२०४६ को राजनीतिक परिवर्तनपछि मधेशको प्रतिनिधित्व गर्दै उदय भएको राजनीतिक दल नेपाल सद्भावना पार्टी हो । अहिले जति पनि मधेशकेन्द्रित दलहरू छन् तीमध्ये अधिकांशको ‘लिगेसी’ यही सद्भावनासँग जोडिएको छ । जसको संस्थापक अध्यक्ष थिए, गजेन्द्रनारायण सिंह ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नीति तथा कार्यक्रमको कुनै औचित्य नरहेको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग अध्यक्ष यादवले नीति तथा कार्यक्रम कर्मकाण्डी धान्नुबाहेक अरु औचित्य नरहेको जिकिर गरेका हुन् ।