anmanasea2014
More by anmanasea2014
What people are reading
Subscribers
Please log in to subscribe to anmanasea2014's postings.
:: Subscribe
|
एन्मा-नासा संयूक्त सम्मेलन कविता प्रतियोगिता:
|
[VIEWED 4327
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
anmanasea2014
Please log in to subscribe to anmanasea2014's postings.
Posted on 07-28-14 8:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |

एन्मा-नासा संयूक्त सम्मेलन कविता प्रतियोगिता:
एन्मा-नासा संयूक्त सम्मेलन २०१४ को अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, एन्मा, नासा, रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल तथा नेपाली घरद्वारा संयूक्त रुपमा 'खुल्ला' तथा 'बाल समूह'मा कविता प्रतियोगिता आयोजना गरिदैछ । यस प्रतियोगितामा भाग लिएर आफू तथा आफ्नो बालबालिकाहरुको साहित्यिक प्रतिभालाई प्रस्फुटन गराउनुहुन तथा नेपाली भाषा साहित्यसँगको सम्बन्धलाई प्रगाढ बनाई राख्नहुन सम्पूर्ण साहित्य अनुरागी महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौ । प्रतियोगितामा भाग लिन इच्छुक महानुभावहरुले निर्धारित समय सीमाभित्र ईमेल मार्फत आफ्नो रचना बुझाउनुहुन तथा सम्मेलनको अवसरमा हुने साहित्यिक कार्यक्रममा उपस्थित भएर आफ्नो रचना वाचन गर्नुहुन पनि आग्रह गर्दछौ ।
साहित्यिक कार्यक्रम हुने स्थान र मिति:
स्थान: एन्मा-नासा संयूक्त सम्मेलन २०१४, CROWNE PLAZA DENVER INTERNATIONAL AIRPORT 15500 East 40th Avenue, Denver, CO 80239
मिति: ३१ अगस्त २०१४
कविता प्रतियोगितामा भाग लिन पालना गर्नुपर्ने नियमहरु: १ प्रतियोगीले आफ्नो रचना ईमेल मार्फत rpsituala@gmail.com अथवा literaturecommittee2014@jointconvention.org ठेगानामा अगस्त २२, २०१४ भित्र पठाई सक्नुपर्नेछ । २ रचनाको शब्द सीमा अधिकतम २०० शब्दको हुनेछ । ३ कुनै पनि राजनैतिक पूर्वाग्रह र गालि गलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने बिचारहरु र अश्लील शब्दको प्रयोग गरिएको पाइएमा त्यस्ता कविताहरु स्वत: अस्वीकृत हुनेछन् | ४ प्रतियोगितामा कविता वाचन गर्ने कवि/ कवियत्रीले अनिवार्य रुपमा एन्मा-नासा संयूक्त सम्मेलनमा रजिस्ट्रेसन गरेको हुनुपर्नेछ । ५ कविताको बिषयवस्तु तथा रुप गद्य वा पद्य (पद्य भन्नाले छन्दबद्ध हुनुपर्छ भन्ने छैन ) को चयन स्वतन्त्र छोडिएको छ । ६ कविता ईमेल मार्फत पठाउदा युनिकोड नेपालीमा लेखिएको हुनुपर्नेछ । ७ कविता नितान्त नयाँ तथा मौलिक हुनुपर्नेछ | कवि/ कवियत्रीले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साईजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनुपर्नेछ | ८ प्रतियोगिताको लागि प्राप्त कविता कुनै पनि साहित्यिक संजालहरुमा संप्रेषण भएको वा पत्रपत्रिकामा पूर्व प्रकाशित भएको पाइएमा स्वत: अस्वीकृत गरिने छ | ९ प्रतियोगिताको लागि प्राप्त कवितामा अरु कसैको कविताको अंश या नक्कल गरिएको पाइएमा स्वत: अस्वीकृत हुनेछ | १० 'बाल समूह'मा रचना पठाउन प्रतियोगीको उमेर १४ बर्ष नकाटेको अथवा बढीमा ८ ग्रेडमा अध्ययनरत हुनुपर्नेछ तर 'खुल्ला' समूहमा रचना पठाउन भने उमेरको अथवा अध्ययनको कुनै हदबन्दी लागू हुनेछैन । ११ 'खुल्ला समूह'मा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीहरुलाई क्रमश: अमेरिकी डलर ३००, २०० र १०० को साथै प्रशंसापत्र पनि प्रदान गरिनेछ । १२ 'बाल समूह'मा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीहरुलाई पदक र प्रशंसापत्र सहित क्रमश अमेरिकी डलर १००, ७५ र ५० प्रदान गरिनेछ । १३ कविता पठाउने समयसिमा नाघेर ईमेल मार्फत प्राप्त भएका रचनाहरु र कार्यक्रमस्थलमा प्राप्त भएका रचनाहरु अप्रतियोगी रचनाको रुपमा कार्यक्रममा समावेश गराइनेछ । १४ निर्णायक मण्डलीको निर्णय नै अन्तिम हुने छ । १५ यसरी प्रतियोगितामा समावेश गर्न बुझाईएका रचनाहरु कागजी तथा बिद्दुतीय पत्रपत्रिकाहरुमा प्रकाशन गर्ने अधिकार समितिसँग सुरक्षित रहनेछ ।
राजु सिटौला संयोजक (साहित्य समिति) १० औ एन्मा-नासा संयुक्त सम्मेलन, डेन्भर
|
| |
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
| Recommended Popular Threads |
Controvertial Threads |
| NRN card pros and cons? |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| legal Query for married nepali girl now have taken US citizenship |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| 2020 : Why No Trump ! |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| ए १ पनि पुगेनछ ? |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE |
| BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS |
| नेपाली वालमार्ट चोर |
| H1B |
| Funny when Nepalis talk about Epstein and injustice |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| EAD Filing |
| Tps decision coming or not nov 18 |
| बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|