सालीको 'कन्डो' - Sajha Mobile
SAJHA MOBILE
सालीको 'कन्डो'
Posts 3 · Viewed 10880 · Likes 1 · Go to Last Post
log on
· Snapshot 0
Like · Likedby · 0
अम्रिका छिरेको पनि एक वर्ष हुन लागि सकेछ . सुरु सुरुमा त मलाई धेरै अफ्ट्यारो भयो ,आउन साथ अनकन्टार गाउँमा बसियो . पब्लिक गाडी पनि खासै नहुने, न आफ्नो गाडी थियो न चलाउन जानेको , येसो समान किन्न पसल जान पनि कति गारो हुने. बिशेस परिस्थितिले बुडी भन्दा म एक हप्ता अगाडी आउनु पर्ने भयो , एक्लै भए पछि झन् कति गारो भयो कुरै नगर्नुस ,तपाईहरुले पनी भोग्नु भयो होला .

भाषामा पनि कति गारो भाको नि मलाई त . Z लाइ G भन्दो रैछ , जेब्रा क्रसलाइ क्रस वाल्क अनि के के हो के के .

फेरी यो अनकन्टारमा आफ्नो भन्ने कोहि नाही, तेही चाक ठुलो भएको एउटी साली थिई ५० माइल टाढा तेस्लाई पनि इन्स्ताग्राममा मात्र देखेको . एरपोर्टबाट कोठा छिरे पछि के गर्ने के गर्ने अक्क न बक्क भए . साँझ सम्म येतिकै बसे नेपाल बाट ल्याएको चाउ चाउ खाएर .
बेल्का अति झ्याउ लागेर सालीलाइ कल गरे अनि आफ्नो दुख पोखे . एउटा गुनासोको प्रतिउत्तरमा सालीको जवाफ एस्तो आयो, " ओह्हो भिनाजु, सारै दुख: पो पाउनु भएछ , के गर्नु आज रति मेरोमा सुत्नु हुन्थ्यो तर मेरो कन्डो अलि सानो छ . "

मैले त भेउ नै पाइन के भन्या भन्या , म त फुत्केर एस्तो सब्द निस्किएको होला भन्ठानेको अर्को १ २ चोटी सालीले त्यो सब्द फेरी प्रोयोग गरि . मेरो त लाजले गाला रातो भयो अनि कुरा लाइ अन्तै मोडेर एकछिनमा फोन राखे .

राति सुत्ने बेलामा अगि सालीले भनेको कुरा याद आयो . "आज रति मेरोमा सुत्नु हुन्थ्यो तर मेरो कन्डो सानो छ " यो बाक्य लाइ विभिन्न कोर्ण बाट ब्याख्या गर्न खोजे अर्थै निस्केन , खाली रोमान्टिक अर्थ मात्र लाग्न खोज्यो . दिदि नभाको बेला चान्स खोजेकी होकी भन्ने अर्थ पो लाग्न थाल्यो . कन्डोको अंग्रेजी अर्थ लाग्छ कि भनेर गूगल मा kando भनेर सर्च गरे केहि अर्थ निस्केन .

फोटोहरुमा त उनको कन्डो सारै ठुलो पो देखेको थिए , एक्कासी कन्डो सानो छ भन्छिन अर्थ न बर्थ कुरै बुझिन . येसो इन्स्ताग्राममा सालीको फोटोहरु हेरे, आँखा तेही पोटिलो कन्डोमा गयो , हल्का २ प्याग लगाउन मन थियो पसल कता जाने हो भेउ नै पाउन सकिन . नेपालबाट ल्याएको दालमोट र पानी खाएर सुते .

केहि समय पछि थाहा भए कन्डो भनेको condominium रैछ , नेपालमा सिधै फ्ल्याट , apartment भन्छ . सब्दकोशमा condo भन्ने नया सब्द थपियो . अन्ग्रेजी नबुजेर येतिकै एक हप्ता सम्म रोमनटिक भैदि रा' म .

taremam_bhai
· Snapshot 56
Like · Liked by · 1
log on aba chai dubida ma pare hai, sali ko chak vaneko sali ko bank account ko check ta parena ni? :)

Tara j vayeta pani I always enjoy your posts man, keep it coming!
Jay NEPAL!
Last edited: 20-May-22 05:17 PM
log on
· Snapshot 282
Like · Liked by · 0
Haha good sense of humor taremam bhai
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 175
· Posts 1 · Viewed 205
· Posts 1 · Viewed 160
· Posts 1 · Viewed 168
· Posts 35 · Viewed 120668 · Likes 16
· Posts 3 · Viewed 17717
· Posts 1 · Viewed 197
· Posts 32 · Viewed 26925 · Likes 4
· Posts 1 · Viewed 206
· Posts 3 · Viewed 8754



Travel Partners
Travel House Nepal