सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा 'जेन–जी' को अगुवाइमा काठमाडौंसहित देशका मुख्य सहरमा प्रदर्शन जारी छ । प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या उकालो लागिरहेको छ । काठमाडौंसहित देशभर केके भइरहेको छ ? ekantipur.com निरन्तर लाइभ अपडेटमा रहनेछ ।
रेडिट, डिस्कर्ड, इस्टाग्राममा चलिरहेको अभियानलाई सडकमा ल्याउन बल पुर्याउने गरी सरकारले प्लाटफर्म प्रतिबन्धको निर्णय गरेपछि जेन-जीको प्रतिवाद चर्किएको छ ।