मेरो कथा- भाग १, "दुखद सुख" कुरा आफ्नै हो । अरुको लेख्न भन्न जान्दिन । कुरो सन २००० र २००१ को हो। अस्थायी ५ बर्ष र स्थायी ४ बर्ष जति गिरे पछि ( जा-गिर्), हात् लाग्यो सुन्य भएको झोंक मा पढ्ने रहर् पलायो। भनुं जहर् पलायो। जिन्दगि मा पढ्ने भनेसि सबै भन्दा झ्याउ काम् लाग्थ्यो। दाम् न भए सि त्यो झ्याउ काम् बाट् भए नि यसो स्याउ झर्ला कि भन्ने आश भो। अनि गएं नेडर्ल्याण्ड् कन्सुलेट् मा एन एफ पी फेलोशिप् को दर्खास्त् हाल्न। २००० को नोभेम्बरमा गएको तहाँको अधिकृतनी ले अहिले देखि फारम् दिन मिल्दैन, अहिले आरम् गर, मे महिनको अन्तिम हफ्ता वा जुन महिनाको सुरुमा आउनु भनेर भनी। अल्छि लाई के चाहियो बहाना, आरम् गरियो, फारम् बर्न भुलियो। २००१ को मे महिना को अन्त तिर् गृह मन्त्रीको तार् आयो, फारम भर्ने बेला भो भनेर । हो त नि भनेर ब्युंझे । हया मसान्त मा पनि कोही शुभ कार्य गर्छ भनेर मे को अन्त मा गैन कन्सुलेट अफिस् । जुन को पहिलो तारिक्, शुक्रबार थियो । शुक्रबार नि कोहि जान्छ, टेन्सन् को काम मा भनेर सोम बार् सम्म को लागि कार्यक्रम् स्थगित् गरेर शनिबार् को खेलकुद् कार्यक्रम् र खेलमैदान् छनौट् गर्न पट्टि गइयो ( साप्ताहिक् २१ पत्ता को खेल)। समय मा सुतियो, नियमानुसार । रात को २ बजे टेलिफोन को घण्टी अचानक ठुलो स्वर मा बज्यो( रात को समय भएर होला, अटोमेटिक भोलुम हाइ भएको) । अर्ध निद्रामा उठि, फोन गर्ने जन्तु लाई हपार्ने उद्देश्य ले ठुलै स्वर मा मैले नि हल्लो भनेर हल्लाई दिएको त स्यालुट मार्नु पर्ने कान्छो ससुरो रैछ । हत्त न पत्त बिनम्र भाव मा नमस्कार के गरेको उता बाट हतास हतास् स्वर मा दुखद समाचार आएछ । "ज्वाई साप, टी बी खोल्नुस् त" क्रमश:
[ posted by
rahulvai @
12:33 PM ] | Viewed: 2973 times
[
Feedback]
|