Posted by: Max Rossa March 8, 2016
कमिशन हसुर्नेहरु बोष्टन र न्यूयोर्कमा
Login in to Rate this Post:     0       ?        
सबैभन्दा अचम्मको कुरा त यी बिमाका ठूला माछाहरु विभिन्न अमेरिकाका मुख्य शहरहरु न्यूयोर्क, बोस्टन, डेन्भर आदिमा निर्विध्न रुपले आफ्नो सन्जाल विस्तार गरिरहेका छन् ।
अनि उनीहरु विभिन्न सँघसँस्थाका हर्ताकर्ता पदहरुमा पनि आसिन छन् । कथित बुद्धिजिवी भनाउँदाहरु र ति सँस्थामा आवद्ध अरु व्यक्तिहरु ति विमाका ठूला माछाको विरोध गर्न
सक्दैनन् । मानौं उनीहरुले मुखमा घाँसको बुजो हालेर बसेका छन् । धन्न सामाजिक सन्जाल फेसबुक मार्फत विभिन्न स्थानका पीडितहरुले आफ्नो दुखेसोका कथाहरु पोखिरहेका
छन् । विभिन्न नेपाली समाचार साइटहरुमा आफ्ना आर्टिकलहरु प्रकाशित भइरहेका छन् । यो क्रम बढ्दो छ ।
Read Full Discussion Thread for this article