Posted by: metta July 2, 2016
बुद्धको मुर्ति भएको ठाउँमा महाकवि देवकोटाको सालिक राख्ने
Login in to Rate this Post:     0       ?        
This is not an isolated incident. There has been other incidents reported in the media. Home Ministry did nothing because these guys are the Home Ministry.

Then Surkhet CDO couple of years ago let Buddhist Statue fall apart than to let it stand in the city of Surkhet.

जेठ ६ गते धरानमा आयोजित एउटा सार्वजनिक कार्यक्रममा कोशी अञ्चल प्रहरी प्रमुख एसएसपी पवनप्रसाद खरेलले छुवाछूत प्रथा हटाउन नहुने विवादास्पद विचार राखे ।

गत जेठ ९ गते राष्ट्रिय दलित आयोगको आयोजनामा झापाको भद्रपुरमा ऐन कार्यान्वयनबारे सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम आयोजना भएको थियो । कानुन कार्यान्वयन गर्ने मुख्य सरोकारवालाहरू नै कार्यक्रममा सहभागी भएनन् ।

प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सरकारी वकिल कोही पनि थिएनन् । प्रजिअ मदन भुजेललाई आयोजकले पटक—पटक निमन्त्रणा गरेर जसरी भए पनि आइदिनुपर्छ भनेका थिए । उनी गएनन् ।

पछि मैले सोधेको थिएँ, ‘दलितको कार्यक्रममा जानुभएन भन्ने आयोजकको चित्त दुखाइ छ त ?’ उनले सहज उत्तर दिए, ‘बिर्सिएछु ।’ कानुन कार्यान्वयन गर्ने निकायका मान्छेहरूको ताल यो छ ।

अनि कहाँ हुन्छ, छुवाछूत मुक्त देश ? अनि कहिले पाउलान् दलित समुदायले न्याय ? छुवाछूत जघन्य सामाजिक अपराध हो । यस्तो घिनलाग्दो प्रथा अझै नेपाली समाजमा गढेर बस्नु हाम्रो दुर्भाग्य हो ।

http://kantipur.ekantipur.com/news/2016-06-03/20160603080611.html

Read Full Discussion Thread for this article