Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 बिदा

[Please view other pages to see the rest of the postings. Total posts: 31]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 15346 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 12-20-07 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

बिदा

 

आज तिन दिन भो क्यारे अस्पताल बाट घर आको --- पन्डितले पुजा पाठ सके जस्तो --- अभिषेकका छिटाहरु गाला निधारमा अनुभव गरेँ तर आँखाहरु भने मेरा बन्दै रहे --- परेलीहरुले घोप्टे अग्ल्याएक थिए तै पनि आँशु का केही थोपाहरु पोखिए---कोलाहाल भो --- त्यो कोलाहाललाई चिरेर उठ्दो बिह्वल मेरी आमाको क्रन्दनलाइ मैले सजिलै चिनेँ --- आँखा छिनमै खहरे बने। बगेँ।

 

 

पशुपति लाने तयारी हुँदै तुलसिको मठ छेउ अचेत् झैँ छु --- अलि अघि आँखा खोल्दा भीड देखे थेँ -- पण्डीत पुजा पाठमा भुलेका --साथिहरु उदासीमा डुबेकानातेदारहरु चिन्तामा देखेँ-- अनि देखेँ बा असाहय अनि आमा भन्दा पनि धेरै मरेकी --- अग्ल्याएको थिएँ मैले मेरा परेलीहरुलाइ अनि --- जुन जिन्दगीलाई मैले सबै भन्दा बढी माया गरेँ उसैले मलाई धोका दिंदो थियो।

 

 

पशुपति जाने दिनचर्या नै थ्यो कुनै बेला --- शनिबार आठ बज्दा नबज्दा साथिहरु सङ पशुपति पुगि सक्थेँ। आज तिनै साथीहरु सङै छन --- तर मलाइ पशुपति जान मन छैन --- आज मलाई घरमै बस्न मन ---

 

 

मलाइ उठाएर सायद बाहनमा राख्न लागे क्यारेरुवा बासीको आँधि चल्यो --- “मेरो छोरालाई काहीँ नलैजाओ ---“ आमाले रुँदै चिच्याएको सुनेँबाबु!”

 

 

 कराएर भन्न मन लागेको थ्यो घरमै बस्छु आमातर शब्दले मेरो साथ छोडेको सायद आज दोस्रो दिन थ्यो।

 

 

भुतेस्वर वरी परी खेल्दै बर्षौँ बितेको थ्योतेही सम्झनामा होलाआज अन्तिम पटक भुतेस्वर घुमाएर लिएर जाँउ" साथिहरुले भनेको सुनेँ। आँखा खोलेर फेरी एक पटक सरसोतिथान हेर्न मन लाग्यो --- सत्तेनारनथान जाने ओरालोमा को ओर्लिदै होला जस्तो लाग्यो --- किस्नमन्दीर पछाडी पाँया खेल्न मन लाग्योह्वाक्र्याङ भल्न मन लाग्यो --- अन्तिम पटक भैरबलाई हेरुँ जस्तो लाग्यो तर आँखा मैले बन्दै राखेँ --- पुराना सम्झना नै मीठो लाग्यो।

 

 

बाहन सायद् ढुङ्गे धार तिर ओर्लियो क्यारे --- अब दाइने मोडिन्छ मनमा कुरा आयो --- हजारौँ चोटी हिनेको बाटोको धेरै माया लाग्यो।

 

 

झुल च्यातेर असला माछा मारेका ती दिनहरु --- सिङ्गेले हानेर हात सुन्याएको ती क्षणहरु --- भत्क्या पुल मा साथिभाई सँग गफ गर्दै अनि फाँटहरुमा फुटबल खेल्दै बिताएका ति बेला --- चुरोट र रक्सीमा उडाएका ति पलहरु सबैले रुँदै बिदा गरे झैँ लाग्यो – धोबीखोला आइपुगेछ क्यारे।

 

 

जिन्दगी र म घिस्रीदैं थिईम।

 

 

घन्टी बज्यो ---चाबेल गणेश हुनु पर्छ --- आज पनि त मङलबार हो – जे होस अन्तिम मङलबार पनि पुरानै रीत कायम भो – गणेशलाई आज चाँदी लगाई देको छ कि छैन होला मनमा लाग्यो।

 

 

बाहीर कती भीड होला – तेही भीडमा मैले आफुलाइ पनि राखेँ एक छिन – साँझ पर्न लाग्यो होला – घर फर्किने बेला भो – मेरो मन त घर फर्कियो तर म सायद जयबागेस्वोरी पुगेँ --- जयबागेस्वोरी त म म हावाले नै चिन्छु --- जिन्दगी जो सङ्ग बिताउँला भन्ने थ्यो  उस्को टोलको माया के मार्न सक्थेँ? ---

 

 

पशुपति छेउ पुग्दा मन एक तमासको भो --- पुराना  ति दिनहरु एक एक गरेर आँखा वरी परी आए ---म छटपटीएँ। नारायण –नारायण --- हे महादेव –शम्भो! गुन्जियो ---बागमती सङ्गै बहेको सुन्थेँ -- ब्रह्मनाल हुनु पर्छ----- म सङ्गै आउनेहरु अब सबै फर्किन्छन --- मलाइ पनि घर जान मन लाग्यो ---"नारायण भन्नुस्" भनेको सुनेँ --- जिन्दगीको झन माया लागेर आयो --- घरमा गएर आमाले पकएको मीठो भात खान मन लाग्यो --- छोरोलाइ जाडो हुन्छ रे भनेर सिरकले छोपेर राख्देको ओछयानमा गुटुमुटु सुत्ने रहरमा म तडपिएँ--- नारायण फेरि गुन्जियो --- म बिरामी छु आमा --- मैले आमाको अलौकिक हात मेरो निधारमा खोजेँ --- अनि आँशुका अन्तिम केहि थोपाहरुलाइ बिदा गरेँ --- नारायणका ध्वनीहरु पृस्ठभुमीमा कतै बिस्तारै हराउँदै गए ---

 

**************************


 
Posted on 12-20-07 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बरबाद!

हैन किन आँधि चल्या हो यस्तो मनमा??? लेखाइ त गजबकै छ तर अलि बढि नै उदासी देखियो हौ, उदासी पनि खै के भन्नु, चरम!

 यो अध्याय  अहिले सम्मका सम्पुर्ण बाङ्गे महिमालाई एउटै झुत्तोमा उनेर, अलि अलि कथा कुथुङ्ग्री बिच बिचमा र अन्त्यमा थपेर एउटा सिङ्गो हाँडिगाउँले सेरोफेरोको उपन्यासको अन्तिम अध्याय बनायो भने मास्टरपिस हुन्छ प्रभो!!


 
Posted on 12-20-07 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep ji yo kathaa ta nikkai bhinna khaale parechha.. EXTREME nai raichha..
 
Posted on 12-20-07 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

launa deep ji, yo ta aru kathaharu bhanda alag rahecha ni, kin ho, tara nikkai ramro laagyo..


 
Posted on 12-20-07 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



दीप,
पढदै गएँ, साथमा आफुलाई सम्झाउदै पनि, यो कथा हो केबल कथा, तर आशु थमिन्नै मानेन्,  आफुलाई पनि एकदिन त्यस्तै गर्छन् तर बिदाइ पो कस्तो हुन्छ, सहज होस भगवान

यताउता पो कसैले देख्लान कि भन्दै आशु पनि पोछेँ तर कस्तो हृदय छोयो, घुक्क घुक्क आवज नै बन्द भएन।


दिपिका

Last edited: 20-Dec-07 01:34 PM
Last edited: 20-Dec-07 02:00 PM

 
Posted on 12-20-07 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नया किसिमको लेख्नु भएछ, लेखाइ त प्रभोको के बर्णन गर्नु; सदा झै उत्तम छ।

तर प्रभो, आज कस्तो मन चिसो हुने पुराण सुनाको भन्या। आफ्नो मुडनै कस्तो भयो। अब नस्वर शरिर को अन्तिम महात्मय सुन्न त सारै नरमाइलो लाग्ने रैछ।


 
Posted on 12-20-07 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


प्रभो, के लेख्नु भएको यस्तो लौ न, कस्तो मन नै चिसो भयो, के भो आज हाम्रो ज्ञातालाई, कस्तो लेखाइ प्रभो माने मैले,
अनी लौ न त्यो आशु को भेल मा त आफु पनि बगेको पाएँ प्रभो मैले, कस्तो दिन नै निराश लाग्दो भो हो


 
Posted on 12-20-07 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप जु, घुमएर पाठकहरुसँग बिद मगएको त हैननी? अब म आउन मेरो कथा लेखन सकियो भनेर भन्न खोजेको त हैननी? पूर्ववर्ती मित्रहरुले भने झै एस्लाई अन्तिम आध्यएमा रखेर एउटा उपन्यास चै गजकै निस्कान्छा तर बिच बिच्को खुरक हरु पनि त पढ्न पौनु पर्‍योनी प्रभो!
 
Posted on 12-20-07 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Karunik raas (Ki ajhaw Mrityu raas) ma lekhnu bhayechha| Man nai sarai bihal bhayo| Yo bhawasagar lai kina ajhaw gahiro banaune prayas garnu bhayeko Deepjile?
 
Posted on 12-20-07 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले चाहि साच्चि बुझिन है राम्रो संग। यत्ति बुझे, यो दर्दनाक कथा हो, जिवनको अन्तिम दर्दले भरिएको।

तर कता वाट यो दर्द बहिरहेछ, त्यो पनि बुझिन।

कथा सकिएको कि हैन, त्यो पनि बुझिन।

गुरु, के भैरहेछ?


 
Posted on 12-20-07 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep jiu:
This is not your style. Please return to previous ones. This is real sad, could not control my emotions. Gosh, one day we might all be going through this...but not now...please...
 
Posted on 12-20-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपजी,
"तपाईंको कृति पढ्न त समय लागेन, पढेपछि निदाउन निकै समय लाग्यो " कर्ण शाक्यको "सोच" पढेपछि एकजनाले भनेका थिए रे! मेरो हालत आज त्यस्तै होला जस्तो छ । तपाईंको कथामा भएकी आमामा मैले आफ्नी आमा देखें, कथाका साथीहरुको बारे पढ्दा आफ्ना साथीहरुको मुहार सम्झिएँ , मैले माया गर्ने आनि मलाई माया गर्ने सबै सबैलाई सम्झिएँ , अनि सोचें, म अहिले जे अनुभूत गरिरहेकी छु, त्यो कहिले कसैले अनुभूत गर्नु नपरोस्। " मृत्यु पछिको अभिव्यन्जन " शीर्षकको एउटा कवितामा पनि कविले यस्तै भावना पस्केका थिए । कविताले पनि मेरा परेलाहरु भिजाएको थियो, आज यो कथाले पनि आँशु रोक्न सकेन!
Last edited: 20-Dec-07 03:34 PM

 
Posted on 12-20-07 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Lala yo katha lai sapana banaunu paryo

 
Posted on 12-20-07 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप जी,
साह्रै नै मार्मिक अनी हृदय छुने लेखाइ पाए तपाईंको | माथि अरु साथी हरु ले भने झै मैले पनि आँफै लाई अनुभव गरे | तपाईं को अरु लेख हरु को बारेमा सुने र पढ्न मन लाग्यो कता पढ्न पाईन्छ होला बरु|
 
Posted on 12-20-07 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ज्यु तपाईं को यो प्रस्तुती पहिलको भन्दा धेरै प्रिथक छ। सैली अनी प्रिस्थभुमि, दीप ज्यु तपाईं को यो प्रस्तुती पहिलको भन्दा धेरै प्रिथक छ। सैली अनी प्रिस्थभुमि पनि। तर तपाईं को हरेक प्रस्तुती उच्च कोती को छ। म त तपाईं को ठुलो प्रशन्शक हू। तपाईं को पुरनो सैली न धेरै राम्रो लाग्छ।

 
Posted on 12-20-07 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Auta kun chahi po ho, nepali film ko ticket bechda, rumal pani bechya thyo re, runuparne film bhako bhayera, Deep jyu le pani testai byabastha milaunu bhaye kaso hola??

yasto gahan, tragic kathama aafnu light comment pathayeko ma maafi chahanhhu hai, but sabai jana ali badhi nai serious bhaye jasto lagyo......

 
Posted on 12-20-07 5:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Realness Deepji. ...Yehi nai ho Jindagi ko Saatwik tathye.....Aakhir marera laanu k nai chha ra?? Tesaile jaba samma baachinchha haasau khusi hou ani sabaiko bhalo chitau.  Very very nice and lovely piece....Really touching.

 
Posted on 12-20-07 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त बाकास पो देखिरहेको छु ।
सबैजना स्वर्ग को कामना गर्छन् तर मर्न कोही तयार छ र ?

 
Posted on 12-20-07 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धत्! बैराग नै छायो। In a positive way, though.
 
Posted on 12-20-07 6:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mrityu नसोचिएको त हुदैन, तर यो शास्वत सत्य आखा अगाडि, जिउदै मा महसुस भयो ....साच्चै सासै रोकियो ... आफन्त आमा बाबा र आफ्नै माया ले रोए .... आफु खेले को माटो सम्झिएर रोए .....आफु मरेको देखेर रोए।

सधै दीप का कथा हरु दोहोराएर पढ्थिए आज तर हिम्मत आएन।
  
दीप प्लीज यस्तो कथा पढ्न नपाइयोस फेरि


 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS EAD auto extended to June 2025 or just TPS?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters