किन?
मुटु जलाई मन्दिरमा दियो बाल्यौ किन?
नदेखिने गरी शिरानीमा सियो हाल्यौ किन?
सिनो झैं गलहत्याएको एक युग बितिसक्यो,
फेरि आज मेरो बिरानीको चियो गर्छौ किन?
तिमीले माया मारे देखिन् धेरै पटक मरिसकें
फेरि मार्नलाई बिषादीमा गुलियो हाल्छौ किन?
अस्वीक्रित प्रेम बोकी, चुपचाप सहेकै थिएं,
फेरि पासो थाप्न भनी बाबियो बुन्छौ किन?
मुटु जलाई मन्दिरमा दियो बाल्यौ किन?
नदेखिने गरी शिरानीमा सियो हाल्यौ किन?