पाकिस्तानको बलुचिस्तान प्रान्तमा सशस्त्र विद्रोहीहरूले रेलमा आक्रमण गरेर बन्धक बनाएकामध्ये कम्तीमा ३ सय यात्रुलाई सुरक्षाकर्मीले मुक्त गरेका छन् । पाकिस्तानी सेनाले बन्धक मुक्त गराउने क्रममा ३३ विद्रोही मारिएका र उद्धारका लागि सञ्चालित कारबाही सम्पन्न भएको जनाएको छ ।