विश्वाशमा परेका - Sajha Mobile
SAJHA MOBILE
विश्वाशमा परेका
Posts 4 · Viewed 6443 · Go to Last Post
logan
· Snapshot 0
Like · Likedby · 0
केही दिन अघी टोप बहादुर जिसी ले बच्चा हेर्ने र पढाउने आया " बर्षा" लाई आफ्नो बैठक कोठामा बोलाए |
'बस बर्षा " टोप बहादुरले भने, "तिमीले पाउने पैसाको हिसाब किताब गरौ | मैले तिमीलाई महिनाको ३० दिन्छु भनेको थिए हो , होईन?
"चालिस" बर्षाले भनि |
टोप बहादुरले भने "मैले लेखी राखेको छु अनी जहिलै पनि आयालाई तिस दिने गरेको छु " | "तिमी २ महिना देखी काम गरेकी छौ"
बर्षाले भनिन " दुई महिना ५ दिन"
" होईन पुरै दुई महिना" त्यो पनि लेखेको छु, तेस्को माने तिमीले साठी पाउछौ | टोप बहादुर भन्छन " तेस्मा नौ वटा शनिबार घटाऊ, तिमीले असिशलाई हेरेनौ | तिमीले ३ दिन छुट्टी लियौ .. "
बर्षाको अनुहार रातो पिरो हुँदै गयो | एक शब्द पनि बोलिन औलाले पछौराको एक कुना अर्को औलामा घुमाउन थालि |
३ दिन छुट्टीको १० घटाऊ , ४ दिन अशिम बिरामी थियो , तिमीले अशिम लाइ मात्र हेर्यौ, तिम्रो दात दुखेर तिम्लाई बिदा लिएकी थियौ तेसैले १९ घटाऊदा ४१ पाउछौ , होईन् त ? टोप बहादुरले भन्यो |
बर्षाको आँखा झनै रातो भएर आसु देखा पर्‍यो, चिउडो काम्यो , असजिलो मानेर खोकी तर केही बोलिन |
टोप बहादुरले भन्यो " नयाँ बर्स्को दिन एउटा कप र प्लेट फुटायौ, चिनिया कप प्लेट महङा छ्न तर पनि मैले कम्ती नै घटाए, तेस बाट २ घटाऊ | नोक्सान भएको मन नपर्ने टोप बहादुरले बर्षाको लापर्वाहिले आशिस रुख चढेर ज्याकेट च्यात्यो तेस्को १० घटाऊ | अशिमले पार्कमा जुत्ता हराएर आयो त्यो पनि तिम्रै लपर्वाहिले गर्दा भएको हुनाले अर्को ३ घटाऊ सबै | हेर्न भनेर तिमीलाई तलब दीई राखेको हो, होइन र ? "
"माघ १० मा तिम्लाई १० दिएको हुँ" टोप बहादुर ले भन्यो |
बर्षाले बिस्तारै दिनु भएन भने पछी टोप बहादुरले यो पनि लेखी राखेको छु भनी नोट् बुक पल्टायो | "४१ बाट पच्चिस घटाऊ बाँकी १६ हुन्छ, होईन ?"
बर्षाका दुबै आँखा आशुले टल्पल भए, नाकमा पसिना देखिए | बर्षाले भनी " मैले हजुरको श्रीमती सँग एक पल्ट् ३ मात्र लिएकी छु , त्यो भन्दा बढी होईन "
" हो त्यो पनि लेखेको रहेछु , १६ बाट ३ घटाऊ, तिम्ले पाउने १३ हो , लौ लेउ तिम्रो पैसा , एक दश र ३ एक यहाँ छ " भन्दै टोप बहादुरले खाम थमाए |
बर्षाले काम्दै गरेको हातले खाम थामी र बिस्तारै दबेको स्वरमा "दया गर्नु भएको मा धन्यवाद" भनी |
टोप बहादुरले के को लागि धन्यवाद भनी सोधे |
बर्षाले उत्तर दीइ " पैसाको लागि धन्यबाद"
टोप बहादुरले भने " मैले तिम्लाई ठगेको छु , तिम्लाई थाहा छ ? मैले दया गरेको छैन  "
बर्षाले भनी "अरु ठाममा त झनै धेरै कटाउछन , एती पनि हात लाग्दैन् !"
टोप बहादुर भन्छ " धेरै कटाउछन ? मैले त  ठट्टा मात्र गरेको हुँ , खाममा ८० नै छ , मनिष यती कमजोर पनि हुनु हुँदैन , किन बिरोध गरिनौ, चुप चाप बस्यौ, के यसरी बाँच्न सकिन्छ ?"
बर्षाको अनुहारमा हर्स अनी अनौठो हासो झल्कियो "सकिन्छ " सङै " दया गर्नु भएको मा धन्यवाद"" दया गर्नु भएको मा धन्यवाद" गुनगुनाउदै बाहीरीई |
टोप बहादुर बर्षा गए तिर हेरी रहन्छ अनी अनायास उसको मुख बाट निस्कन्छ "विश्वाशमा परेका र कम्जोरलाई लाई ठग्नमा के को चलाखी चाहिन्छ र ?"
(यो कथाको बिषय "बिसेमिरा" कथा सँग मिल्दो जुल्दो छ)

Last edited: 13-Jul-20 03:09 PM
salamkrishne
· Snapshot 46
Like · Liked by · 0
ये लोगन दाईं यो “बिसेमिरा” भन्ने कथा मा आधारित भएर तिमिले लेखेको हो? मनन योग्य छ ।
साझा का भुइफ़ुट्टा हो , लोगन दाईं जत्तिको sense of humor भएको (भैरब अर्याल लाई आदर्स मान्ने), जिबन उपयोगी कुरा टास्ने, घुस खाएको पैसा वा कालों बाज़ारी गरेको वा bank ठगेर करोड़ पति भएको वा राणा को पंचेको चकड़ि गरेर कमएको पैसाले महँगा स्कूल मा पढ़ेका को तुलना मा आफनै मेहेनत ले दुःख गरेर पढेर यहाँ सम्म आएको मांछे को सफलता साँचों सफलता हो भन्ने बुझ ।
logan
· Snapshot 87
Like · Liked by · 0
साभर् : अन्तरराष्ट्रिय बाल कथा कथा सङ्रह बाट

सधैं जस्तो जूममा अरु हरुको background राम्रो देखिने आफ्नो चै लथालिङ तेसैले यो सप्ताहन्तमा re-arrange गर्दा बाल कथा सङ्रह भेट्टाए र पढ्दा रमाइलो लाग्यो | अनी बिसेमिरा कथा सँग मिल्दो जुल्दो बच्चा हरुको लागि शिक्षा प्रद कुरा भएर साझामा टास्न पुगेको हुँ |

Last edited: 14-Jul-20 09:47 AM
logan
· Snapshot 198
Like · Liked by · 0
यो ब्यङ नबुझ्ने बाबुरा हरुको लागि मिल्ने कथा हो, पढेर चित्त बुझायौ होला | सके भने फेरी मेरा यि लेभेलका पाठक को चित्त बुझाउने कोशीस गर्ने छु | एस्लाई पनि सत्य कथा मानेर पढदा फरक पर्दैन | एक थरी कसरी ठगौ ढाटौ भनी २४ सै घण्टा यिन्का दिमागमा घण्टा बजी रहेको हुन्छ , कही कतै केही गर्न सकेनन भने घरैका मनिषामा पनि अज्माउन पछी पर्दैनन |
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 500
· Posts 1 · Viewed 204
· Posts 1 · Viewed 216
· Posts 1 · Viewed 318
· Posts 1 · Viewed 356
· Posts 1 · Viewed 275
· Posts 1 · Viewed 305
· Posts 11 · Viewed 2948
· Posts 3 · Viewed 1240
· Posts 1 · Viewed 334



Travel Partners
Travel House Nepal