रोमन क्याथोलिक चर्चको २६७ औं पोपका रूपमा कार्डिनल रोबर्ट फ्रान्सिस प्रिभोस्ट निर्वाचित भएका छन् । उनी पहिलो अमेरिकी मूलका पोप हुन् । उनलाई अब पोप लियो चौधौंको रूपमा चिनिनेछ । बिहीबार पोप निर्वाचित भएसँगै लियोले सेन्ट पिटर बासिलिकाको बाल्कनीबाट हजारौं दर्शकसामु आफ्नो पहिलो सम्बोधन गरेका थिए । उनले शान्तिका लागि आह्वान गर्नुका साथै दिवंगत पोप फ्रान्सिसलाई श्रद्धाञ्जली अर्पण गरे ।