विद्युत् नियमन आयोगले आगामी आर्थिक वर्षका लागि आफ्नो वार्षिक योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ । योजना तथा कार्यक्रममा विद्युत् क्षेत्रको सुधार गर्ने, विद्युत् सेवालाई सर्वसुलभ, भरपर्दो र सुरक्षित बनाउने, उपभोक्ताको हित संरक्षण गर्ने तथा यस सम्बन्धमा नियामकीय उपकरणहरु तर्जुमा गर्ने उल्लेख छ ।