तिम्रो बसन्तमा सबै फूल फुल्नै पर्छ भन्ने के छ र?
कांडामा भंवरा झुल्ने भूल गर्नै पर्छ भन्ने के छ र?
वारि न फर्कने कसम खाई पारि गयौ, तिम्रो खुशी
तिमी ले सराप्दैमा यो पूल ढल्नै पर्छ भन्ने के छ र?
उमेरमा रुप यौबनको गर्नु घमण्ड गर्यौ र के पायौ,
चाल चलन छोडी तिम्रो कूल चल्नै पर्छ भन्ने के छ र?
फेरि पनि यो शहर फर्किने गाइंगुइं म सुन्दै छु,
तिम्रो स्वागतमा फेरि तुल टांग्नै पर्छ भन्ने के छ र?
जताततै मित्र भन्दा शत्रु कमाएछौ जिन्दगि भरि,
अब तिमी आउंदा त्यो हुल छल्नै पर्छ भन्ने के छ र?