Posted by: Mrigtrishna March 7, 2016
Login in to Rate this Post:
0
?
दुवै मिली चुडांइदिए तिनैलाई जोड्ने पूल थिएॅ
कांडा सोचें छन् कि कुन्नी म त केवल फूल थिएॅ।
भन्ने थिए होलान् सब्ले कति सुन्दर उपहार यो
उपहार नी फाल्छ कोही, धत् म त भूल थिएॅ।
पाएं आज आफैंलाई रेटि काटी फालिएको
उन्कै पेटमा हिजो सम्म, म कति प्रफुल्ल थिएं।
गरिन बिन्ती बचाऊ भन्दै यस्ता निर्लज सामु
तिन्लाई के’था म त तिन्कै प्रेमको मूल थिएँ।
सोच्दैछु म आज यहाँ जे भयो ठिकै भयो
बाँचे पनि म आखिर आंखाकै धूल थिएँ।