलन हुन्थ्यो। यसपालीको उम्मेदबार् अधबैंशे महिला। नाम् र थर दुबैले खान्दानी राणा परिन्।

निबेदक- नमस्कार हजुर् ( रवफिलो पारामा)।
अफिसर- १,२, ३, - नमस्कार
                 बस्नुस्


अफिसर २- तापाईको परिचय ।
निबेदक- (लजाउंदै) अन्जना राज्य लक्ष्मी राणा,

      माइती टंगालमा,  अहिले टेंगलमा डेरा।

अफिसर १- दर्खास्त किन हाल्नु भयो? तपाई त खान्दानी राणा परिवार् को हुनु हुंदो रैछ।


निबेदक- अं~ अं ~  ( बोलि निस्केन)।


अफिसर ३- ल भन्नुस्, तपाई को बुबा के गर्नु हुन्छ?


निबेदक-    चीफ इन्जिनियर्, दूर संचार् अफिस को।

अफिसर १- श्रीमान् नि?

निबेदक- घरैमा।

अफिसर २- काम गर्नु हुन्न?

निबेदक- जागिर थियो, अब छैन।

अफिसर १- कस्तो जागिर?

निबेदक- ड्राइभर्।

अफिसर ३- बुबाको गाडि चलाउनु हुन्थ्यो हो?

निबेदक-  हो।


अफिसर २- ल जानुस्, पछि गोर्खपत्र हेर्नु होला, धन्यबाद!

भन्नले हामीले बुझ्यौं, राणाजिकी छोरिलाइ आफ्नो गाडि गुडाउनेले उडाइदिए छ। अनि जागिर् चेट। जुन प्रकारको लवाई र रवाफ देखिन्थ्यो, त्योउनको खान्दानी संस्कार् थियो होला, तर आज जुन वास्तबिकत भोगिरहेकि छिन्, त्यस्को पीडा झल्किन्थ्यो, उनको अनुहार् मा ब्यबहार् मा।

 


 
Posted on 02-12-08 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अन्तर्वातामा नितान्त ब्यक्तिगत प्रश्न सोध्न नपाउने बनाउनु पर्ने हो नेपालमा पनि

अन्तर्वाता दिने ब्यक्तीको बुवा, श्रीमानको ब्यक्तिगत विवरण सँग उस्ले निवेदन दिएको जागिर सँग के सरोकार हुन्छ र?
गोप्यनियता भन्ने कुन मुर्गाको नाम हो भने जस्तै छ
इन्टेरेस्टिङ छ यो पनि ठुल्दाइ, अरु पनि छ कि ? धन्यवाद


 
Posted on 02-12-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रेम धनी गरीब, राम्रो नराम्रो, जात भात केही हेर्दैन भन्थे, हो र छ कि कसो। यो भागले उरलदो प्रेम र तपसिलको वस्तबिकता प्रती राम्रो खोजतलास गर्‍यो। डायरि पस्किनु भएकोमा ठुल्दाइलाई धेरै धेरै धन्यवाद।
 
Posted on 02-12-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Haha kya interesting


 
Posted on 02-12-08 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Rahul daa kyaa khataraako lekhnu bhaeko :D.

 
Posted on 02-12-08 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good imagination Rahul dai.  Loved it.  It was very interesting . 

 
Posted on 02-12-08 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'बर्मा गए कर्म संगै नेपाल गए कपाल संगै ' भने जस्ताइ त्यो राणा को रवाफ त देखाउनी नै भाई। तर ड्राइभर सित को 'अध्भुत प्रेम' बाट अघाइछ कि क्या हो?
अनी किन त्यती थोरै प्रश्न नि? अल्ली एक्छिन राखेको भए एउटा 'उपन्यास' नै बन्थ्यो होला त्यस्को काहानी सुनेर
 
Posted on 02-12-08 5:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahuldai,  Bhag-2 ta job interview jasto chaina ni ? introduction liera khedai dinubhycha Anjana rajya laxmi rana ji laai 

 


 
Posted on 02-12-08 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahulbhai Ji,

अफिसर १- दर्खास्त किन हाल्नु भयो? तपाई त खान्दानी राणा परिवार् को हुनु हुंदो रैछ।

बुबाको गाडि चलाउनु हुन्थ्यो हो?

These sentences show immaturity of the people who are taking interview to second candidate. Questions are also judgemental and not related with the requirements of the vacancy. There are still people like these characters in Nepal and let's hope same incident will not happen with anyone in life.

A woman's identity should not be judged by father's name or husband's economic status.

Anyway, I am enjoying reading this thread.

Keep it up


 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
whats wrong living with your parents ?
Now Trump is a convicted criminal .
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters