विश्वव्यापी Gold प्रायोजकहरू View all Sponsors
विश्वव्यापी Silver प्रायोजकहरू View all Sponsors
हाम्रो फोटो एल्बमहरूबाट सबै एल्बम हेर्नुहोस् →
Sabin Rai Concert BostonWeekend Pasni Pictures HightlightsYenya Punhi 2024 by Newah Org of New EnglandGBNC पद्स्थापन कार्यक्रमSome snaps from Khasi Cup by @Jatra NepalGBNC BarbequeBoston Newa Gathering - Samaya BajiHoli by Terai Association of MassachusettsBoston Nepalese Pingpong Competition PhotosTeej 2023 Greater Boston Nepalese CommunityNew Hampshire DJ PartyPictures from Naren Limbu Boston ConcertYenya Punhi Samay BajiGBNC New Years PartyPictures from Miss Nepal North AmericaYenya Punhi 2024 by Newah Org of New EnglandYenya Puni By Newah Org of New EnglandDashain Tihar Fest, Hollis New HampshireSabin Rai Concert BostonWeekend Pasni Pictures HightlightsYenya Punhi 2024 by Newah Org of New EnglandGBNC पद्स्थापन कार्यक्रमSome snaps from Khasi Cup by @Jatra NepalGBNC BarbequeBoston Newa Gathering - Samaya BajiHoli by Terai Association of MassachusettsBoston Nepalese Pingpong Competition PhotosTeej 2023 Greater Boston Nepalese CommunityNew Hampshire DJ PartyPictures from Naren Limbu Boston ConcertYenya Punhi Samay BajiGBNC New Years PartyPictures from Miss Nepal North AmericaYenya Punhi 2024 by Newah Org of New EnglandYenya Puni By Newah Org of New EnglandDashain Tihar Fest, Hollis New Hampshire

← कुराकानीमा फर्कनुहोस्

परदेशीको देउशी भैलो - Premiering now ✨🚀🔥

मूल पोस्ट Music Video नेपालीमा अनुवाद गर्नुहोस्
Sajha Infoसदस्य 2009
· 434 views

बोस्टनबाट स्वरङ्ग ब्याण्डको पहिलो प्रस्तुति ‘परदेशीको देउसी भैलो’ सार्वजनिक, आम्दानी बाढीपीडित गर्भवती महिलाको सहयोगमा खर्च गरिने

बोस्टन, अमेरिका। अमेरिकाको बोस्टनमा रहेका नेपाली कलाकारहरूको पहलमा स्वरङ्ग ब्याण्डको पहिलो सांगीतिक प्रस्तुति ‘परदेशीको देउसी भैलो’ आज सार्वजनिक भएको छ। नेपाली मौलिक संस्कृति, तिहारको उल्लास र प्रवासमा रहेका नेपालीहरूको भावनालाई समेटेर तयार गरिएको यस म्युजिक भिडियोको सम्पूर्ण आम्दानी भोटेकोशी बाढीबाट प्रभावित गर्भवती महिलाहरूका लागि आवश्यक आमा तथा शिशु स्याहार सामग्री (Mom and Child Care Kits) उपलब्ध गराउन सहयोग गरिने भएको छ।

जितेन्द्र श्रेष्ठ र सुदीप पौडेलको शब्द रचना रहेको गीतमा जितेन्द्र श्रेष्ठ र मिना डुम्रे पाण्डेको स्वर रहेको छ भने प्रसाद खप्तरी मगरले संगीत दिएका छन्। गीतको रेकर्डिङदेखि म्युजिक भिडियोको छायाङ्कनसम्मका सम्पूर्ण काम बोस्टनमै गरिएको हो। बोस्टनमा रहेका नेपाली कलाकार तथा समुदायका सदस्यहरूको सहभागितामा तयार भएको यस प्रस्तुतिले प्रवासमा नेपाली भाषा, कला, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।

‘परदेशीको देउसी भैलो’ ले नेपालबाट टाढा रहेर पनि तिहारको सम्झना, देउसीभैलोको परम्परा र नेपाली समुदायबीचको आत्मीयतालाई सांगीतिक रूपमा प्रस्तुत गरेको छ। विदेशमा रहेका नेपालीहरूले सामूहिक रूपमा आफ्नो संस्कृति र चाडपर्वलाई कसरी निरन्तरता दिइरहेका छन् भन्ने भावलाई म्युजिक भिडियोमा समेटिएको छ।

यस प्रस्तुतिको अर्को महत्वपूर्ण पक्ष यसको सामाजिक उद्देश्य हो। स्वरङ्ग ब्याण्डले म्युजिक भिडियोबाट प्राप्त हुने सम्पूर्ण आम्दानी सहारा भोलिन्टियर्स (Sahara Volunteers) समूहसँगको सहकार्यमा भोटेकोशी बाढीबाट प्रभावित गर्भवती महिलाहरूका लागि आमा तथा शिशु स्याहार किट (Mom and Child Care Kit) उपलब्ध गराउन समर्पण गर्ने निर्णय गरेको छ। सांस्कृतिक सिर्जनामार्फत मनोरञ्जनसँगै विपद्बाट प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले यो पहल गरिएको हो।

स्वरङ्ग ब्याण्डले यस प्रस्तुतिलाई माया, साथ र समर्थन गरिदिन सम्पूर्ण नेपाली संगीतप्रेमी तथा विश्वभर छरिएर रहेका नेपाली समुदायलाई आग्रह गरेको छ। दर्शकहरूले म्युजिक भिडियो हेरेर, साझा गरेर र समर्थन गरेर यस सामाजिक अभियानमा योगदान पुर्‍याउन सक्नेछन्।

https://youtu.be/X4lAMN7bd9k

जवाफहरू
अहिलेसम्म कुनै जवाफ छैन — पहिलो जवाफ तपाईंले दिनुहोस्।
लगइन to join the conversation.
सुझाव गरिएका समाचार तथा छलफल सबै हेर्नुहोस्
सुझाव गरिएका रोजगारीहरू सबै हेर्नुहोस्
सुझाव गरिएका वर्गीकृत विज्ञापन सबै हेर्नुहोस्
साझा एआई सहायकलाई सोध्नुहोस्