किन यसपाली हुन लागेको बोस्टनको GBNC निर्वाचन महत्वपूर्ण छ? - Sajha Mobile
SAJHA MOBILE
किन यसपाली हुन लागेको बोस्टनको GBNC निर्वाचन महत्वपूर्ण छ?
Posts 8 · Viewed 3923 · Likes 5 · Go to Last Post
Sajha News
· Snapshot 0
Like · Likedby · 0
३३ वर्ष अघिदेखि चल्दै आएको संग्स्था GBNC को निर्वाचन यही September 25, 2022 आइतबार मेद्फोर्डको शिवालय मन्दिरमा हुदैछ |

GBNC मा संग्लग्न सदस्यहरुका अनुसार यसपालीको निर्वाचन पहिलेको भन्दा बेग्लै छ - कारण - अहिले सम्म निर्वाचनहरु सबै सहमतिमै अध्यक्ष, उपाध्यक्ष तथा अन्य पदावलीहरु चुनिन्थ्यो भने यसपालि नयाँ जोश र उमङ्ग देखिन्छ | यसपाली विभिन्न पदका लागि दाबिदार उम्मेदारी दाखिला भएका छन् र यसले बोस्टनको नेपाली समुदायमा कौतुहलता मच्चिएको छ|

सधैं भित्रै समितिबाट अधिकारीहरुको घोषणा हुने भएर बोस्टनमा छरिएर बसेका नेपालीहरुको केहि ध्यान आकर्षित हुन सकेको थिएन भने यसपाली सहमतिमा सर्वसम्मत निर्वाचित नभई निर्वाचन प्रक्रियामै जाने भएर उम्मेदवारहरुले आ-आफ्ना समुदाय साथीभाइ बीच निर्वाचन अभियान शुरु गरिसकेका छन् |

निर्वाचन प्रक्रियामा जाने भएर बोस्टनका सर्व साधारण नेपालीहरुले GBNC को सांगठनिक उपनियम र उद्देश्यका बारे टिप्पणी तथा बहस पनि गर्न थालेका छन् | GBNC अमेरिकामा नन प्रफित दर्ता भएको संगठन भएर धेरै प्रभावकारी र उपयोगी संग्स्था हुन सक्ने सम्भाव्यता छ | बोस्टनमा हज्जारौं नेपाली आप्रवासीहरू ओइरिरहेकाछन् तर कुनै सक्रिय, प्रभावकारी र सहयोगी संघ्स्थाको अभाबमा धेरै सामान्य कुराहरुको लागि कठिनाई भोग्दै आइरहेकाछन् |

GBNC ले सजिलै संग "onboarding" जानकारीमुलक कार्यक्रम तथा सामाजिक संजालमा बोस्टनमा आउने नयाँ परिवारहरुका लागि मद्दत हुने सामग्रीहरु उपलब्ध गर्ने व्यवस्था गर्नु पर्छ | अमेरिका जस्तो व्यवस्थित मुलुकमा नव आप्रवासीका लागि पाइला पिच्छे चुनौती सामना गर्नु पर्ने हुन्छ र सोही कारण अमेरिकाको सहर कार्यालयबाट नै धेरै सहयोग प्रदान गरिन्छ जस्तै - कम आयश्रोत हुनेहरुको लागि खानपिन, भाडामा, स्वस्थ चिकित्सा आदिमा छुट दिने व्यवस्थाका बारे जानकारी गर्न सकिन्छ | लगानी, घर किन बेच, ब्यापार आदिका बारे पनि सामान्य नेपालीहरुलाई धेरै जानकारी दिन सकिन्छ | GBNC le नेपालीहरुलाई प्रगतिको बाटोमा लम्कन धेरै मद्दत गर्न सकिन्छ | तर धेरै समयसम्म GBNC टिका, खादा र सम्मान कार्यक्रममै सिमित भएर बसेको धेरैले टिप्पणी गरेकाछन् |

यसपाली अध्यक्ष पदमा दुइ उम्मेदवारहरू अग्र पंक्तिमा आएका छन् | वहाहरु हुन्
१.  अन्जु थापा
२. परशुराम फुयाल

यसै गरि वरिष्ठ उपाध्यक्ष पदमा पनि दुइ उम्मेदवारहरु अग्र पंक्तिमा देखिएकाछन् |
१. सन्दिप भट्टराई
२. राज थापा

यसै गरी अरु पदहरुमा पनि उम्मेदारी भएकाछन् र स्थानीय युवा जगत निक्कै तात्तिएकाछन् | भोट गर्न GBNC को सदस्य हुनु पर्ने भएकोले सदस्य बढाउने अभियान पनि निक्कै भएको छ | झन्डै १५० जति सदस्य बाट झन्डै ६०० सम्म सदस्यहरु निर्वाचन मा संलग्न हुने अनुमान गरिएको छ |

३३ वर्षको GBNC को निर्वाचन पद्दतिमा पनि विचार पुराउनु पर्ने समय आएको छ | अहिलेको नियम अनुसार निर्वाचन हुने दिनमै मात्र आधिकारिक रुपमा उम्मेद्वारी घोषणा गर्न पाइने नियम छ | यस प्रकारको नियमले संगठन बाहिरका नेपालीहरुका जिज्ञासा र संगठनमा समाबेस हुने चाहनामा नकारात्मक असर पारेको छ | कुनै पनि आधुनिक र प्रभाबकारी संगठनमा नियमित संगठित निर्वाचनका प्रकिया नभई उभो लाग्न सक्दैन | यसैले यसपाली निर्वाचित भई आउने अधिकारिहरुले छिट्टै निर्वाचन प्रक्रियामा परिवर्तन ल्याउन जरुरि छ | निर्वाचनमा उम्मेद्वारी घोषणा एक दुइ हप्ता पहिला गरी उम्मेदवारहरुलाई अभियान गर्न दिन जरुरी छ | यसै अभियान क्रममा बहस र अन्तर्वार्ता गरी सक्षम, लगनशील तथा कुशल नेत्रित्व चयन गर्ने वातावरण सिर्जना गर्नु जरुरी छ |

यसरी सकारात्मक दिशामा GBNC लाई लग्न सक्यो भने बोस्टनमा बस्ने धेरै नेपालीको हीत हुने निश्चित छ | यी कुराहरु बोस्टनमा मात्र नभई देश विदेश भरी छरिएका नेपाली मूलका संगठनहरुले पनि मनन गर्नु पर्ने भएको छ |




logan
· Snapshot 24
Like · Liked by · 1
कसले कसले मतदान गर्न सक्छ र मतदानका प्राबधान के हुन् ?
जुनसुकै नेपालि बोल्ने र नेपाली बाट बिबाहित spouse हरुले मत दिन सक्ने हुन् कि मतदान गर्न सदस्य हुनु पर्छ | सदस्यता प्राप्तिका लागि के के गर्नु पर्छ पनि खुलाई दिनु भए सुनमा सुगन्ध थपिने थियो |
Lights88
· Snapshot 366
Like · Liked by · 0
Ata nepali dekhe uta mukh farkayra hinchan, Chunab ma thula kura garne hamro bani nai ho.
logan
· Snapshot 464
Like · Liked by · 1
अब त MBTA मा नेपालीमा पनि लेख्न थालि| सक्यो रे | नेपालीको संख्या एति बढेको छ , असन मा झैँ देखिन थाले पछि नेपालि बोलेको सुन्ना साथ् कोट्याएर बोलि हाल्न नहुने भएको छ |
नेपालि र मेक्सिकन उस्तै देखिने भएर एक ले अर्कालाई मेक्सिकानो ठान्ने को कि

Loganbennedictboka76
· Snapshot 519
Like · Liked by · 0
Sajha news Mero comment na metnu hola . Dhanyavaad.
Last edited: 25-Sep-22 11:13 AM
Loganbennedictboka76
· Snapshot 531
Like · Liked by · 1
Yo budo logan paagal pani sadasyata paam na bhani guhaaaar gardaicha.  Maile ta agi nai bhanya ho ni ….Chatakey
Last edited: 25-Sep-22 11:19 AM
logan
· Snapshot 699
Like · Liked by · 1
हैन यी मुजी हरुलाई बद्चुदाई नगरी र नसुनी दिन बिताउन गाह्रो हुन्छ ? कि लाटा छोराले बाउलाई जिस्क्याए झैँ लाटा सालाले भिनाजु ठानी जिस्क्याको होस ? तेरी दिदीले बुढो भएकी छैन मुजी टट्याउने गरि हानि देको दिन सधै रेस्ट गर्न माईति लागेको हुनाले रिस उठेको हो ?
Loganbennedictboka76
· Snapshot 711
Like · Liked by · 1
Boulaahaaaa Camry 2005
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 221
· Posts 1 · Viewed 126
· Posts 24 · Viewed 7408 · Likes 2
· Posts 26 · Viewed 2096 · Likes 5
· Posts 1 · Viewed 73
· Posts 1 · Viewed 89
· Posts 1 · Viewed 153
· Posts 2 · Viewed 256
· Posts 13 · Viewed 3434 · Likes 6
· Posts 8 · Viewed 2582



Your Banner Here
Travel Partners
Travel House Nepal